Tuesday, March 31, 2009

हर्मीमा महिला स्वास्थ्य शिबिर सम्पन्न

हर्मीमा महिला स्वास्थ्य शिबिर सम्पन्न
लायन्स क्लब अफ काठमाडौ क~ाचनजङगाको प्रमुख आयोजनामा गत फागुन २४र २५ गते हर्मी भन्ज्याङमा महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरको सह आयोजकहरुमा गोरखा समाज सेवा केन्द्र काठमाडौ र हर्मी गाविस रहेका थिए । भने प्राविधिक सहयोग चाँहि नहुँदा महिला क्लिनिक काठमाडौले गराएको थियो ।
दुई दिन सम्म संचालन भएको शिविरमा ७६९ जना महिलाहरुले स्वास्थ्य परिक्षण गरेको आयोजक संस्था गोरखा समाजका उपाध्यक्ष जनार्दन ढकालको भनाई छ । शिबिर संचालन हुने खबर पाए पछि गोरखाका अन्य गाबिसका साथै लमजुङ तनहुँ चितवन र धादिङ सम्मका विरामी महिलाहरु स्वास्थ्य जाँच गर्न आएका थिए ।
महिलाहरुमा ब्याप्त रहेको आङ खस्ने समस्याको विशेषज्ञ टोलि समक्ष महिलाहरुले बर्षौ अघि देखि लुकाई राखेको बेदनाको पोको खोलेका थिए । स्वास्थ्य परिक्षण गरिका मध्ये लगभग ३० प्रतिसत महिलाहरुमा आङ खस्ने समस्या पाइएको विशेषक्षले बताए ।
स्वास्थ्य शिविरलाई सफल बनाउन महेन्द्र लिला उमाविका विद्यार्थिहर्मी उप स्वास्थ्य चौकीका कर्मचारीमहिला स्वास्थ्य स्वयम् सेविका र स्थानिय महिला समूहले स्वयम् ुसेवकको भूमिका निभाएका थिए । २४ गते विहान उद्घाटन गरिएको शिविर २६ गते बिहान बिशेषज्ञ र प्राविधिकहरुको टोलिलाई स्थानिय गाउँलेहरुले फूलमाला पहिर्याएर विदाई गरिए पछि समापन भएको आयोजक संस्था लायन्स क्लबका अध्यक्ष शिब अधिकारीले बताए ।
विरामीहरुको यस्तो उल्लेख्य सहभागिताले ग्रामिण भेगहरुमा आङ खस्ने समस्या ब्यापत रहेको उजागर भएको र यस्ता शिविरहरुको अत्यधिक आबश्यकता महशुस गरिएको आयोजकको अनुभब छ । महिलाहरुको बिकराल समस्या र जनताहरुको उलेख्य सहयोगले आफूहरुलाई फेरी पनि शिविर संचालन गर्न हौसला मिलेको आयोजक पक्षले जानकारी दियो ।

No comments:

Post a Comment