नमस्ते यहाँहरु सम्पूर्णलाई
दशैको दौरानमा लामो समयको गोरखा बसाई पछि काठमाडौ पर्किएको छु र बोकि आएको छु हर्मी र आसपासका समाचारहरु कोसेलि स्वरुप
ती कोसेलिका पोकाहरु क्रमिकरुपमा ब्लग मार्फत फुकाउँदै जाने छु तर पहिलो चरणमा भने हर्मी र आसपासमा दशै भरि के कस्ता गतिविधिहरु भए त
पोष्ट गरेको छु ब्लगमा दशै न्युज प्याकेज अन्तर्गत अन्र्तगत ।
प्रािवधिक कठिनाईका कारण समाचार पोष्ट गर्न केहि ढिला भएको छ । हर्मीमा ईन्टरनेट सुविधा नपुगेका कारण समाचार पोष्ट गर्न ढिला हुन गएको हो । हामी सबैले हर्मीमा ईन्टरनेट पहुच पुर्याउन पहल गर्न सकेमा मात्र समयमै हर्मीको विस्तृत समाचार र गतिविधिशरु तत्काल प्राप्त गर्न सक्ने थियौ कि यस बारेमा तपाइहरुको धारणा के छ
समाचार र फोटो हेरि सके पछि प्रतिकि्रयाको आशा सहित
तपाईको
विकास
Showing posts with label दशै न्युज प्याकेज. Show all posts
Showing posts with label दशै न्युज प्याकेज. Show all posts
Monday, October 12, 2009
नव प्रतिभालाई गतिलो प्लेटफम बन्यो : स्रष्टा र सृजना

नवलपुर, हर्मी
विगतका बर्षहरुमाझै यसपालीको दशैका पनि कि्रयटिभ डिलाईट हर्मीको आयोजनामा नवलपुरमा रहेको महेन्द्र लीला उच्च मावि परिसरमा महाअष्टमीका दिन सष्टा र सृजना एउटा पूर्ण साहित्यिक जमघट सम्पन्न भएको छ ।
स्रष्टा र सृजना अन्र्तगत आयोजित खुला गजल र कविता प्रतियोगीतामा हर्मी र आसपासका गाविसका गरि जम्मा ३८ जना स्रष्टाहरुले आफ्नो सहभागीता जनाए । ती मभ्ये कविता तर्फ दिपेन्द्र घिमिरेले प्रथम प्रगति ढकालले दितिय र शक्ति बल्लब पोखरेल र राम चन्द्र ढकालले क्रमश तृतिय र सान्तोना स्थानको पुरस्कार प्राप्त गरे । त्यसै गरि गजल तर्फ विनु दानकोटि प्रथम शोभा परियार सामाम आशु दितिय अनि माधब ढकाल र अन्जु बस्नेतले क्रमश तृतिय र सान्तोना स्थानको पुरस्कार हात पारे ।
अग्रज स्रष्टाहरुको सम्मान गर्दै नव प्रतिभाहरुको सृजनशिलता उजागर गरि सबैलाई साहित्यको क्षेत्रमा माथि उठाउन कार्यक्रम आयोजना गरिएको कियटिभ डिलाईटका विकास ढकालले जानकारी दिनु भयो ।
पुरस्कृत गजल र कविता आवर हर्मीमा छिटैनै पोष्ट गरिने छ ।
लोक संस्कृति जगेर्ना गर्न लागीपरे युवा

नवलपुर हर्मी
गाउँ घरबाट करिब करिब लोप हुने अवस्थामा पुगिसकेका पुराना लोक संगित र संकृतिको जगेर्ना गर्न नवलपुर आासपासका युवाहरु कम्मर कसेर लागी परेका छन् ।
यसै शिलशिलामा विजया दशमिको अवसर छोपि नवलपुर युवा क्लबको आयोजनामा महाअष्टिमीका दिन महेन्द्र लिला उच्न माविको प्राङगणमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
उक्त संास्कृतिक कार्यक्रममा पुराना लोक संगित र नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा लोपुन्मुख पाङदुरे ठाडो भाका मारुनि चुड्का लगायतका पुराना लोक संगित प्रस्तुत र्गिरएको थियो । पुराना धार्मिक मिथकमा आधारित रहेर गाईने र नाचिने पाङदुरेलाई स्थानिय कलाकारहरुले समसामयिक विषयबस्तु समेटेर नयाँ रुप दिए ।
पूर्व पश्चिम उत्तर दक्षिण तराई पहाड हिमाल
कस्तो बन्ला नयाँ नेपाल
पूर्व मेचि पश्चिम मालि उत्तर हिमाल तराई
सम्झे कोहि छैन पराई
त्यसै गरि गरिबिले गाँजेकाहरुका लागी कसरी दशै अगाबै अगाबको चाड भएको छ भन्ो कुरा चुड्का गित मार्फत यसरी प्रस्तुत भयो ।
हा हा गरिबलाई ठूलो मर्म छ
लुगा कसको पसलका मासु कसको घरमा छ
हा हा गरिबलाई ठूलो मर्म छ
महङगिले निम्न बर्गलाई कति समस्यामा पारेको छ भन्ने सन्दर्भ गितका यसरी मिसियो
महङगीले कुनै कुरा किनी साध्य छैन
जसरीनी दशै तिहार नमानेर भैन
कार्यक्रम स्थलमा लोपुन्मुख परम्परा गत लोक प्रस्तुतिहरु हेर्न र सुन्न सयौ दर्शकहरु सहभागी थिए । उपस्थित दर्शकहरुलाई मनोरन्जन दिन नवलपुर आसपासका बुढापाका देखि युवा युवति सम्म गला फुलाउदै गाउँदै र कम्मर मर्काेदै नाच्न तल्लिन थिए । उक्त कार्यक्रमलाई कि्रयटिभ डिलाईट हर्मीले प्रबर्धन र आवर हर्मीले प्रचार गरेर सहयोग गर्ने काम गरेको थियो ।
गीत मार्फत चेतना फैलायो नव बिहानीले

हर्मी
शुभ विजाया दशमीको अबसरमा नव विहानी युवा क्वबले हर्मी भन्ज्याङ्गमा एक भब्य संास्कृतिक कार्यक्रमको आयेजना गर्यौ ।
महानवमिको दिन आयोजित उक्त संास्कृतिक कार्यक्रममा स्थानिय नव विहानी युवा क्लबका कलाकारहरुले चेताना मूलक गीत संगित नाटक प्रहसन कविता आदि प्रस्तुत गरेका थिए । सो कार्यक्रममा हर्मी गाविसका दिप ज्योति सयपत्रि लगायतका अन्य क्लवका प्रस्तुति पनि प्रर्दशन गरिएको थियो । कार्यक्रम हेर्न हर्मी भन्ज्याङ्गमा खचाखच दर्शक उपस्थित थिए ।
नेपाल विकशित भए नेपमलमा रोजगारी छ
यहि देशमा रोजगार पाए विदेशमा किन जानु त
दक्षिणको तराईमा सुन फुलाउन सकिने
उत्तरको हिकाल हेरि मन भुलाउन सकिने
पूर्वमा लाली छाउदै छ
हर्मीको दिन अब आउदै छ
जस्ता चेतना मूलक गीतहरु मार्फत आफूहरुले सामाजिक जागरणका लागी कार्यक्रम आयोजना गरेको नव विहानीका अध्यक्ष कृष्ण ढकालले आवर हर्मीलाई जानकारी दिएका छन् ।
नवलपुरमा अन्तकि्रया सम्पन्न

नवलपुर, हर्मी
दशैको समयमा गाउँका बुदिजिविहरु गाउँ भित्रिएको अबसर छोपि महेन्द्र लीला उच्च माविले महानवमीका दिन विहान एक अन्तकि्रया कार्यक्रम आयोजना गर्यो ।
सो अन्तकि्रयामा नवलपुर आसपासका करिब सय जना बुदिजिवि र विद्यालयका शुभचिन्तकशरुको सहभागिता रहेको थियो । आगामी दिनमा विद्यालयलाई कसरी अगाडी बढाउने भन्ने मूल विषयमा केन्द्रित छलफलमा सहभागीहरुले आ आफ्ना साय सुझाब पेश गरेका थिए ।
विद्यालयका भूत पूर्व प्र अ राम प्र अधिकारीले विद्यालयको वर्तमान अवस्थाको अवगत गराई शुरु भएको कार्यक्रममा प्र अ कृष्ण ब न्यौपाने ब्यवस्थापन समिति अध्यक्ष नरनाथ मरहठ्ठा र स्थानिय समाजसेवि जनार्दन ढकालले विद्यालयको वर्तमान पेरीफेरी र भविष्यका समस्या चुनौति र योजनाका बारेमा आ आफ्ना भनाई राखेका थिए । त्यस पछि विद्यालयका तर्फबाट पेश गएिका छलफलका बुदाहरु कम्पुटर शिक्षा कसरी प्रभाबकारी बनाउने छिमेकी उच्च मावि सगँ कसरी प्रतिस्पर्दा गर्ने डिप्लोमा चलाउन कसरी अगाडी बढ्ने लगायतका बुदाहरुमा बुदिजिबिहरुले आ आफ्ना भारणा प्रस्तुत गरेका विद्यालयका प्र अ केवि न्यौपानेले आवर हर्मीलाइ जानकारी दिएका छन् ।
संगितमा झुम्यो कैचलपानी
कैचलपानी ,हर्मी
झम झम परेका पानीको कुनै प्रवाह नगरि युवाहरु नाच्न र गाउँन तल्लिन भए र िसंगो रात छिचोले पनि लोक र आधुनिक संगितको समिश्रणका साथ हर्मीको एक मात्र गुरुङ बस्ति कैचलपानीका युवाहरुको जमात नमूना युवा क्लबले नवमीका रात आयोजना गरेको दर्शै रमझम कार्यक्रममा । स्थानिय क्लब घरको आँगनमा आयोजित रमझम कार्यक्रममा बुढा पाका देखि बालब सम्म कम्मर मर्काई मकाई नाचे । नाच्ने तागत नभएका बुढा पाका मतमताउने पानीको सहारामा नाचे भने युवा पुस्ता चुड्मा ,सालैजो , दोहोरी र रिमिक्स पप संगितको सहारामा ।

सरस्वतिमा अन्तकि्रया सम्पन्न
पिपलथोक, हर्मी
सरस्वति प्रावि पिपलथोक हर्मीमा दशैको अबसरमा एक अन्तकि्रया कार्यक्रम सम्पन्न भयो ।
नवमीको दिन साँझमा आयोजित सो अन्तकि्रया कार्यक्रममा समाजका विद्वत वर्गहरुका विच विद्यालयको भावि दिशा र वर्तकान अवस्थाका बारे विचार विमर्श गरिएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बाबुराम सापकोटाले जानकारी दिनु भएको छ ।

जनता माझ लेखनाथ

हर्मी
नेकपा माओबादि गाउँ पार्टि कमिटि हर्मीले दशैको अवसरमा चम्पावति मावि निवारे र हर्मी भन्ज्याङ्गमा समसामयिक राजनितिक सन्दर्भहरुका बारेमा दुई छुटा छुटै अन्तकि्रया कार्यक्रम सम्पन्न गर्यो ।
अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले अन्र्तकि्रयामा समसामयिक राजनितिका बारेमा जनताहरुले राखेका जिज्ञाशा र प्रश्नहरुको जवाफ दिनु भएको थियो । कार्यक्रममा लेखनाथ न्यौपानेका साथै स्थानिय पार्टिका नेता तथा बुदिजिविहरुले समेत आ आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।
बुदिजिविले गरे सहयोग जुटाउने प्रण
हर्मी
दशैको अबसरमा विज्ञान प्रावि हर्मी भन्ज्याङले दशमीको दिन साँझ विद्यालयका शुभचिन्तक र बुदिजिविहरु गाउँ भित्रिएको मौका छोप्दै आफ्ना समस्या र योजनाहरुका बारेमा एक छलफल कार्यम्रम आयोजना गर्यो ।
विद्यालयका प्र अ राम प्र पराजुलिले विद्यालयका स्थान्तरण पछिका समस्या शिक्षक दरबन्दि र पारिश्रमिक तथा विद्यालयको बर्तमान अवस्थाका बारेमा अबगत गराउने भएपछि बुदिजिविहरुले आफूहरुको तर्फबाट सहयोग जारि रहने र अन्यत्र पनि भवन निमार्ण र शिक्षक दरबन्दि थप्न पहल गरिने जानकारी दिए । कार्यक्रममा दामोदर अधिकारी , जनर्दन ढकाल , राम प्र अधिकारी इश्वरी भट्ट , खेम राज अधिकारी , माधव राज भट्ट , जीवन ज्योति ढकाल , विकास ढकाल लगायतले आ आफ्ना भनाईहरु राखेका थिए ।

बजार विस्तार गर्न छलफल
हर्मी
असोज ९
हर्मी भन्ज्याङ्ग बजारलाई हालसालै निमार्ण भएका सडकको दायु बायाँ थप विस्तार गर्नका लागी जग्गा धनी र स्थानिय बुदिजिविहरु बिज छलफल कार्यक्रम सम्पन्न भएको छ ।
गाविस भवनको प्राङगणका दशैको फूलपातीका दिन आयोजित सो छलफल कार्यक्रममा सहभागीहरुले बजार विस्तारका लागी घडेरी भएकाहरुले आ आफ्नो घडेरीहरु बिकि्र गरेमा मात्र बजार विस्तार र विकास सम्भब हुने धारणा ब्यक्त गरेका थिए ।

बुढापाका सम्मानित
थुम्कि ,छोप्राक
मेल भन्ज्याङ्ग युवा क्लव र थुम्कि विकास समाजको आयोजनामा छोपा्रकको थुम्किमा दशैको अष्टमीका दिन विविध सास्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा क्लवका तर्फबाट विविध सास्कृतिक प्रस्तुति देखाईयो भने थुम्कि विकास समाज काठमाडौले थुम्कि आसपासका बयो बुढापाका नागरिकलाई सम्मान गरेको स्थानिय बुदिजिवि रुद्रनाथ पोखरेलले जानकारी दिनु भयो ।

उपहार कार्यक्रमको नतिजा घोषणा
निभारे ,हर्मी
नव चम्पावति युवा क्लब विभारेले दशै तिहार उपहार कार्यक्रमको नतिजा महाअष्टमीका दिन सार्बननिक गरेको छ ।
चम्पावति मावि परिसरमा आयोजित कार्यक्रममा उपस्थित जन जमुदायका अगाडी उपहार कार्यक्रमको नतिजा घोषणा गएिको हो ।

अल्मूनाईले गर्यो ज्ञानोदयलाई सहयोग
भलायखर्क लमजुङ
लमजुङको भलायखर्क गाउँ विकास समितिमा रहेको ज्ञानोदय उच्च माविका पूर्व विद्यार्थिहरुको संस्था ज्ञानोदय अल्मूनाई एसोसिएसनले विद्यालयको नाममा छापेको क्यालेन्डरबाट उठेको रकम दशैको नवमीका दिन विद्यालयलाई हस्तान्तरण गरेको छ ।
गत बर्ष स्थापना भएको १७ सदस्सिय कार्य समिति रहेको सो एसोसिएसनले विद्यालयको हितमा विभिन्न कार्यक्रमहरु गदै आएको र गरिरहने उक्त सस्थाका सस्थापक सदस्य गोविन्द राज न्यौपानेले जानकारी दिनु भएको छ ।
क्यालेन्डर छापेर उब्रिएको दश हजार एक सय रुपैया रकम एक कार्यक्रमका विच एसोसिएसनका अध्यक्ष अमृत ब बस्नेतले उच्च मावि सचालानार्थ विद्यालयलाई हस्तान्तरण गरेको खबर प्राप्त भएको छ ।

Subscribe to:
Posts (Atom)