Showing posts with label फिचर. Show all posts
Showing posts with label फिचर. Show all posts

Sunday, April 17, 2011

नेपाली नेपालको माया छ कि छैन ? :विकास ढकाल

(बैशाख ३ गते नयाँ पत्रिका दैनिकमा प्रकाशित)

डा. उल्फार्ड 'म मरेपछि पनि मेरो लासको खरानी लिएर मेरो एकजना आफन्त नेपाल आउनेछ र मैले सेवा गरेको गाउँ आँपपीपलमा मेरो खरानी सेलाउनेछ' एउटा विदेशीको मुखबाट पहिलोपटक यो वाक्य सुन्दा एकैछिन त म अक्क न बक्क परेँ । सामुदायिक रेडियो हर्मीका लागि गोरखा जिल्लाको एउटा दुर्गम गाउँ आँपपीपलमा रहेको आँपपीपल अस्पतालमा अन्तर्वार्ता लिइरहेका वेला जर्मन नागरिक डा. उल्फार्ड स्टार्कको नेपालमोह देखेर मलाई भिन्न अनुभूति भयो । उनको यो उद्गारले स्मरण गरायो पुरानो नेपाली स्वदेश गान ः नेपाली नेपालको माया छ कि छैन ? ६७ वर्षे डा. उल्फार्ड सात वर्षयता आँपपीपल गोरखामा छन् । जर्मनीमा लगभग तीन दशक हाड-जोर्नी विशेषज्ञका रूपमा काम गरेपछि आफ्नो अवकाशप्राप्त जीवन बिताउन नेपाल आएका उनी यहाँ ग्रामीण जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिइरहेका छन् । २०१५ सालमा सामान्य स्वास्थ्यकेन्द्रका रूपमा खुलेको आँपपीपल अस्पताललाई ०२५ मा युनाइटेड मिसन टु नेपालले सञ्चालनमा ल्याएको हो । यो अस्पताल गोरखा र आसपासका लमजुङ, तनहुँ, चितवन, मनाङलगायतका जिल्लामा निकै चर्चित अस्पताल हो । तर, देशमा चर्किएको द्वन्द्वलाई निहुँ बनाएर युनाइटेड मिसनले ०५८ मा अस्पताल सञ्चालनको जिम्मेवारीबाट हात झिकेपछि आँपपीपल एकाएक चर्चाको शिखरबाट ओरालो लाग्न पुग्यो । त्यसपछि अस्पताललाई कसले र कसरी सञ्चालन गर्ने भन्ने विषयमा धेरै छलफल भए । अस्पताललाई सामुदायिक बनाउने कि सरकारी भन्ने कुरामा विवादका शृंखला भ\m याँगिदै गएपछि अचानक आँपपीपलको साख गिर्न पुगेको थियो पचासको दशकको लगभग-लगभग अन्त्यतिर । तर, मिसनले छाडेलगत्तै अभिभावकविहीन अवस्थामा चहलपहल शून्य बनेको आँपपीपल अस्पतालले ०६० मा एउटा पि्रय अभिभावक पायो डा. उल्फार्ड स्टार्कलाई । घिटिघिटी गरेर बाँचेको अस्पताललाई पुनर्जन्म दिएर यसको मुहार फेर्न डा. उल्फार्ड अहोरात्र खटिएपछि आँपपीपल अस्पताल अहिले अर्कै उचाइमा पुग्न सफल भएको छ । आँपपीपल अस्पतालमा उपचारका लागि गोरखा र आसपासका जिल्लाबाट आएका दैनिक सैयौँ बिरामीलेे सेवा लिन्छन् भने दैनिक दर्जनाँै शल्यक्रिया पनि हुने गरेको छ । सरकारी अस्पताल भए पनि एकमात्र सरकारी कर्मचारी कार्यरत रहेको आँपपीपल अस्पतालमा अस्पताल सञ्चालक समितिको सहयोगमा तीन दर्जन स्थानीय कर्मचारी व्यवस्था गरी हाल व्यवस्थित रूपमा अस्पताल सञ्चालन भइराखेको छ । ऐतिहासिक लिगलिगकोटको फेदैमा छ आँपपीपल अस्पताल, जहाँ जर्मन नागरिक डा. उल्फार्ड ग्रामीण जनताको जनजीवनसँग जोडिएर बसेका छन् । आजभन्दा ६७ वर्षअघि जर्मनीको सेक्सोनियामा जन्मिएका डा. उल्फार्ड चिकित्साशास्त्र पढेर सन् १९६९ देखि जर्मनीका थुप्रै ठाउँमा आफ्नो दक्षता प्रमाणित गरी ख्याति कमाए । पछि उनी जीवनमा एउटा बेग्लै अनुभूति सँगाल्न नेपाल आए । नेपालसँगको उनको चिनाजानी त्यति नौलो पनि थिएन । सन् १९९० तिरै उनी नेपाल आएका थिए, तर अहिलेकोे भन्दा बिल्कुल फरक सन्दर्भमा एक पर्यटकका रूपमा । टे्रकिङ गर्न नेपाली डाँडापाखामा पुग्दा त्यतिवेलै उनको मनमा लागिसकेको थियो- कुनै दिन यिनै गाउँहरूमा आएर अवकाशप्राप्त जीवन बिताउने छु । उनले नजिकबाट नियालेका रहेछन्- यहाँका जनतालाई पनि त्यतिवेलै । हो त्यही पर्यटक भएर नेपाल आउँदाको आकर्षण र नेपालमोहले डोर्‍यायो । यही माटोमा ०५८ मा डा. उल्फार्डलाई । नेपाल आउनेबित्तिकै उनी काठमाडांैमा रहेको काठमाडांै मोडेल अस्पताल छिरे । त्यत्तिकैमा प्लास्टिक सर्जन डा. शंकरमान राईले उनलाई एउटा शिविरमा भाग लिन आँपपीपल जाने निम्तो थमाए । सुरुमा केही दिनका लागि शिविर सञ्चालन गर्न आँपपीपल आइपुगेका उनलाई आँपपीपलले यसरी मोहनी लगायो कि उनी त्यो मोहजालबाट उम्किनै सकेनन् र उनले तत्कालै एउटा निर्णय लिए- नेपाल रहुन्जेल आँपपीपलमै बसेर सेवा गर्ने । यहाँ आएको केही समयमै उनी अभ्यस्त भइहाले यहाँको भूगोल र समाजसँग । अनि छोटो समयमै छाप छोड्न सके यस क्षेत्रका जनतामा ।

उनीसँग गपि"m दा लाग्छ- आँपपीपलको जति माया उनलाई अरू कसैको पनि छैन । जर्मनमा उनकी श्रीमती छन् । छोराछोरी छन् उनको अभिभावकत्वका भोका । तर, उनलाई परिवारभन्दा बढी आँपपीपलसँगको बसाइ पि्रय लाग्छ । डा. उल्फार्डको दिमाग सधँै आँपपीपलवरिपरि मात्र फन्को मार्छ । त्यसैले त उनले जर्मनमा समेत 'नेपाल मेड' नामक सामाजिक संस्था खोलेर त्यसमार्फत आँपपीपल अस्पतालको भौतिक पक्ष सुधारमा सहयोग जुटाइरहेका छन् । जर्मनमा इसाइ परिवार र माहोलमा हुर्किएका उनी यहाँ आएपछि बौद्धमार्गी बनेका छन् । उनी भन्छन्, 'मलाई बौद्धमार्गी बन्न पनि यही माटोले नै उत्पे्ररित गरेको हो ।' उता नजानेका धेरै कुरा यता आएर सिकेको बताउने डा. उल्फार्ड ठोकुवासाथ नेपाल नआएको भए आफ्नो जिन्दगी बेअर्थको हुन्थ्यो भन्छन् । बाँच्नलाई त सबै बाँचेका छन्, तर सार्थक जीवन बाँच्न निकै गाह्रो छ । उनी भन्छन्, 'तर, मैले यहाँ आएर सार्थक जीवन बाँच्न सिके र केही हदसम्म बाँच्ने प्रयासमा छु जस्तो पनि लाग्छ ।' उनी नेपालको प्रकृति र संस्कृतिलाई औधी माया गर्छन् । त्यसैले त डाक्टरी कामबाट फुर्सद मिलेको समय नेपाली गाउँ र वन-जंगल चहारेर उनले नेपाली-जर्मनी शब्दकोश र नेपाली चरासम्बन्धी पुस्तकको पाण्डुलिपि पनि तयार पारिसकेका छन् । उल्फार्डजस्तै हामी नेपालीजनको मनमा पनि सेवाको भावना अंकुराएदेखि देश माथि उठ्न पक्कै बेर लाग्ने थिएन । हामीले आ-आफूले विज्ञता कमाएको क्षेत्रमा वर्षमा कम्तीमा केही दिन सेवामा जुटेर आफ्नो माटोप्रतिको ऋणको भारा तिर्न सकेमा मात्रै पनि यहाँ धेरै काम हुनेछ । आफ्नो तोकिएको दरबन्दी कायम भएको ठाउँमा समेत नगएर काज मिलाएर सहरमै गुमनाम बसी पेसाप्रतिको उत्तरदायित्व पूरा गर्न नसकेका नेपाली डाक्टरहरूलाई छुनुपर्ने हो- डा. उल्फार्डको बौद्धिक झापडले । आँपपीपल अस्पतालमै पनि केही सरकारी डाक्टरको दरबन्दी छ, तर यहाँका जनतालाई सरकारी डाक्टर कुन चराको नाम हो भनेझैँ लाग्छ । सधैँभरि पैसा र सुविधाको पछाडि मात्रै दगुर्नेले सम्पन्न जीवन त बाँचेका होलान्, तर सार्थक जीवन बाँच्न सकेका छैनन् । कस्तो अचम्मको कुरा यहाँ अधिकांश काठमाडांै छाड्न नपरे हुन्थ्योजस्तो गर्छन्, तर डा. उल्फार्ड आँपपीपल छाड्न नपरे हुन्थ्योजस्तो गर्छन् । यही माटोमा अरुण बुढा, सन्दुक रुइत, शंकरमान राई जस्ता डाक्टरहरू पनि छन्, तर सबैको मन एकैकिसिमको कहाँ हुँदोरहेछ र ? निजी लगानीमा स्वदेश तथा विदेशमा पढेका डाक्टरहरू त गाउँ जान मानेन-मानेनन्, कैयौँ सरकारी कोटामा स्वदेश तथा विदेशमा छात्रवृत्ति पाएका र चिकित्साशास्त्र अध्ययन संस्थानलगायतका सरकारी क्याम्पसमा पढेकाले पनि देशले आफूहरूमाथि गरेको लगानीलाई बालुवामा हालिएको पानीसरह ठान्छन् । नेपालका ग्रामीण क्षेत्रमा डा. उल्फार्डजस्ता धेरै विदेशी र नेपाली नागरिक निःस्वार्थ भावनाले जनताको सेवामा जुटेका छन् । त्यस्ता सामाजिक सेवाको भावना बोकेका नागरिकबाट थप सेवा लिनका लागि राज्यले उनीहरूलाई उचित सम्मान र सहयोग पुर्‍याउनुपर्ने देखिन्छ । डा. उल्फार्डजस्ता समाजसेवीलाई गरिने सम्मान र सहयोगले अरू सैयौँ उल्फार्ड जन्माउन सहयोग पुग्नेछ अनि मात्र आँपपीपल जस्ता नेपालका धेरै गाउँले उल्फार्डको जस्तै सेवा पाउने छन् । जति धेरै नेपाली नागरिक उल्फार्डबाट प्रेरित बन्छन् नेपालले त्यति नै धेरै नेपालीको माया पाउनेछ ।

Tuesday, December 22, 2009

लिगलिगकोटको अस्तित्व जोगाउन लागी परे स्थानिय बासिन्दा



दिपक प्रविष्ट
लिगलिगकोट ,आँपपिपल
पुरात्वतिक पर्यटकिय तथा एतिहासिक दृष्टिकोणले महत्वपूर्ण स्थानका रुपमा रहेको भएता पनि सधै उपेक्षित हुने गरेको लिगलिग कोटको संरक्षण गर्न कसैले चासो नदेखाए पछि स्थानिय बान्दिाहरु नै कम्मर कसेर संरक्षणको काममा लागि परेका छन् ।

लिगलिग कोट संरक्षण तथा विकास समिति गठन गरि स्थानिय बासिहरु लिगलिग कोट क्षेत्रको अस्तित्व जोगाइ खाख्न हघि सरेका हुन् । समितिका अध्यक्ष गेहेन्द्र राना सरक्षणको पहिलो पाइलो स्थानिय बासिन्दाबाट चन्दा स।sलन गरि कोटमा रहेको मन्दिरमा बर्षौ अघि देखि रोकिएको पुजालाई निरन्तरता दिने कामबाट प्रारम्भ भएको बताउँछन् ।

त्यस यता दजनौ पटकको अनुनय बिनय पछि पुरातत्व विभाग र गाउँ विकास समिति आपपिपलले संरणक्ष समितिलाई दिएको एकलाख रुपैयाँबाट हालकोट सम्म पुग्ने बाटोमा सिडि लगाउने काम भैरहेको छ । संरक्षण समितिका पदाधिकारीहरु लिगलिगकोटको अस्तित्व जोगाउन आफूहरु राज्यका हरेक निकायहरु पुगेको तर जति विन्ति भाउ विसाउदाँ पनि आश्वासन बाहेक केहि पाउन नसकिएको बताउँछन् ।


लिगलिग कोट पर्यटकिय दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण रहेकाले यहाँ पयटकिय पूवाधारहरु निकार्ण गर्न सकिए यसको महत्व झन् झन् बढेर जाने निश्चित छ । तर सरक्षण र विकासका लागी कुनै पनि निकायले चासो देखाउन नसकेको हवस्थामा स्थानिय बासिन्दनहरुनै अग्सर हुनु पक्कै पनि सर्हानिय कुरा हो ।

संरक्षया तथा विकास समितिले लिगलिगकोटको हस्तित्व जोगाइ यसलाई एउटा गतिलो पर्यटकिय गन्तब्यका रुपमा विकास गर्न अल्पकालिन र दिर्धकालिन गरि दुई खाले योजनाहरु अगाडि सारेको छ । अल्पकालिन योजना भित्र पम्पिङ गरि खाने पानी ब्यवस्था गर्ने विजुलि बत्ति पुर्याउने ट्रेकिङ पाथ बनाउने र पार्क बनाउने जस्ता काम परेका छन् । त्यस्तै गरि दिर्धकालिन योजना भित्र प्यारा ग्लाइडिङ लुलि गुरासको जुस उत्पादन विभिन्न खेल स्थानको निमार्ण होटल लजहरुको स्थापना गर्ने जस्ता कामहरु छन् ।


फोटो : बिकाश ढकाल

गुरखा इन्काउटस्र एडभेन्चर एण्ड इको ट्राभल्सले सहयोग गर्ने आश्वासन दिए पछि समितिले यसै बर्ष राष्ट्रिय स्तरको लिगलिग म्याराथन आयोजना गर्ने निर्णय गरेको छ । समितिका अध्यक्षका अनुसार सरकारले लिगलिगकोटको बार्षिक पूजा खर्च भनेर एक हजार दिने गरेको छ । जून रकम यहाँको लागी हात्तिको मुखमा जिरा सरह हो । बार्षिक रुपमा यहाँको सरक्ष र विकासको लागी समितिका पदाधिकारीले थुप्रै पटक अनेकौ सरकारी अड्डाहरुको ढोका ढक्ढक्याउन पुगि सक्दा समेत कसैको ध्यान आकृष्ट हुन सकेको छैन । लिग लिगकोटको संरक्षण र विकासका लागी सरकारीपहल कदमि हुन नसके पनि स्थानिय बासिन्दन स्यम् यसको अस्तित्व जोगाउन लागी परेका छन् तर उनीहरु सँग आर्थिक स्रोत र साधन नै छैन । संरक्षणको लागी स्रोत जुटाउन हाल सम्म नत सरकार लागी परेको छ न त अन्य संघ सस्था नै । यस्ता धरोहरको संरक्षण गर्ने जिम्मा मसको हो त सबैले बलैमा सोच्नु पर्ने बेला आएको छ ।



फोटो :बिकाश ढकाल

Monday, June 15, 2009

भत्किने अवस्थामा चेतनाको जग

विकास ढकाल
पालुङटार
कुनै जमानामा गोरखामा साहित्यिक र शैक्षिक माहौलको विजारोपण गर्न महत्वपूर्ण भूमिका खेलेको जयन्ती पुस्तकालय हाल आएर सुुसुप्त अवस्थामा गुजि्ररहेको छ ।
देशमा प्रजातन्त्रको उदय भए पछि २०१० समलमा लिगलिगमा स्थापना भएको जयन्ती पुस्तकालय शुरुमा पाठशाला थियो । पछि गएर पाठशालालाई अलग्याई छुटै विद्यालयका रुपमा अगाडि बढाईयो । हाल जयन्ती पुस्तकालय भन्दा केहिपर रहेको सुदर्शन निमावि जयन्ती पुस्तकालयको अर्को हाँगोकारुपमा विकास हुदै यो अवस्थामा आईपुगेको जानकारहरु बताउँछन् । जयन्तीको स्थापाना कालमा स्थानिय सामाजिक अगुवाहरुले एक जना दृष्टि विहिन गुरुको ब्यवस्था गरिदिएका थिए र उनी मार्फत नै केटा केटिहरुले शिक्षा दिक्षा हाँसिल गर्ने गर्थे यो २०१०को दशकको कुरा हो । उबेलामा शैक्षिक उन्नतिका साथै साहित्यिक परिवेशको निर्माणमा पनि जयन्तीले महत्वपूर्ण भूमिका खेलेको स्थानिय अग्रज सिद्धि विलास देबकोटा बताउँछन् ।
जयन्ती पुस्तकालय मार्फत विगतमा हरेक राष्टिय पर्वहरुमा नाटक माचन गर्ने कविता गोष्टि गर्ने तथा साहित्यिक पुस्तक र पत्र पत्रिकाको संकलन गर्ने जस्ता महत्वपूर्ण कामहरु हुने गरेको थियो । तर जयन्तीले यस्ता खाले सृजनशिल कामहरु औपचारिक रुपमा नगरेको बर्षौ भैसकेको छ ।
२०५२ समल अघि सम्म ठिक ठिकै अवस्थामा चलिराखेको जयन्ती पुस्तकालय त्यसयता देशमा चलेको दोन्दका कारण युवा पुस्ता गाउँबाट पलायन भए पछि पूर्णत निष्क्रिय बन्न पुगेको स्थानिय बासिन्दा बताउँछन् । विचमा पनि खुल्दै बन्द हुदै गरेको गरेको पुस्तकालय २०५२ देखि २०६२ साल सम्म भने पूर्ण रुपमा बन्द नै भयो ।
२०६२ सालमा गोरखा फाउन्डेसनका अध्यक्ष विजय देवकोटाले पुस्तकालयको पुन निमार्ण र संचालनमा सहयोग गर्ने भए पछि युवाहरु केहि समयको लागि पुन जुरमुराए । र उनीहरुले पुस्कालयको नामनै परिर्वतन गरि जयन्ती पुस्तकालय तथा युवा क्लबका रुपमा अगाडि बढाउने उदेश्यले जिल्ला प्रशनसनमा दर्ता गराए । अनि गोरखा फाउन्डेसनले भवन मर्मतका लागी दिएको करिब १ लाख पचाँस हजार रुपैयाले तीन कोठे भवन पुन निमार्णको काम सम्पन्न भएको पुस्तकालयका अध्यक्ष प्रदिप देवकोटा को भनाई छ । पुन निमार्ण सँगै गोरखा फाउन्डेसनले विभिन्न विषयगत चार हजार पुस्तक पनि दियो तर पुस्तकालय नियमित संचालनको सपना साँचेका जनताहरुको सपना भने साकार हुन सकेन । अहिले न त पुस्तकालयको ढोका खोलॆर पुस्तकमा लागेको धमिरा र धुलो टकटक्याउने काम हुन्छ न त कार्य समितिको नियमित बैठक नै बस्न सकेको छ । आफ्रनो छुटै पहिचान र अस्तित्व बोकेको जयन्ती पुस्तकालय अहिले जीवन मरणको दोसाँधमा छटपट्याई रहेको छ ।
व्ाास्तबमा जयन्ती पुस्तकालय यस क्षेत्रमा जन्मी हुर्की देश विदेशमा ख्याति कमाएका ब्यक्तिहरुको चेतनाको जग हो । तर ती ब्यक्तिहरुले आफ्नो जग भत्किन लागि सक्दा सम्म कुनै चासो र सहानुभुति ब्यक्त नगरेको प्रष्ट देखिन्छ । आखिर बेला बिति सके पछि गोहिको आँशु चुवाउनुको के अर्थ हुन्छ र अहिले जयन्तीको हकमा खोलो तर्यो लौरो विर्यौ भन्ने नेपाली उखान चरितार्थ भएको छ ।
पुस्तकालयको संरक्षणका निम्ति केहि ब्यक्तिहरु त मरि मेटेर लागेका छन् । तर तीनिहरुको लगाबले मात्र केहि लछार पाटो लाग्न सक्ने अवस्था छैन । जयन्तीकै आडमा कोहि मन्त्रि भए कोहि डाक्टर भए कोहि ईन्जिनियर भए कोहि ब्यवस्थापक र प्रकाशक भए तर तीतिहरु कसैले पनि जयन्तीलाई आड दिने प्रयत्न गरेनन् भन्ने भनाई छ स्थानिय युवा राम चन्द्र पौडेलको । पुस्तकालय संचालक समितिका पदाधिकारीहरु एक जना कर्मचारी राख्न सकिए मात्र जयन्तीको कि्रयासिलता बढाउँन सकिने धारणा ब्यक्त गर्छन् । तर के सवाल र समस्या तलवी कर्मचारीको मात्र हो त एक पटक सोच्नु पर्ने बेला आएको छ ।

Tuesday, June 9, 2009

लोक संस्कृति सेत बहादुर र हामी


विकास ढकाल
उखरमाउलो गर्मीले धर्ति बाफिएको मध्य बैशाखको दिन छिचोलेर हामी सात आठ जना युवाहरु एउटा सिरसिर बतास चलेको रुमानि साझँमा जम्मा भएका छौ ।हर्मी नवलपुरमा रहेको ईजाजु मियाँको आगँनमा हामी यहाँ जम्मा हुनुको मुख्य उदेश्य साथि भाई गाउँमा जम्मा भएको मौकामा केहि क्षण रमाईलो गरि बस्ने वस यति नै हो । यो कुनै पूर्व निर्धारित कार्यक्रम थिएन तत्कालै रचिएको एउटा रम्ने प्लान थियो । हो हामीले यो हाम्रो रम्ने प्लानमा होस्टेमा हैसे गर्न निम्तो दियौ सेत बहादुर बिकलाइ जो कुनै जमानामा यस गाउँ र आसपासका ठाउँहरुमा कुसल गायक र बाध्यवादकको रुपमा चिर परिचित थिए । तर अपसोच विप्न्ाता र गरिविले गाँजेर नै सेत बहादुर लगागतका गाउँका अन्य थुप्रै प्रतिभाहरु आफ्नो धरातलबाट एक खुड्किलो पनि माथि उठ्न सकेनन् र विस्तारै विस्तारै मूल भङगालोबाट किनारा लागेर गुमनामको अवस्थामा पुगे । उनीहरु त्यसै पाखा लागे लागे साथमा यी होनहार प्रतिभाहरु सगै सिगो लोक कला र संस्कृति पनि पाखा लागेर लोप हुने अवस्थामा पुगे । शुरुमा त सेत बहादुरले हामीलाई साथ दिन आनाकानी गरे छन् । आखिर उनी पनि प्रत्येक रात राम रमाईलोमा भुलि राख्न कहाँ सक्ने अवस्थामा कहाँ थिए र अघिल्लो रात पारि गाउँको पुजामा पुरै रात कटाएको ह्रयाङओभर बाँकी नै रहेछ उनीमा । मान्छे हो निन्द्रा र थकाई त अवश्य लाग्छ नै तरै पनि हामीले हल्करा बनाएर पठाएका उनका सहकर्मी ईजाजु मियाँको पटक पटकको अनुनय विनयलाई हार्न नसकेर सेत बहादुर कागको हुलमा बकुल्लो बन्न टुप्लुकै आई पुगे खवर गरेको लगभग आधा धन्टा पछि ।

सायद बुढ्यौलीले छोएर होला आईमाईको फरिया मुजा परेझै सेत बहादुरको गालामा पनि पुरै छाला स्रोहोरिएर मुजा परि सकेको छ । तर पनि जोस भने उहि सोह्र वसे्र तन्नेरीको जस्तो । लगभग ६ दशक अघि देखि जिन्दगीको मैदानमा ओलम्पिक दौड गर्न थालेका सेत बहादुर विक अझै थाकेका छैनन् । लगातार एउटा सापेक्षिक गतिमा दौडिरहेका छन् । लामो गन्थन मन्थन र थुप्रै अनुरोधका झटाराहरुको प्रहार पछि मात्र उनी पुन एक पटक बसाइ आफ्नो ओईलिएको जाँगरलाई पुन ताजकी गराउँदै हामी सगँ रम्ने मनस्थितिमा पुगे । शुरुमा त्यति खुल्न नमानेका उनी पछि गफिदै जाँदा एकाएक जोसिला बन्न पुगे । सायद शुरुमा यिनले सोचे थे होला कागको हुलमा बकुल्लाको के औचित्य तर पछि उनको मुड एकएक चेन्ज भयो रमाईलो गर्ने मेलो मेसोमा को काग को बकुल्लो
थ्ाुप्रै दौडधुप र ब्यापक खोज बिन पछि हामीले बल्ल तल्ल एउटा मादलको बन्दोबस्त गरेका थियौ । कुन कुनामा मिल्काईएको मादल सेत बहादुरले हिर्काउँदा घिन्ताङ घिन्ताङ गरेर बज्नु पर्नेमा ठम्फु जस्तो पो बज्यो । त्याहाँ जम्मा भएका सेत बहादुर बाहेक मादलको म पनि अरु कसैलाई थाहाँ थिएन । तर म लगायत एकाध साथिहरु भने फाटेकै स्वरमा भए पनि पिछलगु बनेर माहौल तताउन माहिर थियौ । महिनौ सम्म नबजाई थन्किएको मादल साविकको तालमा नबज्ने भएछि सेत बहादुर हातमा लोहोरो लिएर आफ्नो न्वारन देखिको बल निकालेर मादल कस्न थाले अनि त एक छिन अघि सम्म ठम्फुझै बजेको मादलले अचानक जुनि फेर्यो र सेत बहादुर दुई हातले मादलको खरिनै झर्लाझै गरि मादल घुराउन थालि हाले घन्तु पाकुम घन्तु पाकुम ………।
अनित विस्तारै विस्तारै माहौल तातिन थाल्यो । चुरोट सेत बहादुरलाई मन पर्ने अम्बल रहेछ । बसाई शुरु हुदा नहुदै उनले चुरोट सल्काई सकेका थिए । त्यस पछि त झन् चुरोट सगँको उनको उठ बस क्रमश बाक्लियो । चुरोटको धुँवाले हामी बसेको आँगन छेउछाउ धुवाको कुईरो लागे झै भएको थियो । उनलाई मनाई राख्न हामीले नचाहँदा नचाहँदै पति पटक पटक चुरोटको आग्रह गरेका थियैा जुन आग्रहलाई उनले नकारेनन् । त्यै सर्ब पि्रय लाग्ने अम्बलचुरोट र मतमताउने पानीको नसाले सेत बहादुरको स्वर फाटेको प्रष्ट संकेत उनको गला खुल्न नसके पछि नै हामीले थाहा पायौ । तर जानमारहरु भन्छन् जवानिमा यिनको स्वर अहिले चल्ति फुर्तिमा रहेका कुनै गायकको भन्दा कम्ति दमदार थिएन ।
सेत बहादुरले मादल बजाए पछि नाच्न नत_िम्सने को होला र मादल बज्न शुरु हुदा नहुदै साथिहरु कम्मर मर्काउन थालि हाले । मौकामा चौका हान्न हामी पनि के कम सेत बहादुर आफु सया भएको मौका छोपि हामीले उ बेलाको चर्चित ठाडो भाका सिक्ने इच्छा जायर गर्यौ र उनले उ बेलाको त्यो भाका हामीलाई यसरी सुनाए
आयो नयाँ साल दाजु मिर्जापुरे थाल
पानी खानी अम्खरा
हो हो हो राया सुन सोखि माया पानी खानी अम्खरा
हा हा सुन चरिलाई दागी हेर चाखो माया रामलसीको लागी
मादलुलाई तानी माया बुढो भए पनि
अझै आउँछ हम्खरा हो हो हो सोखि माया अझै आउँछ हम्खरा
उनी हामीलाई पटक पटक भाका छोप्न अह्राईरहेका थिए । तर हामीले पटक्कै जान्दै जानेनौ । शुरुमा क्रमैले अगाडी बढेको भाकाको अन्तिममा धोति फुस्कि हाल्ने । लामो समयको अभ्यास पछि बल्ल तल्ल हामीहरुको ठाडो भाका सिक्ने सपना केहि हद सम्म भए पनि पुरा भयो ।
हामी सेत बहादुर सयँ गितका साथै उहिलेका कुराहरु पनि खोतल्ने ध्याउन्नान थियौ । यसै क्रममा मैले प्रश्नको झटारो हानि हाले तपाई चल्ति फुर्तिको हुदाँ गाईने मुख्य गितहरु के के थिए । उनी एक पछि लगातार मादल बजाएर विश्राम खोजिरहेका हातका औलाले गैडा ब्रान्डको चुरोटलाई तुइतुईति तानेर हावामा फुस्स धुँवाका चक्काहरु उडाउँदै भने ख्यालि कछाडे चुड्का पाङदुरेभोटेसाला झ्याउरे भजन जस्ता भाकाहरु न्ौ हुन् नि । दाई गित गाउँन कहाँ कहाँ जानु भयो साथि राजुले अर्को झटारो हान्यो । कहाँ मात्र पुगिन एकादसि जात्रा पुजा पर्व ठाउँमा चाँहि गोरखामा थुप्रै गाउँ लमजुङ लेक तिर कति गएम कति भनि साध्य छैन । तपाईको शेख पछि तपाईले जानेका बुझैका गीत र भाका संस्कृतिलाई कसले निरन्तरता दिने यो अति नै सान्दर्भिक जिज्ञासा थियो काजी दाईको । काजी दाईको जिज्ञासाको प्रति उत्तरमा सेत बहादुरले पुन चुरेाटको लामो सर्को तानेर एक छिन गम खादै भने नयाँ पुस्ता यस प्रति आर्कित त छ तर हामीमा जस्तो लगाब नै छैन । परा पुर्व काल देखि हस्तान्तरीत हुदै आएको लोक संस्कृति अब कुन पुस्तालाई हस्तान्तरण गर्ने। उनले नयाँ पस्तालाई सिकाउन भने प्रयास नगरेका होइनन् केहि बर्ष अघि सम्म केटाहरु सिक्न खोज्थे तर आज भोलि कसैलाई चासो नै छैन उनको गुनासो थियो ।
बेरको गन्थन मन्थन पछि पुन हामी गीत संगीतमै फर्कियौ । निकै समय गफगमफमा सुस्ताए पछि थकाई मर्यो होला सायद उनको । अनि त उनी हामीलाई उबेलामा चल्तिमा रहेको पाङदुरे सुनाउँन लागे
हा हा सेाह्र सय गोपिनिहरुले जमुनामा फूलै तारेको
हा हा राधा ज्यूलाई सर्पले डसेको हाईन कृष्ण ज्यूको प्रमले मुर्छै पारेको
मन्द गतिमा अधिकतम सन्तुस्टि दिन सक्ने शक्ति पाङदुरेमा हुने रहेछ । साथै यो नाचेर गाउँने गीत भएको पनि सेत बहादुरले हामीलाई बेलि विस्तार लाउदै थिए । पुराना धार्मिक कथा र मिथकहरु न्ौ पाङदुरेको विषय वस्तु हुने रहेछन् भन्ने कुरो पनि हामीले सेत बहादुर बाटै थहा पायौ । लग भग आधा घन्टा पाङदुरे सुने पछि साथिहरुलाई निन्द्राले छोपेछ की किन हो कराउँदा कराउँदै उङन पो थाले । अनि त सेत बहादुरले निन्द्रा भङग गराउने जुक्क्ति निकालि हाले फाष्ट विटको चुड्का गाउने । जब उनीले जोसिएर चुड्का गाउँन थाले तब साथिहरु ज्ार्याक जुरुक भएर पुन कम्मर मर्काउन पो थाले सेत बहादुरका यी लयात्मक शब्दमा
जरेबरको कुडा उखु मेसिनैमा करर
मायाँ लाउन आको सरर
झन् राम्री भैछौ
कुन साबुनले मुख धोईछौे
कराउँदा कराउँदै नाच्दै गाउँदै गर्दा गदै रातिको १२ पो बजिसकेछ । कति छिटो घडिको सुई धुम्यो पत्तै भएन । अघिल्लो दिन देखिको बारिएको निन्द्रको भारि बोकेका सेत बहादुर फेरि यो रातको निन्द्रा भोलि पल्ट पनि बोक्न चाहन्नथे । रात छिपिदै जुदा उनका आखाँ पनि राता हुदै थिए । उनका आखुले अराम खोजेको हामीले पछिल्लो पटक परिर्वतन भएका हाउ भाउ बाट नै लख काटि सकेका थियैा । र हामी अन्तत उनलाई विदा गर्ने मनस्थितिमा पुग्यौ । विदा वारि हुनै लाग्दा सेत बहादुरले बढो मनन् योग्य कुरे गर्न भ्याए । उनले कत्ति पनि नढाटि भने मैले त पुराना भाका र गीतहरु भल्न थाले जो सम्झै गाए है गल्ति भए माफ गर्नुस । आखिर बुढ्यौलीले छोपे पछि के गर्नु केहि सिप नलाग्ने रहेछ । सेत बहादुरले त पुराना भाका र गित विसे्र विसे्र अब कसले सम्झने । उनले विसे्रको भाका को बाट सिक्ने र जानेका भाका कसलाई सिकाउने त मन मनै उब्जिएको यो प्रश्नको जवाफ खोज्दै हामीले आफ्नै सिकारु शब्दमा लय भर्दै सेत बहादुरलाई विदाईको हात हल्लायौ ।
हामी तल जून तारा माथि
बिदा बादि भएर जाम साथि

Tuesday, March 31, 2009

त्यो शिखर ज्योति र यो शिखर ज्योित



विकास ढकाल
बयापानी, हर्मी
नारायण पाण्डे अहिले जस्ता पाताले छाइएको एउटा पक्की भवनको छाना मुनि आरामदायी काठको कुर्चिमा बसेर अतितका कथा र ब्यथाहरु हामीलाई सुनाउदै थिए । कुरा २०४४ साल आसपासका बर्षहरुको कुरा हो । हामीले भर्खर भखर्र विद्यालय शुरुगर्दा ताका विद्यार्थीहरु गुन्द्रि र सुकुलमा बसेर पढ्ने लेख्ने गर्थेअनि विद्यालयको झुप्रो कटेरो पनि स्याउलाले छाइएको थियो । घाम लागेको दिनमा त ठिकै थियो पानी परेको दिनमा चाँहि बेलैमा स्कुल विदा गर्नु पथ्र्यो ।
यस्तो अनुभूुति हामी सामु पोख्ने यी नारायण पाण्डे शिखर ज्योति प्रावि बयापानीमा स्थापना काल देखी कार्यरत प्रधानाध्यापक हुन् । उनले पढाउन सुरु गर्दा ताकाको शिखर ज्योति र आजको शिखर ज्योतिमा आकाश र जमिनको अन्तर छ । उनले भने जस्तो२०४४ सालको अवस्था अहिले २०६५ सम्म आइ पुग्दा कथा जस्तै लाग्न सक्छ ।यो बिचमा विद्यालयले धेरै उताब चढाबहरुको सामना गर्नु परेको छ ।उबेला गुन्द्रिमा बस्ने विद्यार्थिले अहिले डेस्क र बेन्च पाएका छन् ।साथ साथै घाम पानी छल्न पक्की विद्यालय भवन र जस्ता पाताको छाना पनि ।धरै उतार चढाबको सामना गर्दै अघि बढेका अभिभावक समाजसेवि र शिक्षकहरुकै योगदानको जगमा शिखरज्योति यो अवस्थामा आइपुग्न सफल भएको हो ।
विद्यालयको अहिलेको हालत देख्नेहरुलाई प्रअ पाण्डेले हामीलाई सुनाएका कुरा झट्टै पत्यार नलाग्न पनि सक्छ ।तर विगतमा अवस्था थियो त्यस्तै गाउँलेहरुले आफ्नै गाउँमै विद्यालय स्थापना गरि शिक्षाको दियो बाल्ने सपना त देखे तर उनीहरु सँग पर्याप्त साधन र स्रोतको सहज उपलब्धता भने थिएन । उनीहरु जसरी पनि विद्यालय स्थापना गरि छाड्ने अठोटका साथ अघि बढे ।अनि शिख्रे चौतारा नजिकै मिल्किएको सार्बजनिक जग्गामा एउटा छाप्रो हाले र आफ्ना छोरा छोरीहरुलाई पढ्नको लागी उक्त छाप्रोमा पठाउन थाले । अनि त्यो छाप्रोले विस्तारै विद्यालयको आकार लिन थाल्यो ।त्यै छाप्रेा घर आज आएर केहि हद सम्म भए पनि भौतिक रुपमा सवल र विद्यार्थिहरुलाई शिक्षा दिन सक्षम भएको छ ।
गाउँलेले आफ्नै पहलमा स्थापना गरेको शिखरज्योति प्राविलाई सरकारले २०४४ सालमा मान्यता दियो । अनि २०४५ सालमा एउटा अस्थायी दरबन्दिको ब्यवस्था गर्यो ।यसरी २०४० साल देखि २०४४ सम्म १ कक्षाको मात्र पढाई हुने बिद्यालयमा सरकारी मान्यता पछि भने २ कक्षाको पनि पढाई शुरु भयो । त्यस पछि गाउँलेहरुले मानो मुरि गर्दै चन्दा उठाएर विद्यालय चलाउँदै थिए । त्यसै क्रममा २०४७ सालमा तीन्ा कोठे भवन बनाउने काम भयो जुन काम पूर्णरुपमा स्थानिय जन श्रमदानबाट नै सम्पन्न भएको थियो । शुरुमा स्याउलाले छाईएको विद्यालय भवन पछि पन्च नेता राजेश्वर देबकोटाले संसदिय चुनाबको प्रचार अभियानका बेला उपलब्ध गराएको जस्ता पाताले छाउने काम भयो । त्यस पछि केहि वर्षको अन्तरालमा जापानी सहयोग नियोग जाईकाको अनुदानमा दुई कोठे पक्कि भबन बन्यो । त्यसै गरि २०५२ सालमा प्राथमिक शिक्षा परियोजनाको सहयोगमा फेरि अर्को २ कोठे विद्यालय भवन निर्माणकार्य सम्पन्न भयो । अनि बल्ल विद्यालयको भौतिक अभाबको गर्जो टर्न पुग्यो ।
भौतिक रुपमा हर्मीका अन्य प्रावि भन्दा सम्पन्न्ा शिखर ज्योतिमा हाल ३ जना शिक्षकको दरबन्दी छ। अन्य एक इसिडी कोटा सरकारले दिएको छ भने एक शिक्षक नीजि स्रोतमा कार्यरत छन् । विद्यालयलाई नीजि स्रोतका शिक्षक पाल्न निकै धौ धौ परेको छ । बार्षिक रुपमा गाबिसबाट प्राप्त हुने केहि रकम र जिल्ला शिक्षा कार्यालयबाट प्राप्त हुने प्रशासनिक खर्च कटाएर निजी स्रोतका शिक्षकको तलब भरण पोषण हुदै आएको छ । यी स्रोतबाट पनि अपुग रकमको जोहो चाँहि स्थानिय वन उपभोक्ता समूहले बार्षिक रुपमा वन पैदावारहरु बेचेर आउने पैसा विद्यालयको हितका लागी हरेक बर्ष प्रदान गर्दै आएको छ । जुन विद्यालयको एक मात्र स्थायि आम्दानिको स्रोत हो ।
कक्षा १ देखि ५ सम्म पढाई हुने यस शिखर ज्योति प्राविमा हाल १०५ जना बिद्यार्थि अध्ययनरत छन् । विगतको तुलनामा यो बिद्यार्थि सख्या एकदमै न्युन हो । यसअघि केहि बर्ष सम्म यहुको बिद्यार्थि सख्या १५५ सम्म रहेको थियो । बिद्यार्थि सख्या घट्नुको मुख्य कारण बसाइ सराइ हो ।आर्थिक हैसियत मजबुत भएकाहरुले आफ्ना छोरा छोरीलाई गाउँ बाहिर पढाउन लैजाने प्रचलन पछिल्ला बर्षहरुमा बढ्दै गईरहेको छ ।यसका साथ साथै नजिकै रहेको मदरसा दारुल हुदाले केहि बर्ष अघि सरकारी मान्यता पाए पछि धेरै जसो मुस्लिम बिद्याथ्ार्िहरु त्यता तिर लागेरकाले पनि शिखर ज्योतिमा बिद्याथ्ार्ि सख्या घटेको हो ।
विद्यार्थि सङख्या घट्रनुका यी प्रमुख कारण भए पनि अन्य सहायक कारण पनि उत्ािकै रहेको केहि अभिभावकहरुको भनाई छ । विशेष त विद्यालयको शैक्षिक गुणस्तर त्यति चित्त बुझ्दो नभएको र शिक्षकहरुमा पनि जागिरे मानसिकता हावि भएको अभिभावकहरुको आरोप छ । अभिभावकहरु त ठोकुवाका साथ शिक्षकहरुले लत्तो छोडेकाले यो अबस्था आएको हो भन्छन् । अभिभाबकहरुको भनाईबाट शिक्षकहरु न्ौ विद्यालयको गुणस्तर खष्कनुका कारक हुन् भन्ने चाहि पुष्टि हुन्छ । तर शिक्षकहरु यो आरोप झुटो भन्छन् ।
यसरी लामो सङघर्षको इतिहास बोकेको शिखरज्योतिमा हाल खानेपानि र पुस्तकालयको समस्याप्रमुख समस्याको रुपमा रहेको प्रअ पाण्डेको भनाई छ । बिद्यार्थिहरु तिर्खा लागे पछि टाढाको धारामा पानी पिउन जानु पर्ने र फुस्रदको समयमा पुस्तकालय आभाबले गर्दा खेलेरै समय खेर फाल्नु पर्ने अबस्था छ ।
अब विद्यालयका यी र यस्ता समस्याको समाधान गर्ने जिम्मा कसले लिने त आगामी दिनहरुमा शिखर ज्योतिको ज्योति अझै चम्किलो बनाउनुमा तपाई हामी सबैको उतिकै दायित्व छ की छैन एक पटक सोच्नु पर्ने बेला आएको छ ।
स्थलमा नरेन्द्र ढकालको सहयोगमा


मदरसालाई अस्तित्व रक्षाको चिन्ता



विकास ढकाल
वयापानी, हर्मी
सधै भरि शिक्षाको लागी घर छोडेर अन्यत्रै धाउनु पर्ने समस्याले हर्मीमा स्थायी बसोबास गर्दे आएका मुस्लिम समुलायलाई साह्रै नै गाँजेको पछि उनीहरुले आफ्नै गाउँमै एउटा मदरसाको आवश्यकता खड्किएको महसुस गर्न थाले । यो वि स २०३४ साल आासपासको कुरा हो ।
यसै क्रममा बयापानीका स्थानिय सामाजिक अगुवाहरुले यो कुरा काठमाडौमा रहेको मुस्लिम धर्मालम्बिहरुको सामाजिक संस्था अलहिरा एजुकेसन सोसाइटि समक्ष पुर्याए । सबै बस्तुस्थितिको नालिबेलि सुनिसके पछि अलहिराका प्रपिनिधिहरु हर्मीमा मदरसा खोल्नका लागी सहयोग गर्न तम्तयार भए । अनित सहयोगको याचनामा भौतारीएका ब्यक्तिहरुलाई के खोज्छस् कानो आँखो भने झै भयो । त्यस पछि अललिरा र स्थानिय जन समुदायको पहलमा हर्मी गाविस वडा न १ बयापानीमा मुस्लिम धर्मालम्बि बालबालिकालाई पढाउन मदरसा दारुल हुदा स्थापना हुन पुग्यो ।
हर्मी गाविस वडा न १ वयापानीमा बिस २०३४ सालमा खोलिएको यस मदरसामा शुरुका दिनहरुमा गुरुकुलको रुपमा एक जना मौलानागुरुको व्यबस्था गरेर विहानि शतत्र मात्र पढाई हुन्थ्यो ।अनि यस बखत पढाउने मौलानाको चाजोपाजो अलहिराले नै मिलाई दिएको थियो । विभिन्न उतार चढाबहरुको सामना गर्दै जाँदा बिचमा झन्डै पाँच बर्ष मदरसा बन्द रहन पुग्यो । तत्कालीन अबस्थामा देशमा चर्किएको शशतत्र दन्दका क्रममा उत्पन्न भयको वातावरणले गर्दा मदरसा बन्द गर्नु परेको शिक्षक इमामदिन मियाँको भनाइ छ । दन्दका बखत चलाईएका नचाईदा हल्ला र उत्पन्न सन्त्रासका कारण नै त्यो बेला मदरसा संचालनको वातावरण प्रतिकुल बनेको सरोकार वालाहरु बताउँछन् ।
मदरसा संाचालन गर्ने वातावरण अनुकुल बन्दै गए पछि शान्ति प्रकि्रयाको शुरुवात पछि पुन संचालनमा आएको मदरसाले राष्टिय शैक्षिक नितिमा भएको हेरफेरले गर्दा स्थापनाको करिब तीन दशक पछि २०६३ सालमा सरकारी मान्यता प्राप्त गर्न पुग्यो ।
सरकारी मान्यता पाए पछि पनि बर्षौ अघि देखि झेल्दै आएको समस्याबाट मुक्ति पाउने मदरसाको सपना भने पुरा हुन सकेन । मदरसामा संचालनका क्रममा आईपरि राख्ने आर्थिक संकटको चिन्ताले संचालकहरुलाई सताउन छाडेन । सरकारी मान्यता पाए पनि मदरसाले हाल सम्म कुनै सरकारी दरबन्दीका शिक्षक भने पाउन सकेको छैन । मदरसामा हाल ५जना शिक्षक कार्यरत छन् । ५जना मध्ये १जना अलहिराले बाहिरबाट पठाउँछ भने अन्य ४ जना चाँहि स्थानिय नै हुन् । र यी स्थानिय शिक्षकको तलब भरणपोषणको लागी सधै नै हारगुहार गर्नु पर्ने अबस्था छ ।
म्ादरसामा पढाउने शिक्षकको अनुपातमा विद्यार्थिहरु भने कम छ । यहाँ हाल अध्यानरत विद्यार्थिहरुको सख्या जम्मा ६५ छ । मदरसामा हर्मी गाविसका वडा न ७१२ का बिद्यार्थि पढ्छन् । हर्मीकै वडा न ६मा पनि मुस्लिमहरुको बसोबास रहेको भएता पनि भौगोलिकरुपले मदरसा टाडा रहेकाले नवलपुर आसपासका विद्यार्थिहरु दारुल हुदामा पढ्न जादैनन् ।
हरेक बर्ष मुस्लिमहरुको महान् चाड रमाजानका अबसरमा गरिने चन्दा संकलन र बार्षिकरुपमा हरेक घर धुरिबाट उठाईने पारिवारिक करको जगमा पुगेस पुगेस गरेर मदरसा संचालन गर्न सकिएको संचालकहरु बताउँछन् । स्वइच्छिक चन्दा र बार्षिक ४० देखि ४५ रुपैया सम्मको पारिवारिक करले नै शिक्षकहरुलाई धेर थोर तलब खुवाउन पुगेको छ । तर उनीहरुलाई परिश्रम र सरकारी स्केल अनुरुपको तलब भने मदरसाले दिन सकेके छैन ।
सरकारी दरबन्दि प्रप्त नभए पनि जिल्ला शिक्षा कार्यालयले बार्षिकरुपमा प्रशासनिक खर्च भने दिने गरेको छ ।साथ साथै गाउँ बिकास समितिले पनि हरेक बर्ष केहिकात्रामा बजेट छट्याउने गरेकाले मदरसा संचालनमा केहि राहत मिलको मदरसामा कार्यरत शिक्षकहरु बताउँछन् ।आर्थिकका साथ साथै मदरसालाई भौतिक समस्याले पनि उतिकैसताएको छ । बिद्यार्थिलाई सुबिधाले पढाउन कक्षा कोठाको अभाब छ ।मदरसा हातामा इउटा मात्र शौचालय छ । खाने पानीको समस्याको त झ्न् कुरा गरि साध्य छैन । दाताहरुको पहलमा खोलिएको पुस्तकालयको अबस्था नाजुक र दयनिय छ । पुस्तकालय र अफिस कोटा एउटै कोठामा बनाईएको छ ।अफिस कोठाको झ्याल ढोका र खोपाका किताबहरु छरपस्ट छन् । न किताबको जतन छ न त प्रयोग नै ।
ज्ति सुकै आर्थिक र भौतिक समस्याको सामना गर्नु परे पनि समुदायको हित र संस्कृतिको संरक्षणको लागी आफूहरु लागी परिरहने संचालकहरु बताउँछन् । हाल मदरसामा सरकारी पाठ्यक्रम भित्र रहेका सबै कक्षा १ देखि ५ सम्मका विषयका साथ साथै उर्दुभाषा शिषण दिनियातकर्मकाण्ड रअरबिकुरान को पढाई हुने गरेको छ ।
अनेकौ समस्याहरुले वरिपरिबाट घेरिएको भए पनि मदरसा संचालक सामाजिक अगुवा र शिक्षकहरुको सर्मपण र सामाजिक उत्तरदायित्वको भावनाले गर्दा जेनतेन मदरसाको अस्तित्व आज सम्म त धान्न सकिएको छ । घिटिघिटि गर्दै आफ्नो प्राण धानेको मदरसालाई आगामि दिनमा शुचारु सुब्यबस्थित र सम्पन्नताको बाटोमा हिडाउने अभिभारा अब कसले बोक्ने त के तपाई सगँ यो प्रश्नको उतर छ ।
स्थल सहयोग नरेन्द्र ढकाल

घरको धन्दा सकेर जान्छु म पनि पढ्न

विकास ढकाल
हर्मी

केहि बर्ष अघि सम्म झिसमिसेमै भालेको डाँको सँगै घरको काम घन्दा सकेर हातमा हँसिया र नाम्लो लिएर घाँस काट्न निस्कने बुहारी महिलाहरु बिगत दुई बर्ष यता हातमा कापि र किताब च्यापेर गाउँमै खुलेको उच्चमाविमा पढ्न जान थालेका छन् ।
हर्मी गाबिसको नवलपुरमा रहेको महेन्द्र लिला माविमा १० २ को पढाई शुरु गरिए पछि घरायसी समस्याका कारण बर्षौ देखि उच्च शिक्षाको अबसरबाट बन्चित महिलाहरुलाई उच्च शिक्षाको ढोका खुलेको हो । शिक्षा र बाणिज्य शात्रको पढाई हुने यस उच्चमाविमा पढ्ने बुहारीहरुको सख्या १४ रहेको छ ।
घर व्यबहार र विविध समस्याले गर्दा गाउँ छाडेर शहरमा गइ उच्च शिक्षा हाँसिल गर्न नपाएका बुहारिहरुलाई यस उच्च माबिले ठूलो गुन लगाएको छ । यति मात्र कहाँ हो र ११ कक्षामा भर्ना भए पछि बुहारी महिलाले कुनै पनि अतिक्ति शुल्क तिर्नु पदैन । विविध बाह्रय स्रोत र चन्दा जुटाएर बुहारी महिलाको सहयोगका लागी विद्यालय ब्यबस्थापन समितिले महिला शिक्षा सहयोग कोष स्थापना गरेको छ ।
तरै पनि बिहान सबेरै घरको सबै काम धन्दा भ्याएर क्याम्पसको बिहानि कक्षामा सामेल हुन बुहारिहरुलाई हम्मे हम्मे पर्ने गरेको छ ।शुरु शरुमा पढ्न शुरुगर्दा ताका घर परिवारबाट स्वीकृति नमिले पनि हिजो आज भने परिवारका सदस्यहरु केहि सहयोगी र उदार भएकाले बुहारीहरुको पढ्ने सपना साकार हुने क्रममा छ ।
लामो समय अघि देखि उच्च शिक्षा लिनबाट बन्चित बुहारीहरुलाई निशुल्क शिक्षा दिई सामाजिक रुपान्तरणको अभियान थाल्न मेलोमेसो कसरी मिल्यो त भन्ने प्रश्नमा १० २ स्थापना गर्न सकि्रय रुपमा लाग्नु भएका जनार्दन ढकालले भन्नु भयो -आफ्नै गाउँमा उच्चमावि खुले पछि बुहारी महिलाहरुको मनमा पढाई प्रतिको चासो त बढेको थियो ।तर सबै घरायसी कामकाजलाई थाति राखेर कोहि पनि सामाजिक परिबेशबाट माथि उठेर भर्ना हुन आएनन्। अनि हामीले बुहारीहरुलाई मासिक शुल्क मिनाहा हुने र उनीहरुलाई बिषेश कक्षाको ब्यबस्था गर्ने घोषण गरेका हौँ ।र त्यस पछि भर्ना हुन आउने बुहारीको सख्या बृदि भएको हो ।
ग्रामिण क्षेत्रमा बढ्दो चेतना स्तरको बृदि र फेरिदै गएका पुसातन मूल्य र मान्यताहरुले गर्दा बुहारीहरुलाई पढ्नु पर्छ भन्ने लागेकाले उनीहरु क्याम्पस भर्ना भएको शिक्षकहरुको धारणा छ । शुरुवातका दिनहरुमा यिनिहरुले पढेर के गर्ने हुन् र भनेर ओठ लेप्र्याउनेहरुले पनि आज भोलि राम्ररी पढ्न प्रोत्साहन गरिरहेको बुहारीहरुले बताए ।
धरै बर्ष पछि पुन पढाई शुरु गरेकाले केहि असजिलो त भएको त छ नै तरै पनि आत्माविस्वासले गर्दा सजिलो हुने कुरामा म विश्वस्त छु । बुहारी बिद्यार्थि आशामाया परियारले भनिन् ।आशा जस्तै यहाँ १८ देखि ३५ बर्ष सम्मका बुहारीहरु कक्षामा नियमित हाजिर भएर पढिरहेका छन् ।भर्ना भएका मध्य एकाध महिलाले धान्न ग्राह्रो भएर बिचमै पढाई छाडे पनि १४ जना भने १० २का नियनिमत बिद्यार्थि हुन् ।
उच्च माविमा बाणिज्य शास्त्रको पनि पढाई भईरहेको भएता पनि बुहारीहरु सबैले शिक्षा पढिरहेका छन् । यसरी लामो समय पढ्न छोडेर पुन विद्यार्थि भएका बुहारीहरु मध्य १२ जना ११ कक्षाको बार्षिक परिक्षामा पास भैसकेका छन् । भने केहि बुहारीहरुलाई एक दुई विषय मात्र लागेको छ ।
समय अनुकुल बुहारी शिक्षाको यो अबधारणालाई परिमार्जन र परिस्कृत गरि अगाडी बढाई राम्रो नतिजा ल्याउन सफल भएमा हर्मीको शैक्षिक रुतान्तरणले एउटा फड्को मार्ने र १० २स्थापना गर्न मरिमेटेर लागेका समाजसेविहरुको प्रयास बल्ल सार्थक अनि उपलब्धी मूलक हुने थियो की