गोरखा ,
वैशाख १० गते ।
गोरखा जिल्लाको विभिन्न स्थानमा गत आइतवार देखी विहीवार सम्म आएको असिना पानीले पाँच करोड भन्दा वढीको तरकारी फलफुल तथा वालीनालि नष्ट भएको छ ।
वैशाख ५ गते देखी ९ गते सम्म साँझ पख परेको लगातारको असिना पानीले गोरखा जिल्लाको विभिन्न गाउँ विकास समितिका लगाएको तरकारी फलफुल तथा अन्न वाली नष्ट भएको जिल्ला कृषी विकास कार्यालय गोरखाले जनाएको छ ।
असिना पानीले जिल्लाको महत्वपुर्ण स्थान लिएको सुन्तला मात्र एक करोड पचास लाख भन्दा वढी क्षेति भएको छ । जिल्ला भरमा करिव ६ सय ८४ हेक्टरमा लगाइएको सुन्तला खेती मध्ये हर्मी ,मनकामना,वक्राङ्ग ,ताक्लुङ्ग ,ताङ्गलीचोक ,मिरकोट फुजेल लगायत स्थानमा मात्र ५० प्रतिशत भन्दा वढी सुन्तला खेती नष्ट भएको छ । भने १ सय २७ हेक्टर जमिनमा लगाइएको आँपमा समेत ५० प्रतिशतले नोक्सानी भएको छ । धुवाकोट मिरकोट, पालुङ्गटार ,घ्यालचोक ,ताक्लुङ्ग र वोर्लाङ्ग गाउँ विकास समितिमा मात्र असिना पानीले २५ लाख वरावरको क्षेति पुर् याएको छ ।
खेति योग्य जमिनमा भएको नोक्सानीले २० हजार कृषक विचल्लीमा परेको कार्यालयले जनाएको छ ।कार्यालयले दिएको जानाकारी अनुसार हाल सम्म पालुङ्गटार ,मिरकोट, मनकामना ,घ्यालचोक ,ध्याम्पेशाल ,तारानगर कृषि सेवा केन्द्र वाट मात्र क्षेतिको विवरण प्राप्त भएको र अन्य ७ केन्द्र वाट क्षेतिको विवरण आउनै बाँकी भएकोले क्षेति अझै वढेर जाने छ ।
त्यस्तै गरी असिना पानीले ९ लाख वरावर लिची खेतीमा क्षेति भएको छ ,भने १ सय ६० हेक्टर जमिनमा लगाइएको केरा खेती २५ प्रतिशत क्षेति हुदाँ कृषकहरुले ३० लाख रुपैयाँ वरावर क्षेति ब्यहोनु परेको छ ।
वेमौसमी खेतीमा नाम कहलीएको ताक्लुङ्ग ,घ्यालचोक, गोखा नगरपालिका, मनकामना ,खोप्लाङ्ग र देराउलीमा लगाइएको करिव २ सय ७२ हेक्टर जमिनको काक्रो ,घिरौला ,लौका, करेला ,घ्यू ,सिमी र खुसा्रनी मात्र ३ करोड भन्दा वढीको क्षेति भएको छ । यस क्षेत्रको तरकारी देशको मुख्य शहर काठमाण्डौं पोखरा र चितवन वजारमा सिधै जाने गर्दथ्यो ।
त्यस्तै गरी अन्न वालीमा यो समयको प्रमुख वाली मकै जिल्ला भरको ७ हजार ७ सय ५० हेक्टर मध्ये १५ प्रतिशत वाली नष्ट भएको छ । जसले गर्दा २५ लाख वरावरको क्षेति भएको जिल्ला कृषी विकास कार्यालयका वरिष्ठ कृषी विकास अधिकृत वुद्वि वहादुर थापाले वताउनु भयो ।