विकास ढकाल
वयापानी, हर्मी
सधै भरि शिक्षाको लागी घर छोडेर अन्यत्रै धाउनु पर्ने समस्याले हर्मीमा स्थायी बसोबास गर्दे आएका मुस्लिम समुलायलाई साह्रै नै गाँजेको पछि उनीहरुले आफ्नै गाउँमै एउटा मदरसाको आवश्यकता खड्किएको महसुस गर्न थाले । यो वि स २०३४ साल आासपासको कुरा हो ।
यसै क्रममा बयापानीका स्थानिय सामाजिक अगुवाहरुले यो कुरा काठमाडौमा रहेको मुस्लिम धर्मालम्बिहरुको सामाजिक संस्था अलहिरा एजुकेसन सोसाइटि समक्ष पुर्याए । सबै बस्तुस्थितिको नालिबेलि सुनिसके पछि अलहिराका प्रपिनिधिहरु हर्मीमा मदरसा खोल्नका लागी सहयोग गर्न तम्तयार भए । अनित सहयोगको याचनामा भौतारीएका ब्यक्तिहरुलाई के खोज्छस् कानो आँखो भने झै भयो । त्यस पछि अललिरा र स्थानिय जन समुदायको पहलमा हर्मी गाविस वडा न १ बयापानीमा मुस्लिम धर्मालम्बि बालबालिकालाई पढाउन मदरसा दारुल हुदा स्थापना हुन पुग्यो ।
हर्मी गाविस वडा न १ वयापानीमा बिस २०३४ सालमा खोलिएको यस मदरसामा शुरुका दिनहरुमा गुरुकुलको रुपमा एक जना मौलानागुरुको व्यबस्था गरेर विहानि शतत्र मात्र पढाई हुन्थ्यो ।अनि यस बखत पढाउने मौलानाको चाजोपाजो अलहिराले नै मिलाई दिएको थियो । विभिन्न उतार चढाबहरुको सामना गर्दै जाँदा बिचमा झन्डै पाँच बर्ष मदरसा बन्द रहन पुग्यो । तत्कालीन अबस्थामा देशमा चर्किएको शशतत्र दन्दका क्रममा उत्पन्न भयको वातावरणले गर्दा मदरसा बन्द गर्नु परेको शिक्षक इमामदिन मियाँको भनाइ छ । दन्दका बखत चलाईएका नचाईदा हल्ला र उत्पन्न सन्त्रासका कारण नै त्यो बेला मदरसा संचालनको वातावरण प्रतिकुल बनेको सरोकार वालाहरु बताउँछन् ।
मदरसा संाचालन गर्ने वातावरण अनुकुल बन्दै गए पछि शान्ति प्रकि्रयाको शुरुवात पछि पुन संचालनमा आएको मदरसाले राष्टिय शैक्षिक नितिमा भएको हेरफेरले गर्दा स्थापनाको करिब तीन दशक पछि २०६३ सालमा सरकारी मान्यता प्राप्त गर्न पुग्यो ।
सरकारी मान्यता पाए पछि पनि बर्षौ अघि देखि झेल्दै आएको समस्याबाट मुक्ति पाउने मदरसाको सपना भने पुरा हुन सकेन । मदरसामा संचालनका क्रममा आईपरि राख्ने आर्थिक संकटको चिन्ताले संचालकहरुलाई सताउन छाडेन । सरकारी मान्यता पाए पनि मदरसाले हाल सम्म कुनै सरकारी दरबन्दीका शिक्षक भने पाउन सकेको छैन । मदरसामा हाल ५जना शिक्षक कार्यरत छन् । ५जना मध्ये १जना अलहिराले बाहिरबाट पठाउँछ भने अन्य ४ जना चाँहि स्थानिय नै हुन् । र यी स्थानिय शिक्षकको तलब भरणपोषणको लागी सधै नै हारगुहार गर्नु पर्ने अबस्था छ ।
म्ादरसामा पढाउने शिक्षकको अनुपातमा विद्यार्थिहरु भने कम छ । यहाँ हाल अध्यानरत विद्यार्थिहरुको सख्या जम्मा ६५ छ । मदरसामा हर्मी गाविसका वडा न ७१२ का बिद्यार्थि पढ्छन् । हर्मीकै वडा न ६मा पनि मुस्लिमहरुको बसोबास रहेको भएता पनि भौगोलिकरुपले मदरसा टाडा रहेकाले नवलपुर आसपासका विद्यार्थिहरु दारुल हुदामा पढ्न जादैनन् ।
हरेक बर्ष मुस्लिमहरुको महान् चाड रमाजानका अबसरमा गरिने चन्दा संकलन र बार्षिकरुपमा हरेक घर धुरिबाट उठाईने पारिवारिक करको जगमा पुगेस पुगेस गरेर मदरसा संचालन गर्न सकिएको संचालकहरु बताउँछन् । स्वइच्छिक चन्दा र बार्षिक ४० देखि ४५ रुपैया सम्मको पारिवारिक करले नै शिक्षकहरुलाई धेर थोर तलब खुवाउन पुगेको छ । तर उनीहरुलाई परिश्रम र सरकारी स्केल अनुरुपको तलब भने मदरसाले दिन सकेके छैन ।
सरकारी दरबन्दि प्रप्त नभए पनि जिल्ला शिक्षा कार्यालयले बार्षिकरुपमा प्रशासनिक खर्च भने दिने गरेको छ ।साथ साथै गाउँ बिकास समितिले पनि हरेक बर्ष केहिकात्रामा बजेट छट्याउने गरेकाले मदरसा संचालनमा केहि राहत मिलको मदरसामा कार्यरत शिक्षकहरु बताउँछन् ।आर्थिकका साथ साथै मदरसालाई भौतिक समस्याले पनि उतिकैसताएको छ । बिद्यार्थिलाई सुबिधाले पढाउन कक्षा कोठाको अभाब छ ।मदरसा हातामा इउटा मात्र शौचालय छ । खाने पानीको समस्याको त झ्न् कुरा गरि साध्य छैन । दाताहरुको पहलमा खोलिएको पुस्तकालयको अबस्था नाजुक र दयनिय छ । पुस्तकालय र अफिस कोटा एउटै कोठामा बनाईएको छ ।अफिस कोठाको झ्याल ढोका र खोपाका किताबहरु छरपस्ट छन् । न किताबको जतन छ न त प्रयोग नै ।
ज्ति सुकै आर्थिक र भौतिक समस्याको सामना गर्नु परे पनि समुदायको हित र संस्कृतिको संरक्षणको लागी आफूहरु लागी परिरहने संचालकहरु बताउँछन् । हाल मदरसामा सरकारी पाठ्यक्रम भित्र रहेका सबै कक्षा १ देखि ५ सम्मका विषयका साथ साथै उर्दुभाषा शिषण दिनियातकर्मकाण्ड रअरबिकुरान को पढाई हुने गरेको छ ।
अनेकौ समस्याहरुले वरिपरिबाट घेरिएको भए पनि मदरसा संचालक सामाजिक अगुवा र शिक्षकहरुको सर्मपण र सामाजिक उत्तरदायित्वको भावनाले गर्दा जेनतेन मदरसाको अस्तित्व आज सम्म त धान्न सकिएको छ । घिटिघिटि गर्दै आफ्नो प्राण धानेको मदरसालाई आगामि दिनमा शुचारु सुब्यबस्थित र सम्पन्नताको बाटोमा हिडाउने अभिभारा अब कसले बोक्ने त के तपाई सगँ यो प्रश्नको उतर छ ।
स्थल सहयोग नरेन्द्र ढकाल
No comments:
Post a Comment