रबिन्द्र प्रसाद ढकाल
हाल जापान
हामी बिपन्नताको सागरमा हुर्किएर ऐले सम्पन्नाताको आहालमा पौडी खेल्दैछौं। यो साश्वत सत्य हो, सागर कञ्चन थियो, बहुत निश्चल थियो, अप्रदूषित थियो या प्रदूषणको जोहो थिएन। बादल हेर्दा कल्पना उड्थ्यो, चन्द्रमा देख्दा मन पुलकित हुन्थ्यो, तारा दौडंदा मानसपटलमा तरंग निस्कन्थ्यो। काफल खांदा, पौडी खेल्दा, ऐसेलु र कटुस बटुल्दा, जोले मकै र कुकुर डाइना जोर जाम गर्दा स्वर्गीय आनन्द सबार हुन्थ्यो। भूरा भेट्टाउनु, खांदी खांदी खांग्रे भर्नु , चरण खुलेको दिनमा भैंसिको बंगारा रगडाउनु मेरा नियमित नभएपनी कल्पनाका दिनचर्या थिए र आकस्मिक परिघटना। बिना उदेष्य समय बिन्यासमा यी बाहेक अरु खेल पनि थिए, छ्यार्र बूढी , टालाको भलिबल, ढुंगा लड़ाई, चट्टी, गुजर्गानाको फुटबल। अर्को एउटा अभिष्ट थियो बाल्यकालमा, जो मेरो दिमागले अच्छा देख्यो, त्यही बन्ने सपना बुनी हाल्ने, त्यों बेला सम्म मलाई ठौँ न ठहर बूढीको रहर भन्ने उखान कसैले सुनाएनन। यहीं क्रममा म मार्साब, डाक्टर, धाबक, बैज्ञानिक धेरै बनें, तर दुनियाको केही नदेखी। बिजुली मलाई चेलपार्क मसीको बट्टा नै काफी थियो , डिएस मलाई पर्बत चुरोटको बट्टा भएर आउन्थ्यो, फोटोकापी जहिले पनि सक्कल बमोजिम नक्कल ठीक छ भन्दै सपथमै आउंथ्यो, तर एउटा कुराले मलाई सानै देखि चिथारिरहेको थियो। बाले सधैंको दंशैंमा गफ गर्ने, आमाले हिंग बाँधेको टालो झै गर्ने, दाइले फ़ाट्ट फ़ुट्ट गफ हान्ने, त्यों गाड़ी कस्तो हुन्छ? मेरो बाल मष्तिस्क ३ बर्ष बाट ८ बर्ष सम्म यत्ति जान्न लालायित भएरै बित्यो। दुइटा कुरा एकै साथ गर्नु थियो, त्यों गाड़ी देख्नु र अनुभब गर्नु। मैले गतिलो भाका पाएं। ३ कक्षा सम्म पाइने निशुल्क किताब रोकिएपछि गोरखा बजार गएर किताब, कापी र तिनिहरुलाई राख्ने गाताको लागि चाहिनिज म्यागाजिन किन्ने सपना संगै म निदाउने भएँ। किताब त दाइको पनि थियो ४ कक्षाको लागि, तर मैले पहिलो रहर भएको हुनाले त्यों छुट पनि पाएं, नया किताब किन्ने र सल्लाहा भयो दाइको किताब बेच्ने। मलाई केही कुरा भन्नै पर्दैन्थ्यो, किताब नच्याती १ साल कटाउने ताकि अर्को साल त्यों किताब को सेट ३०-५० रुपियामा (५०% को हाराहारी) बिकोस, त्यों पछि सम्म रह्यो। अब मलाई कक्षामा पहिला भएको भन्दा पनि ४ कक्षामा गएको र नया किताब किन्न पाइने र तेसैको नाममा नया बस्तुको अनुभव गर्न पाउन्छु भन्ने मनोग्रंथिले मलाई गांज्नु गांज्यो। त्यों अघिल्लो रात मलाई के निद्रा लाग्थ्यो, दाई र आमालाई प्रश्न गरी गरी हैरान पारें र अलीकती काँचो आंखालाई लोजाएं। मैले एकै चोटी एकै दिन धेरै गर्नु थियो, ८ बर्षको बालक दाईहरु संगै दिन भरी हिड्नु थियो, दरौंदी सके सम्म अफैले तर्नु थियो, र सबभन्दा ठुलो एउटा परिक्षण गर्नु थियो, त्यों गाड़ी चडदा अरु जस्तैआन्द्रा भुंडी फर्काउने पो हो कि ? यी कुरा संगै दाईहरू सित गफिँदै गएको दिन म बांचुचेल सायदै भुल्छु होला। डांडगोब्रेको ओरालो, भुसुंडी फांटका धानबारी र दरौंदिको चिसो पानीले कठ्यांग्रिएको त्यों खुट्टा छेपेटार टेक्दा नटेक्दै तात्न थाल्यो। अनायास पारी पखेरामा एउटा सेतो सेतो बस्तु बित्तोड़ दौडिन थाल्यो। मेरो मुख बाट फ्याट्ट निस्कियो, तपाइहरुले भनेको घांस खाने भैंसी नभएर यो त भालू जस्तो पो छ त। तर त्यों बेला सम्म मैले न भालू देखेको थिएं, न गाडी।
बिस्तारै केहीउकालो हिंडे पछि गाड़ी चड़ने मेरो ५ बर्ष देखिको धोको पुरा हुँदै थियो, मलाई सबैले पुलुपुलू हेरे, सबैले साएद मेरो उद्बेग पढ्दै थिए, अथबा कति मिनेट्मा एसले मेरो दंशैको नया लुगा हेर्न नहुने बनाइदिन्छ भनेर सतर्क पोहुँदै थिए कि?! त्यसमा मलाई कुनै चासो थिएन। कहिले टाटा बस, कहिले रुखको उछिन पाछीनलाई झ्यालको क्यामेरा बाट कैद गर्न ब्यस्त थिएँ, न कि वाक्क ट्यार्र, जो अरु गर्दै थिए। अहिले टोयोटाको कोरोला गाड़ी आफनै किस्मतले किनेर आफैं चलाउन्दा पनि त्यति आनन्द आएन जति आनन्द त्यों टाटा बसको ११ किमी लामो यात्रामा आयो। तर अनायास आफै खेलेको चौरमा लम्पसार परेको त्यों भालू जस्तो जनाबर देख्दा कता कता मनको कुनामा झटका दिने रहेछ। साएद म त्यही प्यारो गाउंमा बसेकै भएपनि मेरो छोराले चार कक्षा पढ़न थाल्दा घर आगनमै नतड्पिकन बस देख्न पाउने चाहि रहेछ।
पर्खि बसें आउला भनी..............
Showing posts with label संस्मरण. Show all posts

Tuesday, July 28, 2009
Thursday, May 28, 2009
समयको खेल
Rabindra Prasad Dhakal(Dr. Eng.)
गाऊं सानो थियो र अहिले पनि छ। तर यसको बहुत राम्रो बिशेषता के थियो भने काठमांडू पोखरा हिडेर जाने मान्छेहरुले(उहिलेको कुरा) यो ठाउंलाई चाहेर पनि भुल्न सक्दैन्थे रे (भुल्न नदिएको भएर राम्रो भनेको), हर्मीको चिप्लो र रातो माटो। हामी सानो छंदा पनि भंझ्याँगमा बसेरा बिचरा मान्छे लडेको हेर्न कम्ता रमाइलो त हुन्थेन। उसको अगाडी हास्न नहुने, कहिले काही हांसो फुस्की हाल्ने। यो लड़ने कुरा गर्दा जहिले पनि एउटा रमाइलो घटना याद आउछ। झरीको दिन थियो, एक जना क्याम्दिने भनिने दाई बजारको बिचमा हलो नै बोकेर लड़े। जुरुक्क उठे, पहिला घडी नबिग्रेको निर्क्योल गरे, चोट नलागेको देखेर दंग परे, पल्यापुलू हेरे, यता पसलमा बसेर एक जना बुढा दर्जी बा भन्दै थिए, सम्दी कती बजे लड्नु भएछ? अब हामी नहासेर भयो?एक जमाना यस्तो थियो, काफल खाने ऐसेलु टिप्ने, खोलामा पौडी खेल्ने, स्कुल बिदा भएन भने पुरा गर्न नसक्ने माग राखेर हड़ताल गर्ने, अनि खोलामा जाने। तेहा खुसी नै थियो, तराईमा गयो गर्मी, नमिठो पानी, काठमांडू बेसरी जाड़ो, ठिगिर्याउने पानी या धुलो। आहा मेरो गाउं भन्ने हुन्थ्यो। सबै घरमा पढेका मान्छे थिए, गफ गर्यो भने की राजनीतीका कि कसैको पढाई या जागिरका। दशैंमा सबै घर आउंथे, त्यही एउटा लाइफलाइन थियो, हर्मी तेर्हकिलो पैदल मार्ग। नून, तेल, मसला, कपडा जे भने पनि यही बाटो भएर आउंथ्यो, या त त्यों छोराको ब्याग चडेर होस या भरिया को थुम्से।ऐले केही परीबर्तन भएको छ, लाईफ लाइन थापिएका छन, धुलौटे बाटाहरु तछाड मछाड गरेर लम्पसार परेका रहेछन. घर ओरिपरी यामानोते नै दौडिएला जस्तो गरी रिंगरोड देख्दा सांच्चै मन पुलकित त हुंदो रहेछ। कैयौं बर्ष पहिला हुन पर्ने बिकास बल्ल देख्दा पनी अचम्मै मान्नु पर्ने छ। हुन त यत्ति नहुने गाऊं अझै कति छन। समय को खेल हो किनकी हम्रोमा समय बाहेक अरुको रोल हुन्न यत्तिको बिकास हुन।मेरो गाउँमा समयले फुकाएको बिकसको पोको यही हो। अहिले हरेक घरमा बत्ती छ, पन्चबाटोको चोक बनेको छ यो बजार, आडमा हेल्थ पोस्ट छ, २ ओटा प्रा बी छन , एउटा +१२ सहित हाइस्कुल छ, क्याम्पस बन्ने योजनामा छ, बाख्रा पालन र केरा खेती ब्याबसायिक रुपमा पस्दैछा। आश गरौ सबैको जांगर अरु बढोस, समयको गति भन्दा छिटो बिकाश होस, ऐलेलाई यत्ति।

Thursday, April 16, 2009
अर्थमंत्री को जापान भ्रमण: ग्रस नेशनल ह्याप्पिनेसको आश
रबिन्द्र ढकाल, मियाजाकी, जापान
आँफ़ु जन्मनु भन्दा दुई बर्ष पहिले आफ्नै घर(हाम्रो संयुक्त घर)मा ३ महिने होमस्टे गरी गाउंको स्कुल (नवलपुर) मा पढाउनु भएको भन्ने कहाबतको संझना र थुप्रै कायर्क्रममा संगै हिंडेको यादगार बोक्दै जापानको ओइता भन्ने शहरमा भएको भ्रमणको बेलामा म अथर्मंत्री बाबुराम दाईलाई भेट्न सपरिबार गएँ। तेती टाढाबाट यती नजिक आइसकेपछि नभेटी मनले नै मानेन र राजदूत संग र उक्त कायर्क्रम आयोजक संस्था संग संपर्क गरी भेटघाट गर्ने परिस्थिति बन्यो। म बसेको शहर र उक्त शहरको दुरी थियो करीब २००किलोमिटर, ठ्याक्कै काठमांडू-पोखरा। यी दुई शहर जोड़ने बाटो अंत जस्तो हाइवे नभएर बाटो घुम्ती थियो, दमौली बाट डूम्रे तीर लागे जस्तै। कहिल्यै कुहिरो नलाग्ने जापानमा खैरेनी नै बिर्साउने गरेर लागेको कुइरोले मन सांच्चै बिमलनगर को गुफा तीर अडकाइदियो। म एकोहोरो ७०-८० किमी प्रति घंटाको रफ्तारमा नागबेली बाटो सुइंकेको सुंइकेई गरें। ५ घंटाको यात्रा पछि हामी ओइता सिटी आइपुगेयौ र सानो फूलको बुकि बोकी उनै मंत्रिज्युलाई कुर्न ओभिओपी को कम्पौंड भित्र छिर्यों र उनैलाई पर्खियौं। ब्यक्ति तिनै थिए, तौर तरीका उस्तै थिए, भाब भंगित उस्तै थियो, हेराई , हिडाई र बोलाईमा न कुनै रबाफ थियो, न कुनै राजश्वी छाँट, न त कुनै घमंडाको पर्खाल नै थियो, थियो त केबल जिज्ञासा र उत्सुकता, ती आंखाले तेसै भन्थे। करीब १२ बर्ष पछि देखिएकाले होला र मेरो फेरिएको रूपले पनि होला, उनलाई मलाई चिन्न हम्मे परेको कुरा छुत्त्यौन कत्ति गार्हो भएन।ए तपाई रबिन्द्र ढकाल हो भन्ने भनाई संगैभएको चिनजान र श्रीमतीलाई कतैदेखेजस्तैलाग्यो भन्ने भाब संगै परिचय आदान प्रदान भयो। समय ज्यादै थोरै थियो, भुतपूर्ब गवर्नर कुरेकै थिए फ्लैट स्क्रीन संगै। सामान्य चिनजानी पछि कुराकानी पनि सुरु भयो, उनले अफना कुरा राम्रोसंग राखे, जून पाठ अर्थमंत्रीलाई मात्रै हैन हामी संपूर्ण नेपाली सबैलाई कम लागने थियो। एक गाऊ एक उत्पादन यो अभियान नै थियो, जसले जीडीपी, जीएनपी मात्रै हैन जिएनएच(ग्रस नेशनल ह्याप्पिनेस) बढाउन गाउंका मान्छे सहर धपाउंदै पैसा फर्काउने हैन, गाउंलाई सोचने संसारलाई देखाउने (थिंक लोकाल्ली, यक्ट ग्लोबल्ली) भन्ने एउटा दरो अठोट पनि थियो।
आफ्नो उत्पादन जस्तो आयो तेत्तिकई बेचेर किसानलाई खान त पुग्ला तर धनी हुदैन भन्ने प्रिंसिपलको जगमा उभिएर भ्याल्यु यडेड प्रोडक्ट उत्पादन गर्न २४ बर्ष सम्म गभर्नर, राजदूत र पछि बिध्याबारिधी गरेका डा. मोरीहिको हिरामात्सु नै यो अभियानका सर्जक बने, जून ऐले ओइताको गाऊ मात्रै हैन थुप्रै देशमा हरेक कम्युनिटी बाट एउटा बस्तु उत्पादन गर्ने र तेसलाई नै ब्रांड दिने गरी यो अभियान फैलिएको छ, बिशेष गारी पूर्बी एसीयामा। भारतीय रास्त्रपति कालमसंग हात मिलाएको फोटो देखउँदै नेपाल जाने उत्कट चाहना ब्यक्त गर्दा, हाम्रा मंत्रिज्युले हार्दिक निमत्रण थाप्दा, उनिमा समेत कही चमकता थपिएको थियो। सौहार्द बाताबर्णमा भएको यो बर्ताले निश्चित रुपमा एक गाऊ एक उत्पादनको आधिकारिकता प्राप्त गर्ने छ र तेहि प्रोडक्टलाई ब्रांड पाउने आशमा उनको भनाई सकियो। उनले भनेजस्तै हाम्रो देस पनि जसरी ओइता प्रोभिन्स क्यूशू को अन्तिम स्थान बाट भ्याकुतो झै उफ्रेर नम्बर १ भयो, त्यसरी नै नेपाल पनि पक्कै उफ़्रनेछ र अर्को २० बर्षमा सार्कको नम्बर १ अथबा कतै माथि पुग्ने ढाडस पाएजस्तै गरी हाम्रा कामकाजी र काममुखी अर्थमंत्रीले जापान औने कुरा यसरि खुलाए, “ मेइजी कालमा औध्योगिक क्रांति गरेको तर फेरी नेपाल जसरी नै जापान पनि युद्दाले थिल्थिलो भएको र तत्कालै जनताको ठुलो प्रयाश पछि संसारकै अनुकरणीय रास्ट्र बनेको जून अनुभव छ त्यों आफ्नै आँखाले हेर्न र सिक्न मैले जापान रोजें नेपाल अझै पनि क्रिषिमै निर्भर रहेकाले ओभिओपी मार्फ़त हाम्रो कुना कन्दरालाई पक्कै सहयोग गर्छ भन्ने आशमा यो ठाउँ रोजें, जसले मलाई आज बहुत खुसी बनायो र आशा छ यहाँ जस्तो ओजस्वी मान्छेको सम्पर्कले हाम्रो सपना पुरा हुनेछ. त्यों यात्रा तिनै किसानले बेचने गरेको सुपरमार्केट मा भोजन गर्न भनी लम्कियो । हरेक गाऊ को एक स्टाल हेर्दा एस्तो लाग्थ्यो संचै कसैको बिहेको भोज खाना हामी लाम लग्दै छौं । खुसियाली को बिदाई सहित गवर्नर संग दरिलो हात मिलाई हाम्रा मन्त्रीज्यू १ घंटा तातोपानी मा बसेर ३ बर्ष आयु बदने आश गर्दै युफुइन अर्को शहर जानु भयो, हामी हात हल्लाउंदै आफुहरू फेरी उही बाटो हुईकेयौं बासस्थान तर्फ़ ।आशा गरु यो भ्रमणले हाम्रो मंत्रीज्युलाई पक्कै प्रभाव पारेको छ र त्यों हिस्सा हाम्रो भाग सम्म कुनै न कुनै दिन पक्कै आउनेछ।मन्त्रीले सोचेर मात्रै प्रगति हुने भने हैन, हरेकले आफ्नो ठाउंबाट आफुले सकेको गर्नु पर्दछ। हामी बुडोचौरमा केरा, भटमास या कफी लगाउन सक्छौं, तिनिहरुलाई जम्मा गरेर जाम, प्रोटिनको डल्ला या तयारी कफी बनाएर बेच्न सक्छौं। पैरा चौरमा गल्फ कोर्स बनाई गाउंलाई पर्यटक मैत्री गाऊं बनाउन सक्छौं। बयापनीमाँ
अझै सुन्तला खेतिलाई बढाएर सुन्तालाको रस या जाम बनाउन सक्छौं, पराजुली गाऊं र भंडारी गाउँको कटुस बटुलेर केक बनाउना सक्छौं। हर्मी भञ्झ्याङ ओरिपरी फुल लागैदिने हो भने र अघि भने झैं गल्फ कोर्स बनाउने हो भने तेस्तो रमणीय बजार नेपालमा बिरलै पाइएला। अनि पर्यटक आफै हर्मी खोज्दै आउछन। निति नियम को लागी हामी ढिलो चांडो जे भए पनि लबिंग गर्न सक्छौं । आगे बाबुराम दाई कै भरोसा।
Thursday, March 26, 2009
महेन्द्रलीला उ।मा।वि।लाई फर्केर हेर्दा
राम प्र अधिकारी मलीउमािव
१। पृष्ठभूिम
मानव विकास क्रम सँगसँगै मानिसको इच्छा चाहना र आवश्यकताहरु बढ्दै गए । बढ्दो आवश्यकताहरु पूरा गर्न नयाँ नयाँ आविष्कारहरु हुदै गए । आफूले हाँसिल गरेका ज्ञान र सीप पछिल्ला पुस्ताहरुलाई दिदै जाने क्रमहरु चल्दै गए । यसरी मानिसका जीवनयापनलाई सरल र सुलभ बनाउन शिक्षा लिने प्रकि्रयाको सुरुवात भयो । गुरुको आश्रम मठ मन्दिर गुम्वा मस्जिद जस्ता धार्मिक स्थलहरुमा विशेष गरी धार्मिक नैतिक र अन्य कला र कौशल सम्वन्धी शिक्षा दिने प्रकि्रया राम्रोसँग विकास भयो । यही प्रकि्रयालाई सुधार गर्दै शिक्षालाई व्यवस्थित रुपबाट दिन विद्यालय विश्वविद्यालयहरु स्थापना भए । विकसित मुलुकहरुमा यो प्रकि्रया धेरै अगाडिदेखि सुरु भएता पनि नेपालको राजनैतिक उथलपुथलको स्थिति र पछि आएर अप्रजातान्त्रिक क्रुर व्यवस्थाका शासकहरुका कारण धेरै पछाडि पर् यो । शिक्षाले मानिसको जीवनमा असल र सकारात्मक परिवर्तनहरु ल्याउँछ । शिक्षा केही हुने खाने व्यक्तिहरुको पेवा बनेमा यसले समाजमा समग्र परिवर्तन ल्याउन सक्दैन बरु यो सर्वसुलभ भएमा देशको आवश्यकता अनुरुप जनशक्ति उत्पादन गर्न सकिन्छ । त्यसैले आजको भुमण्डलीकरणको कारण हरेक मुलुक प्रभावित बनेको परिप्रेक्ष्यमा हाम्रो देश र हाम्रो समाज पनि अछुतो रहन सक्दैन । तसर्थ देश विकासको लागि मात्र नभई अस्तित्व रक्षाका लागि पनि हरेक वर्ग र लिङ्गका मानिसलाई आजको युग सुहाउँदो विज्ञानसम्मत र व्यवहारिक उच्च शिक्षा गाउँ गाउँसम्म पनि अनिवार्य आवश्यकता बनेको छ । यो कुनै निश्चित व्यक्ति र समुदायलाई दयाले दिने भिख नभई हरेक व्यक्तिको मौलिक हक बनेको छ । यस विद्यालयको स्थापनामा पनि उल्लेखित कुराहरु स्मरणीय छन् ।
२। प्राथमिक विद्यालयको रुपमा स्थापना
महेन्द्रलीला उच्च मा।वि। को स्थापना २०१९ साल कार्तिक २६ गते भएको हो । विद्यालय स्थापना हुँदा प्रौढ स्कुलको रुपमा स्वीकृति दिइए तापनि पढ्नका लागि भर्ना हुने अधिकांश कलिला बालबालिकाहरु नै रहेकोले सामान्य प्राथमिक विद्यालयको रुप लिन पुग्यो । यस विद्यालयका प्रथम संस्थापक शिक्षक श्री टीकादत्त घिमिरे हुनुहुन्थ्यो । पर्याप्त विद्यार्थी संख्या भएकोले शिक्षकलाई तालिममा पठाउनुपर्ने र अरु थप शिक्षकहरु राख्नुपर्ने देखियो । शिक्षकहरुका सेवा शुल्कका लागि र भवन बनाउने कार्यको लागि चन्दा संकलन गर्नुपर्ने समेत महसुस भयो । शिक्षक टीकादत्त घिमिरेका अनुसार प्रौढ स्कुल २०१९ कार्तिक २६ गते पूर्व नै सुरु भए तापनि महेन्द्रलीला प्रा।वि।sाे सुरुवात तत्कालिन पामको डाँडोलाई नवलपुर नामाकरण गरी कटेरो बनाई प। ज्योतिष रविलाल घिमिरेको सल्लाह अनुसार २०१९ कार्तिक २६ गते विहान ११ः३० बजे विद्यार्थीलाई कटेरोमा प्रवेश गराइ विधिवत सुरुवात गरियो । सोही वर्ष पुषमा विद्यालय संचालन गर्न विद्यालय क्षेत्रका सकि्रय अभिभावकहरुबाट चन्दा संकलन गर्ने काम भयो । यस कार्यको नेतृत्व तारानाथ ढकाल बालकृष्ण पोखरेल बमबहादुर भण्डारी टंकनाथ घिमिरे हेमराज ढकाल कमलदिन मियाँ लगायतका अग्रजहरुले गर्नुभयो । २०१९ माघमा अर्को एक जना शिक्षक मधुसुधन घिमिरे थप गरी पठन-पाठन सुचारु गरियो । तर केहि समयपश्चात २०२० चैत्र पछि सरकारी अनुदान नआउनु र उठेको चन्दाले पनि लामो समय थेग्न नसक्नुले विद्यालय संचालनमा केहि समस्याहरु देखा पर् यो । त्यसैले तारानाथ ढकालको नेतृत्वमा आँपपिपल स्थित युनाईटेड मिसन टु नेपाललाई आर्थिक तथा भौतिक जिम्मेवारी लिन अनुरोध गरियो । नर्मल तालिममा जानुभएका शिक्षक श्री टीकादत्त घिमिरेले मिसनले सहयोग गरेमा आफ्नो कुनै दावी नरहने प्रतिवद्धता गरेपछि वि।सं। २०२१ भाद्र १ गते यस विद्यालयको सम्पूर्ण आर्थिक एवं भौतिक संरचनाको जिम्मेवारी यु।एम।एन।ले लियो । स्थानीय अभिभावक तथा विद्यार्थीको सकि्रय भूमिका युनाइटेड मिसन टु नेपाल यु।एम।एन।को भरोसामा विद्यालयले राम्रो गति लियो । सरकारबाट पनि विद्यालय संचालनको स्वीकृति २०२१ साल श्रावण २४ गते प्राप्त भयो ।
३। निम्न माध्यमिक कक्षा सुरु
यस विद्यालयमा पढाइको स्तर राम्रो भएकोले छिमेकी गा।वि।स।हरु छोप्राक थालाजुङ्गबाट मात्र नभई लमजुङ्गबाट पनि विद्यार्थीहरु आए । पर्याप्त विद्यार्थी भएकोले २०२४ साल पौष १ गतेबाट नि।मा।वि। कक्षा संचालन गर्ने अनुमति प्राप्त भयो । त्यसबेला विद्यालयका प्र।अ। रोहिणी शर्मा मरहठ्ठा हुनुहुन्थ्यो । २०१९ सालबाट २०३० सालसम्मको शैक्षिक इतिहासमा स्वदेशी मात्र नभइ विदेशी शिक्षकहरुको पनि महत्वपूर्ण भूमिका रहेको पाइन्छ । सामान्यतया विद्यालयमा भर्ना भई पढ्नेहरु छात्रहरु नै हुन्थे । यसैबीच विद्यालयको पहिलो छात्रा इन्द्रकुमारी घिमिरे र धनकुमारी घिमिरे हुनुहुन्थ्यो । यसपछि फाट्टफुट्ट १-२ जना मात्र छात्रा हुने गरेकोमा शिक्षक आर।डाग नर्वे ले २०३२ सालतिर छात्राहरुलाई पोशाकको तथा पोषण अभावमा रहेका छात्र-छात्रालाई खाजाको व्यवस्था गरीिदंदा छात्राहरुको संख्या र विद्यालयको सेवाक्षेत्र राम्रै बढेकॊ देखिन्छ । २०३० साल मार्गमा सरकारले गोरखा जिल्लामा नयाँ शिक्षा लागू गर् यो । यसपछि विद्यालय संचालनको जिम्मेवारी युनाइटेड मिसन टु नेपालबाट सरकारले लियो । लामो समयसम्म नि।मा।वि। तहको पठनपाठन हुँदा विद्यालयले ज्यादै राम्रो शिक्षाको आधार तयार पारिसकेको थियो । यस अवधिमा थुप्रै मेधावी छात्र छात्राहरुले यस विद्यालयबाट आफ्नो सुन्दर भविष्यको आधार तयार पार्नुभयो ।
४। माध्यमिक विद्यालय स्थापना पहल
लामो समय नि।मा।वि। तहको पठन पाठन पछि २०४५ सालमा विद्यालयका तत्कालिन प्र।अ। श्री खेमराज अधिकारीले मा।वि। खोल्न प्रस्ताव पेश गर्नुभयो । शिक्षाको महत्व बुझिसकेका सचेत अभिभावक र शिक्षक स्टाफको सकि्रय सहभागितामा सो वर्षबाट मा।वि। तहको पढाइ सुरु भयो । अभिभावक शिक्षक र विद्यार्थीहरुले देउसी-भैलो र चन्दा संकलनगरी २०५० सालसम्म अस्थायी रुपमा स्वीकृति अनुमति लिई विद्यालय संचालन भयो । यसपछि सम्पूर्ण शिक्षकको तलब भत्ताको दायित्व सरकारले लिने गरी सरकारले स्थायी स्वीकृति दियो । यस अवस्थामा विद्यालयलाई चन्दा संकलन गर्ने हेमराज ढकाल भानुभक्त भट्ट देवीमायाँ गुरुङ्ग भीमबहादुर भण्डारी लगायत सम्पूर्ण शिक्षक अभिभावक र विद्यार्थीवर्गमा विद्यालय हार्दिक आभार व्यक्त गर्दछ । यसै जगमा उभिएर विद्यालय २०६४ सालमा आएर उच्च मा।वि। भएको छ ।
५। उच्च मा।वि।sाे सुरुवात
सचेत युवाहरुको पहल भयो भने पक्कै पनि समाजमा रुपान्तरण हुन्छ । प्रगतिले गतिलो फड्को मार्न सक्छ । मा।वि। तहबाट उ।मा।वि। तहमा फड्को मार्न पनि यस क्षेत्रका युवा वुद्धिजीविहरुको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । २०६३ सालको बडा दशैमा विद्यालय र स्थानीय लालीगुराँस युवा क्लबको संयुक्त आयोजनामा विद्यालयको शैक्षिक स्तर उन्नतिका लागि अन्तरकि्रया कार्यक्रम आयोजना भयो । यसले सुझावहरु दिन एउटा कार्यदल बनाउने निर्णय गर् यो । जस अनुसार जनार्दन ढकालको अध्यक्षतामा एउटा कार्यदल गठन भयो । यसको सुझाव अनुसार शैक्षिक स्तर उठान गर्न र उच्च मा।वि। खोल्न एकैचोटी पहल गर्ने निर्णय भयो । यसपछि सुझावहरु आत्मसाथ गर्दै काम गर्ने काठमाडौंमा डा। खड्ग बस्नेतको अध्यक्षतामा शैक्षिक कार्यदल बन्यो । विद्यालय व्यवस्थापन समितिले कार्यदलहरुले सुझावहरु दिए अनुरुप काम गर्दै जाने क्रममा उ।मा।वि। खोल्ने निर्णय गर् यो । यसैक्रममा सबै क्षेत्रमा संचालन भएका कार्यक्रमलाई समायोजन गर्ने काम जनार्दन ढकालबाट भयो भने चितवनमा रामचन्द्र ढकाल डा।आई।पि।ढकाल सरोज ढकाल रामचन्द्र सापकोटा लगायत हर्मी छोप्राक आँपपिपलका चितवन बासी महानुभावहरुको खटाइ ज्यादै प्रेरणादायी थियो । साथै काठमाडौंमा रहनुहुने वुद्धिजीवि महानुभावहरु हरि प्रसाद ढकाल मुक्ति भट्ट डा। खड्ग बस्नेत डा। कृष्ण ढकाल लगायत काठमाडौं बासीको भूमिका त्यस्तै सह्रानिय रहन गयो । यसै सिलसिलामा २०६४ साल श्रावण १२ गते प्रेरणादायी विद्वान् वुद्धिजीवि व्यक्तित्वहरु डा। कृष्ण ढकाल डा। खड्ग बस्नेत हरिप्रसाद ढकाल मुक्ति भट्ट जनार्दन ढकालको समुपस्थितिमा विधिवत रुपमा उच्च माध्यमिक विद्यालयको समुद्घाटन कार्यक्रम सम्पन्न भयो । यसै बीच स्थानीय तवरमा पनि विद्यालयको हितको लागि खट्नुहुने सम्पूर्ण अभिभावक शिक्षक र विद्यार्थीहरु चन्दादाताहरु सबै विद्यालयका धन्यवादका पात्र हुनुहुन्छ ।
विद्यालयले समाजमा पछि परेका वर्ग र समुदायलाई विकासको मूल धारमा ल्याउनका लागि हाल कक्षा ११ र १२ मा पढ्ने दलित तथा अन्य छात्राहरुका लागि विशेष छात्रवृत्ति दिने लक्ष्य राखेको छ । विद्यालयका सरोकारवालाहरुको सकि्रय सहभागिता भइरहेमा विद्यालयले आगामी दिनमा पनि शैक्षिक र भौतिक पक्षहरुमा राम्रो उपलब्धि हाँसिल गर्न सक्नेछ ।
ििि

Tuesday, March 24, 2009
मैले जानेको महेन्द्रलीला उच्च मा।वि। इतिहास
इश्वरी सापकोटा
आदरणीय शिक्षा प्रेमीहरु †
आजको एक्काइसौं सताव्दीको पूर्वाधमा शिक्षा र समाजको अन्योन्यासि्रत सम्वन्ध छ । नयाँ नेपालको खाका तयार हुदै गर्दा यसको सम्वन्ध पनि प्रगाढ हुदैगएको छ । यसरी भूत देखि वर्तमान सम्म आइपुग्दा विकासको पहल कदमी निकै द्रुत गतिले बढेको हामीलाई अनुभूति हुन्छ । अन्धकार अशिक्षा र गरिवीबाट ग्रसित ग्रामीण नेपाली समाजमा शिक्षाको विगुल फुक्ने काममा थुप्रै व्यक्तिहरुको अतुलनीय योगदान रहेको देखिन्छ । नेपालको अन्य जिल्लाहरुमा शिक्षाको विकास हुदै गर्दा गोरखा जिल्लामा पनि यसको थालनी भयो । आध्यात्मिक र धार्मिक विचारधारा बोकेका व्यक्तिहरुवाट यस क्षेत्रमा शिक्षाको जग हाल्ने पवित्र काम समयमा नै भयो । यसरी यस क्षेत्रमा बसालिएको शिक्षाको जगमाथि थुप्रै इसाई मिसनरीहरु र स्थानीय शिक्षा प्रेमीहरुको अथक प्रयास र मेहनतबाट पर्खाल लगाउने काम भयो ।
ई सं। १९५७ साल मे। महिनामा संयुक्त राज्य अमेरिका निवासी जोनाथन लिण्डेलको नेतृत्वमा रन व्याएट शिलिङ फोर्ड तथा मार्था मुखियामिस मार्ग्रेट मकोम र श्रीमान्÷ श्रीमति सोदेम्वा लगायत यु। एम। एन।गैर सरकारी संस्थाका धेरै अग्रणीहरु मिसनरीहरु गोरखा आँपपिपलमा रहेर यस क्षेत्रको शिक्षा स्वास्थ्य तथा चेतनाको श्रीबृि¢ गर्न ठूलो योगदान गर्नु भयो । यस संस्थाका धेरै उदेश्यहरु मध्ये यो क्षेत्रमा मुख्य गरी यी दुई उदेश्यहरुमा जोड दिइएको थियो ।
क अस्पतालको स्थापना गर्नु
ख विद्यालय स्थापना गर्नु
यस संस्थाले विना उपचार कसैको पनि ज्यान अकालमै नजाओस भन्ने लक्ष्य राखि उपचारको निम्ति आँपपिपल मिसन अस्पताल स्थापना गर् यो । त्यसैगरी ूरोग लागेर उपचार गर्नँ भन्दा पहिले रोग लाग्नै नदिनु बेसू भन्ने उक्तिलाई आत्मासाथ गरि चेतना बिकासका लागि सामुदायिक बिकास संस्थाको स्थापना गर्न पुग्यो । यस समुदायिक संस्थाको धेरै उदेश्यहरु मध्ये अर्को मुख्य उदेश्य चाहि गोरखा आँपपिपलमा एउटा केन्द्रीय विद्यालय स्थापना गरि त्यस वरपरका स्थानमा स्थानीय समुदायको सहभागितामा अरु विद्यालयहरुको स्थापना गर्नु नै थियो । यही उदेश्य पूरा गर्न वि।सं २०१७…॥मा गोरखा आँपपिपल विद्यालयबाटै केही विद्यार्थीहरु छनौट गरि शिक्षक तालिम दिने कार्य भयो । त्यस समय यु। एम। एन। गोरखाका इाचार्ज अष्ट्रेलिया निवासी हवार्ड वाक्र्ले हुनुहुन्थ्यो । यस क्षेत्रमा शिक्षा र स्वास्थ्यको विकासमा उहाँको प्रशंसनीय योगदान रहेको छ । यसै समयमा यु। एम। एन। गोरखाले आँपपिपल विद्यालयमा शिक्षक तालिम संचालन गर् यो । सो तालिमका सहभागीहरु यस प्रकार थिए ।
स्व। रोहिणी मरहठ्ठा
भोज राज मरहठ्ठा
ईश्वरी प्रसाद सापकोटा
टेक बहादुर भण्डारी
घन बहादुर भण्डारी
ढोल नाथ बर्राकोटी
।sृष्ण राम अधिकारी
स्व।sृष्ण प्रसाद देवकोटा
गोरखाका अन्य ठाउँहरु जस्तै पामडाडा नवलपुरमा पनि शिक्षाको लहर आयो । समाजमा बुि¢जिबी र समाजसेवीको संख्या पनि वृि¢ हुदै गयो ।
यसक्षेत्रका बुि¢जिबी तथा समाजसेवी स्व।तारा नाथ ढकाल स्व।हेमराज ढकाल स्व।टंक नाथ घिमिरे स्व। बम बहादुर भण्डारी छोप्राक अमराईका स्व। वालकृष्ण पोखरेल आदि व्यक्तित्वहरुको सहकार्यमा विद्यालय निर्माण गर्ने योजना बनाइयो । स्थानको छनौट गर्दा हर्मी भाज्याङ अमराई नवलपूर सालवोट र चिउरीबोटको केन्द्र पर्ने स्थान छनौट गर्न आवश्यक थियो । जस अन्तरगत पामको डाँडाको भैसी अहाल र ईस्लाम धर्मको दफन क्षेत्र महेन्द्रलीला विद्यालयको भवनको लागि उपयुक्त क्षेत्र मानियो । कमजोर भौतिक पूर्वाधारमा नवलपुरका श्री टिका दत्त घिमिरे निजी श्रोतमा शिक्षक नियुक्ति हुनुभयो । प्रारम्भिक चरणमा कटेरोबाट शुरु भएको निर्माण कार्य आर्थिक अभावका कारण केहि समय रोकियो
उक्त विद्यालय स्थापना गर्ने क्रममा स्व। तारानाथढकालको नेतृत्वमा गएको एक टोलीले यु। एम। एन।गोरखा आँपपिपलका प्रमुख श्री हवार्ड बाल्र्केलाई भेटी एक शिक्षकको माग गर् यो । सबैको सरसल्लाहबाट उक्त विद्यालयमा शिक्षक माग गरे अनुसार यु। एम। एन। गोरखा आँपपिपलले स्व।रोहिणी मरहठ्ठा शिक्षक नियुक्ति गरेर पठायॊ । यसरी यु। एम। एन। गोरखा आँपपिपलले नवलपुर विद्यालयलाई सहयोग दिने क्रमको थालनी भएको पाईन्छ । यहि उत्साहले उक्त स्थानमा स्व। तारानाथ ढकालको सकि्रयतामा स्थानिय श्रोत साधन परिचालन गरि बिद्यालय भवनको निर्माण त भयो । तर छाना लगाउने काम भने अधुरो नै रहयो । स्व।रोहिणी मरहठ्ठा विद्यालयको प्रधानाध्यापक हनुहन्थ्यो । जव उहुले उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यालय छोडनु भयो तव प्रधानाध्यपकको जिम्मेवारी ईश्वरी प्रसाद सापकोटालाई दिइयो । विद्यालयको भौतिक पूर्वाधारको अभावले नियमित कक्षा संचालन गर्न धेरै गाह्रो थियो । विद्यालय भवनमा छाना लगाइएको थिएन ।
तार्के वनबाट ल्याएको स्याउलाले प्रचण्ड घामको तापलाई भने केही कम गरेतापनि वर्षाको पानीलाई थेग्न सक्दैनथ्यो र विद्यालय बन्द हुने गथ्र्याे ।
बिद्यालयमा खेलकुद मैदानको ठूलो समस्या थियो । विद्यालयको खेलकुद मैदान बनाउन गाउँलेहरु विद्यालयका शिक्षक र विद्यार्थीहरु लामो समय सम्मको कठोर परिश्रम गरियो ।
वि।सं।२०२२ देखि २०३० सम्म शिक्षक सहकर्मिहरु यस प्रकार थिए ।
श्री इश्वरी प्रसाद सापकोटा प्रध्यानाध्यपक
श्री दुर्गा भक्त घिमिरे
काशी प्रसाद घिमिरे
योहनी केवेला फिन्ल्याण्ड
स्व। घनश्याम घिमिरे
रामजी वस्नेत
तिर्थ ढकाल
टेक बहादुर भण्डारी
डयाग आन्स्टाड नर्वे
यसरी विद्यालय संचालन तथा तह बढाउँदै कक्षा आठ सम्म पुर् याउँदा धेरै आर्थिक भौतिक सामाजिक आँधीवेहरिको सामना गर्नु पर् यो । यद्यपि विद्यालयको शैक्षिक स्तर भने निकै उच्च थियो । शैक्षिक स्तर कायम राख्न त्यस समयका उत्कृष्ट विद्यार्थी बाबुराम भट्टराई माओबादी बरिष्ठ नेतालाई केहि समय भने पनि शिक्षकको रुपमा पाउदा हामी विद्यालय परिवारले गर्वको महसुस गरेका थियौ ।
विगतका आरोह र अवरोहलाई पार गर्दै र विकासका खुड्किलालाई टेक्दै समाज रुपान्तरण हुदै गयो । पहिलेको र अहिलेको अवस्थालाई दाज्नु पर्दा हर्मी नवलपुरमा पनि परिवर्तित कदम चलेका छन् तर यो नै पर्याप्त भने छैन । माथि उल्लेखित मिसनरी समाजसेवी बुि¢जिबीको अथक प्रयास नभएको भए संभव थियो होला त भनिन्छ व्यक्ति व्यक्ति मिलेर समाज बन्दछ । हिजो तीनै व्यक्तिहरुको हातेमालो नभएको भए आज महेन्द्रलीला उच्चमाध्यमिक विद्यालय कल्पना सम्म गर्न गाह्रो हुन्थ्यो होला । वास्तवमा मेरो व्यक्तिगत दृष्टिकोणमा भन्नु पर्दा महेन्द्रलीला उच्चमाध्यमिक विद्यालयमा नव जागरण आएको छ ! त्यसैले हामी सबै होस्टेमा हैंसे गर्दै अघि बढौं ।
पूर्व प्रधानाध्यापक हाल धापाखेल ललितपुर
Sunday, March 22, 2009
स्मृतिको पानामा नवलपुर स्कुल
Hari pDhakal
पढ्न जाने रहरः
मलाई सानै उमेरदेखि पढ्नमा रुची थियो । मलाई मेरो स्कूल जाने रहर देखेर सानो उमेरमै बुबाले गाउँको पाठशालामा भर्ना गरिदिनु भएको रहेछ जहाँ मैले कक्षा २ सम्मको पढाइ पुरा गरें । त्यस पाठशालामा कति कक्षासम्म पढाइ हुन्थ्यो त्यो मलाई तवसम्म थाहा थिएन जब मलाई एक दिन बुबा श्री हेमराज ढकालले तिमी कुन स्कुलमा पढ्छौ नवलपुर कि आँपपिपल भनी प्रश्न सोध्नुभयो । मैले तुरुन्त केही जवाफ दिइन । तर १२ दिनसम्म सोच्दा नवलपुर भन्ने नाउँ आँपपिपल भन्दा राम्रो लाग्यो । त्यहाँ हाम्रो घरको सदस्य कसैले पढ्दैनथ्यो । तर आँपपिपलमा मेरो कान्छा काका कृष्ण प्र। ढकाल माया दिदी र ईश्वरी दिदी पढ्नुहुन्थ्यो । उहाँहरुले पनि मलाई आँपपिपलमा पढ्नका लागि सल्लाह दिनुभएन । पछि थाहा भयो आँपपिपल टाढा पनि थियो । मैले हिँडेर विहान वेलुकी ओहोर दोहोर गर्न मुश्किल पनि रहेछ । मैले नवलपुरमा पढ्ने इच्छा बुबासँग व्यक्त गरें । बुबाले तुरुन्त भर्ना गर्न नलगेको हुँदा केही दिनसम्म म बुबा जहाँ जाँदा पनि पछि लाग्न थालें र भर्ना गरिदिन कर गर्न थालें । केही दिनको पर्खाइ पछि मेरो इच्छा पुरा भयो म नवलपुरमा कक्षा ३ मा भर्ना भएको जानकारी बुबाले दिनुभएपछि म भोली पल्टै नवलपुर स्कूल पढ्न गएँ ।
स्कूलको पहिलो दिनः
पहिलो दिन म स्कुल पुग्दा स्कुलको घन्टी बजिसकेको थियो र विद्यार्थी कक्षामा बसिसकेका थिए । यो कक्षा कुनै कोठामा थिएन वाहिर खुला आकाशमा थियो । यस्ता कक्षाहरु मैदानभरी ठाउँ ठाउँमा देखिन्थे । कुन कक्षामा म बस्ने हो भन्ने मलाई थाहा नभएकाले परबाटै हेर्दै थिएँ गाउँका प्रधान पाच तारानाथ ढकालका छोरा सूर्य वहादुर ढकालले बोलाए उनी पनि कक्षा ३ मा नै पढ्ने रहेछन् । मलाई उनीसँगै लगे र बस्नका लागि एउटा सीट बनाइदिए । उनी म भन्दा केही वर्ष जेठा भएकाले हेर्दा पनि ठूला देखिन्थे र सीट निर्माण गर्न आवश्यक ढुङ्गा आफैंले वरपरबाट बोकेका थिए जसमा बस्ने ठाउँका लागि राखिएको फराकिलो ढुङ्गो ज्यादै नै आकर्षक थियो रहर लाग्दो थियो । मलाई त्यहाँको यस किसिमको वातावरणले निकै आकर्षण गरेको थियो पढाइ भन्दा पनि यो नौलो वातावरणले म रमाएको थिएँ ।
स्कुलको वातवरण तथा अवस्थाः
विस्तार विस्तार म वातावरणमा घुलमिल हुँदै गएँ साथीहरु बन्दै गए पढाइ चल्दै गयो । हामीहरुको पढाइका विभिन्न विषयहरुका पिरियड मध्ये अध्ययन पी।टी। जस्ता पिरियडहरु पनि राखिएका हुन्थे । पी।टी।sाे पिरियडमा पी।टी। खेलाइन्थ्यो भने अध्ययनको पिरियडमा कुनै पनि विषयमा स्वयम्ले अध्ययन गर्ने चलन थियो । हाम्रो स्कुलको भवन त्यस बेला सम्म निर्माण सम्पन्न भैसकेको थिएन स्कुलको खेल मैदान सानो थियो तल र माथि ठूला ठूला भीरहरु थिए ।
बास्तवमा हाम्रो स्कुल भएको स्थान स्थानीय मुसलमानहरुको चिहान भएकाले त्यसलाई धेरैले चिहान डाँडाको नामले चिन्थे र सम्बोधन गर्थे । कसैले यसलाई पामा डाँडा अर्थात पाम खेतको डाँडो भन्थे । स्थानीय ऋषिराम भट्टले यसकै सम्झनामा एउटा गीत रचेका थिए जुन हामीहरु माझ निकै लोकपि्रय थियो ः
पाम डाँडो चिहान डाँडो खोला खोलै गयो
नवलपुर भन्ने नाम अव यसले लियो ।
यो ठाउँ भिरालो भएकाले त्यसलाई सम्याएर मैदान वनाउन कठीन काम थियो । तर शायद रकम खर्च गरेर ज्याला दिई काम गराउन स्कुलसँग पैसा थिएन होला । त्यसैले हामीहरुका कतिपय पी।टी। अध्ययन जस्ता पिरियडहरुमा र कोही शिक्षक नआई खाली भएका पिरियडहरुमा हामीले माटो खन्ने ओसार्ने सम्माउने टेवा पर्खाल लगाउने जस्ता काम गथ्र्यौं । हामीलाई त्यसमा रमाइलो लाग्थ्यो । कक्षामा मेरा अरु धेरै साथीहरु म भन्दा ठूला थिए । उमेर साइज उचाई सबैमा ठूला । त्यसैले मूख्य बोझिला काम उनीहरुले नै गर्थे मलाई माया गरेर सघाउने काममा मात्र संलग्न गराउँथे तर पनि मलाई याद छ म पनि धेरै काम गर्थें । हामीलाई कुनै जनावर शायद गोरु होला को छाला उपलब्ध गराइएको हुन्थ्यो जुन फराकिलो हुन्थ्यो । एक थरी साथीहरुले माटो खनेर त्यस छालामा राख्ने काम गर्थे भने अर्का थरीले त्यस छालालाई घिसारेर परसम्म पुर् याई माटो खसाल्ने काम गर्थे । म प्राय जस्तो दोस्रो काममा लाग्थें ।
शुरुमा हाम्रो स्कुल भवनको वरिपरिको पर्खाल मात्र लगाएको थियो । छाना थिएन र कोठाहरु वनाइएको थिएन अर्थात पार्टीसन थिएन । छाना नभएको कारण बर्षादको वेलामा कठीनाई झेल्नुपथ्र्यो । धेरै घाम लाग्दा पोल्ने र पानी पर्दा भिज्ने हुन्थ्यो । कमसेकम घाम छेक्न सकिन्छ की भनेर हामीले १÷२ वर्ष जङ्गल गएर स्याउला ल्याउँथ्यौ यस काममा सिनियर विद्यार्थीहरुले वढी काम गर्थे । स्याउलाले छाएकाले घामले नपोले पनि पानीले भिजाउँथ्यो । तसर्थ पानी परेको दिन छुट्टी दिने पनि चलन थियो । स्कुल वरिपरि पातीको झाडी थियो । दिशा जङ्गलका लागि चर्पी थिएन हामी त्यही पाती झाडी नजिकका खोल्साहरु आदिलाई नै चर्पी सम्झन्थ्यौं ।
हामी कति कक्षामा थियौं एकिन छैन । एकपटक कोही विदेशी गोराले एउटा मेशीन उपलब्ध गराएको थियो । त्यो मेशीनले ईंटा वनाउन मिल्थ्यो । त्यसले यस्तो विशेष इँंटा बनाउथ्यो जसको साइज ठूलो हुन्थ्यो साधारण इँटा भन्दा शायद ६८ गुना ठूलो । माटो खनेर मेशीनमा राख्ने छोप्ने अनि चापाकलबाट पानी निकाल्नका लागि ताने वा खिचे जस्तै गरेर तान्दा इँटा तयार हुन्थ्यो । त्यसलाई निकालेर १२ दिन घाममा सुकाए पछि गारो लगाउन मिल्थ्यो । यो काममा भुवनेश्वर भट्टले विशेष चासो र जाँगर देखाउँथे । मुक्ति भट्ट लगायत हामीहरुले पनि काम गथ्र्यौं ।
स्कूलकॊ वार्षिक कार्यक्रम बहुत आकर्षक हुन्थ्यो । मलाई लाग्छ झण्डै १ हप्ता जस्तो खेलकुदको कार्यक्रम चल्थ्यो । हाइ जम्प लङ जम्प ट्रीपल जम्प पोल जम्प विभिन्न दौडहरु कक फाइट सुन्तला वा आलु टिप्ने स्याक रेस भलिवल आदि विभिन्न किसिमका खेलकुदहरुको आयोजना हुन्थ्यो । खेलकुद प्रतियोगिताका विजयीहरु विभिन्न क्षेत्रमा उत्कृष्ट ठहरिनेहरु र पढाइमा पहिला दोस्रा तेस्रा हुने विद्यार्थीहरुलाई बार्षिकोत्सवका दिन पुरस्कार वितरण हुन्थ्यो । खेलकुदका धेरै जस्तो पुरस्कार लामाघरका कमलीकान्त ढकालले लैजान्थे । उनी साँच्चै नै क्षमतावान थिए । उनी पछि बढी पुरस्कार जित्नेमा कृष्ण प्रसाद पराजुली थिए ।
हाम्रो स्कुलमा यूनाइटेड मिसन टू नेपाल यु।एम।एन। को सहयोग रहेकोले यू।एम।एन। का तर्फबाट विदेशी शिक्षकहरु पनि बेला बखत आउँथे । किर्मला र डाग भन्ने शिक्षकहरु केही वर्ष बसे । उनीहरुले प्राय व्यवसायिक शिक्षा दिन्थे । कहिले काँही वरपरका ठाउँहरुमा शैक्षिक भ्रमणमा पनि लैजान्थे । त्यतिबेला आँपपिपलमा कृषिको ठूलो फोर्म र नस्ररी थियो त्यहाँ विभिन्न किसिमका बोट विरुवा र पशुहरु सम्बन्धि अध्ययन अनुसन्धान हुन्थ्यो । यो कृषि तथा भेटेरेनरी फार्म मिसनले नै संचालन गरेको थियो । त्यहाँ हामीलाई वेला वखत लगेर त्यसको वारेमा जानकारी दिइन्थ्यो । मलाई यस्तो गार्डेन हेर्न ज्यादै मन पथ्र्यो । हामी बर्षको एकपटक पिकनिक पनि जान्थ्यौं । पिकनिक प्रायः जसो नजीकका जङ्गलहरु वलखे पात्ले पाम क्षेत्रमा जान्थ्यौं ।
स्कुलका शिक्षक तथा विद्यार्थीः
हामीलाई पढाउने शिक्षकहरु धेरै पढेका नभए पनि मेहनती हुनुहुन्थ्यो । उहाँहरुमा पढाउने जोश जाँगर धेरै थियो । शिव प्रसाद घिमिरेले पढाएको चार कोसे झाडी सम्बन्धि पढाइ टेक वहादुर भण्डारीले पढाएको नागरिक शास्त्र काशी प्रसाद घिमिरेले पढाएको भूगोल ईश्वरी सापकोटाले पढाएको अंग्रेजी दुर्गादत्त घिमिरेले पढाएको नेपाली रामजी वस्नेतले पढाएको गणीत तीर्थराज ढकालले पढाएको गणीत आदि अहिले पनि याद आउँछ । ईश्वरी सापकोटाले अंग्रेजी पढाउँदा कक्षा कोठामा कहिल्यै नेपालीमा वोल्नु हुन्थेन त्यतिबेला हामीलाई यो कुरा असाध्यै मन पथ्र्यो । हामी पनि स्कुल जाँदा आउँदा कहिले काँही अंग्रेजी बोल्न अभ्यास गथ्र्यौं । खाश गरी मुक्ति भट्ट र म यस्तो अभ्यास गथ्र्यौं ।
छोटो समयका लागि भए पनि हामीले हाल देशका अर्थ मन्त्री जस्तो गरिमामय पदमा आसीन विद्वान व्यक्तित्व डा। बाबुराम भट्टराईबाट पनि सिक्ने अवसर प्राप्त गर् यौं । त्यति बेला हामी कक्षा ७ मा पढ्थ्यौं र उहाँ एस।एल।सी। परीक्षा दिएर रिजल्ट पर्खिएको बेला थियो । उहाँले हामीलाई अंग्रेजी विषय पढाउनु हुन्थ्यो । उहाँजस्तो होनहार विद्यार्थीबाट हामीले शिक्षा आर्जन गर्न पाउनु हाम्रो लागि ठूलो भाग्यको विषय थियो । हामीले उहाँबाट राम्रो शिक्षा मात्र प्राप्त गरेनौ अन्य विविध प्रेरणाहरु समेत प्राप्त गर्न सक्यौं । उहाँले त्यस स्कुलमा पढाउँदा पढाउँदै नै उहाँको एस।एल।सी। परीक्षाको रिजल्ट आएको थियो जसमा उहाँ वोर्ड फष्ट हुनुभयो र यसको खबर हामीलाई प्राप्त हुनासाथ ठूलो हर्ष बढाई भयो । अबिर जात्रा भयो गाउँको वातावरण नै वहुत हर्षोल्लासमय भयो । तर रिजल्ट हुनासाथ उहाँ काठमाडौं जानुभएकोले उहाँसँग हामीले धेरै समय सिक्न पाएनौं । बाबुराम भट्टराई सँगै हामीलाई शिक्षकको रुपमा पढाउन गएका उहाँका कक्षा साथी कृष्ण पोखरेलले हामीलाई त्यही छोटो अवधिका लागि गणीत विषय पढाउनु भयो । उहाँले पढाएको विषय हामीलाई बुझ्न सारै कठिन भएन । हाम्रो स्कुलमा त्यतिबेला विद्यार्थी संख्या ज्यादै कम थियो । एउटा कक्षामा सामान्यतया १० देखि १५ जना विद्यार्थी हुन्थे । तर माथिल्लो कक्षामा पुग्दा संख्या अझ कम हुन्थ्यो । हामी कक्षा ८ मा पढ्दा ७ जना थियौं । शायद ६ जनाले मात्र कक्षा उत्तीर्ण गर् यौं ।
स्कुलबाट पाएको प्रेरणाः
बाबुराम भट्टराई र कृष्ण पोखरेलको छोटो सामीप्यताले हामीलाई धेरै ठूलो प्रेरणा दियो । हामीजस्तै मानिसले यति ठूलो उपलब्धि हासील गर्न सक्नेरहेछौं मेहनत गरेमा के हुन सक्दैन र भन्ने कुराको प्रेरणा उहाँहरुबाटै प्राप्त भएको हो ।
त्यस स्कुलमा त्यति बेला कक्षा ८ सम्मको मात्र पढाइ हुन्थ्यो । कक्षा ९ पढ्न अन्यत्र जानुपर्ने बाध्यता भएको र लुईंटेल स्कुलको एस।एल।सी। रिजल्ट सँधै राम्रो आउने भएको साथै बोर्ड फष्ट समेत ल्याउन सफलभएकाले हामी नवलपुरबाट कक्षा ८ उत्तीर्ण गर्ने साथीहरु गुण बहादुर गुरुङ मुक्ति भट्ट वेदशर्मा पोखरेल ईश्वरी ढकाल मोदनाथ मरहट्टा गरी सबै ६ जना लुइटेल स्कूलमा गएका थियौं । त्यतिबेला हामीलाई धेरै ठूलो डर थियो कि कक्षा ९ पास गर्न सकिन्छ कि सकिन्न भनेर किनकि लुईंटेल स्कुलको तुलनामा नवलपुरको पढाइको स्तर ज्यादै कमजोर मानिन्थ्यो तर भाग्यवश र मेहनतका कारण त्यसपछि पनि राम्रो रिजल्ट ल्याउन सफल भयौं । यसमा धेरै जसो श्रेय नवलपुर स्कुलमा पढाउने शिक्षकहरुलाई जान्छ । यस स्कुलमा धेरै वर्ष संचालक समितिका अध्यक्ष रहेका मेरा वुवा हेमराज ढकालबाट मैले सवभन्दा वढी प्रेरणा पाएको हुँ र म ऐले जहाँ जे जस्तो अवस्थामा छु मलाई त्यहाँ पुर् याउन उहाँ र मेरा त्यस स्कुलमा पढाउने शिक्षकहरुलाई नै बढी श्रेय जान्छ ।
दयनीय आर्थिक र शैक्षिक अवस्थाबाट शुरु भएको नवलपुर स्थित महेन्द्रलीला नि।मा।वि। निरन्तर प्रगति गर्दै आज उ।मा।वि। सम्म पुगेको छ र आफ्नो छविलाई उच्च राख्न सफल भएको छ । यसलाई यो ठाउँसम्म पुर् याउन स्थानीय अभिभावकहरु शिक्षकहरु बुद्धिजीविहरु त्यहाँबाट अन्यत्र गइ अध्ययन नोकरी अन्य पेशा व्यवसाय संचालनमा संलग्न सम्पूर्ण महानुभावहरुको योगदान रहेको मैले महशुस गरेको छु ।
पूर्व विद्यार्थी हाल कार्यकारी निर्देशक
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड

मलीउमािवउद्घाटनका सुन्दर क्षणहरु
अर्जुन ब भन्डारी
०६४ साल ज्येष्ठ १७ गते बेलुकी ७ः३० बजे मेरो टेलिफोनको घण्टी वज्यो टिरिङ्ग……॥ मैले फोन उठाएर हेलो भने । उताबाट एकजना मित्रको स्वर आयो नमस्कार सर । मलाई त्यो स्वर चिन्ह गाह्रो परेन । मलाई टेलिफोन गर्ने मेरो अति मिलनसार साथी जनता मा।वि। आँपपिपलमा दुई बर्षसम्म एकै ठाउँमा बसेर पढ्ने हाल महेन्द्रलीला उच्च मा।वि।sा प्र।अ। रामप्रसाद अधिकारी हुनुहुन्थ्यो । हर्मीमा १०२ स्थापना गर्ने वारेमा चर्चापरिचर्चा मैले धेरैपटक सुनेको थिएँ । फोनबाट रामप्रसाद सरले अर्जुन सर १०२ को उद्घाटन श्रावण १२ गते राखिएको छ सरलाई निमन्त्रणा भन्नु भयो । यो खबर सुनेपछि मलाई ज्यादै खुशी लाग्यो । मैले उत्सुकताका साथ सोधें उद्घाटन कार्यक्रममा को को पाहुनाहरु आउनुहुन्छ । वहाँले केहि नामहरु लिनुभयो । जुन नामहरु लिनु भयो जसले महेन्द्रलीला मा।वि। लाई उच्च मा।वि। बनाउन प्रमुख भूमिका निर्वाह गर्ने व्यक्तित्वहरु हुनुहुन्थ्यो । मैले ती व्यक्तित्वहरुको नाम घटना विशेष क्रममा उल्लेख गर्ने नै छु ।
१२ गतेको उद्घाटन कार्यक्रमको वारेमा मैले क्षमताले भ्याएसम्म प्रचार प्रसार गरे । किनभने महेन्द्रलीला उच्च मा।वि। अब कलेजको रुपमा रुपान्तरण हुँदै थियो । मैले त्यसै स्कुलका ७ कक्षासम्म अध्ययन गरेको थिएँ । अझ भनौ उक्त कलेज मेरो घर आँगनमा नै थियो । २ कलेज जताततै चर्चा र छलफलको विषय वन्यो । दिनहरु वित्दै गए । श्रावण ११ गते जुन दिन गोरखा क्याम्पसमा परीक्षा साचालन ७ः०० वजे देखि १०ः०० वजेसम्म भएको थियो । म परीक्षामा सहायक केन्द्राध्यक्ष थिएँ । परीक्षा सकेर म गोरखाबाट हर्मी प्रस्थान गर्ने तयारीमा थिएँ । अघिल्लो दिनमा म हर्मी कार्यक्रममा जाने कुरा मैले कलेजमा साथीहरुसँग गरेको थिएँ । एकजना मेरो साथी पूर्व पाँचथर घर हुनुभएका रमेश अधिकारी सरले म पनि हर्मी जान्छु सरको गाउँ घुमेर आउँछु भन्नु भएको थियो । म वजारबाट निस्कनै लाग्दा वहाँ पनि आइपुग्नु भयो । वर्षायाम पानी परिरहेको थियो । हामी वस चढेर केहि वेरमा नै तेह्रकिलो झर् यौं । त्यसपछि त पानी पनि झन् ठूलो पर्न थाल्यो । आजभोलिको छाताको त के कुरा गर्ने र । बाटोभरि नै हामी भिज्दै हिँड्यौ । वर्षायाम भएकोले बाटो घुमाउरो गरेर जानुपर्ने दरौंदी मात्र होइन हिउँदमा कमिला हिँड्ने भुसुण्डे खोलाले पनि हामीलाई तसा्रउन खोज्दै थियो । तर हामी भुसुण्डी नझरिकन मोटर बाटो हिँड्यौं । विकासे बाटो भएर होला मोटर बाटो हिँडाइको व्यथा र कथा आफ्नै ठाउँमा छन् । मत आफ्नो गाउँ जाने सानैदेखि उकाली ओराली गर्दा बाटोले नै चिन्दथ्यो । समस्या थिएन । रमेश सरलाई कति गाह्रो भयो होला थाहा छैन । घरी घरी रमाइलो गर्न जिस्काउने र ठट्टा गर्ने गर्दथें । वहाँले पनि आफू पनि गाउँमा जन्मिएर हुर्केको दुःख सुख यस्तै हो भनेर सन्तोष माने झैं लाग्दथ्यो । पानी परिरहेकै छ छाताले शरीरको अघि भाग ढाकेको छ । रुजेको विरालो भन्दा कम भइएन । लामो बाटो थकाइ लागे पनि रमाइलो गर्दै अगाडि बढ्यौं । अन्तिम पटक तर्नु पर्ने खोलानाला गाउँटोल चिनाउँदै बेलुकी ६ः०० बजे नवलपुर स्कुल पुगियो जुन स्कुलले भोलिपल्ट देखि आफ्नो ऐतिहासिक अभिभारा पार गरेर नयाँ जिम्मेवारी वोध गर्दै भविष्यलाई सुनिश्चित गर्दै थियो । मैले स्कुललाई त्यसदिन खुब नियालेर हेरें । त्यही स्कुलले नै थुप्रै मान्छेहरुलाई विशिष्ट बनाएकोछ । त्यही स्कुलले गर्दा नै आज म एउटा त्रिभुवन विश्व विद्यालयमा पढाउने प्राध्यापक बनेको छु । मलाई स्कुल प्रति गौरव छ । स्कुलबाट तल पसलतिर झरें । गाउँघरका दाजुभाइ दिदीबहिनीहरुसँग भेटघाट भयो । सबैमा उत्साह र हौसला थियो । स्कुल कलेज बन्ने कुराले सबैमा चर्चा चल्दै थियो । वर्षाको समय भएपनि भोलिपल्ट उद्घाटन हुने स्कुलले पनि आफ्नो चमक देखाइरहेको थियो । स्कुलका गेटहरु सजिएका थिए । तुल ब्यानर पोष्टरले स्कुल सजिएका थिए । गाउँलेहरु रोपाई छाडेर कार्यक्रममा उपस्थित हुने उत्साह देखाइरहेका थिए । ज्यादै खुशी लाग्यो । गाउँमा चेतनाको विकास तीव्रत्तर रुपमा अगाडि बढिरहेकेा देखेर । बेलुकी ८ः०० वजे खाना खाएपछि साथीसँग गाउँघरको बारेमा छलफल गर्दै गर्दा म ज्यादै दुखी हुन पनि पुगें । त्यही स्कुलमा पढेका थुप्रै युवा दाजुभाइ दिदी बहिनीहरुको रगतले हाम्रो गाउँ पोतिएको छ। आततायी जल्दाजहरुले समाज र राष्ट्रलाई बदल्ने अभिभारा बोकेर हिड्नेहरुको प्राण उडाए । मेरा आदरणीय गुरु सुरेश वाग्ले दाजु राजेन्द्र ढकाल भाइ महेन्द्र मरहट्टा भीमसेन पोखरेल कृष्ण ढकाल बहिनीहरु मीना मरहट्टा गीता घिमिरे निरु पोखरेल बलिदान गर्ने ति महान शहिदहरु प्रति मेरो श्रद्धा सुमन । वहाँहरुको वारेमा मैले जानेजति कुराहरु रमेश सरलाई वताएँ । वहाँले पनि अचम्म मान्नुभयो । जनयुद्धको घटनाक्रम र शाही सत्ताको शासनकालमा गाउँलेले भोग्नुपरेको दुःख कष्टका इतिहास सुनेर साथी पनि छक्क पर्नु भयो । गाउँमा बढ्दै गएको राजनीतिक चेतना वीर सपुतहरुको वलिदानी हर्मी चौकीको आक्रमण र सफलता आदि यस्तै वारेमा कुरा गर्दा गर्दै राती १२ः०० वजे हामी निदाउन पुग्यौं ।
भोलिपल्ट १२ गते विहान सुनौलो नै देखिन्थ्यो । वर्षायाम भएपनि आज मौसमले साथ दिन्छ कि जस्तो लागेको थियो । तर पछि त्यस्तो भएन । विहान ८ः०० वजे पछि मैले साथीलाई गाउँघर घुमाएँ । मेरा आदरणीय गुरु नरनाथ मरहट्टाको घरमा साथीलाई लिएर गएँ । धेरै जसो छिमेकीहरु त्यहीँ नै भेला हुनुभएको रहेछ । कहिले आयौ खोला बढेको छ कति गाह्रो भयो नयाँ साथी पनि हुनुहुँदोरहेछ यस्तै यस्तै औपचारिक कुराकानी र चिनापर्ची गर्ने काम भयो । त्यसपछि हामी त्यहीँ तल डाँडामा झर् यौं । रमेश सरलाई मैले महेन्द्र÷मीनाको शाहदात घटनालाई त्यही जोडेर बताएँ । डाँडाबाट पश्चिम देखाए आँपपिपल जनता मा।वि। त्यही स्कुलमा पढाउने आदरणीय गुरु सुरेश वाग्ले सरको घर त्यही मुनी ऊ त्यो हर्मी भाज्याङ त्यही राजेन्द्र ढकाल दाज्युको घर त्यसभन्दा उतापट्टि कृष्ण ढकालको घर त्यहीनिर गीता वहिनीको घर पूर्वतिर फर्किएर त्यो भीमसेन र नीरु पोखरेल दाजु वहिनीको घर । बिहान यस्तै यस्तै गरेर वित्दै गयो । विहान ९ः३० वजे भाज्याङमा पाचै बाजा बजेको सुनियो । जुलुसको तयारी रहेछ जस्तो लाग्यो । गाउँका दाजुभाइहरुसँगै १०ः३० बजेतिर हामी स्कुल झर् यौं । थुप्रै स्थानीय र छिमेकी गा।वि।स। हर्मी छोप्राक आँपपिपल थालाजुङ्ग खोप्लाङ्ग का अभिभावक विद्यार्थीहरुको जमघट भइसकेको थियो । हामी त्यहीँ जनसहभागिताको प्रतिक्षाको कुराकानी गर्दै समय विताइ रहेका थियौ । ११ः३० वजेतिर बाजा गाजा सहितको जुलसले स्कुल परिक्रमा गर् यो । सबै जनासँग कुराकानीको आदानप्रदान भयो । स्कुलभरि र वरपरका बाटाघाटामा समेत मानिसहरुको जमघट भइसकेको थियो । त्यसदिन आफ्नो कमाइ खेतीपातीको चिन्ता कसैलाई भए जस्तो लाग्दैनथ्यो । सबैमा उत्साह र खुशीयाली मात्र थियो । स्कुल परिसरमा सामान्य किसानदेखि राष्ट्रका विद्वानहरु समेतको जमघट भइसकेको थियो । मैले सबैसँग कुराकानी गर्ने अवसर प्राप्त गरें । काठमाण्डौमा रहेर हर्मीमा कलेज स्थापना गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने आदरणीय दाज्यूहरु प्रा।डा। खड्ग बस्नेत डा। कृष्ण ढकाल मुक्ति भट्ट जनार्दन ढकाल पोवनाथ घिमिरे लगायत अन्य व्यक्तिहरु जसले यस कलेजको निमित्त असाध्यै धेरै ठूलो भूमिका निर्वाह गर्नुभएको छ । वहाँहरुको योगदान प्रसंसनीय रहेको छ । मलाई स्कुलमा पढाउने आदरणीय गुरुहरु रेवतीरमण ढकाल काशी घिमिरे दुर्गाभक्त घिमिरे नरनाथ मरहट्टा रामनाथ पोखरेल वेदशर्मा पोखरेल ऋषिराम घिमिरे र मेरा समकालीन साथीहरुसँग सामूहिक कुराकानी हुँदै थियो । त्यही वखत करीव १२ः१५ वजेतिर स्कुलको औपचारिक कार्यक्रम शुरु भयो । मेरा अति मिलनशार मित्र अमृत पराजुली सरले कार्यक्रम साचालन गर्नु भएको थियो भने व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद खनाल सरले अध्यक्षता ग्रहण गर्नुभएको थियो । अतिथिहरुको आसन ग्रहणमा मैले माथि उल्लेख गरेका व्यक्तित्वहरु नै हुनुहुन्थ्यो । मलाई पनि माचमा वोलाइयो । मसँगै जानु भएका रमेश सरलाई पनि माचमा अतिथि बनाइयो । पूर्वको मान्छेलाई पश्चिममा यसरी सम्मान गरिनु हामी हर्मीवासीको एउटा असल संस्कार थियो । माचबाट हरेक व्यक्तित्वहरुबाट कलेज पढ्न आउनेहरुको लागि दलित जनजाति महिला गरीवहरुको लागि निःशुल्क छात्रवृत्ति रकम उपलब्ध गराइदिने वचनवद्धता प्रतिवद्धता भयो । कार्यक्रमको वीच समयतिर एकझर पानी दर्कियो । गाउँभरीका मानिसहरु कोहि छाता आढेर कोहि भिज्दैकार्यक्रममा उत्साह थपिरहेका थिए । लाग्दथ्यो कलेजको लागि गाउँलेहरु जुनसुकै मूल्य चुकाउन पनि तयार थिए । यसै क्रममा मलाई माचमा बोल्ने अबसर प्राप्त भयो । मैले धेरै वोल्न चाहिन । मेरो विचारको केन्द्रविन्दु भनेको कलेजको प्रगतिको निमित्त हाम्रो एकता अपरिहार्य आवश्यकता रहेको भन्नु भन्दा वाहेक केहि थिएन । मैले स्कुल नजिक रहेकेा घरहरु स्वर्गीय पिता वमवहादुर भण्डारीको नाममा छात्रावासका लागि जग्गा दिने घोषणा गरे । वक्ताहरु वोल्ने क्रम छोटिदै गएर ५ः३० बजे समाप्त भयो । सबैजना गाउँलेहरु आ-आफ्नो घर फर्कने क्रम शुरु भयो । केहि समयपछि हामी पनि विदा भयौं । वेलुकी दिनभरिको कार्यक्रमको समीक्षा भयो । भोलिपल्ट श्रावण १३ गते हामी गोरखा फर्कनु पर्ने दिन थियो । पानी परिरहेको थियो । विहान ८ः०० वजे पानी पानीमा छाता ओढेर वाटा लाग्यौं । ओराली झर्दा गाउँलाई विदा गर्दै थियौं । भुसुण्डे पुगेपछि खोला तर्न लाग्दा हामीलाई ज्यादै संकट भयो । वल्लतल्ल खोला तर् यौं । मोटर बाटोले आफ्नो रुप फेरेकै थिएन । हाम्रो लागि जाँदा भन्दा फर्कदा झन् कठिन भयो । बेलुकी ५ः०० वजे हामी गोरखा वजार पुग्यौं । जतिसुकै भौतिक दुःख र कष्ट भएपनि मानसिक सन्तुष्टि प्राप्त भएको थियो ।
प्रसङ्ग अलिकति बदलेर जोड्न मन लाग्यो । महेन्द्रलीला उच्च मा।वि।ले हाल नयाँ गति लिएर अगाडि बढ्दै गएको छ । यो हामी सबैको लागि खुशीको कुरा हो । सर्वसाधारणदेखि लिएर बौद्धिक जमातहरुको रुचीको केन्द्र बन्दै गएको छ । काठमाडौं चितवन पोखरा लगायत स्वदेश÷विदेशमा रहने हर्मीवासीहरुको सहयोग सुझाव सल्लाह जुट्दै गइरहेको अवस्था छ । यो लेख लेखिरहँदा स्मारिका प्रकाशनको लागि दाजु पोवनाथ घिमिरे र म गोरखा वजारमा विज्ञापन र सहयोगको लागि सडक सडक हिडिरहेका छौं । थोरबहुत सहयोग पुग्ने नै छ । महेन्द्रलीला उच्च मा।वि।sाे मजवूत विशेषता भनेको महिला गिरिन्द्र भट्ट कार्यक्रमको संयोजक हुनुहुन्छ । वहाँ र म १ कक्षा देखि एस।एल।सी। सम्मसँगै पढेका साथी पनि हौं । गाउँको सेवा गर्न फर्कनु भएकोमा वहाँ विशेष धन्यवादको पात्र वन्नु भएको छ । त्यस्तै १ कक्षा देखि वि।एड। सम्मसँगै पढ्ने एकै ठाउँमा जन्मिएर खेलेर हुर्केका कृष्ण न्यौपाने सर जौवारी उ।मा।वि।sाे लामो सेवा छाडेर गाउँ फर्कनु भएको छ स्कुलको निम्ति । रामप्रसाद सर प्र।अ। हुनुहुन्छ । अन्य पुरानादेखि नयाँ सर मेडमहरुको लगनशीलता र मिहिनेत पनि वेजोडको रहेको छ । व्यवस्थापन समितिको अध्यक्ष पदमा शिक्षा क्षेत्रमा लामो अवधि सेवा र अनुभवका धनी दाजु नरनाथ मरहट्टा हुनुहुन्छ । यस्तो वेजोडको ऐतिहासिक टिम महेन्द्रलीला उच्च मा।वि।ले पाएको छ । यो हामी सबैको गौरव पनि हो । निश्चित रुपमा उच्च मा।वि।ले ऐतिहासिक सफलता प्राप्त गर्नेछ । महेन्द्रलीला उच्च मा।वि। सफल रहोस् । सदैव वाँचिरहोस् ।
८ हर्मी६ हाल गोरखा क्याम्पस गोरखाका सहायक क्याम्पस प्रमुख

अग्लिदै गएको विद्यालय र उग्लिंदै गएको म
मोदनाथ मरहटा
मेरो चेतनाको द्वार नवलपुर उ।मा।वि। म त्यस विद्यालयको नाम फेर्नु पर्छ भन्ने मान्यतामा छु र प्रस्तुत लेखमा हर्मी उ।मा।वि। प्रयोग गर्ने छु । लेखक अहिले नेपाल भरिका उ।मा।वि।हरुसँग कुम ठेलि रहेछ । त्यस उ।मा।वि।sाे आँगनबाट जो जसले उच्चता हासिल गरे ती मध्ये केही अविष्मरणीय व्यक्तित्व प्रति श्रद्धा समर्पण व्यक्त गर्दछु । ती महान् व्यक्ति जसले नयाँ नेपाल निर्माण गर्ने महान् अभियानमा आफ्नो अमूल्य जीवन अर्पण गर्नु भयो जेा उहाँहरु हुनुहुन्छ । भीमसेन पोखरेल मीना मरहट्टा महेन्द्र मरहट्टा गीता घिमिरे कृष्ण ढकाल सीताराम ढकाल जीवन कुमारी ढकाल विमला ढकाल नीरु पोखरेल निर्मल पोखरेल यी नामहरु अमेट्य छन् । त्यसो त होनहार युवा नेता राजेन्द्र ढकाल जसको हालसम्ममा पनि अत्तो पत्तो छैन उहाँ पनि यसै विद्यालयका सपुत हुनुहुन्छ । यी आदरणीय नामसँगै अन्य कैयौं अगुवाहरु स्मरणयोग्य हुनुहुन्छ ।
शैक्षिक सत्र २०६५ को पहिलो दिन थियो म चक डस्टर समातेर कक्षा कोठा भित्र प्रवेश गरें ूओ सर बस्ने ठाम त छैन पो ।ू एउटी ८-९ बर्षकी छात्राले गुनासो गरिन् । म एकछिन घोरिएँ र विगत तर्फ डोरिएँ । मास्टरी जीवनका तीस वर्षहरुमा यस्ता गुनासा थुप्रै सुनेको छु र निर्लज्ज पचाएको पनि छु । त्यसो त हामी विद्यार्थी छँदा बस्ने ुकाठु को ठूलो संकटमा थियौं । प्राथमिक र निम्न माध्यमिक तहसम्म हामीले हर्मी विद्यालयमा अध्ययन गर् यौं । जतिबेला हामी विद्यार्थी थियौं विद्यालय भवनको छाना थिएन । झ्याल ढोका त कहाँ पाउनु । त्यहाँ दरिद्रता र अभाव सिवाय केही थिएन । बस्ने काठका नाममा कित ढुङ्गा हुन्थे अथवा घरबाट चकटी बोकेर लगिन्थ्यो । माथिल्लो कक्षामा कतै बाँसका कप्टेराको टाँड बुनिन्थ्यो नत्र फगत धुलै धुलो । त्यही धुलोमा हुतुतु कपर्दी खेलिन्थ्यो । खुट्टामा घाउ लागे रगत बगे त्यही धुलो छर्केर रोक्ने गरिन्थ्यो । पैसा र चेतनाले पो हामी दरिद्र थियौं त । खुला आकाशको छाना मुनी हामीले पाँच छ बर्ष गुजार् यौं । हिउँदको घाम छेक्न तार्के बनबाट ठूला ठूला कटुसका लाँक्रा ल्याउँथ्यौ । तर जब पानी पथ्र्यो ँछुट्टीु भन्दै घरतिर दौडन्थ्यौं । इतिहासका ती दिनहरु ती वालसङ्गती आज स्मृतिका पानाहरुमा स्पष्टसँग कुँदिएका छन् । हामी अभाबै अभाब बोकेर हुर्कियौं । कापी कलम किताब झोला डेस्क बेाच खेल्ने चौर कुनै वस्तुको पहुँच भएन । युग र अध्ययनले हामीलाई त्यस विद्यालयले पार लगायो । हामी आ-आफ्नै गन्तब्य समातेर बाटो लाग्यौं । त्यो २०२८ को हिउँद थियो । आठ कक्षाउत्तीर्ण गर्ने हाम्रो समूह चौथो थियो ।
त्यस विद्यालयको विद्यार्थी बनेर पार लागेको पूरा एघार बर्ष पछि शिक्षक बनेर म पनि हर्मी विद्यालयमा भित्रिएँ । जिल्लाका राम्रा नि।मा।वि। भित्र त्यो विद्यालय पनि पथ्र्यो र त्यहाँ शिक्षक बनेर आउनु ठूलै लडाई जिते झैं मानिन्थ्यो । तर त्यो समयसम्म पनि अभाव ज्यूँ का त्यूँ थियो । ूसर बस्ने काठै छैन ।ू त्यहाँ पनि विद्यार्थीहरुको गुनासो हुन्थ्यो । हामीसँग ती गुनासा समाधान गर्ने क्षमता थिएन । प्राथमिक शिक्षा निःशुल्क भए पनि भौतिक श्रीवृद्धिमा राज्यको दायित्व शून्य थियो । भवन फर्निचर सधैं पुगेस् पुगेस् मात्र ।
०३५-०३६ को विद्यार्थी आन्दोलनले हर्मी विद्यालय पनि अछुतो रहेन । मुलुकभर पाचहरुको रजगज चलिरहँदा पनि हाम्रा विद्यार्थीहरु निर्धक्क पाचायती विरोधी चेतनामा हुर्किए । स्थानीय पाचहरु विद्यार्थी गतिविधिमा केही शिक्षकहरुलाई जोडेर हेर्थे र हामीसँग मुर्मुरिन्थे । त्यसो त स्थानीय विकास निर्माणमा पाचहरु उदास थिए । अनि संस्थाको बन्दोबस्ती कसरी बौरन्थ्यो र
विकासको गतिलाई छेक्न खोज्ने हुतिहारालाई इतिहासले पाखा लगाउँछ । हर्मीको हकमा पनि त्यहि नियम लागु भयो । २०४४ को बार्षिक दिवशमा नि।मा।वि। कक्षा बढोत्तरीको प्रस्ताब पास भयो र लागु पनि भयो । ती अभिभावकहरु धन्य हुनुहुन्छ जसले धरौटी रकमका लागि आफ्ना गहना समेत फुकालेर दिनुभएको थियो । इतिहास जित्नेहरुले लेख्छन् आखिर हर्मी मा।वि। पनि उ।मा।वि।सम्म उकालो लाग्यो ।
हर्मी मा।वि।मा मेरो शिक्षण अवधि ६ बर्षको रह्यो । तन्नेरी बेलाका केही जोश केही उट्पट्याङ र केही निराशा मसँगै हुर्किएका थिए । शिक्षण कार्यको व्यस्तता भित्र कतिपय नकारहरु स्वीकार गरिए । एकै एकै प्रवृत्तिका हामी केही पात्रहरुसँग उट्पट्याङ संस्मरणहरु पनि छन् । एकदिनको घटना हो एकजना शिक्षक साथीले पन्ध्र पुसको लागि एकमाना चिनी किनेर हाते रुमालले बाँधी दराजमा राखेर कक्षामा जानु भएछ । हामी मध्ये कुनै एक साथीले सोही परिमाणको बालुवा चिनीको सट्टामा बाँधेर तत्स्थानमा राखिदिनु भएछ । विचरा ती साथीले चिनी ठानेर बालुवाघर लानु भएछ । पन्ध्र पुसको लट्टे बालुवाको पोको केहि दिन हाँसो चल्यो ।
जन प्रतिनिधिका केही प्रवृत्ति उत्खनन् योग्य पनि थिए । विद्यालयका डेस्क बेाचहरु चाक्ला फल्याकहरु झ्यालका फलामे डण्डीहरु हेर्दा हेर्दै गायब हुन्थे तर बुझ्दै जाँदा केही पाचहरुका ढोकाका खापा पल्ला र झ्यालमा ती सजिन्थे । सामाजिक संघ संस्थालाई दुहुनो गाई बनाएर दुहुन जन प्रतिनिधि खप्पिस थिए । विकासका नामका सरकारी मन्त्रालयमा पाचहरुकै धाक रबाफ पुग्दथ्यो । एक पटक स्थानीय विकासको क्षेत्रिय कार्यालयबाट विद्यालय छाना मर्मतमा केही बण्डल जस्ता पाता निकाशा भयो रे तर विद्यालयलाई हात लाग्यो शून्य भयो । हामी नामर्दीहरुले सत्य तथ्य वाहिर ल्याउने आँट पनि गरेनौ । अहिले संझदा थकथकी लागेर आउँछ ।
पाचायत ढल्यो भनेपछि आएको बहुदलले पनि विद्यालय माथि बलात्कार गर्न छाडेन । ०४९÷०५० मा विद्यालयका शिक्षकमाथि ुप्रजातान्त्रिक सत्ताुले नाङ्गो नाच देखायो । साँचै भन्दा वर्ग संघर्षको शुरुवात त्यहीँबाट भयो । राजनैतिक चेतनाका कारण कम्युनिष्ट भनिएका माथि निर्मम दमन गरियो । एकै मितिमा एउटै शिक्षकलाई तीनवटा विद्यालयमा सरुवा गर्ने जस्तो लज्जास्पद कार्यले तत्कालिक काँग्रेसी व्यवहारको तीतो यथार्थ धेरै साथीहरुले भोग्नु भयो । सरकारी रवैयाको विरोध गर्दा हामीले जनस्तरमा पनि पृथकीकरणको अनुभूति भेट्यौं ।
सत्ताको उन्मादले आस्थागत अन्याय गरेर शिक्षकहरुलाई काली र माली पार् यो । जनस्तरले डटेर विरोध गरेको पनि हो । अहिले यो संस्मरण लेखिरहँदा श्रद्धेय युवा बुद्धिजीवि राजेन्द्र ढकाल सम्झिरहेको छु । जसलाई आततायी राज्यले वेपत्ता पारेको छ ।
मैले हर्मी विद्यालयमा ६ बर्ष मात्र शिक्षक बन्ने अवसर पाएँ । त्यतिबेला मेरो छुट्टै निजी घरजम थियो । पिताले जोगाउनु भएको चल अचल सम्पत्ति ३ चिरा पारेर एक हिस्सा भोग चलन गरें । पर कतै पराइकी छोरी जीवन साथी बनेर आइन । घर पायकी जागिर भएर पनि म अभावबाट मुक्त हुन सकिन । अभावको पहाडले सधैं थिचिरह्यो । प्रत्येक जागिर बुझेको भोलिपल्ट खल्ति रित्तो हुन्थ्यो । साहु भनिएकाहरुको घोच पेचले म पटकपटक घाइते भएको हुन्थें । हुन त अहिले पनि यो क्रम यथावत छ । हर्मी विद्यालयमा रहँदा केही जोडिए भने तीन छोरी जन्मीए र असी सय साहित्यका पुस्तक साँचिए । आज हर्मी विद्यालय र विद्यालयको सेरो भन्दा धेरै टाढा छु तर मनभरि त्यहि विद्यालय नाँच्छ ।
प्राथमिक तह देखि उकासिदै गएको विद्यालय उ।मा।वि।सम्म उक्लिएको छ । भौतिक समस्या अझै छन् । भवन फर्निचर पुराना छन् । खेल्ने चउर साँघुरिदो छ तर पनि वर्तमानका अगुवा बन्धुहरुसँग दृढ इच्छा शक्ति छ । पूर्ण आत्म विश्वास छ । भोलिको एउटा विहान महाविद्यालयस्तरको कक्षा साचालन हुनेछन् । यो पक्का भविष्यवाणी हो ।
आफूले धुलो खाएर क बर्णबाट शुरु गरेको विद्यालय उज्यालिदै अग्लिँदै गएको छ तर त्यस्तै आँगनमा धुलो खेल्दै हुर्किएको म आज भन्दा भोलि उग्लिंदै गएको छु । विधिको यो क्रममा मेरो हर्मी विद्यालय फुलोस् फलोस् ।
म त मर्छु बाँची रहोस् नवलपुरको माटो
कैल्यै पनि नष्ट नहोस् नवलपुरको बाटो ।
- बैशाख २९ ०६५ भुङ्ली चोक गोरखा ।
>

Subscribe to:
Posts (Atom)