Showing posts with label लेख रचना. Show all posts
Showing posts with label लेख रचना. Show all posts

Sunday, April 17, 2011

नेपाली नेपालको माया छ कि छैन ? :विकास ढकाल

(बैशाख ३ गते नयाँ पत्रिका दैनिकमा प्रकाशित)

डा. उल्फार्ड 'म मरेपछि पनि मेरो लासको खरानी लिएर मेरो एकजना आफन्त नेपाल आउनेछ र मैले सेवा गरेको गाउँ आँपपीपलमा मेरो खरानी सेलाउनेछ' एउटा विदेशीको मुखबाट पहिलोपटक यो वाक्य सुन्दा एकैछिन त म अक्क न बक्क परेँ । सामुदायिक रेडियो हर्मीका लागि गोरखा जिल्लाको एउटा दुर्गम गाउँ आँपपीपलमा रहेको आँपपीपल अस्पतालमा अन्तर्वार्ता लिइरहेका वेला जर्मन नागरिक डा. उल्फार्ड स्टार्कको नेपालमोह देखेर मलाई भिन्न अनुभूति भयो । उनको यो उद्गारले स्मरण गरायो पुरानो नेपाली स्वदेश गान ः नेपाली नेपालको माया छ कि छैन ? ६७ वर्षे डा. उल्फार्ड सात वर्षयता आँपपीपल गोरखामा छन् । जर्मनीमा लगभग तीन दशक हाड-जोर्नी विशेषज्ञका रूपमा काम गरेपछि आफ्नो अवकाशप्राप्त जीवन बिताउन नेपाल आएका उनी यहाँ ग्रामीण जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिइरहेका छन् । २०१५ सालमा सामान्य स्वास्थ्यकेन्द्रका रूपमा खुलेको आँपपीपल अस्पताललाई ०२५ मा युनाइटेड मिसन टु नेपालले सञ्चालनमा ल्याएको हो । यो अस्पताल गोरखा र आसपासका लमजुङ, तनहुँ, चितवन, मनाङलगायतका जिल्लामा निकै चर्चित अस्पताल हो । तर, देशमा चर्किएको द्वन्द्वलाई निहुँ बनाएर युनाइटेड मिसनले ०५८ मा अस्पताल सञ्चालनको जिम्मेवारीबाट हात झिकेपछि आँपपीपल एकाएक चर्चाको शिखरबाट ओरालो लाग्न पुग्यो । त्यसपछि अस्पताललाई कसले र कसरी सञ्चालन गर्ने भन्ने विषयमा धेरै छलफल भए । अस्पताललाई सामुदायिक बनाउने कि सरकारी भन्ने कुरामा विवादका शृंखला भ\m याँगिदै गएपछि अचानक आँपपीपलको साख गिर्न पुगेको थियो पचासको दशकको लगभग-लगभग अन्त्यतिर । तर, मिसनले छाडेलगत्तै अभिभावकविहीन अवस्थामा चहलपहल शून्य बनेको आँपपीपल अस्पतालले ०६० मा एउटा पि्रय अभिभावक पायो डा. उल्फार्ड स्टार्कलाई । घिटिघिटी गरेर बाँचेको अस्पताललाई पुनर्जन्म दिएर यसको मुहार फेर्न डा. उल्फार्ड अहोरात्र खटिएपछि आँपपीपल अस्पताल अहिले अर्कै उचाइमा पुग्न सफल भएको छ । आँपपीपल अस्पतालमा उपचारका लागि गोरखा र आसपासका जिल्लाबाट आएका दैनिक सैयौँ बिरामीलेे सेवा लिन्छन् भने दैनिक दर्जनाँै शल्यक्रिया पनि हुने गरेको छ । सरकारी अस्पताल भए पनि एकमात्र सरकारी कर्मचारी कार्यरत रहेको आँपपीपल अस्पतालमा अस्पताल सञ्चालक समितिको सहयोगमा तीन दर्जन स्थानीय कर्मचारी व्यवस्था गरी हाल व्यवस्थित रूपमा अस्पताल सञ्चालन भइराखेको छ । ऐतिहासिक लिगलिगकोटको फेदैमा छ आँपपीपल अस्पताल, जहाँ जर्मन नागरिक डा. उल्फार्ड ग्रामीण जनताको जनजीवनसँग जोडिएर बसेका छन् । आजभन्दा ६७ वर्षअघि जर्मनीको सेक्सोनियामा जन्मिएका डा. उल्फार्ड चिकित्साशास्त्र पढेर सन् १९६९ देखि जर्मनीका थुप्रै ठाउँमा आफ्नो दक्षता प्रमाणित गरी ख्याति कमाए । पछि उनी जीवनमा एउटा बेग्लै अनुभूति सँगाल्न नेपाल आए । नेपालसँगको उनको चिनाजानी त्यति नौलो पनि थिएन । सन् १९९० तिरै उनी नेपाल आएका थिए, तर अहिलेकोे भन्दा बिल्कुल फरक सन्दर्भमा एक पर्यटकका रूपमा । टे्रकिङ गर्न नेपाली डाँडापाखामा पुग्दा त्यतिवेलै उनको मनमा लागिसकेको थियो- कुनै दिन यिनै गाउँहरूमा आएर अवकाशप्राप्त जीवन बिताउने छु । उनले नजिकबाट नियालेका रहेछन्- यहाँका जनतालाई पनि त्यतिवेलै । हो त्यही पर्यटक भएर नेपाल आउँदाको आकर्षण र नेपालमोहले डोर्‍यायो । यही माटोमा ०५८ मा डा. उल्फार्डलाई । नेपाल आउनेबित्तिकै उनी काठमाडांैमा रहेको काठमाडांै मोडेल अस्पताल छिरे । त्यत्तिकैमा प्लास्टिक सर्जन डा. शंकरमान राईले उनलाई एउटा शिविरमा भाग लिन आँपपीपल जाने निम्तो थमाए । सुरुमा केही दिनका लागि शिविर सञ्चालन गर्न आँपपीपल आइपुगेका उनलाई आँपपीपलले यसरी मोहनी लगायो कि उनी त्यो मोहजालबाट उम्किनै सकेनन् र उनले तत्कालै एउटा निर्णय लिए- नेपाल रहुन्जेल आँपपीपलमै बसेर सेवा गर्ने । यहाँ आएको केही समयमै उनी अभ्यस्त भइहाले यहाँको भूगोल र समाजसँग । अनि छोटो समयमै छाप छोड्न सके यस क्षेत्रका जनतामा ।

उनीसँग गपि"m दा लाग्छ- आँपपीपलको जति माया उनलाई अरू कसैको पनि छैन । जर्मनमा उनकी श्रीमती छन् । छोराछोरी छन् उनको अभिभावकत्वका भोका । तर, उनलाई परिवारभन्दा बढी आँपपीपलसँगको बसाइ पि्रय लाग्छ । डा. उल्फार्डको दिमाग सधँै आँपपीपलवरिपरि मात्र फन्को मार्छ । त्यसैले त उनले जर्मनमा समेत 'नेपाल मेड' नामक सामाजिक संस्था खोलेर त्यसमार्फत आँपपीपल अस्पतालको भौतिक पक्ष सुधारमा सहयोग जुटाइरहेका छन् । जर्मनमा इसाइ परिवार र माहोलमा हुर्किएका उनी यहाँ आएपछि बौद्धमार्गी बनेका छन् । उनी भन्छन्, 'मलाई बौद्धमार्गी बन्न पनि यही माटोले नै उत्पे्ररित गरेको हो ।' उता नजानेका धेरै कुरा यता आएर सिकेको बताउने डा. उल्फार्ड ठोकुवासाथ नेपाल नआएको भए आफ्नो जिन्दगी बेअर्थको हुन्थ्यो भन्छन् । बाँच्नलाई त सबै बाँचेका छन्, तर सार्थक जीवन बाँच्न निकै गाह्रो छ । उनी भन्छन्, 'तर, मैले यहाँ आएर सार्थक जीवन बाँच्न सिके र केही हदसम्म बाँच्ने प्रयासमा छु जस्तो पनि लाग्छ ।' उनी नेपालको प्रकृति र संस्कृतिलाई औधी माया गर्छन् । त्यसैले त डाक्टरी कामबाट फुर्सद मिलेको समय नेपाली गाउँ र वन-जंगल चहारेर उनले नेपाली-जर्मनी शब्दकोश र नेपाली चरासम्बन्धी पुस्तकको पाण्डुलिपि पनि तयार पारिसकेका छन् । उल्फार्डजस्तै हामी नेपालीजनको मनमा पनि सेवाको भावना अंकुराएदेखि देश माथि उठ्न पक्कै बेर लाग्ने थिएन । हामीले आ-आफूले विज्ञता कमाएको क्षेत्रमा वर्षमा कम्तीमा केही दिन सेवामा जुटेर आफ्नो माटोप्रतिको ऋणको भारा तिर्न सकेमा मात्रै पनि यहाँ धेरै काम हुनेछ । आफ्नो तोकिएको दरबन्दी कायम भएको ठाउँमा समेत नगएर काज मिलाएर सहरमै गुमनाम बसी पेसाप्रतिको उत्तरदायित्व पूरा गर्न नसकेका नेपाली डाक्टरहरूलाई छुनुपर्ने हो- डा. उल्फार्डको बौद्धिक झापडले । आँपपीपल अस्पतालमै पनि केही सरकारी डाक्टरको दरबन्दी छ, तर यहाँका जनतालाई सरकारी डाक्टर कुन चराको नाम हो भनेझैँ लाग्छ । सधैँभरि पैसा र सुविधाको पछाडि मात्रै दगुर्नेले सम्पन्न जीवन त बाँचेका होलान्, तर सार्थक जीवन बाँच्न सकेका छैनन् । कस्तो अचम्मको कुरा यहाँ अधिकांश काठमाडांै छाड्न नपरे हुन्थ्योजस्तो गर्छन्, तर डा. उल्फार्ड आँपपीपल छाड्न नपरे हुन्थ्योजस्तो गर्छन् । यही माटोमा अरुण बुढा, सन्दुक रुइत, शंकरमान राई जस्ता डाक्टरहरू पनि छन्, तर सबैको मन एकैकिसिमको कहाँ हुँदोरहेछ र ? निजी लगानीमा स्वदेश तथा विदेशमा पढेका डाक्टरहरू त गाउँ जान मानेन-मानेनन्, कैयौँ सरकारी कोटामा स्वदेश तथा विदेशमा छात्रवृत्ति पाएका र चिकित्साशास्त्र अध्ययन संस्थानलगायतका सरकारी क्याम्पसमा पढेकाले पनि देशले आफूहरूमाथि गरेको लगानीलाई बालुवामा हालिएको पानीसरह ठान्छन् । नेपालका ग्रामीण क्षेत्रमा डा. उल्फार्डजस्ता धेरै विदेशी र नेपाली नागरिक निःस्वार्थ भावनाले जनताको सेवामा जुटेका छन् । त्यस्ता सामाजिक सेवाको भावना बोकेका नागरिकबाट थप सेवा लिनका लागि राज्यले उनीहरूलाई उचित सम्मान र सहयोग पुर्‍याउनुपर्ने देखिन्छ । डा. उल्फार्डजस्ता समाजसेवीलाई गरिने सम्मान र सहयोगले अरू सैयौँ उल्फार्ड जन्माउन सहयोग पुग्नेछ अनि मात्र आँपपीपल जस्ता नेपालका धेरै गाउँले उल्फार्डको जस्तै सेवा पाउने छन् । जति धेरै नेपाली नागरिक उल्फार्डबाट प्रेरित बन्छन् नेपालले त्यति नै धेरै नेपालीको माया पाउनेछ ।

Wednesday, November 24, 2010

बालकको खुत्रुकेको पैसा पुस्तकालय बनाउन दान !

रबिन्द्र प्रसाद ढकाल
मिति - २०६७- ०६- ३०
स्थान- बिज्ञान प्रा. बि.,हर्मि-८, गोरखा
हाल काव्य माध्यमिक स्कूल, बानेश्वर को कक्षा ५ मा अध्यनरत छोरा रसिक ढकालको लामो जापान बसाई र पुस्तक प्रतिको मोह र शिक्षामा परिबर्तनको चाहनाले नै होला, २००६ मा छुटटीमा नेपाल आउदा रसिकले केही स्कुलको भ्रमण र पुस्तकालय एबम अन्य भौतिक पुर्बाधारको आंकलन गर्ने काम गरेका थिए। यसै सिलसिलामा आफ्नो स्थायी घर रहेको हर्मि-८, गोरखा स्थित बिज्ञान प्रा। बि।मा जांदा बिद्यार्थी, शिक्षक, बेन्च, कालोपाटी जस्ता आधारभूत संरचना मात्रै देखेपछि आफूले केही गरिदिने अठोटका साथ जापान फर्किए. हरेक दिन केही रकम स्कुलको लागी दान गर्ने भनी स्कुलको खुत्रुके बनाई २ बर्षको अबधिमा जम्मा भएको रकम जापानी येन १२,००० बाट हुन आउने ने। रु। १०,००० र बुवाआमाको तर्फबाट रु १०,००० गरी जम्मा रु २०,००० बाट उपलब्ध हुन सक्ने बालपुस्तक किनी दिने निर्णय गर्यौ। उनको यो चाहना पूरा गर्न केही पुस्तक किनी नवमीको दिनमा हस्तांतरण गर्ने निधो भयो। जसअनुरूप उक्त दिन स्थानीय युबाहरूले गरेको जनचेतानामुलक सांस्कृतिक कार्यक्रमको समापन पछि बिध्यालय प्राङ्गणमा भेला भएका बिद्यार्थी, शिक्षक, अभिभाबक बिदेशी पाहुना र बुद्दिजीबीको रोहोबरमा एक कार्यक्रममा संचालन भयो. उक्त बिध्यालयका शिक्षक कृष्ण प्रसाद अधिकारीको उदघोषण, स्थानीय अभिभाबक भुबनेश्वर भट्ट, जीवन ज्योति ढकाल, पुस्तक प्रदान गर्ने रसिक ढकाल र मेरो छोटो मनतब्य पछि सांकेतिक पुस्तक हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो. यस कार्यलाई मन पराई आस्ट्रेलिया स्थायी बसोबास गर्ने उनका मामा जीबन ढुंगानाले रु २०,००० र जर्मन नागरिक उत्ता देलेफंटबाट रु १,००० र भारतीय नागरिक चेतन इसरानी बाट रु १,००० गरी जम्मा संकलित रकम रु ४२,००० बाट आबस्यक पुस्तक किन्ने सल्लाहा भयो. यसरी बिना पुस्तक पढने र पढाउने शिक्षण गतिबिधिमा केही सुधार आउने लक्षण पनि देखिएकाले र संपूर्ण अभिभाबक एबम बुद्धिजीबीको हौसला र प्रोत्साहनले कक्षा ५ मा अध्यनरत एक बिध्यार्थिको मन पनि प्रफुल्लित बनायो। उनले भनेको "मेरो चाकलेट खाने पैसाले किताब किनिदिएको छू, संगै पढ़ौं है" भन्ने उद्गारले उपस्थित सबै अभिभाबकलाई भाब बिभोर बनाएको थियो।

Monday, January 11, 2010

११ बर्ष भयो, न्याय खै?

-रबिन्द्र ढकाल

बेपत्ता पारीएका राजेन्द्र ढकाल

११ बर्षमा हामीले कै गर्न सक्दैनौं? कपूरी क सिक्दै गरेको बच्चा फलामे ढोका पार गरेर इन्जिनीयर, डाक्टर, या बैज्ञानिक बन्न फाराम बोकेर क्याम्पसको ढोकामा पुग्छ, हिंडेर गए पनि नेपालको १४ अंचल ७५ जिल्ला ४००० गाबिस घुमेर सकिन्छ, साइकिल लिएर निस्कने हो भने सात ओटै महादेश घुमेर सकिन्छ। तर अफसोच, नयाँ नेपाल बनाउन कस्सिएका पुराना नेताहरु मान्छेको रगत र पसिना चुस्दै पुरानै ढ्याऊ गर्दै दिन काटिरहेछन। यिनिहरुलाई अरुको एक रत्ति चिन्ता छैन भन्ने कुरा त घाम जत्तिकई छर्लंग छ, तर पनि भन्नलाई आशै मार्न भने सकिंदो रहेनछ। एउटा राजनैतिक प्रतिबद्दता बोकेर दुनियालाई न्याय दिन भन्दै आफ्नो स्वार्थलाई तिलांजलि दिँदै कानुनचिको प्रमाणपत्र भित्तैमा छोडेर, पढाएर खाँदै आएको क्याम्पसको तनखा तं नखा भन्दै हिड्नुभएको मेरा दाई ११ बर्ष सम्म न सास, न लास न आशको कालो ओडारमा लापत्ता हुनुहुन्छ। कम्युनिष्टलाई जिउँदै खान्छु भन्ने गिरिजा फेरिएर प्रचण्डको कछाडको फेर समात्दै कुर्चिको सपना देख्दै भरे भोलीको घिड्घिडो बोकेर सेलाउँदै छन, तर उनैको सिकार बन्नू भएको मेरा दाइको कुनै अट्टो पत्तो छैन। मुद्दा हालें, ब्याक्तिगत चिठ्ठी लेखें, उनलाई मात्रै हैन उनी पछिका हरेक प्रधानमंत्रिलाई। देउबालाई लेखें, कृष्ण प्रसादलाई लेखें, ग्यानेंद्रलाई लेखें उनको दुबै हैसियतमा(राजा र मंत्राध्यक्ष) अनि प्रचण्डलाई लेखें। केही आश केही भरोसा बोकेका प्रचन्डले बेपत्ता पत्ता लगाउने आयोग बनाउने घोषणा त गरे। तर अरु केही गरेनन। किन हो कुन्नि, यी भारतमा जन्मिएका भनिएका नेपाल केही गर्न आएका भय पो गर्लान कि भन्नु, केही नगर्न आएकालाई चिठ्ठी लेख्न मन लागेना। यिनलाई बरा आफ्नै भाईहरुलाई जागीर खुवाउने हतार छ, मेरा दाई खोज्ने जांगर कहाँबाट पलाउनु?

हामी कस्तो देशका नागरिक हौं? कसले, कहाँ, कति बजे, कसरी समातेको सब्बै जानकारी अदालतले प्रमाणित गरेर सरकारलाइ बुझाई सक्दा पनि न्याय दिन नसक्ने यो नपुँसक सरकारलाई के भरोसाको लागि कर तिर्ने? ११ बर्ष त कुरियो अब के भनेर कुर्ने? यो सरकारलाई के गरेर त्यों काम गराउन सकिन्छ? यहाहरुको धारणा पाउन पाए आभारी हुने थिएं। मेरा दाजु राजेन्द्र ढकालको निम्ति न्यायको याचना सहित।
यही पुष २४ गते बेपत्ता भएको ११ बर्ष पुग्दै गरेको संध्यामा उहाँको सम्झनामा मेरो श्रद्दा सुमन, न्यायको याचना र यहांहरुको नैतिक सहयोग को अपेक्षा।

भबदीय
रबिन्द्र ढकाल

Saturday, October 10, 2009

feedback by dr .kp dhakal , kathmandu

Dear All

This is a very good social service from the side of Bikas and his collegues. I congratulate them for this and wish the work which they have started be continued and expanded more.
In my opinion, if everyone of us will have the feeling of doing something for our land where we saw the first light in life, this land of ours will be well developed oneday in near future. I would like to initiate the thoughts on this. Here are some of my initialthinkings in this aspect based on my personal experiences and feelings:

When I am bit free from work or other social responsibilities, my childhood comes in front of me. A small boy in a distant rural village of Harmi in Gorkha district. The scene of children in ragged clothes playing in the dust and mud. A bit grown up, I see the people around, toiling for days and nights in the fields, carrying loads of commodities for themselves and others from far away Indian border Thori, but still having nothing to eat at their homes for more than half of the year. I remember the people deeply burdened with the traditionally backward feelings and innocence about the development. I notice the feelings of societal development, everywhere the presence of selfishness and leg-pullings. The poor people did not have idea of helping each other for the good of each other; one was against other and tried to have better life than the neighbors. The result was that very few relatively well to do families utilized that feeling of the poor and continued to exploit them.

Today when I see the development in the area, most of the people are living relatively better lives compared to that when I was a child. Road facility, electricity and telephones have reached to the people. Now the presence of schools and health posts shows that people live a better life. From outside it looks like a tremendous development has taken place. But when I compare the development with that of other countries, even with other communities of our own country, we are still lacking far behind. Still we lack the feeling of togetherness, development of the community and development of community benefit. We still lack the understanding that if we work for the upliftment of the society as a whole we will benefit more. We still cut the pipes of communal water supply, damage the public boundaries (parkhal) to make our own house or cowshed or something else, we destroy the community forest for our personal benefit. In the same way we still criticize the ones who want to do something for the good of society and at times blame them as if they are doing it for their personal benefits. These are very few examples, by doing what we are just hampering the development of our community. The root for all of these is our negative thinking about whatever is happening in the community. We have so many factors around us which provokes us to be negative such as the financial and political situation, distribution of resources, environment and population and so on. It is easy to become negative. The negative feelings of one person attacks the others, then it becomes difficult to maintain the balance in ones’ feelings of lightness and happiness because of their negative reactions and responses to everything, or it could be ones’ negative response towards others. So we must try to overcome all such negative thinkings about others, about the development and about the future. We have to learn to work for the betterment of our society which will at the end makes the lives of each of us a better one. This is just the initial thinking of a Harmiite who would love to see his Harmi a prosperous one in all aspects of life; be in material development, spiritual development and equality and equity in the society.

Monday, September 14, 2009

विकासपथमा सामूहिक लगानी गरौं



कमल दानकुटी हर्मी ९ गोर्खा
वेरोजगारी समस्या राष्ट्रले थेग्न नसकेपछि वैदेशिक रोजगार अहिले आम नेपालीहरुलाई बाध्यात्मक विकल्प बनेको छ । तर स्वदेशमै वैज्ञानिक र प्राविधिक शिक्षाको सर्वसुलभता नभएकाले उच्च शिक्षा हासिल गरेको भनिएपनि विदेशी श्रम वजारमा भने नेपालीहरु अदक्ष देखिने तथा निम्न स्तरका र वढि श्रम गर्नुपर्ने काममा जोतिनु पर्ने यथार्थता किहं कतै छिपेको छैन ।

घरको चुहिएको छानो टाल्न ऋणमा जान लागेको थोरै भएपनि पुर्खाको जायजेथा थाम्न परिवारको गांस बास र कपासको सुनिश्चितता मिलाउन तथा आफ्नो भविष्यलागी केहि जोहो गर्ने सोच राखि विदेशिएका लाखौं नेपाली श्रमिकहरुको खांचो अहिले देशलाई नै छ । रोजगारिको अवसर श्रृजना गराउन सके विदेशी भुमीमा सस्तोमै श्रम वेच्नुभन्दा नेपाली युवाहरु राष्ट्रिय समृद्धिका लागी मुलुकमै प्रशष्त श्रम गर्न तयार छन् । तर सरकारले रोजगारीका विकल्पहरु तथा रोजगारमुखी योजनाहरु प्रस्तुत गर्न नसक्दा राष्ट्र र जनताको यो अवस्था आएको हो ।

अढाइसय बर्ष पुरानो सामन्ती केन्द्रीकृत एकात्मक राज्यव्यवस्थाले निरन्तर शोषण र दमनको अग्रेठमा पिल्स्याएर नेपाली जनतालाई गुमराहमा राख्ने काम गरेको यथार्थ कसैले नकार्न सक्दैन । राष्ट्रको इतिहासमा पटक-पटकका ऐतिहासिक आन्दोलनले सफलता पाएपनि श्रमजीवी नेपाली जनताले त्यसको परिणाम उपभोग गर्न पाएनन् । हरेक आन्दोलनवाट प्राप्त अधिकार उपलब्धीलाई घुमाई फिराई गर्दै आफ्नै राजनैतिक अकर्मण्यताको कमजोरीका कारण दलहरुले पुनः सामन्ती राजाकोमा वुझाउने गरेको हाम्रो विगतको तितो वास्तविकता हो ।

त्यसैले अव इतिहासबाट सिक्ने र फेरी त्यो गल्ती नदोहोर् याउने जिम्मा हामी युवावर्ग तथा आम नेपाली श्रमिकहरुले नै लिनु परेको छ । इतिहासका घटनाक्रम हेर्ने हो भने अझैपनि यि राजनैतिक दल र मुलतः तिनका नेतृत्व तहमा रहेका नेताहरुमा विश्वास गर्न सकिने यथेष्ट आधार र प्रमाणहरु छैनन् । यथास्थितिवादी चिन्तन बोकेका यि नेता तथा तिनका लठैतहरुले तमाम मुक्तिकामी नेपाली श्रमजीवी जनताको एक दशक लामो जनयुद्ध र १९ दिनको धर्ती हल्लाउने जनआन्दोलनले प्राप्त गरेको लोकतँन्त्रिक गणतन्त्रको भ्रुणलाई ुसेरेमोनियल किङु या ूवेवी किङूको नाममा फेरि पुरानै सामन्तवादको जिम्मा लगाउने षडयन्त्र पनि गरिरहॆकै छन् । त्यसैले हामीले नै यिनिहरुलाई खबरदार गर्नुपरेको छ ।

यहां कुरो राजनीतिको मात्र नभई समग्रमा व्यवहारिक आर्थिक तथा समाजिक पनि छ । संविधानसभालॆ संविधान वनाउनुपर्ने संवेदनशील अवस्थामा विदेशी दलालहरुको कृपा पाएर गठन भएको अहिलेको कठपुतली सरकार संविधानको रटानमात्र दिएर मुलुकको महत्वपुर्ण समय बर्बाद गर्दै देशवासीलाई अन्धकारपुर्ण भविश्यतर्फ धकेल्ने कुचेष्टा गरिहेको छ । सरकारसंग अहिले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने कुनै मार्गचित्र तथा खाका र कार्यदिशा छैन । खोक्रा राजनैतिक भाषणले मात्र आफ्ना आधारभुत आवश्यकताहरु पुरा हुंदैनन् भन्ने कुरा अव आम जनताले बिुझसकेका छन् । त्यसैले अव अधिकारप्राप्तिको अन्तिम लडाईका लागी आम जनता एकजुट हुनैपर्दछ । हाम्रो राजनैतिक नेतृत्व भोकोलाई रोटो र नाङ्गोलाई भोटोको व्यवहारिकतामा अझै पुग्न सकेका छैनन् । त्यसैले यस महान् अभियानमा संपुर्ण प्रवासी नेपाली श्रमीक वर्गहरु समेत एकजुट भई प्रवासदेखि नै वर्गीय युद्धको विगुल फुक्ने वेला आईसकेको छ । आफ्नो घरको छानो मात्रै नभएर िसंगो राष्ट्रकै छानो टाल्ने जिम्मा हामी श्रमिक वर्गकै कांधमाथी छ तर यसो भन्दा लडाई परम्परागत नभई वैज्ञानिक ढांचामा तय गरिनुपर्ने आजको प्रमुख आवश्यकतालाई भने हामीले भुल्नु हुंदैन ।

ुएक थुकी सुकी सय थुकी नदीकोु अवधारणा अनुसार स्वरोजगारको अवसर निर्माणको अभियानमा अल्छी तथा फटाहाहरुलाई कारवाही र बहिष्कार गर्दै विदेशमा हामीले सिकेको सीप प्रविधि क्षमता र अनुभवको अधिकतम संरक्षण र उपयोग गर्दै त्यसलाई व्यवहारमा ल्याउने वातावरणको सिर्जना गर्न सकेमा हामी स्वतः अगाडि वढ्दै जानेछौं र अन्तमा जित हाम्रै हातमा हुनेछ । त्यसैले यसको लागी प्रवासबाटै सामुहीक सोच र एजेण्डा बनाई लगानी तथा विकासमा एकजुट हुनु अत्यन्त जरुरी छ । वेरोजगारी समस्यालाई न्युनिकरण गर्दै नियन्त्रण गर्ने बाटाहरु तय गर्न तथा आत्मनिर्भर भई बांच्ने आधार निर्माण गर्न हामी आफैंले ष्पष्ट मार्गचित्र वनाई अघि वढेमा हामीलाई कसैको खांचो पर्दैन खांचो छ त केवल सामुहीक भावना र आपसी विश्वासको ।

अहिलेसम्म हामीलाई प्रयोग गरेर रस चुस्ने र छोक्रा फाल्ने पद्धतीलाई राम्रोसंग पहिचान गरेर त्यस्ता तत्वहरुको निर्मुलीकरण गर्न तथा हामी आफुसंग भएको क्षमताको सहि सदुपयोग गर्दै परम्परागत कृषि प्रणालीलाई आधुनिकतामा ढाल्न सकेमा मात्र मुलुकलाई औद्योगीकरणतर्फ लम्काउन सकिन्छ भन्ने तथ्यलाई गम्भिरतापुर्वक मनन गर्दै जलविद्युत उत्पादनमा सामूहिक लगानी गरेमा गाउंपाखा देखी चेतना र विकासको संचार गराउंदै िसंगो राष्ट्रलाई उज्यालो ज्योति प्रदान गर्ने जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्न सकिनेमा कुनै दुईमत छैन । त्यस्तै राष्ट्रिय समृद्धिको अर्को माध्यम भनेको पर्यटनको क्षेत्रमा लगानी गरी आन्तरिक तथा वाह्य पर्यटनलाई प्रवद्र्धन गर्नु हो । यिनै महत्वपुर्ण पक्षलाई मनन गर्दै वास्तविक श्रमिकवर्गकै पहल र अग्रसरतामा सैद्धान्तिक वैचारिक आर्थिक सामाजिक तथा वैज्ञानिक परिवर्तनहरु गर्नुु अवको हाम्रो प्रमुख दायित्व रहेको छ ।

वैदेशिक रोजगारीका क्रममा पं्रवासमा पुगेका हामी झण्डै आधा करोडको संख्यामा रहेका नेपालीहरु आपसी िखंचातानी स्वार्थ र व्यक्तिगत अहम्लाई त्यागेर एकसाथ देश तथा समाज विकासको अभियानमा लाग्यौं भने हाम्रो अघि असंभव भन्ने केहि हुंदैन । तसर्थ श्रमिक वर्गहरु अब फुटेर र कसैको लहलहैमा लागेर हैन सही कुराको ठहर स्वयंले नै गरी वन्धुत्वको भावनामा जुटेर सामाजिक कार्यमा लागौं सबैले बराबर अधिकार र कर्तव्यबोधको वातावरण भएको समाजको निर्माण गरौं । एक्काईसौं शताब्दीमा हामी नेपाली श्रमिहरुबाट परिवर्तनको आधार क्षेत्र निर्माण गरी दिऊं संसारिक दासतावाट मानिसलाई मुक्ति दिलाउने बाटोको निर्माण गरिदिउं यसो गर्न सकेमा यो अभियान केवल नेपालीमात्रको नभई सींगो मानव जातिकै लागी समेत अविष्मरणीय महानता हुनेछ ।


gorkhalikamal@yahoo.com

Tuesday, July 7, 2009

ह्याप्पी गुरु पूर्णिमा!!!

Rabindra Prasad Dhakal
नंबर थोरै आए, बलिया बाँगा फेल भए र कहिले कांही मानबीय त्रुटी भए गुरुहरुको दिन सांच्चै ख़राब नै हुन्थे, भैराखेकै छन। १ बर्ष हैन, २ बर्ष हैन कैयौ बर्ष सम्म भेटिएका र भेटीने बिद्यार्थीको स्वभाब संग टकराब हुनु केही हद सम्म स्वभाबिक पनि हो।
गुरुहरुलाई पनि १ दिन हैन, ३६५ दिन नै तम्तायर भएर बस्नु पनि कम्ति जोखिम को बिषय पनि हैन। हामी मनाबियताको यति सम्बेदनशिलतालाई पनि नपचाउने प्राणी भैसकेका छौं। यसको अर्थ गुरु बर्ग पनि लक्ष्मन रेखा भित्रका अक्ष्यम्म पात्र सम्झने भूल पनि गर्न त हुन्न, तर यति धेरै पात्र-पात्र बिचको अन्तर्क्रिया बाट निस्कने क्रिया-प्रतिक्रया कसरी यकमुष्ट एउटै आओस।
हामी सानो छंदा गुरुहरुको मान, मर्यादा, रबाफ जून उचाइमा थियो त्यों ओरालो लाग्नुमा बढ़ी समाज नै बढ़ी दोषि छ। जसले भ्रष्टाचार बाट पैसा कमाउन्छ, शहरम बंगला ठड़्याउंछ, उसैलाई आदर गर्ने, आफ्नो बालबच्चालाई, त्यसै गर्न उत्प्रेरणा गर्ने सामाजिक मान्यता बिकास भए पछि कसरी चक,डस्टर, बोर्ड वाला गुरु हरुको मान बड्थ्यो? जब मान्छे भित्र सकारात्मक चेत खुल्दैन, त्यों दिन सम्म शिक्षक एक तलबी कर्माचारी ठहरिन्छ। तेहि दिन सम्म नै समाज अधोगति तीर नै लागि रहन्छ । ५० जना घुसिया इन्जिनिएर भन्दा १ इमानदार शिक्षकले चांडो देश बिकास गर्छ। म यहाँ मेरा बाल्यकाल देखिका संपूर्ण गुरुहरुलाई ह्रिदयदेखिनै प्रणाम गर्छु। यो गुरु पुर्णिमाको दिनले हामी सबैलाई चेतनाको ज्योति प्रदान गारोस।
ह्याप्पी गुरु पूर्णिमा!!!

Thursday, May 14, 2009

शिलन्यास फेरी पनि गर्नु पर्यो!!

रबिन्द्र ढकाल(डा. ई.), हाल मियाजाकी, जापान

लिगलिग कोटको डांडोमा संधै दौडिएर राजा हुने घलेहरुलाई उछिनेर द्रब्यशाहलाई राजा बनाउन मुरली खबास, कुलानन्द ढकाल लगाएतका ब्यक्तिहरुले जून योगदान गरे त्यों कुनै दिन पनि सम्झिएन। राज्य भने लिगलिगकोट, हर्मिकोट, अजीर्कोट हुँदै गोरखासम्म पुग्यो र अंतत चट्टान जस्तै बलियो नेपाल पनि बन्यो। यो कार्यको जति प्रशंसा गरे पनि थोरै हुन्छ। आफ्नो बाल्यकाल, आफ्नो अतीत सम्झंदा जतिखेर पनि त्यही लिगलिगकोटको फेदमा मुरली खबास भएर शिलन्यास नाटकको अभिनय गरेको घटना मेरो मथिङ्गलमा घुमिहाल्छ। हामीले तिनै जीजू बाजेलाई बिर्सेर द्रब्यशाहालाई राज्यको आध्योपन्त सुम्पिएयौं, उनको राजा हुने रहर पनि पुरा भयो, समय गयो, सन्ततिले बिर्सिए। अनि त्यसैको ब्याज खाँदै शाहा बंशले हामीलाई कति लुटे, कति हेपे, त्यों थाहा पाउन हामीलाई न इतिहासको किताब खोज्नुपर्छ, न संघ्रालयको तख्ता खोतल्नु पर्छ, हामी सबैको आँखा अगाडी नाचिरहेछ। सयौ बर्ष सम्म उनकै छोराछोरीहरुले बिद्यालय नखोली बिकासको ढोका थुनेर, आफुलाई भगाबानको संतान भएको उद्घोष गरी, दुनियालाई गुम्राहामा पारी शासन गरे । कति सम्म भने तिनै ढकाल र खबासका संतानहरुसबैलाई यी त बिष्णु नै हुन है भनेर पढाइयो। धन्न हामीहरुले यी त हैनन है भन्ने आंट गर्यों, अनी उनलाई धुलो चटाएर नागार्जुन पुर्यायौं। यसरी भात्किएको राजसंस्था संगै चाकडी गर्दै र तर मार्दै आएको अर्को एउटा तप्का यो संस्था संगै आयो र ऐले यो या त्यों नाममा उसैको बफादार सेना र संस्कारलाई भर्थेग गर्न एउटा अर्को संभ्रान्त बर्ग मरिमेटेर लागेको छ। बुढी मरी भन्दा पनी काल पल्क्यो भनेर डरौन पर्ने बेलामा बुढी मरी भनेर ताली बजाउन अरु त लागे लागे, नागरिकको नैसर्गिक अधिकारको वकालत गरेर कहिले नथाक्ने भानिएका नागरिक समाजका केही पंडित पनि लागेको देख्दा कुरी कुरी लाग्छ। फेरि पनि दुनियालाई कहिल्यै नठगीने र उलटो बाटोमा नहिड्ने हो भने कटुवालले आफ्नो जागीर जोगाउन गरेको विडियोसंगै छरेको चारो टीप्न भन्दा जनताको नाममा सामंती संस्कार नभएको राज्यको सिलन्यास गरे हामी किन ठगिन्छौं र? अब शहीद को सपना साकार पार्न सक्षम समाजको निर्माण गर्दै नया नेपालको शिलान्यास गर्न ढीला भैसक्यो। अब सोचेर बस्ने टाइम पनि छैन । शुरेस सर, राजेंद्र दाई, कृष्ण भाई, मैया बहिनी, भीमसेन भाई, मीना बहिनी र महेंद्र भाई आदी दर्जनौ सहीद र बेपत्ता योद्दाहरुको चिर शान्तिको लागी केही त गरौं। आगे माओबादी पार्टी कै भरोसा।

साभार : http://dhakalworld.blogspot.com/

Sunday, March 29, 2009

गाउँ जान बिसे्रकाहरु


- आरसी ढकाल हिमनदी
उत्तरका सेता हिमालहरुको काखमा रहेको प्यारो गाउँ ऐतिहासिक सिरानकोटको पाउमा रहेको गाउँ प्रचण्ड गर्मीको तापमा पनि शितलता प्रदान गर्ने हरियाली जंगलको विचमा रहेको गाउँ जसले हजारौं बौद्धिक जमातहरुलाई जन्माइ सकेको छ ।
यो गाउँ जसले इतिहासका पानाहरुमा शिक्षालाई सर्वोपरी ठान्दै विश्वका ठूला ठूला विश्व विद्यालयहरुको ढोकामा चेतनाको ठेलीहरुसँगै ढकढक्याउने छोरा छोरीहरुलाई जन्माइ सकेको छ । तर विडम्बना आज यो प्यारो गाउँ परिवर्तनको सास फेर्नलाई गाह्रो भएर अक्सीजनका सिलीण्डरहरुको माग गर्नलाई विवस भएको छ । यो गाउँ आज हरपल पिडै पिडाको तड्पाइमा छटपटाइरहेको छ । हिजो उसले प्रसव वेदनामा छट्पटाउँदै नवजात शिशुहरुको जन्म िदंदै आफ्नो दुःख र वेथाहरुलाई विसे्रर भविष्यका क्षितीजहरुमा नयाँ लाली किरणहरु देखेको थियो । तर ती छोरा छोरीहरुले आफ्नो प्यारो जन्मभूमिको यथार्ततालाई आत्मसात नगरे पछि वास्तवमा छट्पटी सिवाय अरु के नै पाउन सक्छ र । यो सुन्दर गाउँले धेरै डाक्टर जन्माइन् तर आफू नै रक्त अल्पताको विरामी परेर थला परिन् इन्जीनियरहरु जन्माइन् तर घर आँगनहरुमा खेलौनाका गाडीहरु बाहेक अरु केहि देख्न पाइनन् । कृषि विज्ञहरु जन्माइन तर धान कोदो र मकै भन्दा नयाँ चिजको उत्पादन देख्न पाइनन् । देशको लागी नै योजना बनाउने विद्वानहरु जन्माइन् तर आफ्नै घर परिवारको विकासको लागि योजनाका चोइटाहरु पाइनन् । शिक्षा क्षेत्रमा होनाहार व्यक्तित्वहरु जन्माइन् तर आफू नै त्यहि शिक्षाको ओझेलमा परेर छटपटाइरहिन् । यो गाउँ आज रेडियो र टि।भीका श्रव्य दृष्यहरु हेरे मात्र वस्न विवस भएको छ । अखवारका पानाहरुमा विश्वका धनी राष्ट्रहरुको प्रगति पढ्न मात्र पाएको छ । तर आफ्नो हजारौं छोरा छोरीहरुको भनौं अथवा पढेर मुर्ख बनेका सन्तानहरुको कुनै पनि कोसेलीहरु चाख्न पाएको छैन । के भूगोलका कुनै पनि भू भागले आफ्ना सन्तानको पौरखको फल चाख्ने आशा गर्दैन र आज हामीहरु इतिहासको यथार्ततालाई कुल्चेर भनौ या िढंडो र गुन्द्रुकको स्वादहरुलाई भुलेर रङ्गीन दुनियाँमा हराइरहेका छौं । हुस्की र ब्राण्डीको नशामा तारे होटेलमा बसेर यहि तारे होटलमा बस्ने हैसियत बनाउने गाउँलाई नै गिज्याइरहेका छौं । त्यसैले आदरणीय महामहिमहरु त्यो सुन्दर गाउँले आफ्नो लागि गरेको लगानीको व्याज नदिए पनि सावाँ चािहं अवस्य पनि चुक्ता गर्नु पर्छ । साथै यस सुन्दर गाउँको सन्नतीहरुको स्वार्थी प्रवृत्ति विरुद्ध धर्ती माताले धिक्कारका स्वरहरु अलापी रहेकी छिन् । त्यसैले सुन्दर र स्वच्छ बस्तीका प्रतिष्ठितहरु स्वदेश विदेश जहाँभए पनि आफ्नो जन्म भूमिको रुवाइलाई खुशीमा परिणत गर्नको लागि आ-आफ्नो क्षेत्रबाट सुक्ष्म योजनाहरु बनाएर प्यारो जन्मभूमि जानको लागि झोलाहरुमा आमालाई दिने मसलाको पोकाहरुको साथ साथै गाउँको विकासको पोको पनि बनाएर आउँदा कसो होला ।

सकारात्मक सोचका साथ अघि बढौं


विष्णु ढकाल
मैले बाल्यकालतिर सुनेको प्रसंग हो यो । जुन कुरा त्यतिबेला मेरो गाउँ वरिपरिका धेरै मानिसहरुका लागि एउटा राम्रो गफ गर्ने मसला बन्ने गर्दथ्यो । यद्यपी त्यसघटनाको बारेमा अहिले सम्म पनि मलाई केहि थाहा छैन । तै पनि आज त्यहि घटनाको प्रसंगलाई जोड्दै केही लेख्ने जमर्कोमा जुट्दै छु । म यति बेला । सुन्दा कथा जस्तो लाग्ने घटना आफैमा गफको मसला भएपनि त्यसले बोकेको तथ्य महत्वपूर्ण र संवेदनशील छ भन्ने मेरो ठम्याईलाई आज एउटा लेख तयार गर्ने मसला बनाइरहँदा म यतिबेला त्यस घटनाको संवेदनशिल पक्षलाई यहाँ केही हदसम्म चर्चा गर्ने प्रयासमा छु ।
गाउँबाट एकजना बाबु छोरा भेट्न राजधानी गए । राजधानीमा छोराको हैसियत सायद राम्रै थियो होला । छोराको कोठामा छोरासँगै आएको एकजना अर्को मानिसलाई बाबु चिनाउँदा छोराले एउटा अंगे्रजी शब्द प्रयोग गर् यो । अंग्रेजीमा अनविज्ञ बाबुले शब्द चािहं ठम्याइराखे । त्यो शब्द प्रतिको आफ्नो कौतुहलता जब पछि कुनै मानिससँग सोधेर मेटे तब बाबुछोराको सम्बन्ध विगि्रयो । बास्तवमा त्यो अंगे्रजी शब्दको असामान्य अर्थ लाग्दथ्यो जुन एउटा छोराले बाबुलाई प्रयोग गर्नै मिल्दैनथ्यो । बाबुले आफ्नो आपमान सम्झिए । र बाबु छोराको सम्बन्धमा धेरै समय सम्म चिसोपन आइरह्यो । प्रसंग यति नै हो । घटना आफैमा सत्य भएपनि नभएपनि त्यति बेला त्यस घटनाले पाएको महत्व चािहं आफैमा संवेदनशील थियो ।
हो हामी मध्ये धेरै जो हिजो गाउँबाट आएर यतिबेला शहरमा एउटा ओत लाग्ने संरचना बनाएर बसेका छौं हामीहरु आफूलाई अब गाउँको नामसँग जोड्न असहज ठान्न थालेका छौं । एउटा व्यक्तिको लागि त्यो क्षणिक आत्म सम्मान र आत्मसन्तोषको विषय बन्ला तर त्यसको दीर्घकालीन असरहरु समाजमा नकारात्मक रुपले पर्न जानेछ भन्नेमा हामी कमैमात्र सचेत छौं । गाउँबाट शहर छिर्नेवित्तिकै मान्छेमा गाउँ प्रति हेर्ने दृष्टिकोणमा आउने फरकले निश्चित रुपमा गाउँ र शहरको दुरी अझ फराकिलो बन्दै जानेछ जसले दीर्घकालिन रुपमा समाजमा रहेको असमानताको दुरीलाई अझै बढाएर लैजाने छ । यसरी राजधानी लगायतका देशका सिमित शहरहरुमा बढ्दै गएको तिब्र शहरीकरण र त्यसमा समायोजन हुने नाउँमा हामीमा पलाएको उग्र शहर केन्द्रित मनोबृत्ति नै यतिबेला गाउँ र शहर बीचको दुरुी बढाउने कारक तत्व बन्न गएको छ ।
जुनमाटोमा हिजो हामीले आफ्नो जिन्दगीका शुरुवातका दिनहरु वितायौं जुन धरातलले हिजो हामीलाई कलमहरु समात्न सिकायो र जुन समाजले हिजो हामीलाई जिन्दगीको यथार्थ पाठहरु सिकायो आज हामी ती वास्तविकताहरु प्रति अनुत्तरदायी बन्ने हो भने र त्यो भूगोल प्रति हामी जवाफदेही नहुने हो भने निश्चित रुपमा हामी हाम्रो कर्तव्यबाट च्यूत बनेको ठहरिने छौं ।
हो यतिबेला शहरकेन्द्रित मानिसहरु जसको हिजोको पृष्ठभूमि त्यहि गाउँ त्यी माटो र त्यहि पखेरो हो उनीहरुको सोचाइमा परिवर्तन ल्याउनुपर्ने प्रमुख चुनौति हाम्रो सामु देखिएको छ ।
उनीहरुले हाँसील गरेको सिप र ज्ञानलाई थोरै मात्रामा भएपनि गाउँको हितमा लगाउन सकियो भने निश्चित रुपमा गाउँको लागि त्यो उत्साह र प्रेरणाको स्रोत बन्न जानेछ । गाउँमा बस्ने मानिसहरुमा पलाउँदै गएको निराशाभावलाई त्यहि माध्यमबाट केही हदसम्म चिर्न सकियो भने पनि समाजमा त्यसले एउटा सकारात्मक छाप छोड्न सक्नेछ । हो यति बेला हर्मी र यस सँग जोडिएका विविध प्रसंगहरु राजधानीमै पनि चर्चा र छलफलमा त्याउने कोशिश हुन थालेका छन् । र जसमा महत्वपूर्ण भूमिका केहि जोशिला युवाहरुले गरिरहेका छन् । विसौं वर्षदेखि शहरकेन्द्रित भएर आफ्नो हौसियत उकासेका हर्मीका दाजुभाइहरुमा यसले एक किसिमको सकारात्मक खैलाबेला उत्पन्न गराउन सफल भएको छ । हिजो हामीले केही पनि सोच्न सकिएन गाउँको बारेमा भन्ने आत्मग्लानी र अब भोलिका दिनमा आफ्नो भूमिका महत्वपूर्ण हुन सक्छकी भन्ने कर्तव्यबोध ती हर्मी वासी दाजुभाइहरुमा पलाउन थालेको हो कि भन्ने भान पछिल्ला हर्मीवासीका जमघटले दसा्रएको अनुभव हुन थालेको छ । हरेक ठूलाकामहरुको सुरुवात सानै भएपनि महत्वपूर्ण हुने गर्दछन् । त्यसैले पछिल्ला यी जमघटहरु र यस्ता जमघटहरुमा हुने छलफलहरु निश्चय नै उत्साहप्रद छन् खबरदारीपूर्ण छन् र हरेक मानिसहरुमा आफ्नो कर्तव्यकोबोधको आभास दिलाउन प्रयासरत छन् भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ । यद्धपी यस्ता छलफल र वहसका दायरा अझै फराकिलो अझै सशक्त अनि प्रभावकारी बनाउनुपर्ने चुनौतिहरु पनि छँदैछन् ।
ढिलै भएपनि यी प्रयासहरु सकारात्मक र सन्देशमुलक छन् । यसरी गाउँ छोडेर शहर केन्द्रित भएका दाजुभाइहरुलाई विउँझाउन सकियो भने र हाम्रा विचारहरुलाई प्रभावकारी ढंगमा कार्यन्वयन गर्न सकियो भने हामी समाजमा रहेका अविश्वास र संकिर्णताको घेरालाई चिर्न सफल हुनेछौं । जुन कुरा एउटा सुन्दर गाउँ र समाज निर्माण प्रकृयाको जग बन्नेछ ।
यसरी माथि प्रसंगमा आएको बाबुछोराको घटना आफैमा सत्य भएपनि नभएपनि हिजो सम्मको मान्छेमा रहेको मनोवृत्ति र गाउँ र शहर बीचको फराकिलो दुरीलाई मध्यनजर गर्दा निश्चित रुपमा त्यसघटनाको यथार्थतालाई नकार्न गाह्रो पर्दछ । त्यसैले त्यस्ता घटनाहरु अब दोहरिन नदिनको लागि अब हामीहरु जुर्मुराउन सक्नु पर्दछ । हाम्रो वास्तविकतालाई हामीले भूल्दै जाने हो र हाम्रो भूगोललाई हामीले विस्रदैं जाने हो भने त्यो गाउँ र त्यो भूभागले हामीलाई लगाएको गुनको अवमूल्यन र अपमान हुन जानेछ र भावि पुस्ताले हामीलाई धिक्कार्नेछ । त्यसैले अब हामीले आफूलाई परिवर्तन गर्नै पर्ने समय आइसकेको छ । कति सम्भव हुन्छ त्यो हदसम्म आफ्ना ज्ञान सिप र पुजीलाई आफूलाई हुर्काएको त्यो भूगोलको नाममा समर्पण गर्ने साहस बोकेर अबका दिनहरुमा हामी हिड्नुपर्दछ । प्रयासहरु जसले गरेपनि त्यसमा हातेमालो गरेर अगाडि बढ्न सक्नुपर्छ । गाउँ र शहर बीचमा रहेको चिसो पनलाई यिनै सकारात्मक कदमहरुबाट मात्रै न्यानो बनाउन सकिन्छ । कर्तव्यबोध को भाव बोकेर सबैजना व्यूँझन कोशिस गरौं । संर्किणता र अविश्वास त्याग्न सकियो भने मात्र अगाडिका बाटाहरु प्रष्ट र उद्देश्यमूलक बन्नेछन् ।

जनसहभागिता नै उमाविको पूर्वाधार


हरि प्र खनाल
म।ली।मा।वि। एक यस्तो विद्यालय हो जो यसको सेरोफेरोका अन्य मा।वि। जस्तै मण्डली मा।वि। छोप्राक जनता मा।वि। आँपपिपल अमरज्योति जनता मा।वि। लुईटेल भवानी मा।वि। ठाँटीपोखरीका तुलनामा नयाँ वा सबै भन्दा पछि मात्र स्वीकृति प्राप्त मा।वि। हो । यो विद्यालय यी अन्य विद्यालयहरुको तुलनामा पछि स्वीकृत भए पनि यसको शैक्षिक अवस्था भने अन्यको भन्दा पछि छैन । यो विद्यालयको शैक्षिक अवस्था नि।मा।वि। छँदा देखिनै राम्रो नै देखिएको हो । यो विद्यालयबाट नि।मा।वि। तह पूरा गरी अरु विद्यालयमा जानुभएका विद्यार्थीहरुले गुणात्मक प्रतिफल देखाउन पछि पर्नु भएको थिएन । यसरी पहिलेदेखि हालसम्मको अवस्थालाई हेर्दा राम्रो अवस्थामा यो विद्यालयलाई पाउन सकेका छौं ।
यो विद्यालयले मा।वि। साचालन गर्ने अनुमति प्राप्त गरेदेखि नै यस विद्यालयको शैक्षिक स्तर जिल्ला स्तरमा पनि पछि परेको छैन । यसो हुनमा शिक्षक अभिभावक र विद्यार्थीहरुको अथक प्रयास हो भन्न सकिन्छ । यदि यी ३ पक्ष मध्य कुनै एक मात्र कमजोर भएको भए पनि शैक्षिक स्तर राम्रो देखिन सक्ने थिएन । त्यसैले शैक्षिक स्तर राम्रो देखिनुमा अभिभावक वर्गको पनि उत्तिनै दायित्व हुन्छ । विद्यालयको हित चिन्तक अभिभावक वर्ग भएमा कमजोर पक्षलाई पनि सबल बताउन र राम्रो देखाउन सकिन्छ ।
यहाँको भौगोलिक संरचनालाई फर्किएर हेर्दा पनि अभिभावक वर्गको ठूलो भूमिका यस विद्यालयमा रहेको भन्न सकिन्छ । पहिले र अहिलेको यहाँको भौगोलिक अवस्था वा यस ठाउँको संरचनामा ठूलो अन्तर पाउन सकिन्छ । पहिले बडो मुस्किलले ६७ कोठे भवन बनाउनको लागि भिर काल्लालाई खोपी ठूलो जनश्रम लगाउनु पर् यो त्यो प्रकि्रया यो ठाउँमा अहिलेसम्म मुक्त हुन सकेको छैन । यो अथक प्रयासबाट हालसम्म १८ कोठाका ५ वटा भवन ३४ वटा शौचालय बन्न सक्नुमा यहाँका सचेत अभिभावकहरुको देन हो भन्न सकिन्छ । यो ठाउँलाई नै राम्रो बनाउने हाम्रो बाध्यता हो । हामीले अरु विद्यालयहरु अवस्थित जग्गालाई हेरेर भएन । तराईको त के कुरा गरौं । पहाडकै अन्य विद्यालयहरु रहेकेा क्षेत्र र भौगोलिक बनावटलाई हेर्दा हामीले पनि यस्तो ठाउँमा सानो श्रम र लगानी लगाएका होइनौं त्यसैले हामीलाई यसैमा गर्व छ ।
यसरी अभिभावक ज्यूहरुको अथक प्रयासबाट यहाँको भौगोलिक र भौतिक संरचनामा परिवर्तन गर्दै यहाँको शैक्षिक स्तरलाई माथि उठाउन प्रयत्नरत रहनुभएको छ । यही अथक प्रयत्नको कारणबाट नै हाल आएर यो मा।वि। एक उच्च मा।वि।मा परिणत हुन पुगेको हो ।
हर्मीको एक यस्तो ऐतिहासिक परम्परा रहिआएको छ । जुन दसैं तिहारको अवसर पारेर यहाँका बुद्धिजीवि शिक्षक कर्मचारी स्थानीय अभिभावक ज्यूहरुले आफ्नो गाउँ र समाजको उन्नतिको लागि जमघट वा भेला हुने गर्ने प्रचलन रहेको छ । यसरी प्रत्येक वर्ष कुनै न कुनै विषयलाई लिएर त्यस विषयमा अन्तरकि्रया गरी त्यस विषयको निचोडमा पुगिन्थ्यो । यसै क्रममा २०६३ साल आश्विन महिनामा हर्मीको म।लि।मा।वि।मा एक जमघट वा भेला भई विद्यालयको शैक्षिक र भौतिक सुधारको वारेमा सबैको ध्यानाकर्षण गरायो र अन्तमा यस विद्यालयमा एक कार्यदल निर्माण गर्ने आवश्यकता महशुस गरी उक्त कार्य दलले विद्यालयका यी दुवै कुरालाई ध्यान पुर् याउनु पर्दछ भन्ने टुङ्गोमा पुग्यो । तत् पश्चात विभिन्न गाउँबाट शिक्षक वुद्धिजीवि र भु।पू। विद्यार्थीहरुलाई प्रतिनिधि मूलक हिसावले अर्को पटक भेला बोलाई कार्यदल गठन गर्ने निर्णय गर् यो । त्यसरी गठीत कार्यदलको संयोजकमा यसै विद्यालयका पूर्व विद्यार्थी पूर्व शिक्षक र स्थानीय बुद्धिजीवि अभिभावकको नाताले श्री जनार्दन ढकाललाई चयन गर् यो । उहाँकै प्रस्ताव अनुसार यस विद्यालयलाई उ।मा।वि।मा पुर् याउनका लागि त्यहाँ उपस्थित सबैमा एक अन्तरकि्रया लिइयो । यसैको निचोडबाट उ।मा।वि। सोही वर्षबाट संचालन गर्ने गरी विभिन्न प्रयत्नतिर लाग्ने टुंगोमा पुगियो । म त्यस बेला विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिएँ र मैले त्यस समारोहमा उच्च मा।वि। स्थापनाको सक्दो नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेको थिएँ ।
यही निर्णयलाई आत्मसाथ गरी विद्यालय व्यवस्थापन समितिले उच्च माध्यमिक शिक्षा परिषद्मा आवेदन दिने काम गर्नुको साथ साथै अन्य पूर्वाधारका कामहरुलाई पनि अगाडि वढाउँदै गयो । यसै क्रममा एक दुई महिनापछि उच्च माध्यमिक शिक्षा परिषदबाट अनुगमनकर्ता आए । यहाँ आउने अनुगमनकर्ता एकराज शर्मा पोखरेल थिए । उनीले यस विद्यालयमा उ।मा।वि। संचालन गर्नका लागि पाएको महत्वपूर्ण पक्ष भनेको यहाँको भौतिक पूर्वाधार भन्दापनि जनसहभागिताबाट उ।मा।वि। संचालन गर्ने तिव्र चाहना थियो । यो चाहना मात्र नभएर आवश्यकता थियो । किन कि गाउँका विपन्न वर्ग दलित जनजाति महिला आदिको शैक्षिक अवस्था माथि उठाउनका लागि यो कार्य संचालन गर्नु आवश्यक पनि थियो । यही कुरालाई उनले उच्च मुल्याङ्कन गरी राम्रो रिपोर्ट पुर् याए । त्यसैको परिणाम स्वरुप २०६४ साल जेठ अन्ततिर नै उ।मा।वि। संचालन गर्ने स्वीकृति पत्र प्राप्त हुन गयो ।
यसरी उ।मा।वि। संचालनको लागि भनेर भौतिक शैक्षिक र आर्थिक तवरले पूर्ण तयारी नभई सके पनि मानसिक तवरले भने हामी तयारी हुँदै आएका थियौँ । त्यसैले सर्वप्रथम उ।मा।वि। संचालनका लागि पूरा गर्नु पर्ने विभिन्न पक्ष मध्य एक प्रमुख आर्थिक पक्ष थियो । अर्को दोस्रो पक्ष शिक्षकहरुको व्यवस्था मिलाउनु । त्यस पछिका अन्य महत्वपूर्ण पक्षहरु भनेका भवन फर्निचर पुस्तकालय आदि पर्दछन् । यी सबै विषय पूरा गर्नका लागि विद्यालय व्यवस्थापन समिति लगायत सम्पूर्ण शिक्षक कर्मचारी अभिभावक वर्ग विद्यार्थीहरु पनि लागि पर्नु भयो । यसैले गर्दा नै उ।मा।वि। संचालनका लागि सम्बन्धन प्राप्त गर्ने बाटो खुलेको हो । यहाँ यो सम्बन्धन प्राप्त गर्नको लागि भनेर विद्यालय व्यवस्थापन समितिका साथीहरुमा वावुराम सापकोटा भोजराज पोखरेल डिल्लिराम घिमिरे जस्ता साथीहरु अहोरात्र नखट्नु भएको भए प्रधानाध्यापक साथै शैक्षिक तथा भौतिक सुधारका संयोजकबाट विभिन्न प्रकारका योजनाहरु र कार्यान्वयन तर्फ जान नसकेको भए यस कार्यमा सफलता मिल्ने थिएन ।
हामी समितिका साथीहरुले र प्र।अ।बाट आर्थिक संकलनका लागि विभिन्न योजनाहरुको साथमा अगाडि बढ्यौँ । यसरी योजना अनुरुप विभिन्न ठाउँमा पुगी त्यहाँ रहनुभएका सहयोग दाताहरु सामु हाम्रो लक्ष्य र आवश्यकताहरुको पहिचान गराई ऐच्छिक सहयोगको प्रतिवद्धता प्राप्त गर् यौँ । तत्पश्चात धरौटिका लागि भनेर काठमाडौंमा रहनुहुने दाताहरुबाट रु ४ लाख जम्मा भयो । उक्त रकम बैंकमा जम्मा गर् यौं । यसरी एकातिर काम भयो भने अर्कोतर्फ शिक्षक खर्च र भौतिक सुधार खर्चको व्यवस्थापनको लागि काठमाडौं लगायत चितवन पोखरा गोरखा बजार र गाउँघरमा वेग्ला वेग्लै आर्थिक संकलन समिति मार्फत आर्थिक संकलन गर्ने कार्य पनि अगाडि वढ्यो । यो आर्थिक संकलन समिति मध्य चितवनको समितिले योजनावद्ध ढंगले यस उ।मा।वि।लाई दीर्घकालिन स्रोतको जुटाउने लक्ष्य लिएको छ । यसरी नै अन्य ठाउँका समितिमार्फत आर्थिक संकलन कार्य अगाडि बढेको छ । यहाँको समिति बाहेक विदेशमा रहनुहुने अभिभावक ज्यूहरुबाट पनि सहयोग मिलेको छ । यस्तो सहयोग कार्यले विद्यालयको प्रगतिको लागि निरन्तरता पाउला भन्ने आशा लिएका छौं ।
अर्को तिर शिक्षकहरु व्यवस्था मिलाउने पक्षमा पनि त्यत्तिनै कसरत गर्नुपर्ने थियो । यो कार्य पनि सहज र सरल थिएन किन कि यहाँ भएका ४ मा।वि। दरवन्दीमा एक गणित दरवन्दीका शिक्षक श्रोत व्यक्तिमा गएका र विज्ञानदरवन्दीका शिक्षक काजमा गएका कारणले दुवै दरवन्दीलाई स्थाइ रुपले रिक्त गराई ती ठाउँमा विषय मिल्दा शिक्षकको व्यवस्था मिलाउनु पर्ने थियो । यो कार्य शिक्षा कार्यालयका शिक्षा अधिकारीको हो तर उहाँले हाम्रो भनाइलाई गम्भिरतापूर्वक लिइदिनु भएन । जति सहज ढंगले यस विद्यालयका शिक्षकलाई चलाउन सक्नु भयो त्यहि ढंगले मिलाउनु पनि पर्ने उहाँको कर्तव्य जस्तो लाग्दछ तर त्यसो भएन । धेरै पटक प्र।अ। म आफै र सिङ्गो समिति लगायत अभिभावकहरुनै अनुनय विनय गर्नका लागि धाइरहनु पर् यो । अन्तमा धेरै पटकको अनुनय विनय पश्चात यस विद्यालयको समस्यालाई आंशिक रुपमा समस्याको समाधान तिर ध्यानाकर्षण भयो र निकाशको बाटो खुल्यो यसरी विद्यालयको दरवन्दीमा रहनुभएको चार जना र निजी श्रोतका दुई जना शिक्षक गरी जम्मा ६ जना शिक्षक शिक्षिका ज्यूहरुबाट दुईवटा शिक्षा र व्यवस्थापन संकाय संचालन गर्ने टुंगोमा पुगेका हँैं । यसमा पनि व्यवस्थापन संकाय संचालनको लागि एक शिक्षकको व्यवस्था मिलाउने क्रममा एक स्थानीय शिक्षिका यहाँ सहयोग पुर् याउन आउन सफल हुनुभयो । यस कार्यको लागि प्रयत्नहरु जनार्दन ढकालबाट धेरै पटक भएका हुन् । यसरी यो उ।मा।वि। संचालनका लागि शिक्षक र शिक्षिका ज्यूहरुको व्यवस्था मिलाइएको छ । यो कार्य दोस्रो अतिनै महत्वपूर्ण पक्ष हो । यदि यहाँको समस्या यसरी हल नगरेको भए पूरै आर्थिक व्ययभार व्यहोर्नु पर्दथ्यो । यो विपन्न समुदायको लागि पूरै आर्थिक व्ययभार व्यहोर्न सहज र सरल थिएन । तसर्थ यो पक्षलाई यसरी मिलाउनु नै महत्वपूर्ण मानिएको हो ।
अर्को महत्वपूर्ण अति आवश्यक पक्ष हो भौतिक पक्ष । यसमा कक्षाकोठा पुस्तकालय वाचनालय शौचालय खेल मैदान पिउने पानी फर्निचर आदिको व्यवस्थाका साथ साथै मिलाउँदै जानु थियो । यी सबै कुराहरुमा प्र।अ। र िसंगो समिति अति चनाखोका साथ लागि नपरेको भए उ।मा।वि। संचालनका लागि कठिन पर्ने थियो । यहाँ छोटो समयमा वि।व्य।स।ले गरेका उल्लेखनीय कार्यहरु यहाँ उल्लेख नगरीरहन सकिँदैन ।
यहाँ भवन निर्माणको सिलसिलामा सर्वप्रथम यो समितिले विभिन्न दातृनिकायहरुमा सम्पर्क राखी विभिन्न प्रकारको सहयोग प्राप्त भएको थियो । जस्तै ४ कोठे भवनको छाना हुरी हावाको कारणले जीर्ण अवस्थामा पुगेको थियो र यो समस्या देखाई हिमालयन क्षेत्र संरक्षण विकास समितिको सहयोगमा रु। १६१००० एक लाख एकसठ्ठी हजार को लागतमा सो भवनको एक पाखे कमजोर छानालाई दुइ पाखे अग्लो र मजवुत बनाइएको हो ।
अर्को जाइकाबाट दुई कोठे भवनको लागि एक लाख दश हजार नगद र अन्य भौतिक सामग्रीको लागि सम्झौता गरी भवन निर्माण गरीएको थियो । यस भवन निर्माणकालागि विद्यालयसम्म भौतिक सामग्री उतार्ने र भवन निर्माण गर्ने ठाउँ तयार गर्न विद्यालय सेरोफेरोका सम्पूर्ण अभिभावक वर्ग र स्वयं शिक्षक विद्यार्थीहरु लागि परेर काम गर्नु भएको थियो । जसले गर्दा तोकिएको समय र उसको स्टमेट वा ढाँचा अनुसार नै निर्माण कार्य त भयो तर उसले उपलब्ध गराएको रकमले मात्र सम्पन्न हुन सकेन र गा।वि।स।बाट पनि सहयोग लिनु पर् यो ।
फेरि अर्को तेस्रो सम्झौता दुई कोठे भवनको लागि गरीएको थियो । यो सम्झौता एस।इ।एस।पी। बाट तिन लाख बीस हजार रुपैयाँ उपलब्ध गरी दुई २ कोठे भवन बनाउन गरीएको थियो । यस रकमबाट उक्त दुई कोठे भवन शौचालय तयार गर्ने कार्य पूरा गरिएको हो । यसको साथ साथै आन्तरिक खर्चबाट उ।मा।वि।sाे अफिस कोठा निर्माण थप फर्निचरको व्यवस्था कर्मचारीको व्यवस्था पुस्तकालय र वाचनालयको व्यवस्था र पिउने पानीको व्यवस्था आदि कार्य यो समितिले ३४ वर्षको अन्तरालमा गरेका कार्यहरु हुन् ।
अर्को तर्फ उ।मा।वि। संचालनको लागि अति महत्वपूर्ण पक्ष भनेको विद्यार्थीहरुको उपस्थिति राम्रो वा अधिक देखिनु हो र यसको लागि हामीले आफ्नो प्रचारात्मक अभियानलाई पनि त्यत्तिकै तीव्र बनाएर लगेका थियौं । यहाँ हाम्रो प्रतिवद्धता जाहेर गर्दै हाम्रा छरछिमेकका विद्यालयहरु र आआफ्ना घरधन्दामा अल्झिएर उच्च माध्यमिक शिक्षा लिनबाट विाचत छोरी वुहारीहरुलाई पनि एक अवसर प्रदान गर्ने उद्देश्यले उहाँहरुलाई पनि एक वर्षका लागि पूर्ण निशुल्कको प्रतिवद्धता यो समितिले व्यक्त गरेको थियो । फलस्वरुप विद्यार्थी संख्या पनि राम्रो नै रहन गएको छ ।
यो म।ली।उ।मा।वि। को पूर्व शैक्षिक इतिहासलाई हेर्दा कठिन परिस्थिति लगायत सहज परिस्थितिमा पनि यस विद्यालयको शैक्षिक अवस्थामा ठूलो अन्तर वा उतार चढाव भएको छैन । जस्तै शिक्षक विद्यार्थी र व्यवस्थापन समितिका पदाधिकारीले समेत संकटकालको यातना भोग्दा भोग्दै पनि विद्यालयको नतिजा राम्रो नै रहिरहन सफल भएको छ । यसको श्रेय यहाँका सम्पूर्ण शिक्षक विद्यार्थी र शिक्षा प्रति अति चासो राख्ने सचेत अभिभावक वर्गलाई नदिइ रहन सकिन्न ।
यो म।लि।उ।मा।वि।sाे उज्ज्वल भविष्यको लागि यसै विद्यालयको आसपासमा एक वैकल्पिक जग्गा उपलब्ध गराउनु पर्दछ भन्ने धारणा र उक्त धारणालाई साकार तुल्याउने कार्यको थालनी समेत भएको छ । यो कार्य अति नै सह्रानीय कार्य हो । यस विद्यालयको हाताभित्र थप भवन वनाउन खर्चिलो कठिन र वनिसकेका भवनहरुका अवस्थालाई हेर्दा पनि वैकल्पिक जग्गा हेर्नै पर्ने थियो । यो कार्यको शुरुवातको लागि वि।व्य।स।ले एक धार्मिक कार्यक्रमविद्यालयमा राखी उक्त अवसरमा दाताहरुबाट वैकल्पिक जग्गा उपलब्ध हुने गरी एकाह पुराण लगाएको थियो र विद्यालयको लागि जग्गा उपलब्ध हुने कार्यको पनि सुरुवात सहयोग दाताहरुबाट भईसकेको छ । यसरी जग्गा विद्यालयको लागि उपलब्ध गराउनुहुने श्रद्धेय दाताहरुलाई धन्यवाद नदिइरहन सकिन्न र उहाँहरुको कदर विद्यालयले सदाको लागि गर्ने छ ।
यसरी चौतर्फी जनसहभागिताबाट यस म।ली।उ।मा।वि।sाे उन्नतिको लागि सहयोगमा जुट्नुहुने सम्पूर्ण शिक्षक कर्मचारी बुद्धिजीवि अभिभावक ज्यूहरु पूर्व र वर्तमान विद्यार्थीवर्गमा उहाँहरुको आ-आफ्नै स्थानबाट विद्यालयमा पुर् याउनु भएको नैतिक भौतिक र आर्थिक सहयोगको सदा तत्कालीन् समितिले उच्च कदर गर्दै पछिका दिनहरुमा पनि यस्तै अपेक्षा लिइरहन्छ । साथ-साथै यस उ।मा।वि।sाे सदा उन्नति र प्रगति चाहन्छ ।

पूर्व अध्यक्ष
विद्यालय व्यवस्थापन समिित


यात्रा र अनुभूित


काजी मियाँ
बैशाख जेठ तिरको चर्को घाम हातमा एउटा सानो रुमाल लिएर निदारमा आएको पसिना पुछ्दै म बाटो काटी रहेको थिएँ । आज भन्दा चार महिना अगाडि मात्र म घरबाट देशको राजधानी शहर काठमाडौं गएको थिएँ । देशको राजनीतिक परिस्थिति र सामाजिक गतिविधि त्यसताका सहज नभएको कारणले मैले एउटा उद्देश्य बोकेर घर छोडेको थिएँ । देशमा एउटा जहानीया शासन लादिएको जस्तो भान भइरहेको थियो । गाउँमा रहेका युवा वर्गहरुको लागि रोजगारको अवसरहरु पाउन निकै गाह्रो भइरहेको थियो । म पनि गाउँ छोडेर राजधानी शहर छिर्न पाएँ भने केहि न केहि जीवन धान्ने र गुजारा चलाउने काम पाइन्छ कि भन्ने लागेको थियो । तर जीवन त्यती सहज र सोचे जस्तो किन हुन्थ्यो र देशको राजधानी शहर काठमाडौं त झनै पि_िल्सएको र भित्र भित्र गलिरहेको जस्तो महसुश गरि आज म गाउँमा नै फर्केर एउटा अभियान चलाउनु पर्छ भन्ने अठोटका साथ मनमा अनेकौ सपना र भावनाहरुलाई उचाल्दै गन्तब्य तिर लम्किरहेको थिएँ ।
चर्को घामको कारण पसिनाले शरीर भिजेको थियो । निकै समय सम्म एकोहोरो हिडिरहेकोले थकाइको महशुस गरि सितल छहारीमा बस्ने र थकाइमार्ने चाहनाले सानो रुखको छहारीमुनि केही बेर बसें । त्यहाँबाट दृष्टिले भ्याए सम्म हेर्दा कोही कतै आफ्नो उद्देश्य लिएर बाटो हिडिरहेका देखिन्थे त केही आफ्ना खेतहरुमा काम गरिहरेका देखिन्थे । मकै गोड्ने बेला भएकोले प्राय जसो मानिसहरु आफ्नो खेतमा मकै गोडिरहेका थिए । एक जना अधबैंसे मानिस पनि आफ्नो खेतमा मकै गोडिरहेका थिए । काम गर्दा गर्दै उनलाई थकाइ लाग्यो होला अनि खेतको डिलमा टुसुक्क बसे । खुईय गरेको जस्तो लाग्थ्यो । मैले त्यस बारेमा सोचे उसलाई देशमा के भइरहेको छ त्यो परिस्थितिसँग के वास्ता जुन सुकै सरकार भएपनि के मतलव जुन सुकै व्यवस्था आएपनि के चिन्ता । उनलाई खेत बारी गाई वस्तु र गोठालो आफ्नो दिन चर्यासँग वास्ता छ । उनी चाहन्छन् होला खेतमा धान झुलुन । मकै राम्रो होस् । गोरु राम्रा र बलिया होउन् । भैंसीले धेरै दूध दियोस् । देशको परिस्थिति र व्यवस्थाले उनलाई कुनै पनि परिर्वन ल्याउन सक्छ जस्तो लागेन । उनलाई के थाहा उनी लगायतका सम्पूर्ण नेपाली रैती बनेर बसेको । देशका युवाहरु वेरोजगारले छट्पटाएको सायद उनकै छोरा छोरी पनि पढाइ पछि भौतारिएलान् । त्यसबारेमा उनको सोच कसरी पुग्न सक्छ । हाम्रो देशमा उनी जस्ता कैयौ नेपाली छन् । उनीहरुमा चेतनाको अभाव खड्किएको छ । उनी जस्तै लाखौ नेपालीलाई एउटा चेतनाको मालामा बाँध्न सके भोलिको िपंढीले चैनको श्वास फेर्ने थियो जस्तो मलाई लाग्छ ।
त्यस्तै कैयौं विचारहरु गर्दै म त्यो ठाउँबाट उकालो लागें । मनमा नेपाल र नेपाली जनताले दासत्वको पाजाबाट कसरी छुटकारा पाउन सक्लान् भन्ने विषयमा धेरै सोचे र विचार गर्दै हिडिरहें हिडिरहें । त्यस पछिको यात्रामा तिनै दाई जस्ता हजारौं नेपालीहरुको जीवनको बारेमा मनमा अनेकौं भावनाहरु जाग्न थाले । धेरै पर पुगे पछि मलाई ज्यादै तिर्खा लाग्यो । पानीको खोजि गर्न थालें । बाटो छोडेर अलिकति बाँया लागे पछि एउटा वरको चौतारीको फेदमा सानो तिरतिरे धारो फेला पर् यो । मैले त्यसै तिरतिरे धारोमा हल्केलाले थाप्दै चिसो पानी खाएँ । मेरो तिर्खा मेटियो । केही बेर त्यही चौतारीमा बस्ने विचार गरी चौतारीको सितल छहारीमा बसें । केही बेर पछि एक जना बुढी एउटा बोतल लिएर पानी लिन आइन् । उनले तिरतिरे धारोमा त्यो बोतल थापि पानी लिएर गइन् । मैले सोचें त्यो तिरतिर धारोको पानी एकोहोरो बगिरहेको छ । त्यसको आफ्नो कुनै आकार छैन । जस्ले जुन आकारको भाँडो थापे पनि त्यसै आकारमा परिणत भएर आफ्नो आकार बनाउँछ । मैले हल्केला थापें हल्केलाको आकारमा बद्लियो ति बुढीले बोतल थापिन त्यसै बोतलको आकारमा बद्लियो । फेरि कोही आएर गाग्री थापे त्यसै आकारमा बदलिन्छ । मैले धेरै बेर सोचे अनि पहिलेका खेतमा काम गरिरहेका दाइलाई सम्झें । यो पानी नेपाली जनता जस्तै जुन व्यवस्था जुन सरकार अनि जुन राजनैतिक परिवर्तन भए पनि त्यसै अवस्थामा जीउने आदत बनिसकेको छ । निरिय भएर । कुनै आफ्नो आकार छैन । कुनै आफ्नो सोच छैन । कुनै आफ्नो सिद्धान्त छैन । कुनै आफ्नो अडान छैन । अनि कुनै विरोधको प्रतिसोध छैन । आखिर कहिले सम्म यस्तो किसिमको जीन्दगी जीउने हामी नेपाली जनताले ।
यस्तैमा अचानक मौसममा परिवर्तन आउन थाल्यो । अचानक हुरी बतास आउन लाग्यो । कालो बादल गडगडाएर आकाश ढाक्यो । मुलसधारे पानी वर्षन थाल्यो । हेर्दा हेर्दै बाढी आउन लाग्यो । नजिकैको खोलामा बाढी बढ्दै आयो । पानी सानो खोला नाघेर खेतबारीलाई काट्दै ढुङ्गा र मुडा पल्टाउँदै अनि पहिराहरु खसाल्दै गडगडाएर बग्न थाल्यो । त्यहाँको भौतिक संरचनानै परिवर्तन गराइदियो । एकछिनमा वर्षा रोकियो । अनि खोला पनि केहि कम हुँदै गयो । म पनि त्यहाँबाट गन्तव्य तिर लम्कँदै सोच्दै हिडें । एकै छिन अगाडि आफ्नो कुनै आकार लिन नसकेको त्यो तिरतिरे धाराको पानी जुन भाडामा थाप्यो त्यस्तै आकार बन्ने पानी पनि ठूलो परिमाणमा एक साथ बग्न पायो भने पहाडै पल्टाउन पनि पछि पर्ने रहेनछ । एकतामा ठूलो बल हुनेरहेछ । खेतमा काम गर्ने ति पहिलाका दाइहरु जस्ता लाखौं नेपाली जनता एक हुन सक्यो भने कुनै पनि सामान्तवादीको जरो सहित नै पल्टाउन सकिदो रहेछ । एक्लैले गर्न नसकिने जुन सुकै काम पनि समूहको बलले पुरै संरचना नै परिवर्तन गर्न सकिने रहेछ । त्यसैले हरेक घर गाउँ टोल र पुरा देशवासीले एक होस्टमा हैसे मिलाउन सकेमा देशको परिस्थिति र जस्तो सुकै जनता विरोधी व्यवस्थालाई पनि पल्टाउन सकिनेरहेछ भन्ने एउटा जोशीलो आँट र हिम्मत लिदैं म देशको सुनौलो भविष्यको कल्पना गर्दै त्यहाँबाट आफ्नो गन्तव्य तर्फ लागि रहें । लागि रहें ।

छोरीहरु पनि छोराहरु जस्तै सक्षम

सुजिता ढकाल
हाम्रो समाजमा एक्काइसौं शताब्दीमा आएर पनि छोरीहरु माथि गरिने व्यवहारमा कत्ति पनि परिवर्तन आएको छैन । युग कहाँबाट कहाँ पुगी सक्यो । तर हाम्रो समाज भने उही पुरातन रुडिवादी संस्कारमा अल्झिराखेको छ ।
छोराहरुलाई पढाई लेखाइ धेरै माथि पुर्याउने तर छोरीहरुलाई घरको चुलो चौको घाँस दाउरा र मेलापातको सिमित घेराबाट बाहिर निस्कन नदिने चलन हाम्रो गाउँ ठाउँमा व्याप्त छ । धेरैमा थोरै अभिभावकहरुले छोरीलाई पनि पढाउनु पर्छ अनि उचित शिक्षा दिक्षा दिलाएर सक्षम बनाउनु पर्छ भन्ने कुरा बुझेका छन् । तर पनि समाजले के भन्ला भन्ने डर मनमा पालेकाले उनीहरु पुरानो सामाजिक मुल्य र मानयतालाई लत्याएर बाहिर आउन डराइ रहेका छन् । तर राम्रो काम गर्नको लागि कसैको डर धक मान्नु पर्ने कुनै आवश्यकतानै छैन । समाजमा धेरैले छोरा जन्माउने आशमा धेरै छोरीहरु जन्माउनेहरु पनि छन् । तिनीहरु छोरीले पनि छोराले जत्तिकै दायित्व र जिम्मेवारी बोध गर्न सक्छन् भन्ने नबुझेर नै त्यसो गरि राखेका छन् । त्यसरी जन्मिएका छोरीहरुलाई १५ वर्ष नपुग्दै बिहे गरिदिने र अर्काको घरमा पठाउने चलन छ । छोरीहरु अर्काको घर गएपछि घृणा हेलाँ र तिरस्कारको पात्र बनेर नरकीय जीवन विताइरहेका पनि हामीहरु सबैले देखेका छौं ।
तर अब हामी छोरीहरुले कदापि यस्तो हुन दिनु हँुदैन । हामीहरु सचेत भएर घर धन्दाबाट बाहिर निष्केर शिक्षा र ज्ञान प्राप्तगर्न किताब कापी बोकेर स्कूल जानु पर्छ । छोरीहरुले पनि आफ्नो चाहना अनुसार स्वतन्त्र जीवन विताउन पाउनुपर्छ । आफुले चाहे जति शिक्षा दिक्षा लिन पाउनु पर्छ । हाम्रा पनि सामाजिक दायित्व र जिम्मेवारीहरु छन् ति सबै पुरा गर्न अगाडि बढ्नु पर्छ । अबको समाज सुधार्ने अभिभारा हाम्रै काँधमा आएको छ ।
अब छोरीहरु आफै आत्मनिर्भर हुनु पर्छ । आफ्नो सफलताका लागि हरेक पाइला पाइलामा संघर्ष गर्नु आवश्यक छ । छोरीहरु पनि छोरा जस्तै क्षमतावान र सक्षम छन् भनेर हाम्रो रुढीवादी समाजलाई प्रमाणित गरेर देखाए पछि मात्र सामाजिक घारणामा परिवर्तन आउँछ । आउँदा दिनहरुमा छोरीहरुलाई पनि सामाजिक कामहरु गर्नबाट बिाचत गराउनु हुँदैन । धार्मिक र पुरातन मानसिकताका आधारमा छोरीलाई हलो जोत्नबाट बिाचत गराइनु हुँदैन छोरीहरुले पनि बाँस काट्न पाउनु पर्छ । छोरीहरुले पनि घर छाउन पाउनु पर्छ । यो मेरो मात्र आवाज होइन िसंगो समाजमा कुज्जिएर। बाँधिएका छोरीहरुको आवाज हो ।
एक जनाले गरेर आखिर केही उपलब्धि हुनै सक्दैन । त्यसैले हामी सम्पूर्ण छोरीहरु सम्पूर्ण पुरातन र रुढीवादी सामाजिक मूल्य र मान्यतालाई लत्याएर अघि बढ्नु पर्ने बेला भैसकेको छ । त्यसैले आउनुहोस् सबै संगठित भएर अघि बढौं । आखिर हामी सबैले सुनेकै छौ एकले थुके सुकी धेरैले थुके नदी भन्ने उक्ति ।


Thursday, March 26, 2009

अबसरको सदुपयोग गरौं

विमला ढकाल कक्षाः १२

ऐतिहासिक स्थल सिरानचोकको पाउमा रहेको चेपे नदी र दरौंदी नदीको चिसो हावाको आगमनमा शितल छहारीको स्पर्शमा रम्ने हर्मीले होनहार बौद्धिक जमातलाई जन्माएर आ-आफ्नो प्यारो गाउँलाई रङ्गीन संसार प्रतिको मुहार फेराउन पीडित र पिछडिएको साथै शिक्षाको अवसरबाट बिाचत वुहारीवर्ग प्रति मुहार फेराउन चेतनामूलुक गतिविधि ल्याई सहयोग गरी दिनुभएकोमा सबै बुद्धिजीवि वर्गलाई हृदय देखिनै मुरीमुरी धन्यवाद दिन चाहन्छौं ।
साँच्चै नारी जात भनेको एउटा उर्लदो खहरे जस्तो रहेछ । जब आमाको काखमा रउन्जेल जसरी वर्षामा खहरे आनन्दसँग उर्लिएर आफ्नो बाटोमा हिँडेको हुन्छ । त्यस्तै गरी म पनि माइतीघर हुन्जेल आनन्दसँग पढिरहेको थिएँ । जब २०४८ सालमा एस।एल।सी। पास गरे । बाबु-आमाले आफ्नो पढ्ने इच्छा हुँदा हुँदै विवाहको बन्धनमा पारिदिनुभयो । आफ्नो इच्छा र आकांक्षालाई एकातिर पन्छाएर वैवाहिक जीवनको कहालीलाग्दो जीवनमा प्रवेश गर् यौं । वर्षा सकिएपछि खहरे सुके झैं आफ्नो लक्ष्य र उद्देश्य विहीन भई घर व्यवहारिक चुलोचौकाको बन्दघेरामा सीमित रहि जीवनयापन गर्न पुगें । विवाह पश्चात पनि पढ्ने इच्छा नगरेको भने होइन । समय र परिस्थितिले नारीलाई कुवाको भ्यागुतो झैं हुनु पर्दो रहेछ । सर्पले काँचुली फेरे झैं समयले पनि काँचुली फेर्दो रहेछ ।
तर आज अवसरबाट बिाचत हामी बुहारीको आँखा खुलेको छ । हाम्रो हर्मीमा परिवर्तन आएको छ । घरायसी कामकाजमा व्यस्तहुने हामी बुहारी आजकाल हातमा कापी र कलम लिएर कुखुराको डाँकोमा १०२ पढ्न जान थालेका छौं । साच्चै नै १६ वर्षको लामो अवधी पश्चात फेरि कलम र कापी च्यापी १०२ जाँदा हाम्रो मन निकै प्रफुल्लित भएको छ । शुरु शुरुमा त पढ्न लेख्नकेा निम्ति अति नै कठिनाई भयो । पढ्न छाडेको लामो अवधी भएकाले लेख्न पनि साह्रै गाह्रो भयो । पछि पछि प्रयास पनि गर्दै गइयो । पहिला भन्दा आजकाल केहि मात्रामा सुधार आएको छ । सबैभन्दा ठूलो कुरा कोसिस नै रहेछ । प्रयास नै सफलताको कडी हो । हँसिया र नाम्लो समाउने हातले कलम र कापी समाई आफ्नै घरको ढिँडो र गुन्द्रुकको स्वादलाई लिएर पढ्न जान पाउँदा र गाउँमा शिक्षाको ज्योति चम्किएको देख्दा अति नै हर्षित छु । हामी महिलाको एउटा परिवार भित्रको जिम्मेवारीदेखि लिएर समाजमा पुरुषको भन्दा भूमिका बढी हुन्छ । तापनि महिला र पुरुषमा समान अवसर पाइएको छैन । वुहारी भने पछि समाजमा घृणित अपहेलित र पिछडिएको वर्ग मानिन्छ । तसर्थ यस समाजको कुप्रथा रुढिवादी संस्कारको अन्त्य गर्नको निमित्त पनि शिक्षाको नै आवश्यकता पर्दछ । महिला प्रति गरिने अन्याय अत्याचारलाई हामीले संघर्ष गर्नुनै पर्दछ । हामी सम्पूर्ण बुहारीमा जबसम्म एकजुट भई कु-संस्कारको विरोध गरिदैन तबसम्म बुहारीको उत्थान हुँदै हुँदैन । शिक्षा प्रति हामी सबै छोरी बुहारी जागरुक हुनुपर्दछ । शारीरिक रुपबाट कमजोर भए तापनि हामी मानसिक रुपमा कमजोर छैनौ । केवल अवसरबाट मात्र विाचत भएको कारणले हामी कमजोर देखिएका छौं ।
यसरी वुहारी शिक्षाको लागि बुद्धिजीविवर्गले गरेको योगदान सह्रानिय नै छ । तसर्थ बुहारी शिक्षाको सार्थकता बढाउन हामी सबैले हातमा हात मिलाएर अनेकौं व्यवधानका उकाली ओराली पार गरेरै भएपनि अगाडि बढ्न सक्नुपर्छ । शरीरमा एउटा अङ्ग कमजोर भयो भने सबै अंगले असर भोग्नुपर्दछ । त्यसैले नारीलाई अवसरबाट विाचत गराउनाले िसंगो युगले नै पीडाबोध गर्नुपर्दछ । पीडामुक्तिको लागि वुहारीको गहन भूमिका स्वीकारेर बुहारी शिक्षालाई अनिवार्य रुपमा हाम्रो समाजले स्वीकार्न सक्नुपर्छ ।
देशको विकासको लागि अरु विकसित मुलुकको दाँजोमा नेपाललाई पुर् याउनका निम्ति नारी र पुरुषमा समान अवसर प्रदान गर्नुपर्दछ । २१ औं शताब्दीमा आएर पनि समान अवसरबाट बिाचत गराउनु भनेको त राष्ट्र र समाजलाई अन्धकारतिर धकेल्नु हो । हे बुहारी हो हामीले पनि समान अवसर पाई मानसिकता वृद्धि गर्नुका साथ साथै त्यसलाई व्यवहारिकतामा उतार्नु पर्दछ । तब हामी घर परिवार समाज र राष्ट्रलाई गति दिन सक्नेछौं । हाम्रो देशमा नवीन चेतनाको थालनी हुने छ ।
ििि

अवसरको साथ साथै थपिएको चुनौित

आशमाया परियार कक्षाः १२


मानिसको जीवन एक संघर्ष हो । यस्ता संघर्षसँग पछि हट्नु हुँदैन । यस्ता संघर्षसँग जीवनभर साहसका साथ सामना गर्न सक्नु नै हामी मानिस हुनुको एक मात्र पहिचान हुन आउँछ । मानिस भएर धर्तीमा उत्पत्ति भइ सकेपछि उसलाई सर्वप्रथम गाँस बास र कपासको आवश्यकता पर्दछ । मानिसलाई यति मात्र भएर पुग्दैन उसलाई शिक्षा स्वास्थ्य अन्य सुविधाहरुको पनि आवश्यकता पर्दछ । यसलाई कसैले हनन् गर्न पाउँदैन । गर्नु पनि हुँदैन । शिक्षाले कसैलाई काखा र कसैलाई पाखा बनाउँदैन । तँ महिला होस् तेरो जीवनमा शिक्षाको उज्यालो ज्योति जगमगाउन सक्दिँन भनेर कोहि कसैलाई भेदभाव गर्दैन । शिक्षाले भित्री आँखा खोलेर अन्धकारको भुमरीमा परेकालाई उज्यालो किरण छरेर जीवनको सफलताको फूल फुलाउँछ । भर्खरै हर्मी गा।वि।स। नवलपुरमा उच्च मा।वि। खुलेको छ । यो उ।मा।वि।sा सम्पूर्ण अभिभावक शिक्षाविद् विद्यार्थी किसान र मजदुरको योगदानबाट स्थापना भएको हो । यसले गर्दा यहाँका जनताहरु अत्यन्त खुसी भएका छन् । यस हर्मीमा विकासको आधार शृङ्खला शुरु भएको छ । विगतमा यहाँका विद्यार्थी उच्च शिक्षा हासिल गर्न गाउँबाट निकै टाढा जानुपथ्र्यो भने कतिपय आर्थिक कमजोरीको चपेटामा परेकाले आफ्नो पढ्ने इच्छा तीव्र भएता पनि आफ्नो इच्छा र आकांक्षालाई भूइमै दवाएर बस्नु परेको थियो । अहिले यस उच्च मा।वि।sाे स्थापना भएपछि सबैलाई उच्च शिक्षा हासिल गर्न सजिलो र सुगम भएको छ । यस उच्च मा।वि। का सबै विद्यार्थीले हर्ष र उत्साहका साथ शिक्षा हासिल गरिरहेका छन् ।
खुसीको कुरा के छ भने हाम्रा दिदी भाउजू बुहारीहरुले शिक्षाबाट बिाचत हुन पुगेको आज दस बाह्र वर्ष पछि उच्च शिक्षा हासिल गर्ने सुवर्ण अवसर पाएका छन् । हाम्रा बुबा आमा लगायत सम्पूर्ण अभिभावकले शिक्षाको महत्वलाई बुझेर विहानको मिर्मिरेमा घामको उज्यालो सँगसँगै हँसिया नाम्लो बोकेर दिनहुँ गाउँवेसी मेलापात गर्ने बुहारीलाई कलम कापी च्यापेर कलेज पठाएका छन् । बुहारीहरु गुमेको अवसर फेरी यसरी आएकोमा अत्यन्तै उत्साहका साथ शिक्षा हासिल गरिरहेका छन् । यति मात्र होइन विभिन्न समुदायबाट आएका बुहारीहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । यो गरिमामय उ।मा।वि।ले हामीलाई लगाएको गुन हामीले कदापी भुल्न सक्दैनौं । सम्भवतः नेपालको नौलो र नयाँ अभियान बन्न पुगेको यस उच्च शिक्षाका व्यवस्थापकहरु र योजनाकर्ताको अथक प्रयासमा तुषारापात हुन नदिई लगनशीलताको महत्वलाई बुझी उहाँहरुको योगदानको कदर गरिनुपर्दछ । देश विकासको लागि व्यक्ति परिवार समाज गाउँ सहर हुँदै देशमा शिक्षाको महत्वलाई पहिचान गरेर हाम्रो देशको सम्पूर्ण क्षेत्रमा उच्च शिक्षाको स्थापना गर्नु ज्यादै आवश्यक र यो शिक्षा निःशुल्क हुनुमा पनि जरुरत छ ।
समाजमा भएका हरेक व्यक्ति उच्च बुद्धि र प्रतिभा भएता पनि आर्थिक कमजोरीका कारणले त्यसै समाजमा दबिएर आफ्नो प्रतिभा प्रदर्शन गर्न पाइरहेका छैनन् । शिक्षा विना देश विकास सम्भव छैन । त्यसैले सम्पूर्ण नागरिकलाई शिक्षित बनाउनु जरुरत छ । राष्ट्र तथा अन्तर्राष्ट्रिय परिवेशमा आफ्नो पहिचान राख्न पनि शिक्षाकै आवश्यकता पर्दछ । आजको युग भनेको कम्प्युटरको युग हो । जहाँ शिक्षा बिना देशको उन्नति ठप्प हुन्छ । देश निर्माणका लागि महिला पुरुष एक हुनु अत्यन्त आवश्यक छ । जसरी एक हातले तालि बज्दैन त्यसरी एकपक्षिय गतिविधिको तालमेलै मिल्दैन । पुरुषको एकलौटि शासनले आज हरेक महिला दुई ढुङ्गाका तरुल जस्तो भए शारीरिक तथा मानसिक याताना पाएर बसेको हाम्रो समाजमा विद्यमान नै छ । यस्तो परम्परागत मान्यता शोषक सामन्ती प्रवृत्तिलाई जरैदेखि उखेलेर समाजमा नयाँ कार्यको थालनी गर्नुपर्छ । महिला शारीरिक मानसिक कुनै कारणले पनि कमजोर हुँदैनन् । उचित अनुकुल वातावरण पाए भने महिला पनि समाजको प्रतिष्ठित ब्यक्ति बन्न सक्षम हुन्छन् । त्यसैले देशले सम्पूर्ण नारीवर्गलाई पुरुषको सीमित घेरामा होइन । महिला उत्थानको मैदानमा हिमाल जस्तो अडिग भई आफ्नो हक अधिकारको उत्तरदायित्व बहन गर्नेलाई दोष होइन आफ्नो आत्मबललाई ठूलो मानेर समाजको अगाडि असल नागरिक भएर बाँच्न सिकौं भन्ने आग्रह गर्न चाहन्छु ।
अन्तमा यस हर्मीमा स्थापित उच्च मा।वि।sाे स्थापनाकारहरुको योगदानलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु । हाम्रो जस्तो विपन्न समाजका लागि शिक्षा निःशुल्क गरियोस् । जसबाट समाजका कुनै पनि व्यक्ति शिक्षाबाट बिाचत हुन नपरोस् । यस ठाउँमा उच्च शिक्षाका विभिन्न तहको पढाई हुन सकोस् । महिला दलित पीडित जस्ता व्यक्तिलाई छात्रवृत्तिको व्यवस्था गरी शिक्षा हासिल गर्न सर्वसुलभ गरियोस् । शिक्षा व्यवहारिक होस् । विद्यालयमा सम्पूर्ण कुराको व्यवस्था गरियोस् । उचित शिक्षण विधि दक्ष तालिम प्राप्त शिक्षक उपलब्ध गराइयोस् । यही अनुरोध गर्न चाहन्छु ।
ििि



धेरै पछि पुनः विद्यार्थी हुन पाउँदा

कल्पना ढकाल कक्षाः १२

ूपरोपकार पुण्यायू अर्थात सेवा नै धर्म हो भन्ने यस भनाइलाई सबैले आत्मसाथ गर्न सके सम्पूर्ण मानव जातिको कल्याण हुने गर्छ । परम्परावादी वा रुढिवादी कुसंस्कारले जेलिएको हाम्रो देशको कुना काप्चा अझै पनि उस्तै छन् । हर्मी गा।वि।स। शिक्षा क्षेत्रमा अगाडि नै छ यो कुरा हामी सबैले बुझेकै छौं । अब यो गाउँमा यस्तो कुसंस्कार हराउँदै गएको छ । जनचेतना फैलिएको छ वास्तवमा यो सत्य हो कि होइन हेर्नको लागि अव महेन्द्रलीला उच्च मा।वि। जानुपर्ने भएको छ ।
विशेष गरी हामी जो पहिला छोरी अहिले बुहारीको एउटा समूह यस उच्च मा।वि। मा अध्ययनरत छौं । प्राय जसो ८÷१० वर्ष पहिला नै पढ्ने दाजुभाइ र अविवाहित साथीहरुले आइ।ए। वि।ए। र डिग्री पास गरिसकेका छन् । जो त्यतीबेला हामी भन्दा पढाइमा ज्यादै कमजोर थिए । तर हामी धेरै पछि पर् यौं किन के हामी पढाइमा कमजोर भएर हो त हामीले नपढ्नुमा दोषी हामी मात्रै हौ त हामी बीचमा कुराकानी हुन्छ । त्यो पनि होइन वास्तवमा रुढिवादी परम्परा हो दश कक्षासम्म पढाउनु र सोह्रौं वसन्तमा टेकाउनु त्यसपछि एउटा लाहुरे वा कुनै पेशामा लागेको केटा खोजी पठाइहाल्नु पर्ने बाबु आमा र आफन्तजनको धारणा अनि विवाह पछि बुहारीले घरमा बसी पढ्न नहुने कर्मघरको धारणा अब कसरी हामी शैक्षिक स्तरमाथि उठाउन सक्छौं त दोष कस्लाई दिने त दोष कसैलाई छैन केवल धारणा बसाउने हाम्रो विद्यमान कुसंस्कारलाई ।
आर्थिक हिसाबले हामीभन्दा कमजोर भए पनि हाम्रा दाजुभाइहरु महङ्गा कलेजमा पढेका छन् । सहरमा वस्न पाएका छन् । तर हामी चाहिँ एस।एल।सी। पूर्व नै विवाह गर्नु पर्ने ताकि आमा बुबालाई आर्थिक बोझ नपरोस् । अब पढाइलाई पूर्ण विराम लगाई घर गृहस्थी समाल्नु बाहेक अरु के नै गर्न सकिन्थ्यो र आनन्दले पूर्ण विराम लगाइयो । अहिले हामी महेन्द्रलीला उच्च मा।वि।मा भर्ना भएका छौं । समय धेरै अगाडि बढी सकेको छ । जीवन शैलीमा ठूलो परिवर्तन भएको छ । आर्थिक हैसियत पनि फेरिसकेको छ । तर छोरी र बुहारीलाई हेर्ने दृष्टिकोणमा अझै पनि समानता छैन । यो निश्चित हो ।
अब प्रसङ्ग बदलौं । म २०५२ सालमा श्री जनकल्याण मा।वि। तल्लो गाहोरे बाट एस।एल।सी। पास गरेकी शिक्षित परिवारकी पीडित छोरी हुँ । अन्यथा नसोचौं पढाइको हिसाबले । एस।एल।सी। पूर्व नै मेरो विवाह भइ हर्मीमा आएँ । धन्न एस।एल।सी। पास भएँ । यति भए मेरो अभिभावकलाई काफी भयो तर मेरो लागि काफी हुन सकेन । त्यसैले कलेज भर्ना भएँ । तर दोस्रो वर्षको परीक्षाको घडीमा आएर पढाइ छोड्न वाध्य भएँ । घरको विभिन्न परिस्थितिले गर्दा मेरो पढाइ मृगतृष्णा बनेर रह्यो । मेरो सर्टिफिकेटको कुनै अर्थ रहेन ।
गाउँका अशिक्षित दिदी बहिनी र ममा कुनै भिन्नता रहेन । अहिले यस उच्च मा।वि। ले एउटा नयाँ योजना ल्याएर हामी जस्ता पीडित नारीहरुको लागि निःशुल्क शिक्षाको व्यवस्था गरेर हामीलाई ठूलो गुण लगाएको छ । सायद निःशुल्क नभनेको भए म फेरि यसरी भर्ना भएर पढ्न पाउने थिइन होला । त्यसैले यो मौका मिलाई दिनुहुने यस क्षेत्रका सम्पूर्ण महानुभावलाई म धन्यवाद दिन चाहन्छु ।
अहिले हाम्रो यस्ता विद्यार्थीहरुको कक्षा वनेको जहाँ एस।एल।सी। दिदा वा छोरी हुँदा कोही गोहोरेको त कोही गोरखा बजारको कोही लम्जुङ्गको त कोही काठमाडौंको कुनै कलेज भन्दा फरक छैन । न त चितवनको कुनै कलेज भन्दा । हाम्रो भलाईको लागि काम गर्ने सबैमा धन्यवाद चढाउँछौं । साथै विद्यालय परिवारले हाम्रो समस्यालाई मध्यनजर गर्दै छुट्टै कक्षाको व्यवस्था गर्ने पहल भएकोमा पनि धन्यवाद नदिइरहन सक्दैनौं । त्यसैले यस विद्यालयका शिक्षिका र शिक्षकप्रति पनि हामी आभारी छौं । अहिले आएर हामी यसरी यस उच्च मा।वि। को विद्यार्थी भइ हातमा कापी कलम च्यापी कलेज पोशाकमा हिँड्न पाउँदा गौरवान्वित भएका छौं । विद्यालयले धेरै राम्रो शैक्षिक वातावरण मिलाइ दिएको छ । त्यसैले हामी जस्ता पीढित दिदी बहिनीहरुलाई यस विद्यालयमा भर्ना भइ आफ्नो भविष्यको सुनिश्चितता गर्न आग्रह गर्दछौं । साथै विद्यालयलाई अगाडि वढाउनको लागि हामी सबैले हरतरहबाट सहयोग गरौं भन्ने सबैमा अनुरोध पनि गर्दछु ।

व्यक्तिगत सपना, सामुदायिक सपना र उच्च मा।वि।


विकास ढकाल ८
सबै मान्छेले सपना देखेका हुन्छन् । सपना देख्नु त्यति नौलो कुरा भने होइन । यो मानव जीवनको एउटा स्वभाविक प्रकि्रया हो । हरेक मान्छेले आफ्नो क्षमता दक्षता र पहुँच अनुरुपको सानो ठूलो चाहे जस्तो सुकै होस् सपना देखी नै राखेको हुन्छ ।
खासगरि मान्छेले देख्ने सपना दुई थरिका हुन्छन् । एउटा व्यक्तिगत सपना र अर्को सामुदायिक सपना । प्रायः जसो मान्छेहरु व्यक्तिगत सपनाको संसारमा हराइरहेका पाईन्छन् । उनीहरु आफ्नो नीजि स्वार्थ पूर्तिका लागि विभिन्न ताना बाना र धन दौलतका सपना देखिराखेका हुन्छन् । हाम्रो समाजमा ती खाले मानिसहरुको बोलबाला छ । र हाम्रै समाजमा व्यक्तिगत सपनाको मोह त्यागेर सामुदायिक हितका सपनामा अहोरात्र खटिरहने मानिसहरुको एउटा छुट्टै जमात पनि छ । अनि यो जमात हरक्षण समुदायको उन्नति र प्रगतिको लागि आफ्नो सिप विवेक र श्रम कसरी परिचालन गर्ने भन्ने सपना देख्न मै व्यस्त रहन्छ ।
व्यक्तिगत सपनाका भोगी र सामुदायिक सपनाका हिमायतीहरु बिच समाजमा सधैं अन्र्तद्वन्द्ध चलिराखेको हुन्छ । यही अन्र्तद्वन्द्धका बिचमा समाज अगाडि बढिरहेको हुन्छ । व्यक्तिगत सपनाको अन्धकार संसारको नेतृत्व गरिराखेका मानिसहरु समाज विरोधी हुन् । तिनीहरु सामाजिक जीवनका सम्पूर्ण क्षेत्रमा आफू हाबि भई आफ्नो व्यक्तिगत सपना पूरा गर्न तल्लिन हुन्छन् । तर व्यक्तिवादि चरित्रका मान्छेको जमात ठूलो भए पनि सामुदायिक चिन्तकहरुको सानो झुन्डले तिनीहरुलाई परास्त पारिदिन्छ । र त्यो अन्तरविरोध नै सामुदायिक विकासको लागि एउटा छुट्टै शक्ति सावित भईदिन्छ । सामाजिक आर्थिक संरचनाहरुको विकासको लागि मुख्य उत्प्रेरक चिज भनेकै अन्तरद्वन्द्धहरुबाट आर्जित शक्ति हो । अनि त्यही अकल्पनीय शक्तिले गर्दा व्यक्तिवादिहरु न्याउरो मुख लगाइ समाजमा मुख देखाउनै नसक्ने अवस्थामा पुग्छन् । त्यसपछि बल्ल समाजले परिवर्तनको स्वास फेर्न पाउँछ । सामुदायिक सपनाले मूर्त रुप लिन थालेपछि सामाजिक चेतनाको स्तर वृद्धि हुन्छ । र परिवर्तनको प्रतिफल प्राप्त भइसकेपछि व्यक्तिवादिहरुको जमात दिनानुदिन क्रमश पातलिँदै जान्छ । अनि सामुदायिक सपना देख्नेहरुको संख्या ह्वात्तै बढ्न पुग्छ ।
ठूलो अन्तर द्वन्द्व र संघर्ष पश्चात हर्मीमा पनि आज सामुदायिक सपना देख्नेहरुको संख्या दिनानुदिन बढ्दै गइराखेको छ । केहि वर्ष अघिसम्म समुदायको हितको नाममा ुसु उच्चारण गर्न हिच्किचाउनेहरु पनि आज खुल्ला रुपमा सामाजिक कि्रयाकलापमा संलन भइराखेका छन् । यसलाई एउटा सामुदायिक सपना देख्नेहरुले व्यक्तिवादी सपना देख्नेहरुलाई परिवर्तन गराएको गतिलो उदाहरणका रुपमा लिन सकिन्छ । र यसबाट अर्को के कुरा पनि प्रष्ट हुन्छ भने सामुदायिक सपना साँच्नेहरु व्यक्तिवादि चरित्रका मान्छेहरुलाई आफूप्रति आकर्षित गर्न सक्षम हुन्छन् । अनि सबै पक्षको योगदान दक्षता क्षमता र परिश्रमलाई समायोजन गरि आफ्नो सपनालाई विपनामा सहजै रुपान्तरण गरेर देखाउन सक्छन् ।
शुरुका दिनहरुमा हर्मीमा उ।मा।वि। खोल्ने सामुदायिक सपनाहरु देख्ने व्यक्तिहरु थोरै थिए । ती व्यक्तिहरुले आफूले देखेका सपनाहरु अरु समक्ष बाँड्दै हिँड्दा उपहासको पात्र हुनु परेको तीतो सत्य हामी माझ सर्वविदितै छ । त्यति हुँदा हुँदै पनि सामुदायिक स्वप्न पथका ती यात्रिहरुले आफ्नो सपना जनता समक्ष अभिव्यक्त गर्न भने छाडेनन् । व्यक्तिवादी चरित्रका केहि व्यक्तिहरुले पागलको संज्ञा दिएर समाजमा नचाहिँदा हल्ला फैलाउदै हिँड्दा समेत सामुदायिक चिन्तकहरु एक कदम पनि पछि हटेनन् । केहि व्यक्तिवादीहरुको नकारात्मक सन्देशले त्यो ताका खुब बजार तताएको थियो । चिया पसल भट्टि पसल चौतारी र अन्य सार्वजनिक स्थानहरुमा उ।मा।वि। स्थापनाको कुरा आकाशको फल आँखा तरी मर सिवाय केहि होइन भन्ने खालका कुराहरु खुब सुनिन्थे । यी र यस्ता खाले बकम्फुसे हल्लाले उच्च मा।वि।sाे सपना देख्नेहरु कत्ति पनि हतोत्साहि भएनन् । उनीहरुको सपना गर्भमै तुहाउन पर्दा पछाडि धेरै खेलहरु पनि खेलिए । स्रोत संकलन अभियानलाई भाँड्ने प्रयत्न समेत गरियो । अझ कतिपय पट मुर्खहरुले त यस्ता गुलिया कुरा गरेर जनता मुर्ख बनाउन नखोजे हुन्छ सम्म भन्न भ्याए । अझ नमच्चिने पिङको सय झड्का भनेर उखानको बखान गर्नेहरुको संख्या पनि कम थिएन । गफ मात्र गरेर केहि लडिबुडि लाग्दैन गफ जाबो त फलानो लाटोले पनि मुख भएको भए लगाउँदै हिड्थ्यो भन्ने सम्मकाव्यक्तिहरुले पनि विद्यालयले उच्च मा।वि। संचालनको बारेमा राखेको छलफल कार्यक्रममा बोल्न भ्याए । तर उनीहरुको केहि जोड चलेन । यहाँनिर पनि सामुदायिक सपना देख्नेहरुले व्यक्तिगत सपना देख्नेहरुलाई परास्त गरि छाडे । परिवर्तनमा भाँजो हाल्न सार्वजनिक रुपमै यस्ता भनाइहरु प्रकट हुनुको पछाडि एउटै मात्र कारण छ र त्यो हो व्यक्तिवादिहरुको हाविले समाजमा सकारात्मक कुरालाई सहजरुपमा स्वीकार्ने संस्कारको विकास नहुनु । तल्लो तहको चेतना स्तर हुनेले त जे जे आफ्नो मनमा छ त्यै त्यै ओकले ठिकै छ । तर स्थानीय र राष्ट्रिय स्तरमा समेत आफ्नो व्यक्तित्वलाई बुद्धिजीवि र विद्वानका रुपमा चित्रण गरियोस् भन्ने मनोभावना पालेका कतिपय गन्यमान्य विद्वान भनाउँदाहरुले समेत छेउ न टुप्पोका बेतुकका शब्द बमन गरेको देख्दा मुर्ख साँच्चै मुर्खै हुँदो रहेछ भन्ने कुरा राम्रोसँग प्रमाणित भयो र अर्को के कुरा पनि छिपेन भने कतिपय शिक्षित भनाउँदाहरु पनि नकारात्मक आलोचनामा नै आफ्नो विद्वताको स्तर प्रमाणित गर्न चाहँदारहेछन् ।
तर हर्मीमा उच्च मा।वि। को सामुदायिक सपना देख्नेहरुको पछाडि त्यस्तै व्यक्तिवादि सपनाले दिमागमा डेरा जमाएका बेअर्थका मान्छेहरु थिएनन् । उनीहरुको पछाडि धेरै धन नभए पनि मन भएका स-हृदयीहरुको ताँती थियो । त्यो परिवर्तनको पक्षपाती ताँतीमा लामबद्ध हुने जनमानस सबैको एउटै आवाज थियो - ूसम्भावना र चुनौतिका पहाडहरुलाई फोर्दै होस्टेमा हैँसे गर्दै अघि बढ्ने ।ू नभन्दै त्यो जमात होस्टेमा हैंसे गर्दै अगाडि बढ्यो पनि । अनि बल्ल पाखा लाग्न थाले उच्च मा।वि। को सपना गर्भमै जवर्जस्ति पतन गराउन खोज्ने अवरोधको एप्रोन भिरेका नक्कली डाक्टर सापहरु । यसरी पाखा लागेका सिनेमाका खलनायक र पर्दा पछाडि नेपथ्यमा नाटक माचन गराउने निर्देशकहरु कोहि कोहि चाहिँ पछि आफ्नो केहि हुति नचल्ने ठानेर सकारात्मक सोचका साथ सामुदायिक सपनाको ताँतीमा सरिक भए भने अझैं केहि त बाहिर मानवताको खोल ओढ्ने र भित्र भित्रै कुचुन्द्रया मुसोको व्यवहारमा रमाउन प्वाल खोजि लुक्दैछन् । र ती मुसाहरु सामुदायिक सपनाका लमतन्न सुन्दर डोरिहरु काट्न कुनै पनि बेला पछि नहट्लान् भन्न सकिन्न । त्यसैले सामुदायिक चिन्तकहरु सदैब होसियार रहनु आवश्यक छ । व्यक्तिगत सपना धारीहरुलाई बेलैमा पहिचान गर्नु चरुरी छ ।
धेरै परिश्रम लगाब र सङ्घर्षका बाबजुद उच्च मा।वि। को स्थापनाले सामुदायिक सपना आज विपनामा रुपान्तरण भएको छ । र यो कामको सफलता पछि व्यक्तिगत सपनामारुमलिएकाहरु एकपटक राम्रैसँग सोच्न बाध्य भएका छन् । विगतमा सामुदायिक विकासको नाममा आफ्नो व्यक्तिगत सपनाहरु पूर्तिका खातिर मरिमेटेर हात तलमाथि र कलम दायाँ-बायाँ गर्नेहरुलाई यो कार्य एउटा गतिलो शिक्षाप्रद पाठ बन्न पुगेको छ । व्यक्तिवादीहरु आफ्नो विगत सम्झेर सायद झस्किन थालेका होलान् । कतिको त दिनको भोक र रातको निन्द्रा हरण भएको होला । म तिनीहरु पक्कै पनि पश्चातापको सिकार भए होला भन्ने लख काट्दैछु । तर तिनीहरुले पश्चाताप गर्नु फगत सिवाय केहि होइन । किनकी ति व्यक्तिहरु बसिरहेको घरको धुरी विद्यालयलाई अनुदानको रुपमा प्राप्त जस्ताले छाइएको होला । घरको पिढीमा विद्यालयकै लागि किनिएको काठको काठबार लगाइएको होला । घरको जगदेखि धुरी र शरिरको शिरदेखि पाउसम्म अरु के-के होला होला म अनुमान बाहेक केही गर्न सक्दिन । किनकी तीनको शरिर काटे रगत आउँछ निचोरेमा खै के-के हे व्यक्तिगत सपनाले ठगिएका र दरिएकाहरु हो तिमीहरु अहिले आएर यो विद्यालयको हितका लागि रुनु भनेको गोहिले आँशु चुहाउनु सरह हो । तिमीहरुले पनि मनबाट व्यक्तिगत सपनालाई तर्काएर पहिले नै यसै गरी सामुहिक सपना देखेको भए यो विद्यालय अहिले कहाँ पुगिसक्थ्यो । यस विद्यालयलाई अग्रगमनको निकास नदिएर तिमीहरुले ठूलो पाप गरेका छौं । र अब पुन्य कमाउन जतिसुकै कसरत गरेपनि सम्भव हुने छैन । विगतमा गल्ती गरेकाहरुले निश्चय नै प्रायश्चित गर्नु पर्दछ ।
आज आखिर जित सामुदायिक सपना देख्नेहरुकै भएको छ । सामुदायिक सपनाको संसारमा रमाउनेहरुको अथक प्रयास र मेहनतको प्रतिफल आज शिक्षाबाट बिाचत ग्रामीण महिला र आर्थिक विपन्नताको सिकार कैयौं विद्यार्थीहरुले आफ्नै ठाउँमा उच्च शिक्षा हासिल गर्ने सुनौलो अवसर प्राप्त गरेका छन् । जुन प्राप्ति एउटा चानचुने प्राप्ति अवश्य होइन ।
किनकी यो महान अभियानका पछाडि सैयौं परिवर्तनकामी जनताको साथ समर्थन र योगदान छ । र यो अभियान यत्तिकैमा रोकिने वाला पनि छैन । किनभने यो स्थानीय जनसहभागिता र सामुदायिक सपनाको समिश्रणबाट शुरु भएको एउटा छुट्टै किसिमको महान् अभियान हो । सामुदायिक चिन्तकहरुका यी र यस्ता खाले अभियानहरु आगामी दिनहरुमा अझ परिष्कृत र परिमार्जित हुँदै जानेछन् र सफलताको सिँडी नउक्लिँदासम्म यी प्रयासहरु जारी रहने कुरामा कुनै दुई मत नै छैन ।

Tuesday, March 24, 2009

महेन्द्रलीला उच्च मा।वि।मा महिला शिक्षा कार्यक्रम


अवधारणा उद्देश्य र कार्यक्रमहरु
जनार्दन ढकाल १। पृष्ठभूिम
हाम्रो समाजमा आधा जनसंख्या महिलाको छ । समाजको रुपान्तरणका लागि महिला शिक्षित हुनु जरुरी छ तर महिलाहरु शिक्षाबाट बाचीत रहेका छन् । महिलाहरुलाई अगाडि ल्याउन शिक्षामा जोडदिनुपर्छ । हाम्रो समाजमा छोरालाई पढाउने छोराको पढाइमा धेरै लगानी गर्ने तर छोरीलाई पढ्नै नपठाउने र पठाए पनि लोकलाजका लागि मात्र पठाउने आम प्रबृति छ । यहि सामाजिक समस्यामा जेलिएर हर्मी आसपासका धेरै महिलाहरुले पढ्ने रहर हुँदा हुँदै आफ्नो पढ्ने चाहनाहरुलाई बिचमै रोकेर विवाह बन्धनमा बाँधिनुपर्ने बाध्यता र विवशता रहेको छ । पढ्दा पढ्दै विवाह भई पराइ घर गएर घर व्यवहारमा जेलिएका बुहारीहरुलाई नयाँ आशा नयाँ उत्साह र नयाँ उमङ्गका साथ गाउँमै खुलेको उच्च मा।वि।मा सहज रुपमा अध्ययनको व्यवस्था मिलाउनु पर्ने आवश्यकता छ । यही आवश्यकतालाई बोध गरी महेन्द्रलीला उच्च मा।वि। हर्मीमा बुहारी र छोरीहरुलाई शिक्षामा उत्प्रेरित गराउन महिला शिक्षा कार्यक्रमको अवधारणा अगाडि सारिएको हो ।

२। परिचय
२०६४ साल श्रावण १२ गते महेन्द्रलीला उच्च मा।वि।मा उच्च माध्यमिक तह १०२ को सुभारम्भ गरियो । सो कार्यक्रममा छात्राहरुका लागि विभिन्न दाताहरुबाट छात्रवृत्ति घोषणा गरियो । पढाइ छुटेका धेरै बुहारीहरुले सहयोग पाएमा पढ्ने इच्छा व्यक्त गरे । भरखरै खुलेको उच्च मा।वि।sा लागि थप विद्यार्थीहरुको क्षेत्रपनि आवश्यक थियो । त्यसैले बुहारीहरुको चासो र मागका सम्बन्धमा छलफल गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद खनालको संयोजकत्वमा २०६४ भाद्र दोस्रो हप्तामा एक बैठक बस्यो । बैठकमा विद्यालयका प्र।अ। रामप्रसाद अधिकारी उच्च मा।वि।sा शिक्षिका गिरिन्द्र कुमारी भट्ट जनार्दन ढकाल मीना अधिकारी ढकाल लगायत स्थानीय महिला पढ्न इच्छुक बुहारीहरु र अभिभावकहरुको सहभागीता रहेको थियो । बैठकले महिला शिक्षा कार्यक्रम साचालन गरी उच्च मा।वि।मा महिला सहभागिता बढाई समाज रुपान्तरणका लागि महिलाहरुलाई शिक्षित सवल र गतिशिल बनाउन सहयोग पुर् याउने निर्णय गर् यो । साथै बैठकले महिला शिक्षा कार्यक्रमको उद्देश्यहरु तथा तत्कालिन र दीर्घकालिन कार्यक्रमहरु समेत तय गर् यो । यसरी विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा स्थानीय जनताको सहभागितामा महिला शिक्षा कार्यक्रम शुरु गरियो ।


३। उद्देश्यहरु ः
समाजका उपेक्षित शोषित पिढीत दलित र आर्थिक रुपमा कमजोर महिलाहरुका लागि शिक्षामा पहुँच पुर् याउन सहयोग पुर् याउनु यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ । यस कार्यक्रमका विशेष उद्देश्यहरु निम्नानुसार रहेकाछन् ।
क उच्च मा।वि।मा पढ्न चाहने तर भर्ना हुन नगएका बुहारीहरुलाई पढाइको महत्व बुझाइ भर्ना हुन उत्प्रेरित गराउने ।
ख बुहारीहरु भर्ना हुन चाहेमा उनीहरुले विद्यालयलाई बुझाउनु पर्ने भर्ना शुल्क र मासिक शुल्क मिनाह गराउने ।
ग अन्य जेहेन्दार छात्राहरुलाई सहयोगी तथा शिक्षाप्रेमी दाताहरु खोजेर छात्रवृत्ति प्रदान गर्ने ।
घ विद्यालयमा छात्राहरुको संख्या बृद्धि गर्न प्रोत्साहन तथा छात्रवृत्ति र निःशुल्क कार्यक्रमबारे व्यापक प्रचारप्रसार गर्ने ।
ङ महिला शिक्षा कार्यक्रम साचालन गर्न दीर्घकालिन महिला शिक्षा सहयोग कोष स्थापना गर्न पहल गर्ने ।
च महिला शिक्षाको महत्व दर्शाउने गरी विभिन्न स्मारिका र अन्य प्रकाशनहरु गर्ने ।

४। साचालित कार्यक्रमहरु
क विद्यालयले स्थानीय जनता र विभिन्न संघसंस्थाहरुको सहयोगमा तत्काल महिला शिक्षा कार्यक्रम अन्तरगत बुहारी शिक्षालाई प्रोत्साहन गर्न विवाहित महिलाहरुलाई कक्षा ११ मा भर्ना शुल्क र मासिक शुल्क मिनाह गरी महिलाको शिक्षामा पहुँच बृद्धि कार्यक्रम चलाइरहेको छ । यस कार्यक्रम अन्तरगत २०६४ भाद्र देखि अम्बिका ढकाल पार्वती पोखरेल रमादेवी अधिकारी नारायणी न्यौपाने गोमा पोखरेल इन्द्रा न्यौपाने विमलादेवी सापकोटा आसमाया परियार रन्जिता भुजेल कला पोखरेल सीता न्यौपाने कल्पना ढकाल तारा पोखरेल सम्झना भण्डारी लक्ष्मी लामिछाने कोपिला घिमिरे मायादेवी सापकोटा पार्वती अधिकारी सीता सापकोटा कविता पाण्डे लगायतका बुहारी महिलाहरु भर्ना भई अध्ययन अगाडि बढाएका थिए । तर केही समय पछाडि ६ जना बुहारीहरुले पढाई छोडे ।
ख भर्ना भएका २० बुहारी महिलाहरु मध्ये २०६५ बैशाखमा लिइएको कक्षा ११ को बोर्ड परीक्षामा निम्नानुसार सहभागी भई निम्न बमोजिम नतीजा हालै प्रकाशन भएको छ ।
पार्वती पोखरेल पास
रमादेवी अधिकारी १ विषय लागेको
नारायणी न्यौपाने पास
इन्द्रा न्यौपाने पास
विमलादेवी सापकोटा पास
आसमाया परियार पास
रन्जिता भुजेल१ विषय लागेको
कल्पना ढकाल१ विषय लागेको
तारा पोखरेल पास
सम्झना भण्डारी १ विषय लागेको
लक्ष्मी लामिछाने पास
कला पोखरेल पास
सिता न्यौपाने पास
कोपिला घिमिरे१ विषय दिएकोमा पास
ग महेन्द्रलीला उच्च मा।वि।अन्तरगत माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुमा छात्र र छात्राको संख्या लगभग बराबरनै रहेकोछ । तर उच्च मा।वि। तहमा महिला शिक्षा कार्यक्रम अन्तरगत बुहारीहरुलाई निःशुल्क र जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्राप्त भए पश्चात छात्राहरुको संख्या अत्यधिक रहेको छ ।
२०६५ सालको विद्यार्थी विवरण अनुसार
तहजम्मा विद्यार्थीछात्रछात्रा
मा।वि। तहसम्म ५१५२६५२५०उच्च मा।वि।तह ८९२२६७
जम्मा ६०४ २८७ ३१७
उच्च मा।वि।तहमा निम्न जेहन्दार छात्राहरुले छात्रवृत्ति प्राप्त गरेका छन् ।
१। अनिता राई - कक्षा १२
२। अजीता राई - कक्षा १२
३। दिपेना ढकाल - कक्षा १२
४। माजु घिमिरे - कक्षा ११
केही छात्रवृत्तिको निर्णयहुन बाँकी रहेको छ ।
घ महिला शिक्षा कार्यक्रमबारे स्थानीय क्षेत्रमा व्यापक प्रचारप्रसार गरियो । विद्यालय व्यवस्थापन समिति शिक्षक शिक्षिका र स्थानीय अभिभावकहरुको पहलमा घरघरसम्म पुगी सम्झाइ बुझाइ गर्ने कार्यक्रम भयो । यसबाट हरेक घरमा छलफल र बहस प्रारम्भ भयो । यसपछि धेरैवर्षसम्म पढाइ छुटेका महिलाहरु पनि उत्साहित बनेर भर्ना हुन थाले ।
ङ महिला शिक्षा कार्यक्रम साचालन गर्न ुमहिला शिक्षा सहयोग कोषु स्थापना र संकलन प्रकृया शुरु गरिएकोछ । विभिन्न दाताहरुबाट जेहेन्दार छात्राहरुका लागि छात्रवृत्ति कोष स्थापना भएको छ भने बुहारी शिक्षा कार्यक्रमका लागि आवश्यक स्रोत जुटाउने प्रयास स्वरुप स्मारिका प्रकाशनको काम शुरु गरिएको र स्मारिकामा प्रकाशित विज्ञापन र बिकि्र वितरणबाट रु। १ लाख भन्दा बढी आम्दानी भई महिला शिक्षा सहयोग कोषमा दाखिला हुने आशा गरिएको छ । अब दीर्घकालिन रुपमा कोष संचालनका लागि एक समिति र निर्देशिका विद्यालय व्यवस्थापन समितिले बनाउनुपर्दछ ।
५। महिला कक्षा संचालन प्रकृया
धेरै समय÷वर्ष पढाइ छोडेर अध्ययन शुरु गरेका महिलाहरुका लागि कक्षा ११ मा केही विषयको छुट्टै कक्षाको र थप कक्षाको समेत व्यवस्था गरियो । यसरी विशेष प्रबन्ध पश्चात उनीहरु नियमित कक्षाका विद्यार्थी सरह शैक्षिकस्तर कायम गर्न सफल बने । अनुशासन र नियमितताको लागि महिला विद्यार्थीहरु नमूनानै बने । कक्षा १२ मा भने नियमित विद्यार्थी सरह नै एउटै कक्षामा राखेर अध्ययनको व्यवस्था गरिएको छ ।

६। कार्यक्रमकाबारे प्रतिकृया र प्रभावकारीता
महिला शिक्षा कार्यक्रमबारे छलफल गर्न २०६४ दशैका अबसरमा गाउँ फर्केका बुद्धिजीविहरुसँग विद्यालय व्यवस्थापन समिति र शिक्षक÷शिक्षिकाहरुबाट राय माग्ने कार्यक्रममा मिश्रित प्रतिकृया प्राप्त भयो । केहि विद्धान मित्रहरुले महिला शिक्षा कार्यक्रमबारे हल्का टिप्पणी व्यक्त गर्नु भयो । कतिले पूर्वाग्रहका साथ महिला शिक्षा कार्यक्रमको उद्देश्य माथि प्रश्न पनि उठाउनु भयो । तर अधिकांश बुद्धिजीविहरुको महिला शिक्षा कार्यक्रमप्रति सकारात्मक धारणा पाइयो र सक्दो सहयोगको आश्वासन प्राप्त भयो । महिला शिक्षा कार्यक्रम प्रति असहमत वा गम्भीर नभएकाहरु प्रति बुहारी कक्षाका विद्यार्थीहरुले अभिभावक दिवश समारोहमा महिला शिक्षा र समग्र समाजप्रति संवेदनशील नभएको भनि विरोध प्रकट समेत गरे । यसबाट समेत बुहारीहरुले महिला शिक्षा कार्यक्रमलाई आफ्नै प्यारो कार्यक्रम ठानी पढ्नमा उत्साह देखाइरहेका छन् र सो कार्यक्रमको सहयोगार्थ प्रकाशन हुन लागेको स्मारिकामा आफ्ना भावनाहरु लेख रचना मार्फत पोखेकाछन् ।
यस कार्यक्रमलाई दिगोपन दिन विद्यालयले कोषको स्थापना गर्ने तयारी गरिरहेको छ । विभिन्न संघसंस्थाहरु र सहयोगी दाताहरुको सहयोग विद्यालयको साचालन र स्थानीय जनताहरुको सहभागीतामा ुमहिला शिक्षा सहयोग कोषु स्थापना गरिनुपर्दछ । महिला शिक्षा कार्यक्रमको सामाजिक र आर्थिक प्रभावकारीताको बारेमा नियमित लेखाजोखा हुनुपर्दछ । तात्कालीन र दीर्घकालिन विभिन्न थप कार्यक्रमहरुको निर्माण गरी महिला शिक्षा कार्यक्रमलाई अरु प्रभावकारी बनाउनुपर्दछ ।

७। निश्कर्ष ः
पढ्न चाहना राख्ने महिलाहरुलाई सहयोग पुर् याउने उद्देश्यले शुरु गरिएको यस कार्यक्रम आफ्नो प्रारम्भिक उद्देश्यमा सफल रहेको छ । पढ्दा पढ्दै पढाइ छोडेका धेरै महिलाहरुलाई क्याम्पस पुर् याउन सहयोग पुग्नु र आफ्नो अध्ययन नियमित गरेका अधिकांश महिलाहरु वार्षिक परीक्षामा सफल हुनु समेतले यस कार्यक्रमको औचित्य पुष्टि गरेको छ । अवसर पाएमा महिलाहरुले पनि समाजका निम्ति योगदान पुर् याउन सक्दछन् भन्ने तथ्यलाई बिस्रनुहुँदैन । अब विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थासँग समन्वय गरी शिक्षित महिलाहरुलाई स्वरोजगार र रोजगारको अवसरको खोजी गर्नु ढिला भईसकेको छ ।
ििि

Sunday, March 22, 2009

ग्रामीण महिलाको विद्यमान पछौटेपन हटाउन बुहारी शिक्षाको भूमिका

डा आइ पि ढकाल
भूमिकाः
पितृसतात्मक संरचनाले गर्दा नेपाली महिलाहरु पछाडि परेका छन् । महिलाहरुको काम भन्नासाथ घर भित्रको काम जस्तैः खाना पकाउने पानी बोक्ने घाँस काट्ने वस्तुभाउलाई कुँडो दिने भकारो सोर्ने कपडा धुने बच्चाहरुको हेरचाह गर्ने खाजा बनाउने आदि बुझिन्छ । महिलाहरुले गर्नुपर्ने पेशा धन नकमाउने खालको वा अनुत्पादक र उनीहरुको सामुदायिक वा संास्कृतिक भूमिका पनि पुरुषहरु भन्दा पनि कम हुन्छ । महिलाले धेरै समय घरायसी काममा नै बिताउनु पर्ने र पुरुषप्रति निर्भर हुनुपर्ने हुन्छ । धेरै झन्झटिलो दुःखपूर्ण नदेखिने अभिछिन्न काममा सुचारु रुपले लागि रहनुपर्ने ज्ञान र सीप बृद्धि नहुने खालका घरायसी काममा लाग्दा मान प्रतिष्ठा र इज्जत समेत नहुने हुँदा निर्णयकर्ताका रुपमा महिलाहरु पुरुषको तुलनामा निकै पछाडि परेका छन् । यस प्रकारको भूमिका मानिसले नै बनाएको हुँदा यसलाई परिवर्तन र सुधार गर्न आवश्यक छ । महिलालाई उत्पादनशील र सामुदायिक भूमिकातर्फ लैजानको लागि विद्यमान परम्परालाई परिवर्तन गरी उच्च शिक्षाको अवसर प्रदान गर्नु पर्दछ भन्ने केही व्यवहारिक विषयमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।
समाजमा भइरहेको परम्परालाई छोडी भिन्न कामहरु गर्न सजिलो छैन । यस प्रकारको कामलाई शुरुमा समाजले पचाउन सक्दैन । साथै धेरै टीकाटिप्पणीहरु र दोषारोपणहरु पनि आउँछ । यसप्रकारको चुनौतीको सामना गर्दै गएपछि मात्र एक प्रकारको अनुकूल वातावरणको सृजना हुन सक्छ । समाजमा परिवर्तन वा सुधार चाहनेले विकासका चरणहरुमा आउने उतारचढावलाई सहर्ष स्वीकार्नु पर्ने हुन्छ । किनकि इतिहास सजिलो काम गर्नेहरुको लागि देखिदैन तर असजिलो काम गर्नेहरुको मात्र लेखिन्छ । आधा हिस्सा ओगटेका महिलाहरु शिक्षित एवं सचेत भई निर्णयक तहसम्म नपुग्दा न घर न समाज न राष्ट्रकै विकास हुन सक्छ ।
शिक्षालाई नयाँ दिशा चाहिएको छ ः
शिक्षाले कुनै पनि व्यक्तिलाई बढी समर्थ र सुसंस्कृतबनाउँछ भन्ने सोचाई समाजमा रही आएको छ । राम्रो शिक्षाले नै उसको भविष्य सुन्दर र सुखमय हुन्छ । हाम्रो उच्च शिक्षा नीति जीवनपयोगी सीप सिकाउनु र साधारण विषयको शिक्षामा पनि खँँदिलो पार्न अझै सक्षम नभएको हो कि जस्तो देखिन्छ । नेपाल सरकारले राष्ट्रिय बजेटको १४ प्रतिशत एक वर्षमा झण्डै सात अरब खर्च गर्दा पनि अपेक्षित प्रतिफल पाइएको छैन । अहिलेको आवश्यकता भनेको गुणस्तर युक्त शिक्षा प्रदान गर्नु हो । यो कुरा कटु सत्य हो कि कुनै पनि व्यक्तिको घर अरुले सुधार गर्दैन कुनै पनि गाउँको विकास अरु कसैले पनि गर्दैन आफूले नै गर्नुपर्छ । होस्टेमा हैंसे अरुले गर्नेछन् । कुनै पनि शिक्षण संस्था संचालनमा स्थानीय जनताको सकृय आवश्यकता पर्दछ । गुणस्तरीयता कायम गर्ने सवालमा पनि सबैको प्रतिबद्धता आवश्यक पर्दछ । सबैलाई हित हुने काम गर्नाले हामी सबैको कल्याण हुने पक्का छ ।
अहिलेको समाज हरेक किसिमले यति धेरै अगाडि बढी सकेको छ कि त्यसको गतिलाई राम्ररी समातेर आत्मसात् गर्न नसक्ने हो भने समयको यो छालमा पुरिएर हराउन सकिन्छ । ज्ञानको सागरमा निरन्तर डुबुल्की मार्दै आफूलाई सक्षम र शिक्षित बनाउनु हरेक सचेत व्यक्तिको लागि अपरिहार्य आवश्यकता भएको छ ।
बुहारी शिक्षा स्थापनाको औचित्यः
वर्तमान समय भनेको प्रतिस्पर्धाको समय हो । गाउँ जिल्ला र राष्ट्रिय क्षेत्रमा आफूलाई स्थापित गराउन सानो भन्दा सानो देखि ठूलो क्षेत्रमा प्रतिस्पर्धामा उत्रिन सक्नु पर्दछ । त्यसको लागि योग्य बन्न हरेकलाई गुणात्मक शिक्षा आर्जनको लागि बाहिर जानु पर्ने बाध्यता थियो । पुरुषलाई गाउँ बाहिर गएर पढ्न सजिलो थियो । गाउँमा महिलाहरु घर छोडेर बाहिर जान नसक्ने आर्थिक समस्या र यातायातको असुविधाले पढ्न इच्छा राख्नेले पनि पढ्न नसक्ने अवस्था विद्यमान थियो । यही आवश्यकतालाई हृदयङ्गम गरी हर्मी नवलपुर उच्च मा।वि।माजनसहभागिताद्वारा बुहारी शिक्षा स्थापना गरिएको हो । स्थानीय दक्ष जनशक्तिद्वारा उच्च मा।वि।मा अध्ययन अध्यापन गर्ने कार्य सुचारु रुपले संचालन हुन थालेकोले बुहारीले विश्वासका साथ अध्ययन गरिराखेका छन् । गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने कुरालाई मनन गरी बुहारी शिक्षाको आवश्यकतालाई नवलपुर उच्च मा।वि। मा अघि बढी राखेको छ । अनुशासन स्वच्छ गुणात्मक शिक्षालाई निरन्तरता दिई बुहारीको चेतनास्तर बृद्धि गरी परम्परागत सोचाईबाट माथि उठी शिक्षाको नयाँ चिन्तन प्रस्तुत गर्नु आजको आवश्यकता हो । जुन सकि्रयता र जनसहभागिता बुहारी शिक्षाको स्थापनामा देखियो । त्यसलाई जीवनमुखी शिक्षा आर्जनमा लगाउन सकेमा आवश्यकता पूरा हुन सक्नेछ भन्ने कुरामा आशावादी हुन सकिन्छ ।
निष्कर्षः
नयाँ नेपाल निर्माणको लागि महिलाहरुको शसक्त भूमिकाको आवश्यकता पर्दछ । अवसर पाए महिलाहरु पुरुष सरह जुनसुकै काम पनि गर्न सक्छन् । उनीहरुसँग आफ्नै किसिमको जोश र जाँगर छ तर अशिक्षाको कारणबाट पछाडि परेका छन् । बुहारी शिक्षाको अवधारणाबाट ग्रामीण महिलाहरुले शिक्षित हुने अवसर पाउनु पर्दछ । सामाजिक आवश्यकताको परिपूर्ति शिक्षा कै माध्यमबाट हुन्छ । गाउँ र समाजको विकासको लागि शिक्षा अपरिहार्य हुन्छ । जनसहभागिता बिना सरकार एक्लैले शिक्षा प्रदान गर्न नसक्ने हुनाले व्यापक जनसहभागिता जुटाई हर्मी क्षेत्रलाई शैक्षिक नगरीका रुपमा विकास गर्नु आजको आवश्यकता हुन आउँछ ।
हर्मी क्षेत्रलाई शैक्षिक नगरी बनाउने दीर्घकालिन महत्वकांक्षी योजना मध्ये बुहारी शिक्षाको सुरुवातलाई गर्वका साथ लिन सकिन्छ । प्राकृतिक सम्पदा मात्रै हाम्रेा गोरखाका विषय होइनन् । हाम्रा पूर्खा र वर्तमानका अन्य नागरिक भन्दा योजना बनाउन र नवीनतम दृष्टिकोण राख्न एक कदम अगाडि बढी भविष्यका िपंढीलाई थप गौरब गर्न पाउने विषय दिन चाहन्छौं । शैक्षिक नगरीमा विकास हुनु अगाडि हर्मी क्षेत्र सहर हुनुपर्दछ । सहर बन्नको लागि आवश्यक पूर्वाधारको विकास हुनु जरुरी छ । विभिन्न महत्वपूर्ण शैक्षिक कार्यक्रमहरुको संभाव्यता वारे अध्ययन गरिनु पर्छ । शैक्षिक नगरीको कारण गुणस्तरीय कृषि उत्पादन हुन्छ र नागरिकहरुको आहार व्यवहारमा नै परिवर्तन आउँछ ।ििि