Rabindra Prasad Dhakal(Dr. Eng.)
गाऊं सानो थियो र अहिले पनि छ। तर यसको बहुत राम्रो बिशेषता के थियो भने काठमांडू पोखरा हिडेर जाने मान्छेहरुले(उहिलेको कुरा) यो ठाउंलाई चाहेर पनि भुल्न सक्दैन्थे रे (भुल्न नदिएको भएर राम्रो भनेको), हर्मीको चिप्लो र रातो माटो। हामी सानो छंदा पनि भंझ्याँगमा बसेरा बिचरा मान्छे लडेको हेर्न कम्ता रमाइलो त हुन्थेन। उसको अगाडी हास्न नहुने, कहिले काही हांसो फुस्की हाल्ने। यो लड़ने कुरा गर्दा जहिले पनि एउटा रमाइलो घटना याद आउछ। झरीको दिन थियो, एक जना क्याम्दिने भनिने दाई बजारको बिचमा हलो नै बोकेर लड़े। जुरुक्क उठे, पहिला घडी नबिग्रेको निर्क्योल गरे, चोट नलागेको देखेर दंग परे, पल्यापुलू हेरे, यता पसलमा बसेर एक जना बुढा दर्जी बा भन्दै थिए, सम्दी कती बजे लड्नु भएछ? अब हामी नहासेर भयो?एक जमाना यस्तो थियो, काफल खाने ऐसेलु टिप्ने, खोलामा पौडी खेल्ने, स्कुल बिदा भएन भने पुरा गर्न नसक्ने माग राखेर हड़ताल गर्ने, अनि खोलामा जाने। तेहा खुसी नै थियो, तराईमा गयो गर्मी, नमिठो पानी, काठमांडू बेसरी जाड़ो, ठिगिर्याउने पानी या धुलो। आहा मेरो गाउं भन्ने हुन्थ्यो। सबै घरमा पढेका मान्छे थिए, गफ गर्यो भने की राजनीतीका कि कसैको पढाई या जागिरका। दशैंमा सबै घर आउंथे, त्यही एउटा लाइफलाइन थियो, हर्मी तेर्हकिलो पैदल मार्ग। नून, तेल, मसला, कपडा जे भने पनि यही बाटो भएर आउंथ्यो, या त त्यों छोराको ब्याग चडेर होस या भरिया को थुम्से।ऐले केही परीबर्तन भएको छ, लाईफ लाइन थापिएका छन, धुलौटे बाटाहरु तछाड मछाड गरेर लम्पसार परेका रहेछन. घर ओरिपरी यामानोते नै दौडिएला जस्तो गरी रिंगरोड देख्दा सांच्चै मन पुलकित त हुंदो रहेछ। कैयौं बर्ष पहिला हुन पर्ने बिकास बल्ल देख्दा पनी अचम्मै मान्नु पर्ने छ। हुन त यत्ति नहुने गाऊं अझै कति छन। समय को खेल हो किनकी हम्रोमा समय बाहेक अरुको रोल हुन्न यत्तिको बिकास हुन।मेरो गाउँमा समयले फुकाएको बिकसको पोको यही हो। अहिले हरेक घरमा बत्ती छ, पन्चबाटोको चोक बनेको छ यो बजार, आडमा हेल्थ पोस्ट छ, २ ओटा प्रा बी छन , एउटा +१२ सहित हाइस्कुल छ, क्याम्पस बन्ने योजनामा छ, बाख्रा पालन र केरा खेती ब्याबसायिक रुपमा पस्दैछा। आश गरौ सबैको जांगर अरु बढोस, समयको गति भन्दा छिटो बिकाश होस, ऐलेलाई यत्ति।
No comments:
Post a Comment