Wednesday, May 26, 2010

फोटोहरु


वनभोजको लहर -गत महिना नव वर्षको अवसरमा हर्मीको तार्के वनमा वनभोजमा रमाउँदै हर्मी भन्ज्याङको कृषक समूह....



नराम्ररी ठग्यो प्रकृतिले : बैशाख अन्तिम साता परेको असिना पानीले हर्मी र आसपासका क्षेत्रमा बर्खे बालीमा ब्यापक क्षति पुगेको छ । खास गरि मकै तरकारी र सुन्तला र केरा लगायतका फलफूलमा असर परेको छ । तर यो फोटो भने गत सालको असिनाले क्षति पुर्या्रएको हर्मी गाउँ खेत आसपासको मकैबारीको फाइल फोटो हो ।




धरासायि संरचना : यो हर्मीको घुरे र थलाजुङको मुगे बजार जोड्ने सिमेन्टेड पुल हो । सो पुल निमार्णका क्रममा स्थानिय हर्ताकर्ताले ब्यापक अनियमितता गरेकाले पुल बनेको केहि समयमै भाँचिएको थियो । तर पछि पुलको पुन निमार्ण त गरियो तर बेलैमा ढङ नपुर्याइदा पुलको अवस्था धरासायि छ । पुल निमार्णका क्रममा मापदण्ड अनुरुप सिमेन्ट र रड नराखिएको अनि पुलको पिलर पनि पुल भाँचिए पछि मात्र हालिएको स्थानियबासिको आरोप छ । पुल पोखरामा रहेको इसाइ धर्मालम्बिहरुको संस्थाले बनाइदिएको हो ।



यसरी हुन्छ विकास :पूर्वि लमजुङको भलायखर्क गाविसमा रहेको चम्पावती सिचाइ आयोजनाको मुहान यस आयोजनाबाट पूर्वि लमजुङका भलायखर्क चक्रतिर्थ धमिलिकुवा लगायतका गाविसका किसानहरुलाई प्रत्यक्ष फाइदा पुगेको छ । नहरले गर्दा उनीहरुको जीवन स्तर एका एक सुधारीएको जानकारहरु बताउँछन् । यो आयोजना ४०को दशकमा निमार्ण प्रारम्भ भइ ५०को शुरुवातबाट पूर्ण संचालनमा आएको हो ।


खाँचो संरक्षणको : एतिहासिक एव पुरातात्विक रुपमा एकदमै महत्वपूर्ण हर्मीकोटको उचित संरक्षरण हुन नसक्दा पुरानो कोट लागायतका भौतिक संरचनाहरु दिनदिनै जिर्ण बन्दै छन् । यसको संरक्षण र मर्मतमा कुसैको पनि ध्यान जान सकेको छैन ।

फाइल फोटो : bikash dhakal

No comments:

Post a Comment