Monday, October 12, 2009

लोक संस्कृति जगेर्ना गर्न लागीपरे युवा





नवलपुर हर्मी
गाउँ घरबाट करिब करिब लोप हुने अवस्थामा पुगिसकेका पुराना लोक संगित र संकृतिको जगेर्ना गर्न नवलपुर आासपासका युवाहरु कम्मर कसेर लागी परेका छन् ।

यसै शिलशिलामा विजया दशमिको अवसर छोपि नवलपुर युवा क्लबको आयोजनामा महाअष्टिमीका दिन महेन्द्र लिला उच्न माविको प्राङगणमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
उक्त संास्कृतिक कार्यक्रममा पुराना लोक संगित र नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा लोपुन्मुख पाङदुरे ठाडो भाका मारुनि चुड्का लगायतका पुराना लोक संगित प्रस्तुत र्गिरएको थियो । पुराना धार्मिक मिथकमा आधारित रहेर गाईने र नाचिने पाङदुरेलाई स्थानिय कलाकारहरुले समसामयिक विषयबस्तु समेटेर नयाँ रुप दिए ।
पूर्व पश्चिम उत्तर दक्षिण तराई पहाड हिमाल
कस्तो बन्ला नयाँ नेपाल
पूर्व मेचि पश्चिम मालि उत्तर हिमाल तराई
सम्झे कोहि छैन पराई
त्यसै गरि गरिबिले गाँजेकाहरुका लागी कसरी दशै अगाबै अगाबको चाड भएको छ भन्ो कुरा चुड्का गित मार्फत यसरी प्रस्तुत भयो ।
हा हा गरिबलाई ठूलो मर्म छ
लुगा कसको पसलका मासु कसको घरमा छ
हा हा गरिबलाई ठूलो मर्म छ
महङगिले निम्न बर्गलाई कति समस्यामा पारेको छ भन्ने सन्दर्भ गितका यसरी मिसियो
महङगीले कुनै कुरा किनी साध्य छैन
जसरीनी दशै तिहार नमानेर भैन

कार्यक्रम स्थलमा लोपुन्मुख परम्परा गत लोक प्रस्तुतिहरु हेर्न र सुन्न सयौ दर्शकहरु सहभागी थिए । उपस्थित दर्शकहरुलाई मनोरन्जन दिन नवलपुर आसपासका बुढापाका देखि युवा युवति सम्म गला फुलाउदै गाउँदै र कम्मर मर्काेदै नाच्न तल्लिन थिए । उक्त कार्यक्रमलाई कि्रयटिभ डिलाईट हर्मीले प्रबर्धन र आवर हर्मीले प्रचार गरेर सहयोग गर्ने काम गरेको थियो ।

No comments:

Post a Comment