Showing posts with label विकास. Show all posts
Showing posts with label विकास. Show all posts

Wednesday, March 3, 2010

हर्मीमा सामुदायिक रेडियो संचालन हुने: संचार मन्त्रालयले प्रशारण अनुमति दियो

हर्मी ,फागुन१९
सूचना तथा संचार मन्त्रालयले सामुदायिक रेडियो हर्मी(सारेह)लाई १०५.४ मेगाहर्जमा रेडियो प्रसारण गर्न अनुमति दिएको छ ।
१०० वाट प्रशारण क्षमता रहेको सामुदायिक रेडियो हर्मीलाई मन्त्रालयले २०६६ फागुन १९ गते प्रशारण अनुमति दिएको हो । हर्मी गाविस अन्र्तगत हर्मी भज्याङ नजिकै नेवार डाडामा स्टुडियो र टावर निर्माण गरि करिब तीन महिना भित्रमा प्रशारण शुरु गर्ने योजना रहेको सामुदायिक रेडियो हर्मीका अध्यक्ष जनार्दन ढकालले आवर हर्मीलाई जानकारी दिनुभएको छ ।
सामुदायिक रेडियो हर्मी संचालनका लागी स्थानिय समुदायका साथै देश विदेशमा रहेका सम्पूर्ण हर्मीबासी तथा आसपासका समाजसेवि बुदिजिवि लगायत विभिन्न संघ संस्थाहरु सँग सहकार्य गरिने सारेह १०५.४ले जनाएको छ । सारेहले समुदायको शशक्तिकरणका लागी विभिन्न जन चेतना मूलक तथा समाचार मूलक कार्यक्रमहरु उत्पादन र प्रशारण गर्ने जनाइएको छ । कार्यक्रम उत्पादनका लागी स्थानिय युवा युवतिहरुलाई रेडियो कार्यक्रम उत्पादन र प्रशारण सम्बन्धि तालिम दिइने तथा अधिकांश कार्यक्रमहरु स्थानिय समूदायको सहभागीतामा उत्पादन गरिने पनि सारेहको उहेश्य रहेको संस्थाका अध्यक्षले बताउँनु भएको छ।

Tuesday, January 12, 2010

विज्ञान प्रावि हिजो , आज र भोलि

विकास ढकाल

१पृष्ठभूमी र वर्तमान अवस्था

हालको अस्थाई भवन
पुरानो भवन

२०४६ सालको अन्त तिर जिल्ला शिक्षा कार्यलय गोरखाबाट स्वीकृति प्राप्त गरि २०४७ साल बैशाखबाट कक्षा शुरु भएको विज्ञान प्रावि स्थापनाको बिस वर्ष सम्म गुमनाम भएर रह्रयो । हर्मी गाविस वडा न ८ हर्मी भाज्याङमा गाविस भवन अगाडीको खाली रहेको जमिनमा विज्ञान प्राविले आफ्ना बिस बर्ष दुई कोठा र सानॊ खेल मैदानमा वितायो ।

विद्यालय रहेको स्थान धेरै साँधुरो चिसो र थप कक्षा कोठा निमार्ण गर्न स्थान अभाबका कारण २०६५ साल मार्ग महिना देखि विद्यालयलाई विभिन्न दाताहरु सगँ जग्गा माग गरि उपयुक्त स्थानमा सार्ने प्रयत्नहरु शुरु भयो । फल स्वरुप विद्यालय साविकको स्थान भन्दा २०० मिटर उत्तर तर्फ सार्ने निर्णयमा विद्यालय ब्यवस्थापन समिति पुग्यो । विद्यालय सार्ने स्थानमा २०६५ पौष महिनामा स्थानिय समाजसेवि माधव प्रसाद ढकालले आफनो स्वामित्वमा रहेको करिब १ रोपनी जग्गा हस्तान्तरण गर्नु भयो । त्यसै गरि सोहि स्थानमा डा कृष्ण प्रसाद ढकालले १ रोपनि स्वर्गिय हेमराज ढकालका परिवारले १ रोपनी र पुष्पनिधि ढकालले करिब आधा रोपनि जग्गा दिने प्रतिबद्धता प्राप्त भैसके पछि यसैको आधारमा रुम्टि भर्लाबोटमा विद्यालय स्थान्तरण गर्ने काम भयो । यद्यपि पछिल्ला तीन दाताले दिएको जग्गा भने विद्यालयको नाममा नाम सारि गर्न बाँकि नै छ । यसरी विद्यालयलाई नयाँ ठाउँमा विभिन्न दाताहरुबाट करिब पाचँ रोपनी र स्थानिय समूदायले विद्यालयलाई उपयोग गर्न दिएको करिब १० रोपनी सार्बजनिक जग्गा गरि लगभग १५ रोपनी जग्गा प्राप्त भैसकेको छ ।

यसरी २०६६ बैसाखबाट विद्यालय नयाँ स्थानमा संचालन भैरहेको छ । यसै शैक्षिक शत्रबाट विद्यालयको सम्पूर्ण पठन पाठन अङगे्रजी माध्यममा शुरु गरिएको र विर्ष बर्ष सम्म कक्षा ३ सम्म मात्र संचालन भएकोमा यस बर्षबाट कक्षा थपको स्वीकृति लिइ कक्षा चार पनि संचालन गरिएको र क्रमश अङगे्रजी माध्ययममा कक्षा आठ सम्म संचालन गर्ने योजना रहेको छ ।


विद्यायलय ब्यवस्थापन समितिलाई अस्थाई विद्यालय भवन खेल मैदान निमार्ण गर्न र अङग्रेजी माध्यममा पठन पाठन संचालन गर्न गाविसबाट रु १ लाख र माओवादि सभासद् ज्ञानेन्द्र कुमालबाट रु १ लाख गरि जम्मा दुईलाख रुपैया प्राप्त भएकोमा डोजर लगाई खेल मैदान बनाउर्ने भवन बनाउने ठाउँ खार्ने फर्निचर निमार्ण गर्ने र अस्थायी टहरा निमार्णको लागी जस्ता पाता किन्ने जस्ता कार्यहरु सम्पन्न भएका छन् । हाल विज्ञान प्राविमा सरकारी दरबन्दिमा दुई शिक्षक राम प्रसाद पराजुली र रुद्र ढकाल त्यसै गरि स्थानिय समुदायले निजि स्रोतमा राखेका ३ शिक्षका पार्बति ढकाल रिता ढकाल र नारायणि ढकाल कार्यरत छन् । भने विद्यालयमा करिब सय जनाको हारारारिमा विद्यार्थीहरु छन् । हाल विद्यायलयको ब्यवस्थापन र संचालनको लागी जीवन ज्योति ढकालको अध्क्षतामा माधव प्रसाद ढकाल ईन्द्र बहादुर ढकाल स्वर ब भण्डारी सन्त गुरुङ बागेश्वरी ढकाल रुद्र नाथ ढकाल सदस्य र राम प्रसाद पराजुलि सदस्य सचिब रहेको विद्यायलय ब्यवस्थापन समिति कि्रयाशिल छ ।

२ तत्कालिन आवश्यकताशरु
नयाँ स्थानमा विद्यालय सरेकाले हाल संचालन भैरहेका पाँच कक्षा कोठा र एक अफिस गरि ६ कोठा साथै आगामि बर्ष देखि हेरेक बर्ष १ कक्षा थप हुदै जाँदा कक्षा आठ सम्मका लागी जम्मा १२ कोठा भवनको आवश्यकता देखिएको छ । खेल मैदान खानेपानी शौचालय लगायत कम्प्यूटर ल्याब पुस्तकालयका साथै अन्य शैक्षिक सामाग्रीहरुको पनि आबश्यकता छ । यसै गरि अङगेजी माध्यममा पढाई शुरु गरिएकाले दक्ष अनुभवि थप शिक्षक शिक्षिकाको दरबन्दि जरुरत छ । त्यसै गरि विद्यालय क्षेत्रको गुरुयोजना निमार्ण ल्याण्ड स्केपिङ कम्पाउन्ड वालको निमार्ण जस्ता कुराहरु विद्यालयका तत्कालिन आवश्यकताहरु हुन् ।

३ भवन निमार्ण परियोजना

नया भवन निर्माण गर्ने स्थान
स्थानिय समुदायको चौतर्फि दबाब पछि यस वर्ष जिल्ला शिक्षा कार्यालय गोरखाले विज्ञान प्राविलाई चारकोठे विद्यालय भवन निमार्ण गर्नका लागी आठ लाख पच्चिस हजार उपलब्ध गराउने भएको छ । तर चार कोठा भवन निमार्ण गर्न सो रकम अपुग देखिन्छ । तर विद्यालयको तात्कालिक मुख्य आवश्यकता भवन नै भएका कारण स्थानिय समुदाय चार कोठे भवन निमार्णको तयारीमा लागिपरेको छ । जिल्ला शिक्षा कार्यालयले दिएको रकममा करिब चार लाख रुपैयाँ थप खर्च गरेपछि मात्र चार कोठा तयार हुन सक्ने प्राविधिकहरुको भनाई छ ।

यसै शिलशिलामा गत २०६६ पौष २० गते विद्यालय ब्यवस्थापन समिति अभिभावक र स्थानिय समुदायको एक भेलाले भवन निमार्ण गर्न विभिन्न समितिहरु पनि गठन गरेको छ । जस अनुसार भुवनेश्वर भटको संयोजकत्वमा भवन निकार्ण समिति गठन गरिएको छ । सिमतिका अन्य सदस्यहरुमा घननाथ ढकाल माधब प्रसाद ढकाल ईन्द्र बहादुर ढकाल मेघनाथ ढकाल निर्मला ढकाल दुर्गा ढकाल पुष्प रेग्मी र राम प्रसाद पराजुली रहेका छन् । त्यसै गरि सल्लाहकार समिति पनि त्यसै भेलाले चयन गरेको छ । सल्लाहकार समितिका सदस्यहरु खेम राज अधिकारी जनार्दन ढकाल इश्वरी प्र ढकाल राम प्रसाद अधिकारी तीर्थ ढकाल मिना ढकाल विश्व नाथ ढकाल रहेका छन् ।

भवन निमार्ण कार्यलाई गति दिन सॆाहि भेलाले गाउँ बाहिर रहेका र गाउँमै रहेका विभिन्न बुद्धिजिबिहरु समाबेश गरि एक अर्थ संकलन सहयोग समिति पनि गठन गर्ने निणर्य गरेको छ । समितिका सदस्यहरुमा जीवन ज्योति ढकाल खेम राज अधिकारी जर्नादन ढकाल दामोदर अधिकारी हरि प्रसाद ढकाल डा कृष्ण प्रसाद ढकाल इश्वरी प्रसाद भट डा खड्क बस्नेत रामजी ढकाल माधब ढकाल डा आई पि ढकाल कृष्ण राज ढकाल मोहन राज ढकाल डा जीबनाथ ढकाल माधब भट कमल ढकाल दिपक न्यौपाने र विकास ढकाल रहेका छन् ।

आर्थिक संकलन समितिको नामावलि आवर हर्मी मार्फत जानकारी जगराउन विद्यालयले पत्राचार गरेकाले यसैलाई आधिकारीक जानकारी मानिदिनु हुन अनुरोध छ ।

४ विज्ञान प्राविका लागी भएका सहयोग प्रतिबद्धताहरु

४।१ हाल निमार्ण हुन लागेको भवनको शिलन्यास गर्दै गोरखा क्षेत्र न दुईका सभासद् डा बावुराम भटराईले भवन निकार्ण कार्यमा सहयोग पुर्याउने र अन्यत्र पहल समेत गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । साथै उहाँले सो कुरा मडण्ली उमावि छोप्राकको बार्षिक उत्सबमा समेत दोहोर्याउनु भएको थियो ।

४।२ गोरखा फउन्डेसनका तर्फबाट अध्यक्ष विजय देबकोटाले गत बर्ष आफै विद्यालयमा उपस्थित भई पुस्तक र अन्य शैक्षिक सामाग्रीहरु बितरण गर्नु भएको र आगामी दिनमा विभिन्न भौतिक संरचना निमार्ण गर्न सहयोग गर्ने र फाउन्डेसनको तर्फबाट कम्प्युटर लगातका सामाग्री दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको ।

४।३ आवर हर्मीको इमेल नेटवर्क मार्फत छिमेकि गाविस आँपपिपल घर भई हाल अमेरिकामा बस्दै आउनु भएका डा बालकृष्ण मरहठाले उहाँ संलग्न भएको संस्था इम्पावर नेपाल मार्फत सहयोगको पहल गर्ने बचन दिनु भएको र तत्कालका लागी रु १५००० प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको ।

४।४ पि एस् डि नेपालका विष्णु भट र दुर्गा भटले पनि दुई कोठा भवन निकार्ण कार्यको पहल गर्ने बचन दिनु भएको छ ।

४।५ आवर हर्मीको ईमेल नेटवर्क मार्फत विभिन्न स्थानमा रहनु भएका हर्मीबासी बुद्धिजिवि एबम् समाजसेविहरु बाट विभिन्न मितिमा नगद भौतिक नैतिक सहयोग गर्ने प्रतिबद्धता जाहेर भएको

आवर हर्मीको इमेल नेटवर्क मार्फत नगद सहयोगको प्रतिबद्धता गरिएका दाताहरु

क। इश्वरी भट रु १००००

ख। दामोदर अधिकारी १००००

ग। हरि प्रसाद ढकाल १००००

घ डा कृष्ण प्रसाद ढकाल आवश्यता हेरेर



५ । विज्ञान प्राविका भावि लक्ष्यहरु

निशुल्क रुपमा अङगे्रजी माध्यममा कक्षा आठ सम्म पठन पाठन संचालन गर्ने

भौतिक संरचनाको गर्जो टरे पछि कम्प्युटर शिक्षा प्रदान गर्ने

हर्मी र आसपासका क्षेत्रकै नमुना शैक्षिक केन्द्र बन्ने

सामुदायिक विद्यालयमा पनि निजि विद्यालयमा झै अङगे्रजी माध्यममा सर्बसुलभ रुपमा गुणस्तरीय र बैज्ञानिक शिक्षा प्रदान गर्ने

६। विज्ञान प्राविलाई सहयोग गर्ने बैङक खाता

यस विद्यायलको बैङक खाता राष्ट्रिय बाणिज्य बैङक गोरखा शाखामा निम्न अनुसार रहेको छ ।

खातावलाको नाम विज्ञान प्राथमिक विद्यालय

खाता नं चल्ति हिसाब न १२५४


सहयोग गर्न इच्छुक महानुभाबले सिदै यस खातामा रकम जम्मा गर्न सक्नु हुने छ ।


७ । थप जानकारीका लागी सम्पर्क ब्यक्तिहरु
हर्मीमा

जीवन ज्योति ढकाल अध्यक्ष विद्यालय ब्यवस्थापन समिति ९८४१७७८६२७

राम प्रसाद पराजुलि प्र अ विज्ञान प्रावि

माधव प्रसाद ढकाल सदस्य विद्यालय ब्यवस्थापन समिति ९८४१४८०७१४

काठमाडौमा

जनार्दन ढकाल ९७४१०४९१२१ इश्वरी भट , 9751000553 दामोदर हधिकारी ९८५११००१९२ ,
डा कृष्ण प्रसाद ढकाल ९८४१४९२५६४ , हरि प्रसाद ढकाल ९८५१०७७७०९

bigyanps@hotmail.com

Thursday, November 26, 2009

हर्मीमा सामुदायिक रेडियो संचालन सम्बन्धि प्रारम्बिक अवधारणा पत्र

विकास ढकाल

सामुदायिक रेडियो के हो ?

सार्वजानिक हितको उद्देश्य राखेर समुदाय विशेष संगठित समुह निकाय वा संस्थाको माध्यमबाट गैरनाफामुलक उद्देश्य लिएर संचालन गरिने रेडियो नै सामुदायिक रेडियो हो । समुदायको स्वामित्व र व्यवस्थापनमा समुदायकै सदस्यहरुको हितका लागि सानो क्षेत्रमा साचालित रेडियो सामुदायिक रेडियो हो ।
सामुदायिक रेडियोलाई जनताद्धारा जनताका लागि साचालित रेडियो भन्ने पनि गरिन्छ । सामुदायिक रेडियोको स्वामित्व र रेडियो साचालन गर्ने अभिभारा समुदायमै रहेको हुन्छ । समुदाय भन्नाले समाजका सबै सदस्यहरुले रेडियो साचालन गर्ने काममा संलग्न हुन्छन् भन्ने हॊइन । समुदायमा आधारित विभिन्न संघ संस्थाहरुमाध्ये कुनै एक वा एक भन्दा बढी वा सबै मिलेर रेडियो चलाउन सक्छन । सामुदायिक रेडियो स्टेसनमा कार्यक्रम प्रसारण देखि स्टेसनको सचालन व्यावस्थापन र नीति निर्देशनसम्ममा स्थानिय समुदाय तथा श्रोताहरुको सहभागितालाई बढावा दिइएको छ । सामुदायिक रेडियो तुलनात्मक रुपले सानो क्षेत्रको स्थानिय समुदाय वा विभिन्न समुदायका मानिसहरुका लागि लक्षित हुन्छ ।सामुदायिक रेडियोका कार्यक्रमहरुले स्थानिय भाषा, साहित्य ,कला ,संस्कृतिको सुदृढीकरण र विकास तथा स्थानिय समस्या र चासोका विषयहरुमा छलफल र संवादलाई प्राथमिकता दिएका हुन्छन् ।कार्यक्रमका लागि धेरै धेरै जसो सामग्रीहरुको संकलन स्थानिय श्रोतबाट नै गरिन्छ ।सामुदायिक रेडियोले विज्ञापन र व्यापार नीतिमा सामाजिक हित र भलाइलाई प्राथमिकता दिने गर्दछ ।सामुदायिक रेडियो स्टेशनहरुले आम्दानीका श्रोत र उपाएका लागि सामाजिक व्यापार पवैद्र्धनका नीति अवलम्बन गरेका हुन्छन् सामुदायिक रेडियोले समुदायको मानिसहरुको स्तर ,रुचि र आवश्यकता अनुसार सूचना प्रभावकारी रुपमा प्रशारण गर्दछ । सामुदायिक रेडियोले प्रसारण गर्ने सामाग्रीहरु राष्टिय महत्व विषय वा घटाना भन्दन पनि स्थानिय विषय बस्तुमा जोड दिईएको हुन्छ । स्थानिय पनको आभाष दिन सक्नु नै सामुदायिक रेहियोको मुख्य उपलब्धि मान्न सिकन्छ ।
१ उदेश्य
1. सामुदायिक संचार र विकास पत्रकारीताको सिदान्तलाई अनुशरण गर्ने
2.भौगोलिक विषमता आर्थिक दुरावस्था भाषिक , जातिय र संास्कृतिक विविधतम जस्ता कारणहरुले गर्दा ग्रामिण जनातालाई आवश्यक सूचना र ज्ञान ताथा संचार माध्यमको पहुँचबाट बिाचत भएको हँदा विकल्पको रुपमा प्रस्तुत हुने
3.सबै जात ,जाति ,राजनैतिक दल, समासजक संस्था ,धार्मिक सस्थाको निष्पक्ष स्वतन्त्र रेडियोको रुपमा अगाडि बढ्ने
4.जनताको सूचनाको हक र वाक स्तन्त्रताको संरक्षण गर्ने


स्वामित्व - संचार सहकारी हर्मी गोरखा
ब्यस्थापक - संचार सहकारीको रेडियो संचालक समिति
प्रशारण स्थान - सम्भावित करेली थुम्का हर्मी कोट ,सापकोटा गाउँ, पिपल थोक, थुम्कि गरा, हर्मी गोरखा
प्रशारण क्षमता - ५०० वाट
प्रशारण अवधि समय - शुरुमा १० घण्टा विहान ५ -१० बेलुका ५ -१० पछि दैनिक १७ घण्टा
प्रशारण क्षेत्र- गोरखा , लमजुङ ,तनहँु
स्रोता सख्या -
भाषा -नेपाली र स्थानिय भाषा (गुरुङ ,मगर, तामाङ ,वराम ,मुस्लिम कुमाल )आदि


२ आवश्यक जनशक्ति स्थापना कालका लागी
प्राविधिक- २ जना १ महिला १ पुरुष
प्रशासन- जम्मा ४ जना
कार्यालय तथा लेष्खा- १ , बजार ब्यवस्थापक -२ ,पियन सुरक्षा गार्ड -१

समाचार शाखा
समाचार सम्पादक -२
सम्बादाता -६
जिल्ला सम्बादाता -३
गाउँले सम्वादाता आवश्यकता अनुसार
कार्यक्रम शाखा
कार्यक्रम प्रमुख -१
उत्पादक प्रस्तोता -३
प्रस्तोता ६ कार्यक्रम अनुरुप पैसा दिने

३ भौतिक संरचना
-यातायात विद्युत खाने पानीको पर्याप्त सुविधा पुगेको उच्च ठाउँ
-४ वटा राम्रो प्रकाश छिर्ने कोठा भएको घर
- एउटा बाहिरी आवाज छिर्न नसक्ने स्टुडियो बनाउनको लागी आवश्यक ढलान गरिएको कोठा


४ प्राविधिक पक्ष
टान्समिटर , टावर ,जेनेरेटर ,सोलार, टेलिफोन सेवा , ईन्टरनेट सेवा आदि

५ विज्ञापन निति
समुदायको स्वास्थय र आय आर्जनमा असर गर्ने विज्ञापन प्रशारण नगर्ने
सामाजिक सहिष्सुणतामा खलल पुग्ने खालका विज्ञापन प्रशारण नगर्ने

निशुल्क विज्ञापन सेवा

धुम्रपान मध्यपान र सुर्तिजन्य पदार्थ सेवन विरुद जन चेताना अभिबृदि गराउने
दैविक प्रकोप र उदार सम्बन्धि विज्ञापन
रक्तदान कार्यक्रम र रक्त आवश्यकता सम्बन्धि
१२ बर्ष मुनिका बाल बालिका र ६० बर्ष माथिका वृद वृदा हराएको सूचना
महत्वपूर्ण समान हराएको र भेटिएको जानकारी
उपचार नपाएर सहयोगको खोजिमा रहेका दुखि र गरिबहरुको विज्ञापन

६ आम्दानिका स्रोतहरु

१ समुदायमा नकरात्मक असर पार्ने बाहेकका विज्ञापन बजाउने
२ स्थानिय निकाय जिविस गाविसबाट र नगरपालिका पाँच वर्ष सम्म विषेश आर्थिक अनुदान लिने ३ संचार सहकारी मार्फत बचत तथा ऋण सहकारी मार्फत दैनिक आय आर्जन मूलक कार्यमा लगानी गर्ने
४ रेडियोका कार्यक्रम र समय विकि्र गर्ने साथै उत्कष्ट कार्यक्रमहरुको छुटै प्रायोजक खोज्ने
५ स्थानिय स्तरमा कार्यरत गैरसरकारी संस्था सरकारी सस्थाहरु सँगको साझेदारिमा कार्यक्रम उत्पादन र प्रशारण गर्ने
६ समय किनेर कार्यक्रम बजाउने राष्टिय स्तरका रेडिायो नेटवर्क अन्तराष्टिय गैरसरकारी र धार्मिक सघ सस्थाका कार्यक्रम बजाउने
७ रेडियो संचालनका लागी देशका विभिन्न शहर र विदेशमा रहेका शेयर सदस्यहरु म्ाार्फत च्यारिटि कार्यक्रमहरुको आयोजना गर्ने
८प्रशाराण केन्द्र प्रवेश शुल्क उठाउने
९ मुदति खातामा जम्मा गरिने निश्चित वचत रकमको ब्याज

७ कार्यक्रम

१ प्रयोगात्मक ज्ञान सहि सूचना र स्वच्छ मनोरन्जन प्रदान गर्ने खालका कार्यक्रमहरु नेपाली र स्थानिय भाषामा प्रशारण गर्ने
२ कार्यक्रमहरु मुख्य गरि मुल धारबाट पछि परेका महिला बालबालिका युवा लैङगिक समानता घरेलु तथा साना उद्योग आर्थिक उपाजर््ानका गतिबिधि सामाजिक कि्रया कलाप मावब अघिकार प्रजातन्त्र अन्ध विस्वास र करिति विरुद सुसासन अपाङता दलित र पिछडिएको वर्गको जागरणका कार्यक्रमहरु प्रशारण गर्ने
४प्रशारण क्षेत्र भित्र आयोजना हुने औपचारिक कार्यक्रमहरुको जानकारी गराउने
५ मौसम जानकारी
६ दैनिक उपभोग्य सामाग्रीको बजार भाउ र ब्यवसायिक कृषि ताथा पशु पालन गर्ने समुदाय लाई लक्षित गर्दै फलफूल तरकारी दुध र मासुको बजार भाउ प्रसारण गर्ने
७ लामा तथा छोटो दुरिको यातायात समय तालिका एम्बुलेन्स र अस्पताल लगायत समाजिक सरोकारका संस्थाहरुको जानकनरी र फोन नम्बर प्रसारण गर्ने
८स्थानिय स्तरमा महत्व राख्ने चाड पर्ब मेला महोतसब लगागतका विशेष कार्यक्रमहरुको प्रत्यक्ष प्रशारण गर्ने

८ समस्या र चुनौति

जन चेतानाको कमि
स्थानिय स्तरमै दक्ष जन शक्तिको अभाव
रेडियो अनुगमन निकायको कमि
निश्चित प्रशारण लाईसेन्सको कमि
ग्रामिण क्षेत्रमा टेलिफोन यातायात र विद्युत नियमित आपुर्तिको समस्या


यो एउटा प्रारम्बिक खाका मात्र हो यहाँहरुको अमूल्य प्रतिकिर्याले मात्र यो खाकाले पूर्ण रूप लिन सक्छ

Sunday, March 29, 2009

गाउँको विकास गरौं सुरु आफैबाट

विकास ढकाल
यसपालि िहंड्दा हिड्दै गाउँका दुई चारवटा सामाजिक जमघटहरुमा सामेल हुने मौका मिल्यो । ती जमघटहरुमा सबै गाउँलेहरुका समस्या विचार र विविध गन्थन मन्थनहरु जान्ने बुझ्ने अवसर पाएँ । गाउँका आवाजहरु सुन्दै र बुझ्दै हिड्दा फरक फरक मान्छेका एकै किसिमका आवाजहरु मेरो कानमा टोकिन पुगेका थिए । यसै क्रममा मेरो दिमागमा गाउँका एकजना बुद्ध बुवाको आवाज टोकिन पुगेको थियो र त्यो समस्त गाउँहरुको प्रतिनिधि आवाज मैले यहाँ उद्धित गरेको छु । उहाँ भन्दै हुनुहुन्थ्यो ुबाबु हाम्रो गाम ठाम मात विकास कहिल्यै आएन हामी कहाँ पनि विकास आउँछ अरे भन्ने हल्ला धरै पल्ट सुनेम् खै कता हरायो विकास कैले आउला बाबु त्यो हाम्रो गाम ठाममा ।ु मैले यो आवाजलाई यस अर्थमा प्रतिनिधि आवाज ठानेकी सबै गाउँलेहरुको आवाजमा विकासको प्रतिक्षा मुखरित भएको पाएँ ।
हो हाम्रा गाउँ र गाउँलेहरु विकासको प्रतिक्षामा छन् र विकास बाहिरबाट आउने वस्तु हो भन्ठान्छन् । अनि यो विदेशमा काठमाडौंमा यात सदरमुकाममा छ र त्यहाँबाट आयात गर्ने चिज हो भन्ने हाम्रो सोचाइ छ । यस्तै पुरातन सोच र मानसिकताका कारण हामी गाउँ विकासको मामलामा क्रमशः पछाडि धकेलिदै गइरहेका छौ। । तर अब यस्ता झिना मसिना कुराहरुमा नअल्झिकन आफ्नो गाउँ र ठाउँलाई नमुना बनाउन हामीहरु आफै कम्मर कसेर लाग्नु पर्ने बेला भैसकेको छ ।
विकास सर्वप्रथम जनताको चेतनामा आउँछ । त्यो चेतना भनेको विकासको सम्बाहक हो चेतना स्तरमा बृद्धि भएपछि मात्र विकासको मुल फुट्न सुरु हुन्छ । विकास परदेशीले अरबबाट रङ्गिन टिभि ल्याएझै आउने चिच होइन भनेर हामी सबैले बुझ्नु पर्छ । सुरुमा त परम्परागत बानी बेहोरा चलचलन विकृतिहरु हटाउनु आयमुलक लगानीहरु गर्नु आयवचत गर्नु र सामजिक काममा ऐक्यबद्ध हुनु र आफ्ना सिमित साधन स्रोत क्षमता र सीपको उचित उपभोग गरि प्रगतिको बाटोमा अघि बढ्नु नै नमुना गाउँ विकासका प्राथमिक आधारहरु हुन् ।
आफ्नो गाउँ ठाउँको विकासका लागि अरुको मुख ताक्ने परनिर्भता बाँनिले हामीलाई नै हानि पुर् याएको छ । स्थानीय स्रोत साधन प्रविधि र पुजींको कमी रहँदा रहँदै पनि हामीहरु संगठित रुपमा योजना व्यवस्थापन र कार्यान्वयन पक्षमा मजबुत भएमा जस्तो सुकै ठाउँ आवस्था र स्थितिमा विकास निमार्ण अघि बढ्छ भन्ने कुरामा कसैको पनि दुईमत हुदैन । मूल कुरा त विकासलाई पर्खेर बस्ने अनि हामी कहाँ वा आफूसँगै के छ र भनेर परिश्रमी हात पाखुरा बाधेर बस्ने बानि हामी कहाँ हावि छ । आफ्नो ठाउँको विकासको लागि आफूसँग के-के क्षमता छ कुन कुन चिज उपलब्ध छन् कस्तो योजनाका साथ अघि बढ्ने भन्ने कुराको छलफल हरेक समुदायमा हुनु जरुरी छ ।
संगठित मानवीय शक्ति नै विकासको मूल आधार हो । वास्तवमा संगठित हुनु भनेकै सबै तह र तप्काका व्यक्तिहरुसँग भएका खुवि र क्षमताहरुलाई एकै धारमा मिसाएर जस्तो सुकै समस्याहरुसँग पनि जुध्न सक्ने नयाँ शक्तिको निर्माण गरि विकासको मार्गमा अगाडि बढ्नु हो । जब समाज स्वतः स्फूर्त रुपमा संगठित हुन्छ त्यस संगठित समुदायको सहि मार्ग चित्र कोरेर अगाडि बढाउने नेतृत्व चाहिन्छ । सामुदायिक नेतृत्व एक दुई जना व्यक्तिमा सिमित हुनु ठिक हुँदैन । र एकै व्यक्तिले सँधै समुदायको उचित र सहि नेतृत्व गर्छ भन्नेमा पनि कुनै निश्चितता हुँदैन । त्यसैले नेतृत्व समय समयमा परिवर्तन गरेमा नयाँ नयाँ सोच र कार्य दिशामा अगाडि बढ्न सकिन्छ । नेतृत्व गर्ने गुण र खुवि समुदायका सबै सदस्यहरुमा हुनु पर्छ । नभए नेतृत्व क्षमता विकास गर्न तिर लाग्नु फाइदाजनक हुन्छ । जब समुदाय सधै एउटा दुइवटा अगुवाको मात्र भर पर्दछ त्यस्तो अवस्थामा अगुवाहरुले आफ्नो स्वार्थ पुर्तिका लागि मात्र काम गर्न सक्ने सम्भावना रहन्छ । त्यसैले नेतृत्व पंक्तिमा रहेका अगुवाहरुको हरेक कदम र आचरणको अवलोकन र खवरदारी आवश्यक पर्छ । मुखले एक कुरा गर्ने तर व्यवहारमा त्यसको ठिक उल्टो गर्ने चरित्र अत्यन्तै नराम्रो हो । यसरी असल अगुवा र सबैको सकृय सहभागीले निरन्तरता पाइराखेमा समाजले छिटो छिटो प्रगति गर्न सक्छ ।
विकास प्रकि्रयालाई अगाडि बढाउने काम हाम्रो जिम्मामा छ । गाउँलाई नमूना बनाउने आधार वास्तवमा सामुदायिक तथा आर्थिक विकास कार्यक्रमहरु नै हुन् । समुदायका सदस्यकै पूर्ण सहभागीतामा यी कार्यक्रमहरुलाई सन्तुलित रुपमा अगाडि बढाउन सकेमा आशा गरे अनुसार आफ्नो गाउँ ठाउँलाई नमुना बनाउन सकिन्छ ।
हरेक नयाँ कुराले शुरुमा कल्पनामा आकार लिन्छ । कल्पनामा जन्मिएका आकार सुरुमा कल्पना गर्ने मानिस बाहेक अरुले देख्न सक्दैनन् । अरुले देख्ने बनाउन पहिले योजनाको नक्शा वा खाका तयार पार्नु पर्छ र पछि त्यसलाई समग्ररुपमा कार्यान्वयन गर्नुपर्छ ।
सबै भन्दा पहिले समुदायका अगुवा प्रतिनिधिहरु र स्थानीय नागरिक समाजको सहकार्यबाट आफ्नो गाउँलाई कस्तो बनाउने नमूना गाउँको नक्शा बनाउने काम गर्नु पर्छ । गाउँको अहिलेको वास्ततिक अवस्था कस्तो छ श्रोत र सम्भावनाहरु के के छन् ती स्रोत स्थानीय र सम्भावनाहरुलाई कसरी समुदायका सदस्यहरुको हितमा ल्याउन सकिन्छ क-कसको कुन कुन पक्षमा सहभागिता गर्नु पर्दछ भन्ने जस्ता कुराहरुको स्पष्ट लेखा जोखा गर्नु र समुदायको आम भेलामा प्रताव गरि सबैको राय र सुझाव अनुसार पारित गरि कार्यान्वयनको प्रकि्रयामा अघि बढ्नु पर्छ । यो नै नमूना गाउँ निर्माणको जग हो ।
यस्ता योजना र यसको पूर्ण कार्यान्वयनले समुदायका सदस्यहरुको आर्थिक र सामाजिक जीवन स्तरमा अकल्पनिय परिवर्तन आउँछ । अनि यो परिवर्तन दिगो र स्थायी हुन्छ । र नमूना गाउँले संस्थागत रुप लिन थाल्छ । अनि यस्तै नमुना गाउँहरुबाट नमूना गा।वि।स। नमँना जिल्ला हुँदै नमूना राष्ट्र बन्न सक्दछ ।
त्यसैले आफ्नो गाउँ ठाउँको विकासका निम्ति अरुको मुख ताक्ने प्रवृत्तिलाई निरुत्शाहित गर्दै स्थानिय मानवीय तथा प्राकृतिक स्रोत र साधनहरुको पूर्ण पहिचान गरि आर्थिक एवं सामाजिक विकासमा अगाडि बढ्नु पर्छ ।
यसका लागि समुदायका व्यक्तिहरुको सकि्रय सहभागिता टड्कारो आवश्यकता पर्दछ । हामीसँग विकासका लागि काममा आउने धेरै भौतिक र मानवीय स्रोतहरु अहिले निष्कृय रहेका छन् । यही स्थानीय मानवीय र प्राकृतिक स्रोतको पूर्ण परिचालन दुरदर्शिता मिहेनत गर्ने बानी आत्मा अनुशासन र योजनाबद्ध कि्रयाकलापमा बृद्धि भई दृढ संकल्प तथा अटोठका साथ गाउँ विकासमा जुटेमा गाउँले छिट्टै मुहार फेर्नेछ अनि बल्ल सबैको विकास प्रतिको धारणामा परिवर्तन आउँछ । अनि बल्ल हाम्रा सामाजिक सपनाहरु विपनामा बदलिन्छन् । त्यसैले हामीहरु पनि एक आपसमा रहेका मन मुटाव स्वार्थि मानसिकता र गुट र फुटको आफ्नो असामाजिक मानसिकताबाट एक खुड्किलो माथि चढी एउटै साझा उद्देश्यका साथ आफ्नो गाउँ विकास गर्न हातेमालो गरि किन अगाडि नबढ्ने त


नारीको अवस्था र विकासको कल्पना


- सीता सापकोटा
कुनै पनि समाज एवं स्थानको विकासको निम्ति त्यस ठाउँको विकासका सम्भाव्य पूर्वाधारहरुलाई योजना बद्ध ढंगबाट कार्यन्वयन गर्दै जानुपर्छ । मानवीय समाजको सचेतना विना विकासका पूर्वाधारहरु न तय नै गर्न सकिन्छ न त कार्यान्वयन नै । कुनै पनि समाजमा लिङ्गीय हिसावले दुई जातका मानिसहरु बस्दछन् । ती हुन् नारी र पुरुष । हाम्रो देशको आधा भन्दा बढी धर्ती नारीले नै ओगटेका छन् । संख्यात्मक हिसावले सवल देखिएका हामी नारीको अझसम्म पनि समाजमा भने दोस्रो स्थान देखिन्छ ।
पुरातनवादी सोचले पिल्सीएको हाम्रो नेपाली समाजमा नारी उत्थानका निम्ती कुनै पनि ठोस कार्यक्रमहरु अझसम्म हुन सकेका छैनन् । युगान्तकारी परिवर्तनको नाममा ल्याइएको मुलुकी ऐनले होस् वा नयाँ शिक्षा योजनाले भित्र्याएको नियमले होस् २०३६ सालको जनमत संग्रहले होस् वा २०४६ सालको जनआन्दोलनले होस् नारीका निम्ती कुने महत्वपूर्ण निर्णय लिन सकेन । केवल नारीलाई सहानुभूति स्वरुप आरक्षणका नाममा फोस्रा नाराहरु धन्काइए साचारका ढोल बजाइए मात्र । त्यसैले त नेपाली समाजको विकासमा कुनै पनि पविर्तनको प्रवल सम्भाव्यता अझ पनि देखा पर्न सकेको छैन ।
वास्तवमा नारी सिर्जनाकी खानी हुन् । मानवताकी प्रसाद हुन् अनि सिङ्गो मानव समाजको विकासको पथ पदर्शक हुन् । यसर्थ नारीको स्थान उच्च राखेमा मात्र मानव समाजले विकासरुपि काँचुली फेर्न सक्छ । पौराणिक कथाहरुमा हामीले सुन्ने गरेका छौं की पुरुषको पुरुषार्थले थेग्न नसकेका बाधा र अड्चनहरुलाई नारीको सामथ्र्यले छेकेको । त्रेता युगकी नेपाली नारी सीताको आदर्शताले िसंगो मानव समाजलाई मानवीयताकै पाठ सिकाई विकास प्रेमी बन्न प्रेरित गरेको पाइन्छ । परापूर्वकालमा नारीको स्थान उच्च थियो । प्रकृतिको सुन्दर वातावरणमा हुर्केका स्वच्छ र उच्च मस्तिष्कले नारीको सही स्थान पत्ता लगाएको थियो । तर समय बित्दै जाने क्रममा पुरुषका मात्र अधिनमा समाज जकडिन थाल्यो । अज्ञानता र असहज अवस्थामा पुरुषको आधिपत्यरुपि ऐजेरु समाजमा मौलायो र प्रभुत्ववादी नीति नियमहरु बन्न थाले अनि विस्तारै महिला दोस्रो दर्जाकी नागरिक बन्न थालेको पाइन्छ । तर विश्व इतिहासलाई हेर्दा विश्वका कयौं देशहरुले विकासको फट्को मारिसकेका छन् । त्यहाँ नारीको स्थान पुरुषको सरह छ । युरोप र अमेरिका महादेशका नारी पुरुष समान दर्जामा छन् । उनीहरु एक अर्कामा हातेमालो गरी देश विकासमा जुटेको पाइन्छ । तर एशिया महादेशमा त्यसमा पनि हाम्रो देश नेपालमा भने नारीको अवस्था दयनीय नै छ ।
हाम्रो देशमा महिलामा शिक्षाको समान अवसर छैन । चेलीको अवोध अवस्थामा नै झारी समाएर कन्यादानको पौरख देखाउने हाम्रो पुरातनवादी सोचको समाजले नारी मुक्तिको पाठ कहिले सिक्ने हो शिक्षादिक्षाले सवल बनाउन सकेमा चेलीले आफ्नो भावी जिवनको निर्णय आफैं लिन सक्छे र जिम्मेवारीको बोध पनि गर्छे । रात दिन घरदैलोमा सिमित राखेर नारीलाई अज्ञानतामा डुबाउने हाम्रो समाजले नारीको महत्वलाई बुझ्न सकेको छैन ।
नारीको जीवनस्तर उकास्न सर्वप्रथम त प्राकृतिक रुपमा नारीले पाएका वरदान भनु या दण्ड जस्तै रजस्वला गर्वधारणा जस्ता कुराहरुमा विशेष ख्याल पुर् याउनु पर्ने हुन्छ । जस्तो कि पश्चिमी नेपालमा अझै पनि छाउपडी प्रथाको कारणले रजस्वला भएको अवस्थामा नारी माथि गरिएको गलत व्यवहारको विद्रोह गर्नुपर्ने देखिन्छ भने अर्को तिर छिटो विवाह गरिदिइ छिट्टै गर्वधारणा गर्नुपर्ने कुराले नारी पछि परेका कुरालाई पनि विस्रनु हुन्न । हरेक बाबु आमामा त्यो चेतना जगाउन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ । जसले नारीको जिवनस्तर उकास्न प्रभाव पार्न सकोस् । छोरा सरहको शिक्षा छोरीलाई समेत दिएर हरेक अवसरमा छोराकै सरहको स्थान छोरीलाई दिनुपर्छ । हरेक काम गर्न नारी पनि सक्षम छे र चेतनाको कारणले सक्षम हुन्छे पनि ।
हामी नारीहरु घर व्यवहार साचालन गर्ने जिम्मेवार सदस्य हौं । यदि हामीमा शिक्षा एवं चेतनाको विकास हुने हो र समाजमा मौलाएको हामी प्रति हेर्ने र सोच्ने दृष्टिमा युगान्तकारी परिवर्तन आउने हो भने अवस्य पनि त्यो समाज सुन्दर बन्न सक्छ । सधैं पुरुषको हैकमी पन र पुरातनवादी सोंच नारीमाथि रहने हो भने त्यो समाजको विकास अपरिकल्पनीय हुनेछ ।
यसर्थ हाम्रो नेपाली समाजमा मौलाएको नारी प्रति हेर्ने पुरातनवादी सोंच निर्मूल गरी नारीमा ज्ञानरुपि शिक्षाको ज्योति छर्न सके अवश्य पनि हाम्रो अवस्था सुध्रन्छ । दुवै नरनारी होष्टेमा हैंसे गर्दे हातेमालो गरी अगाडि बढेमा कुनै पनि समाजको तथा सिङ्गो देशको विकास अवश्य पनि हुन धेरै समय लाग्दैन ।