Showing posts with label फोटो ग्यालरी. Show all posts
Showing posts with label फोटो ग्यालरी. Show all posts

Monday, September 12, 2011

हर्मीकोट लैजान खनिए को सडकको एक खण्ड

केहि महिना अघि भन्डारी चौतारबाट हर्मीकोट लैजान खनिए को सडकको एक खण्ड

आँपपिपलबाट खिचिएको मकुन्डाडाको फोटो

केहि महिना अघि मकुन्डाडा आहाले जोड्ने सडक खनिए पछि आँपपिपलबाट खिचिएको मकुन्डाडाको फोटो

Thursday, November 25, 2010

लाग्यो मंसिर पनि ......

गाउँ गाउँमा किसानहरु मंसिरे चटारोमा छन् जता ततै फाँटहरुमा पराल कुन्यु ,भारी र धानको थुप्रो मात्र देख्न पाइन्छ हर्मीको गाम खेत फाँटको चटारो तलको तस्विरमा .....

Thursday, August 19, 2010

कोदो रोपाँईको चटारो



धान रोपाई सकेर हर्मी र आसपासका किसानहरु अहिले कोदो रोपाईमा ब्यस्त छन् भदौ पहिलो सातामानै अधिकाशं ठाँउमा कोदो रोपाई सकिएको छ ।

दलितलाई शैक्षिक भत्ता


हर्मी गाविस कार्यालयमा छोरा छोरीको शैक्षिक भत्ता लिन आएकी एक दलित महिला । गाविसले साउन अन्तिम साता प्रत्येक दलित आमा बाबुका दुई जना छोरा छोरीलाई जनहि १८ सयका दरले शैक्षिक भत्ता वितरण गरेको छ ।

नाग पन्चमिका दिन हर्मी भन्ज्याङको एउटा घरमा नाग टास्दै पण्डित

एक महिने आधारभूत रेडियो पत्रकारिता तालिम सकियो

हर्मी ,साउन ३०
सामूदायिक रेडियो हर्मीले आफ्नै प्रशारण केन्द्र हर्मीमा आयोजाना गरेको पहिलो चरणको एक महिने आधारभूत रेडियो पत्रकारिता तालिम सकिएको छ । साउन २९ गते प्रशारण केन्द्रमा आयोजित एक कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरि तालिमको समापन गरिएको हो ।

एक महिना सम्म चलेको तालिमामा हर्मी र आसपासका गाविसका साथै मनकामना ताक्लुङ गोनपा लगायतका ठाउँका महिला युवा र बुहारिहरु गरि लगभग ३ दर्जन प्रशिक्षार्थीको सहभागीता रहेको थियो । तालिम समापन कार्यक्रम रेडियो हर्मीका अध्यक्ष जनार्दन ढकाललको सभापतित्वमा सम्पन्न भएको थियो ।

समापन कार्यक्रममा रेडियो हर्मीका सचिब इश्वरी प्रसाद ढकाल आजिवन सदस्यहरु स्थानिय समाजसेविहरुले प्रशिक्षर्थिहरुलाई संचार यात्राको सफलताको लागी शुभकामना ब्यक्त गर्नु भएको थियो । प्रशिक्षक विकास ढकालले मन्तब्य राख्नु हुदै एक महिनाको तालिम निकै फलदायि भएको अनि ग्रामिण र विकास पत्रकारिताको बाटोमा यात्रा गर्न तालिमले प्रशिक्षर्थीहरुमा उत्पे्ररण जगाउन सफल रहेको कुरा बताउँनु भयो । तालिमको समापन गर्दै रेडियो हर्मीका अध्यक्ष जनार्दन ढकालले आफूहरु नेपालकै एक नमूना सामुदायिक रेडियो बन्न प्रयासरत रहेकाले तालिम लिएकाहरुलाई संचार मार्फत समाज रुपान्तरण गर्ने कार्यमा अग्रसर रहन आग्रह गर्नु भयो । कार्यक्रममा तालिममा सहभागी सबै प्रशिक्षर्थीले आफ्नो तालिम अनुभूति सुनाएका थिए । कार्यक्रम संचालन भने रेडियोका कोषाध्यक्ष राम प्रसाद अधिकारीले गर्नुभएको थियो ।

( तालिममा सहभागी एक जना बुहारि प्रशिक्षार्थी कल्पना ढकाल न्यौपानेको अनुभूति )
आफ्नै घर परिवार सँग राम्ररी बोल्न नसक्ने हामी हर्मीका छोरी बुहारिहरु आजकाल सबै सँग खुलेर बोल्न सक्ने भएका छौ । आफ्नै माटोमा खुलेको सामुदायिक रेडियो हर्मीले आयोजना गरेको १ महिने आधारभूत रेडियो पत्रकारिता तालिममा सहभागी भए पछि खुलेर बोल्ने बानिको विकास त भएको छनै साथै संचारको दुनियाँका धेरै कुरा पनि थाहा भएको छ । यस तालिम पछि घरको चुलो चौकोमा केन्द्रित हामी महिलाहरु ब्ाहिरि संसारलाई नियाल्न र बुझ्न सक्ने भएका छम् । यस अघि दुजा जनाको अगाडि अभिदा पनि खुट्टा कमाउने हामीमा माइकको आगाडि बसेर रेडियोमा बोल्ने आत्मविश्वास पलाएको छ । अब त म पनि बोल्न सक्छु र केहि गर्न सक्छु भन्ने लागेको छ । तालिमले त मेरो जीवन धार नै बदलिदियो ।








.
.




स्वयम् सेवकहरुलाई विदाई गरियो

हर्मी ,साउन ३०
पिएडि नेपाल मार्फत विज्ञान प्रावि हर्मीमा फरक जीवन अनुभव संगाल्न आएका छ जना बेलायति स्वयम्सेवकहरुलाई विदाई गरिएको छ । विज्ञान प्रावि हर्मीमा ३५ दिन सम्म रहेर नयाँ विद्यालय भवन निमाण शिक्षण लगायतका काममा सकि्रय भएका स्वयम्सेवकहरुको विदाइका लागी गत साउन २५ गते विद्यालय परिसरमा एक विदाई कार्यक्रम आयोजना गरियो ।
कार्यक्रमको शुरुवातमा विद्यार्थिहरुले स्वागत गीत र नृत्य प्रस्तुत गरेका थिए । हर्मी भन्ज्याङ आसपासका चार महिला समूहले गीत र नाच देखाएर कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाएका थिए । विदाइ कार्यक्रममा विद्यालय परिवारले स्वयम्सेवकहरुलाई बाँसको टोपि खुर्पि ठ्याक सिन्दुर पोते चुरा लगाइदिएको थियो ।
विदाई कार्यक्रममा विब्यसमितिका अध्यक्ष जीवन ज्योति ढकाल प्रअ राम प्र पराजुलि रेडियो हर्मीका विकास ढकाल स्थानिय समाज सेवि र अभिभावकहरुले मन्तब्य राख्नु हुदै यो सांस्कृतिक भाषिक र ज्ञान साटासाटका दृष्टिकोणले एकदमै राम्रो काम भएको र आउँदा दिनमा पनि उहाँहरुको सम्बन्ध हर्मी र यहाँका बासिन्दाहरु सँग कायम रहोस् भन्नु भएको थियो ।
३५ दिन सम्म हर्मीमा रहेर विविध काम गरेर रमाएका विदेशिहरु विदाइको पल निकै भावुक भएका थिए । बेलायत फर्कि सके पछि पनि आफूहरुले हर्मीलाई नभूल्ने बताउँदै उनीहरुले हर्मीका मानिसको ब्यवहार र आत्मियता निकै राम्रो रहेको अनि आफूहरुको हर्मी बसाई निकै अविस्मरणिय कुरा बताएँ । हर्मी आएर यहाँबाट धेरै कुरा सिकेको र विद्यार्थीहरुलाई सिकाउने अवसर पाएकोमा उनीहरु निकै खुसि देखिन्थे ।





विदाई कार्यक्रमका झलकहरु






ढुङगा काट्ने काममा सकि्रय स्वयम् सेवक




साना साना नानीहरुलाई पढाउने क्रममा स्वयम् सेवक

Wednesday, June 23, 2010

ढकाल बन्धुहरुको कुल पूजा





७५ वर्ष पछि हर्मीमा एकै ठाउँमा भएको ढकाल बन्धुहरुको कुल पुजाको एतिहासिक फोटो
फोटो सौजन्य :प्रसान्त ढकाल

Saturday, June 5, 2010

प्रशारणको पूर्व तयारीमा छौ हामी...



हर्मी -९ नेवार डाँडामा रहेको सामुदायिक रेडियो हर्मीको प्रशारण केन्द्र । रेडियो हर्मी आवश्यक भौतिक तथा अन्य संचार पूर्वाधार निमार्ण गरि २०६७ असार महिना भित्रमा परिक्षण प्रशारण गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ ।





रेडियो हर्मी हातामा बनेको प्रतिक्षालय
फोटो :बिकाश ढकाल
comment on facebook @ this photo
Prabesh Dhakal -opening kaila garne ho
Subas Parajuli -when it start
Kamal Dhakal -Building Ramro Banechha thik Bhayo
Shiva Chandra Parajuli- brodcasting day kahile ho pargati ko kamana garchu
Kamala Devkota -Bulding ta ramro chha tara dhalan garnu paro..........?
Santosh Pokharel -rato mato le coating gare pachi chai community radio station bhanna layak huncha bikash g
Gorkha Manakamana -ramro hudai 6, best of luck

प्रकृतिले ठगे पछि कसको के लाग्छ र ? :


गत महिना परेको असिना पानीले फद झारे पछि रित्तो देखिएको इस्माइल दिन मियाको बयापानीमा रहेको सुन्तला बगैचाको एउटा सुन्तलाको बोट । हर्मीमा ब्यसायिक रुपमा सयौ रोपनि जमिनमा गरिदै आएको सुन्तला खेतिलाई यसपालीको असिनाले ब्यापक क्षति पुर्याएको छ । सुन्तलाबाट हरेक वर्ष लाखौको आम्दानि गर्ने किसमनहरु यस वर्ष खालि हात बस्नु पर्ने निश्चित छ ।
फोटो : बिकाश ढकाल

फोटो ग्यालरी....




गाँउ गाँउमा प्रविधिको विस्तार : आँपपिपल स्कूल नजिकै बन्दै गरेको एनसेल (मेरो मोबाइल)को टावर ।


यहिको हाम्रो कक्षा त :नयाँ भवन बनाउन पुरानो विद्यालय भवन भत्काइए पछि चौरमा बसेर पढ्दै हर्मी बयापानीमा रहेको मदरसा दारुल हुदा कक्षा ५ का विद्यार्थीहरु
फोटो :बिकाश ढकाल

फोटो ग्यालरी.......



परिर्वनका लहरहरु : गत साल हर्मीको नवलपुर देखि शिख्रे सम्म गाविस सडक खनिए पछि बोगटि गाँउमा सडक छेउमै केहि आधुनिक शैलिमा बनाइएको घर ।



हाम्रो गाँउ राम्रो गाँउ :गत साता खिचिएको हर्मीको बयापानी गाँउको हरियाली दृष्य देखिने फोटो । यो गाँउ हर्मीको वडा न १ र २मा पर्छ । यस गाँउमा विशेष गरि मुस्लिम समुदायको बसोबास रहेको छ ।



प्रकृतिको विनास :गत महिना आएको असिना पानीले क्षति पुर्याएको हर्मी गाँउ खेतको मकै बाली । असिनाले अगौटे मकै बालिमा ब्यापक क्षति पुर्याएको छ । अगौटे मकैबाट यस पाली किसानहरुले जम्मा १५ प्रतिसत मात्र उत्पादन पाउने निश्चित छ ।




प्रकृतिले ठगेपछि : गत महिना आएको असिना पानीले क्षति पुर्याएको हर्मी ६ घिमिरे गाउँमा रहेको हरि घिमिरेको केरा खेति




छुपुमा छुपु हिलोमा धान रोप्ने बेला भो :असार आग्न केहि दिन मात्र बाँकि हुँदा हर्मी ६ फेदि चौतारा नजिकको खेतमा ब्याड बनाई राखिएको धानको बिउ ।
फोटो :बिकाश ढकाल

Wednesday, May 26, 2010

फोटोहरु


वनभोजको लहर -गत महिना नव वर्षको अवसरमा हर्मीको तार्के वनमा वनभोजमा रमाउँदै हर्मी भन्ज्याङको कृषक समूह....



नराम्ररी ठग्यो प्रकृतिले : बैशाख अन्तिम साता परेको असिना पानीले हर्मी र आसपासका क्षेत्रमा बर्खे बालीमा ब्यापक क्षति पुगेको छ । खास गरि मकै तरकारी र सुन्तला र केरा लगायतका फलफूलमा असर परेको छ । तर यो फोटो भने गत सालको असिनाले क्षति पुर्या्रएको हर्मी गाउँ खेत आसपासको मकैबारीको फाइल फोटो हो ।




धरासायि संरचना : यो हर्मीको घुरे र थलाजुङको मुगे बजार जोड्ने सिमेन्टेड पुल हो । सो पुल निमार्णका क्रममा स्थानिय हर्ताकर्ताले ब्यापक अनियमितता गरेकाले पुल बनेको केहि समयमै भाँचिएको थियो । तर पछि पुलको पुन निमार्ण त गरियो तर बेलैमा ढङ नपुर्याइदा पुलको अवस्था धरासायि छ । पुल निमार्णका क्रममा मापदण्ड अनुरुप सिमेन्ट र रड नराखिएको अनि पुलको पिलर पनि पुल भाँचिए पछि मात्र हालिएको स्थानियबासिको आरोप छ । पुल पोखरामा रहेको इसाइ धर्मालम्बिहरुको संस्थाले बनाइदिएको हो ।



यसरी हुन्छ विकास :पूर्वि लमजुङको भलायखर्क गाविसमा रहेको चम्पावती सिचाइ आयोजनाको मुहान यस आयोजनाबाट पूर्वि लमजुङका भलायखर्क चक्रतिर्थ धमिलिकुवा लगायतका गाविसका किसानहरुलाई प्रत्यक्ष फाइदा पुगेको छ । नहरले गर्दा उनीहरुको जीवन स्तर एका एक सुधारीएको जानकारहरु बताउँछन् । यो आयोजना ४०को दशकमा निमार्ण प्रारम्भ भइ ५०को शुरुवातबाट पूर्ण संचालनमा आएको हो ।


खाँचो संरक्षणको : एतिहासिक एव पुरातात्विक रुपमा एकदमै महत्वपूर्ण हर्मीकोटको उचित संरक्षरण हुन नसक्दा पुरानो कोट लागायतका भौतिक संरचनाहरु दिनदिनै जिर्ण बन्दै छन् । यसको संरक्षण र मर्मतमा कुसैको पनि ध्यान जान सकेको छैन ।

फाइल फोटो : bikash dhakal

Sunday, May 2, 2010

कहिले बन्ला खै संविधान ???

जनताको पक्षमा नेपालको नयाँ संविधान बन्ला अनि शान्त सबृद्ध र समुन्नत नयाँ नेपाल बन्ला भनेर जनताले संविधान सभाको निर्वाचनमा सकि्रय सहभागिताका साथ मतदान गरेका थिए । तर जन चाहना अनुरुपका कामहरु नेताहरुले गर्न नसकॆ पछि संविधान बन्ने वा नवन्ने कुनै टुङो नै छैन । त्यसैले यो घडिमा हर्मीमा संविधान सभाको निर्बाचनमा मतदान गर्दे गरेका जनताहरुको फोटो पोष्ट गर्नु सान्दर्भिक ठानेको छु ।