बयापानी, हर्मी
नारायण पाण्डे अहिले जस्ता पाताले छाइएको एउटा पक्की भवनको छाना मुनि आरामदायी काठको कुर्चिमा बसेर अतितका कथा र ब्यथाहरु हामीलाई सुनाउदै थिए । कुरा २०४४ साल आसपासका बर्षहरुको कुरा हो । हामीले भर्खर भखर्र विद्यालय शुरुगर्दा ताका विद्यार्थीहरु गुन्द्रि र सुकुलमा बसेर पढ्ने लेख्ने गर्थेअनि विद्यालयको झुप्रो कटेरो पनि स्याउलाले छाइएको थियो । घाम लागेको दिनमा त ठिकै थियो पानी परेको दिनमा चाँहि बेलैमा स्कुल विदा गर्नु पथ्र्यो ।
यस्तो अनुभूुति हामी सामु पोख्ने यी नारायण पाण्डे शिखर ज्योति प्रावि बयापानीमा स्थापना काल देखी कार्यरत प्रधानाध्यापक हुन् । उनले पढाउन सुरु गर्दा ताकाको शिखर ज्योति र आजको शिखर ज्योतिमा आकाश र जमिनको अन्तर छ । उनले भने जस्तो२०४४ सालको अवस्था अहिले २०६५ सम्म आइ पुग्दा कथा जस्तै लाग्न सक्छ ।यो बिचमा विद्यालयले धेरै उताब चढाबहरुको सामना गर्नु परेको छ ।उबेला गुन्द्रिमा बस्ने विद्यार्थिले अहिले डेस्क र बेन्च पाएका छन् ।साथ साथै घाम पानी छल्न पक्की विद्यालय भवन र जस्ता पाताको छाना पनि ।धरै उतार चढाबको सामना गर्दै अघि बढेका अभिभावक समाजसेवि र शिक्षकहरुकै योगदानको जगमा शिखरज्योति यो अवस्थामा आइपुग्न सफल भएको हो ।
विद्यालयको अहिलेको हालत देख्नेहरुलाई प्रअ पाण्डेले हामीलाई सुनाएका कुरा झट्टै पत्यार नलाग्न पनि सक्छ ।तर विगतमा अवस्था थियो त्यस्तै गाउँलेहरुले आफ्नै गाउँमै विद्यालय स्थापना गरि शिक्षाको दियो बाल्ने सपना त देखे तर उनीहरु सँग पर्याप्त साधन र स्रोतको सहज उपलब्धता भने थिएन । उनीहरु जसरी पनि विद्यालय स्थापना गरि छाड्ने अठोटका साथ अघि बढे ।अनि शिख्रे चौतारा नजिकै मिल्किएको सार्बजनिक जग्गामा एउटा छाप्रो हाले र आफ्ना छोरा छोरीहरुलाई पढ्नको लागी उक्त छाप्रोमा पठाउन थाले । अनि त्यो छाप्रोले विस्तारै विद्यालयको आकार लिन थाल्यो ।त्यै छाप्रेा घर आज आएर केहि हद सम्म भए पनि भौतिक रुपमा सवल र विद्यार्थिहरुलाई शिक्षा दिन सक्षम भएको छ ।
गाउँलेले आफ्नै पहलमा स्थापना गरेको शिखरज्योति प्राविलाई सरकारले २०४४ सालमा मान्यता दियो । अनि २०४५ सालमा एउटा अस्थायी दरबन्दिको ब्यवस्था गर्यो ।यसरी २०४० साल देखि २०४४ सम्म १ कक्षाको मात्र पढाई हुने बिद्यालयमा सरकारी मान्यता पछि भने २ कक्षाको पनि पढाई शुरु भयो । त्यस पछि गाउँलेहरुले मानो मुरि गर्दै चन्दा उठाएर विद्यालय चलाउँदै थिए । त्यसै क्रममा २०४७ सालमा तीन्ा कोठे भवन बनाउने काम भयो जुन काम पूर्णरुपमा स्थानिय जन श्रमदानबाट नै सम्पन्न भएको थियो । शुरुमा स्याउलाले छाईएको विद्यालय भवन पछि पन्च नेता राजेश्वर देबकोटाले संसदिय चुनाबको प्रचार अभियानका बेला उपलब्ध गराएको जस्ता पाताले छाउने काम भयो । त्यस पछि केहि वर्षको अन्तरालमा जापानी सहयोग नियोग जाईकाको अनुदानमा दुई कोठे पक्कि भबन बन्यो । त्यसै गरि २०५२ सालमा प्राथमिक शिक्षा परियोजनाको सहयोगमा फेरि अर्को २ कोठे विद्यालय भवन निर्माणकार्य सम्पन्न भयो । अनि बल्ल विद्यालयको भौतिक अभाबको गर्जो टर्न पुग्यो ।
भौतिक रुपमा हर्मीका अन्य प्रावि भन्दा सम्पन्न्ा शिखर ज्योतिमा हाल ३ जना शिक्षकको दरबन्दी छ। अन्य एक इसिडी कोटा सरकारले दिएको छ भने एक शिक्षक नीजि स्रोतमा कार्यरत छन् । विद्यालयलाई नीजि स्रोतका शिक्षक पाल्न निकै धौ धौ परेको छ । बार्षिक रुपमा गाबिसबाट प्राप्त हुने केहि रकम र जिल्ला शिक्षा कार्यालयबाट प्राप्त हुने प्रशासनिक खर्च कटाएर निजी स्रोतका शिक्षकको तलब भरण पोषण हुदै आएको छ । यी स्रोतबाट पनि अपुग रकमको जोहो चाँहि स्थानिय वन उपभोक्ता समूहले बार्षिक रुपमा वन पैदावारहरु बेचेर आउने पैसा विद्यालयको हितका लागी हरेक बर्ष प्रदान गर्दै आएको छ । जुन विद्यालयको एक मात्र स्थायि आम्दानिको स्रोत हो ।
कक्षा १ देखि ५ सम्म पढाई हुने यस शिखर ज्योति प्राविमा हाल १०५ जना बिद्यार्थि अध्ययनरत छन् । विगतको तुलनामा यो बिद्यार्थि सख्या एकदमै न्युन हो । यसअघि केहि बर्ष सम्म यहुको बिद्यार्थि सख्या १५५ सम्म रहेको थियो । बिद्यार्थि सख्या घट्नुको मुख्य कारण बसाइ सराइ हो ।आर्थिक हैसियत मजबुत भएकाहरुले आफ्ना छोरा छोरीलाई गाउँ बाहिर पढाउन लैजाने प्रचलन पछिल्ला बर्षहरुमा बढ्दै गईरहेको छ ।यसका साथ साथै नजिकै रहेको मदरसा दारुल हुदाले केहि बर्ष अघि सरकारी मान्यता पाए पछि धेरै जसो मुस्लिम बिद्याथ्ार्िहरु त्यता तिर लागेरकाले पनि शिखर ज्योतिमा बिद्याथ्ार्ि सख्या घटेको हो ।
विद्यार्थि सङख्या घट्रनुका यी प्रमुख कारण भए पनि अन्य सहायक कारण पनि उत्ािकै रहेको केहि अभिभावकहरुको भनाई छ । विशेष त विद्यालयको शैक्षिक गुणस्तर त्यति चित्त बुझ्दो नभएको र शिक्षकहरुमा पनि जागिरे मानसिकता हावि भएको अभिभावकहरुको आरोप छ । अभिभावकहरु त ठोकुवाका साथ शिक्षकहरुले लत्तो छोडेकाले यो अबस्था आएको हो भन्छन् । अभिभाबकहरुको भनाईबाट शिक्षकहरु न्ौ विद्यालयको गुणस्तर खष्कनुका कारक हुन् भन्ने चाहि पुष्टि हुन्छ । तर शिक्षकहरु यो आरोप झुटो भन्छन् ।
यसरी लामो सङघर्षको इतिहास बोकेको शिखरज्योतिमा हाल खानेपानि र पुस्तकालयको समस्याप्रमुख समस्याको रुपमा रहेको प्रअ पाण्डेको भनाई छ । बिद्यार्थिहरु तिर्खा लागे पछि टाढाको धारामा पानी पिउन जानु पर्ने र फुस्रदको समयमा पुस्तकालय आभाबले गर्दा खेलेरै समय खेर फाल्नु पर्ने अबस्था छ ।
अब विद्यालयका यी र यस्ता समस्याको समाधान गर्ने जिम्मा कसले लिने त आगामी दिनहरुमा शिखर ज्योतिको ज्योति अझै चम्किलो बनाउनुमा तपाई हामी सबैको उतिकै दायित्व छ की छैन एक पटक सोच्नु पर्ने बेला आएको छ ।
स्थलमा नरेन्द्र ढकालको सहयोगमा

No comments:
Post a Comment