Tuesday, February 16, 2010

आँपपीपल गाविसको गाउँ परिषद् सम्पन्न

आँपपिपल ,फागुन ४
आँपपीपल गाविसको गाउँ परिषद्ले ग्रामीण सडक, खानेपानी र शिक्षा क्षेत्रमा प्राथमिकता दिएको छ । गाविसको हिजो सम्पन्न परिषद्ले शिक्षा क्षेत्रमा ६ लाख ,खानेपानीका लागि ३ लाख २० हजार र ग्रामीण सडकको स्तरोन्नतिका लागि ३ लाख रुपियाँ विनियोजन गरेको गाविस सचिव रामचन्द्र मरहट्टाले जानकारी दिनुभएको छ ।
गाविसका ९ विद्यालयमा १/१ जना शिक्षक गाविसले राखेकाले उनीहरुको तलब भत्ता खुवाउनुपर्ने र विद्यालय भवन समेत निर्माण गर्नुपर्ने भएकाले शिक्षामा धेरै बजेट छुट्याएको उहाँले बताउनुभयो । परिषद्ले विद्यालय भवन निर्माणकै लागि भनेर ४ लाख रुपियाँ छुट्याएको छ ।
त्यसैगरी गाविसको कुन्टार -अस्पताल सडक ,आँपपीपल -सिम्पानी -कटहरे सडकको स्तर उन्नती र आँपपीपल बजारबाट दार्मीचौर जोड्ने सडकका लागि ३ लाख रुपियाँ छुट्याएको सचिव मरहट्टाले बताउनुभयो । परिषद्ले दलित उत्थानका लागि ४२ हजार ,महिला उत्थानमा ८५ हजार अपाङ्ग र सामाजिक सुरक्षाका लागि ४२ हजार रुपियाँ छुट्याएको छ ।
परिषद्मा सचिव मरहट्टाले सामाजिक सुरक्षाको सहित ५४ लाख ६ हजार ४८ रुपियाँको वजेट प्रस्तुत गर्नुभएको थियो । एकिकृत परिषद्मा नेकपा माओवादीका इलाका इन्चार्ज रामचन्द्र सेढाई एकिकृत माओवादीका संयन्त्र प्रतिनिधि कृष्ण मरहट्टा नेपाली कांग्रेसका पुर्ण बहादुर राना नेकपा एमालेका विष्णुकुमार श्रेष्ठ, स्थानीय रामजी बस्नेत ,रामजी मरहट्टा, गाविसका पूर्व अध्यक्ष गेहेन्द्र बहादुर रानाले मन्तब्य राख्नुभएको थियो ।

No comments:

Post a Comment