Showing posts with label हर्मीको सेरोफेरो. Show all posts
Showing posts with label हर्मीको सेरोफेरो. Show all posts

Sunday, December 4, 2011

गोरखाका विभिन्न ग्रामिण सडक निमार्णका लागी ३५ करोड थप


गोरखा, भौतिक योजना तथा निमार्ण मन्त्रालयले कार्तिक २९ गते सचिब स्तरिय निर्णय गरि यस अघि रातो किताबमा परेका गोरखाका विभिन्न ग्रामिण सडकहरु कालोपत्रे तथा स्तरोन्नति गर्न ३४ करोड ७१ लाख ५१ ह्जार रुपैयाँ थप गर्ने निर्णय गरेको छ । यो रकम केहि सडकमा कालोपत्रे केहिमा ग्राभेल तथा केहिमा नाली खन्ने तथा ट्याक खोल्ने कामको लागी थप गरिएको मन्त्रालयको निर्णयमा उल्लेख छ ।

गोरखाका सभासद्हरुका साथै प्रधानमन्त्रि डा बावुराम भटराईको आग्रहमा मन्त्रालयले सडकका लागी कार्यक्रम थप गरेको बुझिएको छ । सभासद् तथा प्रधानमन्त्रिले सात वटा छुट्टाछुट्टै सडकका लागी थप बजेट माग गरे पनि ती मध्य पहिलो चरणमा पाँच वटा सडकमा मात्र रकम थप भएको हो । स्वीकृत हुन बाँकी दुई चोरकाटे-चित्रेपोखरी-भच्चेक र बुङकोट-नाम्जुङ-फुजेल सडकलाई पनि छिट्टै रकम थप्ने योजना रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

कुन सडकका लागी कति कति रकम छुट्याइयो त हेनुस् तलको विस्तृत विवरण

१ ।मध्यपहाडि लोकमार्ग अन्र्तगत छेपेटार-लुईटेल-पालुङटार-लमजुङ हुलाकी मार्ग १५ किलोमिटर कालोपत्रे गर्न १८ करोड ३१ लाख ६५ हजार रुपैयाँ

२।तुरतुरे ठाँटिपोखरी सडक कालोपत्रे तथा ठाँटिपोखरी-छापथोक-आँपपिपल-हर्मी सडक ५ किलोमिटर ग्राभेल गर्न ९ करोड ४३ लाख ३८ हजार रुपैयाँ

यी दुबै बहुवर्षे योजनाको ठेक्का गर्न मन्त्रालयले सडक विभागलाई सहमति दिइसकेको छ

३। पन्थडिहि(समिचौतारा)-कटहरे-हर्मी सडकको ११ किलोमिटर ग्राभेल गर्न ५ करोड ६१ लाख ३२ हजार रुपैयाँ

४।स्याउली बजार-बक्राङ-मनकामना सडकको १३ किलोमिटर ग्राभेल गर्न ३ करोड ५ लाख ४८ हजार रुपैयाँ

५।बारपाक-गुम्दा-माछेखोला ३० किलोमिटर सडक खन्न १ करोड रुपैया थप

Wednesday, November 23, 2011

अब त पुरा होला की हाम्रो सपना :

दरौदि नदिमा बन्दै गरेको मोटरेबल पुलको गत हप्ता खिचिएको फोटो लामो समय रोकिएको निमार्ण कार्य हाल सुचारु छ र अहिले बिचको भागमा ट्रष्ट जोड्ने काम भइरहेको छ, पुल निमार्ण कार्य पुस मसान्त सम्म सकिने ठेकेदारले बताएको छ, हेरौ यसपालिको गफ पोहोर पराहरको जस्तो झुटो साबित हुन्छ की साँचो ?


२०६८को एकादशी जात्रा : गोरखाको थालाजुङमा गाविसमा पर्ने चम्पावती नदि किनारमा लागेको एकादशी मेलाका केहि झलकहरु





Thursday, October 20, 2011

लिगलिगे दौड सम्पन्न

गोरखा, १५ असोज । गोरखाको लिलिगकोटमा १५ असोजमा भएको लिगलिगे दौडको उपाधि धावक हरिकुमार रिमालले हात पारेका छन् । त्रिभुवन आर्मी क्लब धादिङ्गका रिमालले निर्धारित १० किलोमिटर दुरी १ घण्टा १ मिनेटमा पार गरी उपाधि आफ्नो कब्जामा पारेका हुन् । त्यस्तै त्रिभुवन आर्मी क्लबकै रामेछापका होमलाल श्रेष्ठले निर्धारित दुरी १ घण्टा १ मिनेट १३ सकेन्डमा पार गरी दोश्रो भएका छन् । नेपाल पुलिस क्लब पाचँथरका भूमिराज राईले निर्धारित दुरी १ घण्टा १ मिनेट २६ सकेन्डमा पार गरी तश्रो भएका छन् । मानबहादुर थापाले निर्धारित दुरी १ घण्टा २ मिनेट २६ सेकेन्डमा पार गरी सान्त्वना भएका छन् । त्यस्तै किरण मल्ल निर्धारित दुरी १ घण्टा ३ मिनेट ६ सेकेन्डमा पार गरी पाचौं स्थानमा पुग्न सफल भएका छन् ।

लिगलिगे दौड प्रतियोगिताको क्रमशः प्रथम, दोश्रो, तेश्रो, चौंथो र पाचौंले नगद रु ५० हजार, मेडल, प्रमाणपत्र, नगद २५ हजार, प्रमाणपत्र, नगद १५ हजार, प्रमाणपत्र, नगद ५ हजार, प्रमाणपत्र र नगद ३ हजार, प्रमाणपत्र हात पारेका छन् । सो लिगलिगे दौड प्रतियोगितामा ५६ जना राष्ट्रिय तथा स्थानीय धावकहरुले सहभागिता जनाएका थिए । गोरखाको ऐतिहासिक एवं रमणीय प्राकृतिक सौन्दर्यताले भरिपूर्ण स्थल लिग लिग कोटमा दशैको अवसर पारेर तथा पर्यटन वर्ष २०११ को अवसर पारेर लिगलिगे दौड प्रतियोगिता आयोजना गरेको हो । ऐतिहासिक एवं रमणीय स्थल लिगलिगकोटलाई प्रचार प्रसार गर्ने उदेश्यले लिगलिगकोट विकास समिति र कन्सेप्ट नेपाल काठमाडौको संयुक्त आयोजनामा आज सो प्रतियोगिता गरिएको हो । वि सं १६१६ अगाडी वर्षेनी चेपेबाट दौडेर लिगलिगमा पुगेर जो पहिलो हुन्थे सो व्यक्ति राजा हुने प्रचलन अनुसार परम्पराको सम्झनाका लागी आफूहरुले लिगलिगे दौड आयोजना गरि ऐतिहासिक स्थल लिगलिगकोटमा पर्यटन प्रवद्र्धनका लागी सो प्रतियोगिता आयोजना गरेको कन्सेप्ट नेपालका अध्यक्ष संजीव रानाले बताउनु भयो ।






photo gifted by - concept nepal

Wednesday, February 16, 2011

छोप्राकको खबर


माघ दोस्रो साता भएको आगालागीबाट क्षतिग्रस्त छोप्राक मैदानमा रहेको उपभोक्ता सहकारी पसलको घर । आगलागीबाट पसलमा रहेका लाखौ रुपैया बराबरका समान जलेर नष्टभएको थियो । आगालागी मैन बत्तिबाट फैलिएको जनाइएको छ

छोप्राकको कोइली पानी नजिक निजि क्षेत्रको टेलिफोन सेवा प्रदायक एनसेलले बनाएको टावर । टावर निमार्ण कार्य पुरा भए पनि संचालनमा आएको छैन । यस अघि एनसेलले आँपपिपलमा पनि टावर बनाइसकेको छ तर हाल सम्म उक्त टावर पनि संचालनमा आएको छैन ।

Friday, September 17, 2010

भद्रशिल उपभोक्ता समिति बाख्रा पालन तर्फ आकर्षित

भाद्र 30
सालबोट ,छोप्राक
छोप्राक गाउँ विकास समिति वडा न ७मा पर्ने सालबोटमा रहेको भद्रशिल उपभोक्ता समूहमा आबद्ध सदस्यहरु बाख्रा पालन तर्फ आकर्षित भएका छन् । समूहको कोषमा रहेको १ लाख रुपैया लगानी गरि समूहका प्रत्येक सदस्यको घरमा गरि जम्मा १८४ बटा बाख्रा पालिएको अभ्यक्ष चन्द्र ब गुरुङले जानकारी दिनुभयो ।
सो समूहको बाख्रा पालन तर्फको लगाब देखेर गत वर्ष सि यम सि गोरखाले ३५ हजार नगद १ उन्नत बोका र दूई बाख्रा दिएको थियो । भविष्यमा बाख्रा पालन ब्यबसायलाई अझै ब्यवस्थित गर्दै लैजाने समूहका सदस्य खिल ब गुरुङले आवर हर्मीलाई बताए ।

आँपपिपलमा तीज गीत प्रतियोगिता गरियो

आँपपिपल , भाद्र २६
हरि तालिकाको दिनमा आँपपिपल भन्ज्याङमा कि्रयाहिल युवाहरुको समूह नव सिर्जनशिल युवा क्लबले तीत गित प्रतियोगिता आयेजना गर्यो । कार्यक्रम स्थानिय महिला बृन्दा श्रेष्ठको प्रमुख आतिथयतामा सम्पन्न भएको थियो । कार्यक्रमका सभापति आँपपिपल गाउँ विकास समितिका सचिब रामचन्द्र मरहटा रहनु भएको थियो ।
प्रतियोगीतामा जम्मा ५ महिला समूहको सहभगीता रहेको थियो । सहभागी मध्ये समुदायिक महिला जागरण समूह प्रथम ,बसन्ति महिला समूह दितिय , नमूना अन्वबालि समूह तृतिय र प्रतिक्षा दलित महिला समूहले सान्त्वना स्थान हासिल गरे । कार्यक्रम संचालन भने क्लबका अध्यक्ष विकास श्रेष्ठले गरेका थिए ।

Sunday, July 4, 2010

गोरखाका ६९ प्रतिसत विद्यार्थि मात्र प्रबेशिका उर्तिण

हर्मी ,असार २०
२०६६ सालको प्रवेशिका परिक्षामा गोरखा जिल्लाबाट सामेल विद्यार्थि मध्ये जम्मा ६९ प्रतिसतले मात्र सफलता हात पारेका छन् । गोरखाले प्रवेशिका नतिजामा केहि वर्ष यताको तुलनामा यति कम प्रतिसत नतिजा हात पारेको यो नै पहिलो घटना हो ।
गत वर्ष ८२ .७६ प्रतिसत उर्तिण भएकोमा यस वर्ष भने गत वर्षको तुलनामा १४. ४ प्रतिसत कम विद्यार्थि उतिर्ण भएका हुन्

समग्र जिल्लाकै नतिजा सन्तोष जनक नभएको परिपेक्षमा हर्मी र आसपासका विद्यालयहरुले पनि राम्रो नतिजा ल्याउन सकेनन् । हर्मी सँगै सिमाना जोडिएको छोप्राकको चित्रे पोखरी मावि चित्रेले यस पटक कत्ति पनि विद्यार्थी उर्तिण गराउन सकेन । जिल्लामा नै यस विद्यालयको जस्तो सुन्य प्रतिसत नतिजा अन्यत्र कुनै विद्यालयको पनि छैन । विगतमा पनि चित्रे पोखरी मावि पटक पटक निलमा पर्दै आएको थियो । विगतमा निलमा पर्ने गरेका थालाजुङका झिम्रेक मैपते मावि र आहाल भन्ज्याङ माविले भने यसपालि आफ्नो इज्यत जोगाएका छन् ।

महेन्द्र लीला उच्च मावि ,नवलपुर ,हर्मी
प्रवेशिकामा सहभागी विद्यार्थी ३६
जम्मा उनुर्तिण ५
विशिष्ट श्रेणी
प्रथम श्रेणी १८
द्धितिय श्रेणी १३

चम्पावती मावि ,निवारे, हर्मी
प्रवेशिकामा सहभागी विद्यार्थी ३०
जम्मा उनुर्तिण ९
विशिष्ट श्रेणी
प्रथम श्रेणी २
द्धितिय श्रेणी १९

जनता उच्च मावि ,आँपपिपल
प्रवेशिकामा सहभागी विद्यार्थी ५४
जम्मा उनुर्तिण १६
विशिष्ट श्रेणी १
प्रथम श्रेणी २५
द्धितिय श्रेणी २८

मण्डली उच्च मावि , छोप्राक
प्रवेशिकामा सहभागी विद्यार्थी ६१
जम्मा उनुर्तिण १९
विशिष्ट श्रेणी
प्रथम श्रेणी १२
द्धितिय श्रेणी ३०

चित्रे पोखरी मावि ,चित्रे ,छोप्राक
प्रवेशिकामा सहभागी विद्यार्थी १०
जम्मा उनुर्तिण १०(all fail)

अमर ज्योति जनता उच्च मावि ,लुईटेल
प्रवेशिकामा सहभागी विद्यार्थी ८६
जम्मा उनुर्तिण ८
विशिष्ट श्रेणी २
प्रथम श्रेणी ३८
द्धितिय श्रेणी ३८

Thursday, May 27, 2010

पैसा उठाएरै आरुवोटे गाउँमा सडक

छोप्राक
१३ जेठ ,
छोप्राक गाविस वडा नंबर ८ आरुवोटेका वासिन्दाले पैसा उठाएर गाउँमा सडक पुर् याएका छन् । स्थानीय वासिन्दाले ५ लाख २५ हजार रुपियाँ उठाएर खोप्लाङ्ग ४ सिचाङ देखि ५ किलोमिटर सडक निर्माण गरेको उपभोक्ता समितिका सचिव राजेन्द्र पोखरेलले जानकारी दिनुभएको छ ।
सडक निर्माणगर्न स्थानीय १०० घरधुरीले १० हजार रुपियाँदेखि ४० हजार रुपियाँसम्म खर्च गरेका छन् ।सडक निर्माण पुरा भएपछि आज आरुवोटे गाउँमा पहिलोपटक मोटर पुगेको छ । पहिलोपटक मोटर पुगेको अवसरमा आज स्थानीयले सवारी चालक रेशम रेउले र सहचालकलाई फुलमालाले स्वागत गरेका छन् । गाउँमा कृषि सडक पुगेपछि गाउँमा उत्पादित फलफुल र तरकारी बजारमा पुर् याउन र गाउँसम्म सामान ढुवानी गर्न सजिलो भएको उपभोक्ता समिति सचिव पोखरेलले बताउनुभयो ।
sourse - radio gorkha

Wednesday, May 26, 2010

पालुङटारलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणाका लागि पहल शुरु

१० जेठ २०६७
पालुङटार गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणाका लागि स्थानीय वासिन्दाले पहल शुरु गरेका छन् । जसका लागि अहिले गाविस भरि शौचालय निर्माणको अभियानलाई तीव्र बनाइएको छ । गाविसमा रहेका करीव ९ शय घरधुरी मध्ये अहिले आधाजसोमा शौचालय निर्माण भैसकेको शिक्षक ज्ञानबहादुर मिजारले जानकारी दिनुभएको छ । उहाँका अनुसार अहिले अन्य घरमा पनि शौचालय निर्माणका लागि तयारी भैरहेको छ । पहिलो चरणमा गाविसका ४ ७ ८ र ९ नम्वर वडालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिने पनि उहाँले बताउनुभयो । सोही क्रममा स्थानीय भवानी उच्च माध्यमिक विद्यालयमा विद्यालयको अगुवाईमा पूर्ण सरसफाई कार्यक्रम सम्बन्धी एक दिने अभिमूखीकरण कार्यक्रम गरिएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अशोकबाबु रोकाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका शक्तिबल्लभ पोखरेल र रप्रधानाध्यापक उमाकान्त देवकोटाले सहजीकरण गर्नुभएको थियो । news sourse - radio gorkha

Wednesday, April 28, 2010

असिना पानीले आँपपिपलमा लाखौको क्षेती

वैशाख ७ गते ।

वैशाख 6 गते साँझ परेको असिनाका कारण गोरखाको आँपपिपल गाउँ विकास समितीको विभिन्न स्थानमा लाखौको क्षेति भएको छ ।
एक घण्टाको विचमा दुई पटक सम्म परेको असिनाले आँपपिपल गाउँ विकास समितिको आठ वडामा रहेको मकै वाली चैते धान तथा फलफूल र घरका छानालाई क्षेति पुर् याएको छ ।
असिना पानीका कारण आँपपिपलको वडा नम्वर २ र ५ मा पर्ने राउते पानी र रात डाडाँमा रहेको करिव ६० घरको छाना क्षेति पुर् याएको छ ,भने आठ वटै वडामा रहेको अन्न वाली र फलफुल खेती पनी नष्ट भएको छ ।

Friday, April 16, 2010

रेडियो हर्मीको भवन निमार्ण शुरु

हर्मी ,बैशाख ३
संचार मन्त्रालयबाट गत फागुनमा एफएम १०५ ४ मेगाहर्जमा प्रसारण अनुमति पाएको सामुदायिक रेडियो हर्मीको प्रशारण केन्द्र निमार्णको पहिलो चरणमा भवन निमार्ण कार्य शुरु भएको छ ।
चैत २५ गते भवन निमार्णका लागी हर्मी ९ मा रहेको नेवार डाडाँमा जग हाल्ने काम सम्पन्न भएको रेडियो हर्मीका अध्यक्ष जनार्दन ढकालले जानकारी दिनुभएको छ । अब केहि हप्तामै ४ कोठे भवन बनि सक्ने र त्यस पछि स्टुडियो तथा टावर निमार्णका कामहरु अगाडि बढाइने उहाँले थप जानकारी दिनु भयो ।
त्यसै गरि केहि दिन अघि मात्र रेडियो भवन निमार्ण स्थल सम्म डोजर लगाई सडक पनि पुर्याइएको छ । रेडियो हर्मी सबै प्राबिधिक तथा भौतिक तयारीहरु पुरा गरि कम्तिमा तीन महिना भित्र परिक्षण प्रशारण गर्ने तयारीमा जुटेको छ ।

हर्मी भन्ज्याङ चक्रतिर्थ सडकको ट्रयाक खनिदै

हर्मी, बैशाख ३
हर्मी भन्ज्याङ देखि पराजुली गाउँ हुँदै लमजुङको चक्रतिर्थ जोड्ने सडकको ट्रयाक खोल्ने काम अगाडि बढेको समाचार प्राप्त भएको छ ।
चैत्र तेस्रो साताबाट हर्मी भन्ज्याङबाट धादिङ गाँउ, खनाल गाउँ हदै अगाडि बढेको ट्रयाक खोल्ने काम हाल पाराजुली गाउँ केउरे पानी भन्दा केहि अगाडि पुगेको हर्मीबाट आवर हर्मी प्रतिनिधिले जानकारी दिएका छन् ।
हाल सम्म करिब करिब ६ किलो मिटर सडक ट्रायाक खॊलिएको छ । यो सडक नेपाल सरकारको केन्द्रिय बजेटमा परेको १५ लाख रुपैया मध्ये १० लाख रुपैयामा बन्न लागेको हो । पुरा बजेटको ५ लाख रकम भने सडक विभागले टेन्डर प्रकि्रया द्धारा ग्याभिन भर्ने कामका लागी ठेकेदारलाई दिएको छ । केउरे पानीबाट निभारेमा पुगेर यो सडक यस अघि नै निमार्ण भैसकेको पालुङटार दुधपोखरी सडक खण्डमा जोडिने छ । त्यस पछि निभारे देखि पाण्डे गाँउ सम्मको पुरानै सडक कामय गरि यो सडकको ट्रायाक खोल्ने काम पाण्डे गाउँबाट चक्रतिर्थ तर्फ सोझ्याइने उपभोक्ता समितिका पदाधिकारी बताउँछन् ।

हर्मीबाटै काठमाडौका लागी बस छुट्न थाल्यो

हर्मी ,बैशाख ३
चैत महिना देखि गोरखा यातायात ब्यवसायि समितिले हर्मी देखि राजधानि काठमाडौ सम्म सिधा बस सेवा शुरु गरेको छ ।
यस अघि थालाजुङ देखि हर्मी हुदै बस सेवा संचालन हुदै आएकोमा सो सेवा प्रभाबकारी बन्न नसके पछि समितिले हर्मीबाट नै बस छुट्ने ब्यवस्था मिलाएको हो । नयाँ ब्यवस्था लागु गरिए पछि अब हरेक दिन विहान हर्मीबाट काठमाडौका लागी विहान ८ वजे बस छुट्ने छ । त्यसै गरि काठमाडौको नयाँ बसपार्कबाट हर्मीका लागी विहान ७: १५ वजे बस छुट्ने गोरखा यातायातले जनाएको छ । नयाँ सेवा शुरु भए लगतै समितिले हर्मी काठमाडौ चल्ने भाडा दर २८० रुपैया कायम गरेको छ । गोरखा यातायातले सदरमुकाम गोरखा बजारबाट हर्मी सम्म संचालन गरिराखेको बस सेवा पनि यथावतै छ । गोरखाका लागी भने हर्मीबाट विहान ७ वजे र गोरखाबाट हर्मीका लागी दिउँसो १ :१५ वजे बस छुट्ने ब्यवस्था मिलाइएको छ ।
यातायात संचालनमा नयाँ नियम लागु गरिए पछि यस अघि अनेकौ हैरानी खेपिराखेका सर्वसाधारणलाई थप सुविधा पुगेको छ । तर कच्चि सडक र खोलाहरुमा पुल अनि कल्भट नभएकाले हिउँदका महिनामा मात्र संचालनमा हुने बसको यात्रा कम कष्टकर भने छैन ।अझ कतिपय अवस्थामा त बर्षाका कारण सडकमा पानी जमे पछि यातायात संचानमा आउन सक्दैन । त्यसैले हाल हर्मीको यातायात सेवा पानी नपरेका सफा दिनहरुमा मात्र संचालनमा आउने गरेको छ ।

बाल मैत्रि शिक्षण विधि तालिम सम्पन्न

हर्मी ,बैशाख ३
सरस्वती प्रावि हर्मीमा पाँच दिने बाल मैत्रि शिक्षण विधि तालिम सम्मपन्न भएको छ ।
सरस्वती प्रावि हर्मीको आयोजनामा सम्पन्न सो तालिममा हर्मीका सबै विद्यालयका इसिडि शिक्षिका र प्राथमिक तहका एक एक शिक्षिकाको सहभागिता रहेको तालिम संचालनमा सकि्रयरुपले लाग्नु भएका इश्वरी सापकोटाले जानकारी दिनु भएको छ । चैत्र २८ गते बाट पाँच दिन सम्म चलेको र बैशाख २ गते सकिएको सो तालिमको प्रशिक्षक विश्व देवकोटा हुनुहुन्थ्यो । तालिम उद्घाटन सत्रमा हर्मी विद्यालयहरुमा इसिडि कक्षा र यसको प्रभावकारिता विषयमा सरोकारवालहरु विच अन्तकि्रया पनि आयोजना गरिएको थियो ।

सामाजिक सुरक्षा भत्ता वितरण

हर्मी ,बैसाख ३
गाउँ विकास समिति हर्मीले गत चैत्र २५ गते देखि सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ ।

विगत चार महिना यताको एक मुष्ट रुपैया २ हजार भत्ता वितरण गर्न थालिए पछि गत हप्ता गाविस कार्यालय हर्मीमा भत्ता लिन आउनेहरुको धुइचो बढेको थियो । सामाजिक सुरक्षा भत्ता बृद्ध ,बृद्धा , अपाङ , विधवा , दलित र पिछडिएको जनजातिलाई वितरण गर्ने गरिएको हर्मी गाविस कार्यालयले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण

हर्मी ,बैसाख ३
गाउँ विकास समिति हर्मीले गत चैत्र २५ गते देखि सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ ।

विगत चार महिना यताको एक मुष्ट रुपैया २ हजार भत्ता वितरण गर्न थालिए पछि गत हप्ता गाविस कार्यालय हर्मीमा भत्ता लिन आउनेहरुको धुइचो बढेको थियो । सामाजिक सुरक्षा भत्ता बृद्ध ,बृद्धा अपाङ , विधवा , दलित र पिछडिएको जनजातिलाई वितरण गर्ने गरिएको हर्मी गाविस कार्यालयले जनाएको छ ।

Sunday, March 21, 2010

आँपपिपल भन्ज्याङ देखि दार्मीचौर ठाँटि सम्म सडक बन्यो

आँपिपल चैत ८
गाउँ विकास समिति आँपपिलको यसै आर्थिक बर्षको बजेट र दार्मीचौर बासी सँग चन्दा संकलन गरि आँपपिपल गाविसको आँपपिपल भन्ज्याङ देखि दार्मीचौर गाउँ हुदै ठुटि सम्म मोटरबाटो निमार्ण गरिएको छ ।
सडक गाविसको करिब दुई लाख र गाँउलेहरु सँग करिब दुई लाख रुपैयाँ चन्दा उठाएर खनिएको हो । बाटोको लम्बाई करिब ३ किलो मिटर रहेको छ । हाल ठाँटि नजिक पुगेर रोकिएको निकार्ण कार्य अर्को बर्ष सिम्पानी हर्मी सडकमा जोडिए पछि सकिने जनाईएको छ । विना सर्बे र जन भावना विपरित खडक खनिएको भन्दै दार्मीचौरका केहि बासिन्दा भने सडक निमार्ण प्रकि्रया प्रति असहमत रहेको आवर हर्मी प्रतिनिधिले आँपपिपलबाट पठाएको खबरमा उल्लेख छ ।

Thursday, February 18, 2010

जनता उच्च मावि हिजो देखी खुल्यो

आँपपीपल ,फागुन ७
विद्यालयको लापरबाहीका कारण विद्यार्थीको ज्यान गएको भन्दै अभिभावक र विद्यार्थीले वन्द गरेको आँपपीपलको जनता उच्च मावि हिजो देखी खुल्नेको छ ।
विद्यालय हाताभित्र मेरो मोवाइलको टावर निर्माणका लागि वालुवा वोकेर ल्याउदै गरेको ट्रयाक्टरको ठक्करबाट ५ र्षे विद्यार्थी सविन ढकालको ज्यान गएको विरोधमा अभिभावक र विद्यार्थीले विद्यालय दुई दीन बन्द गराएका थिए ।
विद्यालयका शिक्षक ,अभिभावक ,विद्यार्थी र ब्यवस्थापन समितिविच अस्ति भएको छलफलमा मृतक विद्यार्थी सविन ढकालका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन र दोषीलाई कारवाही गर्न पहल गर्ने सहमति पछि तालावन्दी खोलिएको हो । छलफलमा मृतकका नाममा विद्यालयको नाम परिवर्तन गर्न पहल गर्ने ,उनको नाममा स्मृति द्धार निर्माण गर्ने र विद्यालय प्रशासनले आफ्ना कमजोरी सुधार्ने सहमति भएको शिक्षक विष्णुप्रसाद मरहट्ठाले जानकारी दिनुभएको छ ।
मेरो मोबाइलको टावर निर्माणका लागि निर्माण सामग्री ओसार्ने क्रममा सो दूर्घटना भएकाले सम्बन्धित कम्पनी सँग पनि क्षतिपूर्तिको माग गर्ने र नदिए टावर निर्माण कार्य रोक्ने निर्णय पनि उनीहरुले गरेका छन् ।
विद्यालय परिसरमा निर्माण हुन लागेको मेरो मोबाइलको टावर निर्माणका लागि सामान ओसार्ने क्रममा मंगलवार दिउँसो ना २ त ९८८७ नंबरको ट्याक्टरको ठक्करले वालक ढकालको ज्यान गएको हो ।

Tuesday, February 16, 2010

आँपपीपल गाविसको गाउँ परिषद् सम्पन्न

आँपपिपल ,फागुन ४
आँपपीपल गाविसको गाउँ परिषद्ले ग्रामीण सडक, खानेपानी र शिक्षा क्षेत्रमा प्राथमिकता दिएको छ । गाविसको हिजो सम्पन्न परिषद्ले शिक्षा क्षेत्रमा ६ लाख ,खानेपानीका लागि ३ लाख २० हजार र ग्रामीण सडकको स्तरोन्नतिका लागि ३ लाख रुपियाँ विनियोजन गरेको गाविस सचिव रामचन्द्र मरहट्टाले जानकारी दिनुभएको छ ।
गाविसका ९ विद्यालयमा १/१ जना शिक्षक गाविसले राखेकाले उनीहरुको तलब भत्ता खुवाउनुपर्ने र विद्यालय भवन समेत निर्माण गर्नुपर्ने भएकाले शिक्षामा धेरै बजेट छुट्याएको उहाँले बताउनुभयो । परिषद्ले विद्यालय भवन निर्माणकै लागि भनेर ४ लाख रुपियाँ छुट्याएको छ ।
त्यसैगरी गाविसको कुन्टार -अस्पताल सडक ,आँपपीपल -सिम्पानी -कटहरे सडकको स्तर उन्नती र आँपपीपल बजारबाट दार्मीचौर जोड्ने सडकका लागि ३ लाख रुपियाँ छुट्याएको सचिव मरहट्टाले बताउनुभयो । परिषद्ले दलित उत्थानका लागि ४२ हजार ,महिला उत्थानमा ८५ हजार अपाङ्ग र सामाजिक सुरक्षाका लागि ४२ हजार रुपियाँ छुट्याएको छ ।
परिषद्मा सचिव मरहट्टाले सामाजिक सुरक्षाको सहित ५४ लाख ६ हजार ४८ रुपियाँको वजेट प्रस्तुत गर्नुभएको थियो । एकिकृत परिषद्मा नेकपा माओवादीका इलाका इन्चार्ज रामचन्द्र सेढाई एकिकृत माओवादीका संयन्त्र प्रतिनिधि कृष्ण मरहट्टा नेपाली कांग्रेसका पुर्ण बहादुर राना नेकपा एमालेका विष्णुकुमार श्रेष्ठ, स्थानीय रामजी बस्नेत ,रामजी मरहट्टा, गाविसका पूर्व अध्यक्ष गेहेन्द्र बहादुर रानाले मन्तब्य राख्नुभएको थियो ।