नरेन्द्र ढकाल
हर्मीमा
आफ्नो दोश्रो बार्षिक उत्सब तथा गणतन्त्र दिवशको अवसर पारि हर्मी भन्ायाङमा रहेकेा नव विहानि युवा क्लबले शुक्रवार राति बृहत मनोरानात्मक सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
साँझ सात बजेबाट शुरु भएको उक्त कार्यक्रम विहान ३ बजे सम्म लगातार रुपमा चलेको थियो । खचाखच दर्शकहरुको सहभागिता रहेको कार्यक्रममा स्थानिय युवा तथा बालबालिकाले निर्धक्क आफ्नो प्रतिभा प्रष्फुटन गराए । क्लबका अध्यक्ष कृष्ण ढकालले मैन बति बालेर उद्घाटन गरेको कार्यक्रममा मलिउमाविमा प्रअ राम प्र अधिकारीले शुभकामना मन्तब्य ब्यक्त गर्नु भयो । कार्यक्रम हर्नैका लागी हर्मीका साथ साथै आँपपिपल र छोप्राक देखिका दर्शकहरु आएका थिए ।
आफ्ना सृजनात्मक प्रतिभा उजागर गर्ने क्रममा युवाहरुले कविता गजल मुक्तक वाचन गनृ्रका साथै गीत नाच र नाटक प्रर्दशन गरेर दर्शकहरुलाई पूर्ण मनोराजन दिन सफल भए । दर्शकहरुको उल्लेख्य सहभागीताले गर्दा आफुलाई फेरी पनि यस्तै कार्यक्रम आयोजन गन हौसला मिलेको क्लबका युवाहरु बताउँछन् ।
No comments:
Post a Comment