Tuesday, March 31, 2009

घरको धन्दा सकेर जान्छु म पनि पढ्न

विकास ढकाल
हर्मी

केहि बर्ष अघि सम्म झिसमिसेमै भालेको डाँको सँगै घरको काम घन्दा सकेर हातमा हँसिया र नाम्लो लिएर घाँस काट्न निस्कने बुहारी महिलाहरु बिगत दुई बर्ष यता हातमा कापि र किताब च्यापेर गाउँमै खुलेको उच्चमाविमा पढ्न जान थालेका छन् ।
हर्मी गाबिसको नवलपुरमा रहेको महेन्द्र लिला माविमा १० २ को पढाई शुरु गरिए पछि घरायसी समस्याका कारण बर्षौ देखि उच्च शिक्षाको अबसरबाट बन्चित महिलाहरुलाई उच्च शिक्षाको ढोका खुलेको हो । शिक्षा र बाणिज्य शात्रको पढाई हुने यस उच्चमाविमा पढ्ने बुहारीहरुको सख्या १४ रहेको छ ।
घर व्यबहार र विविध समस्याले गर्दा गाउँ छाडेर शहरमा गइ उच्च शिक्षा हाँसिल गर्न नपाएका बुहारिहरुलाई यस उच्च माबिले ठूलो गुन लगाएको छ । यति मात्र कहाँ हो र ११ कक्षामा भर्ना भए पछि बुहारी महिलाले कुनै पनि अतिक्ति शुल्क तिर्नु पदैन । विविध बाह्रय स्रोत र चन्दा जुटाएर बुहारी महिलाको सहयोगका लागी विद्यालय ब्यबस्थापन समितिले महिला शिक्षा सहयोग कोष स्थापना गरेको छ ।
तरै पनि बिहान सबेरै घरको सबै काम धन्दा भ्याएर क्याम्पसको बिहानि कक्षामा सामेल हुन बुहारिहरुलाई हम्मे हम्मे पर्ने गरेको छ ।शुरु शरुमा पढ्न शुरुगर्दा ताका घर परिवारबाट स्वीकृति नमिले पनि हिजो आज भने परिवारका सदस्यहरु केहि सहयोगी र उदार भएकाले बुहारीहरुको पढ्ने सपना साकार हुने क्रममा छ ।
लामो समय अघि देखि उच्च शिक्षा लिनबाट बन्चित बुहारीहरुलाई निशुल्क शिक्षा दिई सामाजिक रुपान्तरणको अभियान थाल्न मेलोमेसो कसरी मिल्यो त भन्ने प्रश्नमा १० २ स्थापना गर्न सकि्रय रुपमा लाग्नु भएका जनार्दन ढकालले भन्नु भयो -आफ्नै गाउँमा उच्चमावि खुले पछि बुहारी महिलाहरुको मनमा पढाई प्रतिको चासो त बढेको थियो ।तर सबै घरायसी कामकाजलाई थाति राखेर कोहि पनि सामाजिक परिबेशबाट माथि उठेर भर्ना हुन आएनन्। अनि हामीले बुहारीहरुलाई मासिक शुल्क मिनाहा हुने र उनीहरुलाई बिषेश कक्षाको ब्यबस्था गर्ने घोषण गरेका हौँ ।र त्यस पछि भर्ना हुन आउने बुहारीको सख्या बृदि भएको हो ।
ग्रामिण क्षेत्रमा बढ्दो चेतना स्तरको बृदि र फेरिदै गएका पुसातन मूल्य र मान्यताहरुले गर्दा बुहारीहरुलाई पढ्नु पर्छ भन्ने लागेकाले उनीहरु क्याम्पस भर्ना भएको शिक्षकहरुको धारणा छ । शुरुवातका दिनहरुमा यिनिहरुले पढेर के गर्ने हुन् र भनेर ओठ लेप्र्याउनेहरुले पनि आज भोलि राम्ररी पढ्न प्रोत्साहन गरिरहेको बुहारीहरुले बताए ।
धरै बर्ष पछि पुन पढाई शुरु गरेकाले केहि असजिलो त भएको त छ नै तरै पनि आत्माविस्वासले गर्दा सजिलो हुने कुरामा म विश्वस्त छु । बुहारी बिद्यार्थि आशामाया परियारले भनिन् ।आशा जस्तै यहाँ १८ देखि ३५ बर्ष सम्मका बुहारीहरु कक्षामा नियमित हाजिर भएर पढिरहेका छन् ।भर्ना भएका मध्य एकाध महिलाले धान्न ग्राह्रो भएर बिचमै पढाई छाडे पनि १४ जना भने १० २का नियनिमत बिद्यार्थि हुन् ।
उच्च माविमा बाणिज्य शास्त्रको पनि पढाई भईरहेको भएता पनि बुहारीहरु सबैले शिक्षा पढिरहेका छन् । यसरी लामो समय पढ्न छोडेर पुन विद्यार्थि भएका बुहारीहरु मध्य १२ जना ११ कक्षाको बार्षिक परिक्षामा पास भैसकेका छन् । भने केहि बुहारीहरुलाई एक दुई विषय मात्र लागेको छ ।
समय अनुकुल बुहारी शिक्षाको यो अबधारणालाई परिमार्जन र परिस्कृत गरि अगाडी बढाई राम्रो नतिजा ल्याउन सफल भएमा हर्मीको शैक्षिक रुतान्तरणले एउटा फड्को मार्ने र १० २स्थापना गर्न मरिमेटेर लागेका समाजसेविहरुको प्रयास बल्ल सार्थक अनि उपलब्धी मूलक हुने थियो की

No comments:

Post a Comment