गोरखा ,मंसिर १७
साहित्य संगम गोर्खा र हरि साँस्कृतिक केन्द्र गोरखाको आयोजना तथा गोरखा साहित्य मन्च काठमाण्डौको संयोजकत्वमा गोरखामा आज वृहत साहित्यिक सम्मेलन तथा हरि उत्कृष्ट प्रतिभा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि एवं बरिष्ठ कवि तुलसी दिवसद्धारा उद्घाटन गरिएको कार्यक्रममा विमल निभा ,विष्णुविभु घिमिरे, विप्लव ढकाल, किशोर पहाडी ,विष्णु प्रभात ,गोविन्द बर्तमान, अविनाश श्रेष्ठ ,राजुबाबु श्रेष्ठ ,विकास ढकाल ,नरेन्द्र निमेष ,माया भुषाल ,कविता देवकोटा ,रमेश विष्ट ,हरिमाया शर्मा लगायत ३ दर्जन गोरखाली कविहरुले कविता तथा गजल बाचन गर्नुभएको थियो ।
कार्यक्रममा गोरखा साहित्यिक माचका राजुबाबु श्रेष्ठ पुरुषोत्तम सुवेदी डा सुमन ढकाल विशेष अतिथि एवं समालोचक डा बासुदेव त्रिपाठी ऋषी खनाल लगायतकाले कार्यक्रम एवं गोरखाको साहित्यिक गतिविधिको बारेमा प्रकाश पार्नुका साथै हरि साँस्कृतिक केन्द्रका अध्यक्ष मोहन नारायण श्रेष्ठ साहित्य संगम गोरखाका अध्यक्ष अनन्त मुस्कानले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।
यसैवीच कार्यक्रममै घोषणा गरिएको हरि उत्कृष्ट प्रतिभा पुरस्कार गोर्खाली कवि नारायण प्रसाद पोखरेलले अस्वीकार गर्नुभएको छ । पुरस्कार आफ्नो लेखकीय चेतना माथिको हस्तक्षेप र मान्यता भन्दा फरक भएको भन्दै कवि पोखरेलले पुरस्कार अस्विकार गर्नुभएको हो । कवि पोखरेलले आजै एक प्रेस विज्ञप्ती जारी गरि सो पुरस्कार अस्वीकार गरेको घोषणा गर्नुभएको थियो । यसअघि २ जनालाई प्रदान गर्ने घोषणा गरिएको पुरस्कार निबन्धकार केदारनाथ खनाललाई प्रदान गरिएको छ । कार्यक्रम साहित्य संगम गोर्खाका अध्यक्ष अनन्त मुस्कानको अध्यक्षतामा सम्पन्न भएको हो ।
No comments:
Post a Comment