Showing posts with label पुराना समाचार. Show all posts
Showing posts with label पुराना समाचार. Show all posts

Tuesday, April 21, 2009

हर्मीमा दन्त शिबिर हुने


हर्मी
आगामी बैशाख १५ र १६ गते हर्मी उप स्वास्थ्य चौकिमा निशुल्क दन्त शिविर संचालन हुने भएको छ ।
गोरखा प्राबिधिक स्वास्थ्यकर्मि समाज काठमाठौको प्रमुख आयोजना र कान्तिपुर डेन्टल हस्पिटल अनि गोरखा समाज सेवा केन्द्रको सह आयोजनामा उक्त शिबिर संचालन हुन लागेको हो । शिबिरको स्थानिय आयोजकहरुमा हर्मी गाबिस र आवरहर्मी डट कम रहेका छन् । शिबिर मार्फत दाँतका बिरामीहरुलाई निशुल्क उपचार गर्ने ब्यबस्था गरिएको आयोजकहरुको भनाई छ

Saturday, April 4, 2009

मलीमाबि केन्द्रमा एसएलसि सकियो

हर्मी
हर्मीको महेन्द्र लीला उच्च मावि केन्द्रमा संचालन भएको एसएलसि परिक्षा शनिवार सकिएको छ । केहि बर्ष अघि सम्म आँपपिपलको जनता माविमा कायम हुदै आएको परिक्षा केन्द्र २०६३ साल देखि हर्मीमा सारिएको थियो ।
मलीमावि परिक्षा केन्द्रमा मण्डली मावि छोपा्रकचित्रे पोखरी मावि चित्रे झिम्रेक मैपते माबि मैपते आहाल भन्ायाङ मावि थालाजुङजनता मावि आँपपिपल र चम्पावति मावि निवारेका विद्यार्थिले परिक्षा दिएका थिए । सोहि बिद्यालयका बिद्यार्थिले भने आफ्नै बिद्यालयमा परिक्षा दिन पाएका थिए । परिक्षा दिन आएका विद्यार्थिहरुलाई स्थानिय बासिन्दाले सर्व सुलभ रुपमा राम्रो खाना बस्नको व्यबस्था गरि सहयोग गरेको हर्मीबाट प्राप्त खबरमा उल्लेख छ ।

Friday, April 3, 2009

किसानलाई बाली लगाउने चटारो


हर्मी
लामो समय अघि देखिको चर्को अडेरी पछि केहि दिन यता गण्डकी प्रदेशमा पानी पर्न थाले पछि गोरखा र आसपासका किसानहरु खुसि देखिएका छन् ।
खेतबारी जोतेर समयमै बाली लगाउन नपाएर चिन्तित बनेका किसानहरुले पानी परेर माटो भिजे पछि केहि राहत महसुस गरेका हुन् । मध्य चैत लागि सक्दा सम्म खेतमा मकै छर्न नपाएका किसानहरु धमाधम मकै रोप्न ब्यस्त देखिएका छन् । मकैका साथ साथै पानी लाग्ने खोले खेतहरुमा लगाईने चैते धान पनि रोप्ने क्रम शुरु भएको हर्मीबाट प्राप्त खबरमा उल्लेख छ ।

महिलाहरुले भ्रमण गरे


हर्मी
सधै घरको चौघेरा भित्र सिमित महिलाहरु क्रमश बाहिरि दुनियाँ सगँ साक्षात्कार गर्न बिभिन्न कि्रयाकलापहरुमा संलग्न हुने क्रम पछिल्ला दिनहरुमा बढेर गएको छ ।
यसै क्रममा हर्मी भन्ायाङमा रहेको प्रगति महिला जागरण समूहका महिलाहरुले रमणिय पर्यटकिय स्थल पोखराको अबलोकन भ्रमण गरेका छन् ।गत चैत १० गते महिलाहरुले पोखराको लुम्ले कृषि केन्द्रमा गई नयाँ कृषि प्रबिधि र बिभिन्न जातका फल फूल अनि बालि नालिका बारेमा जानकारी हाँसिल गरेका थिए । लुम्ले पछि उनीहरु पोखराका महेन्द्र गुफाफेवातालविन्दाबासिनी मन्दिर लगायतका ठाउँहरुको भ्रमण गरि घर फर्किएका थिए । उक्त एक दिने अबलोकन भ्रमणमा जम्मा ३८ जना महिलाहरु सहभागी रहेको बुझिएको छ ।
त्यसै गरि गत फागुन १२ गते शिबरात्रिका दिन हर्मी भन्ायाङकै अर्को महिला समूह लालि गुँरास महिला समूहले पनि नवलपरासि जिल्लाको गैडाकोटमा रहेको मौला काली मन्दिरमा भ्रमण कार्यक्रम आयोजना गरेको थियो । हर्मी भन्ायाङ आसपासका ४ महिला समूहको सहभागीता रहेको सो भ्रमणमा कुल ५६ जना महिला सामेल थिए । प्रति ब्यक्ति २०० उठाएर आयोजना गरिएको भ्रमण कार्यक्रम एकदमै रमाईलो र अबिस्मसणिय भएको सो समुहकी एक सदस्य रमना ढकालले हामी सगँको कुराकानीमा बताउँनु भयो । गाउँ छोडेर कतै नगएका दिदी बहिनीहरुले धेरै सिक्ने र बुझ्ने मौका पाए उहाँको थप भनाई थियो।


हर्मी र आँपपिपल गाविसमा एउटै सचिव


हर्मी । बिगत लामो समय अघि देखि स्थानीय निकायहरु जन प्रतिनिधि विहिन भएका छन् । त्यस यता गाविससम्फूर्ण कामहरु सचिवहरुले नै समाल्दै आएका छन् । सरकारी कर्मचारीहरुले दैनिक कार्य संचालनको जिम्मेवारी पाएपछि गाउँ स्तरका विकास निर्माणका साथै प्रशासनिक कामहरु प्रत्यक्ष परोक्ष रुपमा प्रभावित भएको देखिन्छ ।
सरकारले दुई वटै गा।वि।सको कार्यभार एकै जना सचिवलाई सुम्पेपछि सर्वसाधारणहरु अझ बढी मर्कामा परेका छन् । जिल्ला विकास समिति गोरखाका अधिकारीहरुले हर्मी र आपपिपल गा।वि।स।sाे दैनिक काम कारवाही संचालन गर्न सचिव रामचन्द्र मरहट्टालाई जिम्मेवारी दिएका छन् । कुन गा।वि।समा कुन दिन सचिव आउने भन्ने निश्चित नभएकाले सर्वसाधारणहरु त्यसै कार्यालय धाउन विवश भएका देखिन्छन् । संयोगले कार्यालयमा सचिव भेट भएत ठीकै भयो होइन भने आएका सर्वसाधारणहरुलाई सचिवको घरमै अनि निज घरमा नभए जिल्ला सदरमुकाम सम्मै पुगि काम फत्ते गर्नु पर्ने बाध्यता छ ।
गा।वि।स कार्यालयमा कामका लागि आएका पीडित जनताहरु गा।वि।स सचिव र सरकार प्रति निकै आक्रोशित देखिन्छन् । पिडित मध्येका एक कृष्ण थापाले भने ुम त एउटा जाबो सिफारिसमा सहि गर्न सचिवको घर सिम्पानी नै पुग्नु पर् यो । जनताले खेप्नु परेको समस्या र समाधान प्रति सम्बन्धित अधिकारीहरुको उचित ध्यान जानू जरुरी देखिन्छ । सरकारले एक गा।वि।स।लाई एक सचिव नियुक्त गराई सधैं कार्यालयमा हाजिर गराउनु पर्ने माग स्थानीय वासिन्दाहरुको छ । विगतमा पनि यस्तै समस्या भोग्दै आएका पीडितहरुले कहिले राहत पाउने हुन् र सम्बन्धित अधिकारीहरुको घैंटोमा कहिले घाम लाग्ने हो केहि अतोपतो छैन ।

Tuesday, March 31, 2009

हर्मीमा महिला स्वास्थ्य शिबिर सम्पन्न

हर्मीमा महिला स्वास्थ्य शिबिर सम्पन्न
लायन्स क्लब अफ काठमाडौ क~ाचनजङगाको प्रमुख आयोजनामा गत फागुन २४र २५ गते हर्मी भन्ज्याङमा महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरको सह आयोजकहरुमा गोरखा समाज सेवा केन्द्र काठमाडौ र हर्मी गाविस रहेका थिए । भने प्राविधिक सहयोग चाँहि नहुँदा महिला क्लिनिक काठमाडौले गराएको थियो ।
दुई दिन सम्म संचालन भएको शिविरमा ७६९ जना महिलाहरुले स्वास्थ्य परिक्षण गरेको आयोजक संस्था गोरखा समाजका उपाध्यक्ष जनार्दन ढकालको भनाई छ । शिबिर संचालन हुने खबर पाए पछि गोरखाका अन्य गाबिसका साथै लमजुङ तनहुँ चितवन र धादिङ सम्मका विरामी महिलाहरु स्वास्थ्य जाँच गर्न आएका थिए ।
महिलाहरुमा ब्याप्त रहेको आङ खस्ने समस्याको विशेषज्ञ टोलि समक्ष महिलाहरुले बर्षौ अघि देखि लुकाई राखेको बेदनाको पोको खोलेका थिए । स्वास्थ्य परिक्षण गरिका मध्ये लगभग ३० प्रतिसत महिलाहरुमा आङ खस्ने समस्या पाइएको विशेषक्षले बताए ।
स्वास्थ्य शिविरलाई सफल बनाउन महेन्द्र लिला उमाविका विद्यार्थिहर्मी उप स्वास्थ्य चौकीका कर्मचारीमहिला स्वास्थ्य स्वयम् सेविका र स्थानिय महिला समूहले स्वयम् ुसेवकको भूमिका निभाएका थिए । २४ गते विहान उद्घाटन गरिएको शिविर २६ गते बिहान बिशेषज्ञ र प्राविधिकहरुको टोलिलाई स्थानिय गाउँलेहरुले फूलमाला पहिर्याएर विदाई गरिए पछि समापन भएको आयोजक संस्था लायन्स क्लबका अध्यक्ष शिब अधिकारीले बताए ।
विरामीहरुको यस्तो उल्लेख्य सहभागिताले ग्रामिण भेगहरुमा आङ खस्ने समस्या ब्यापत रहेको उजागर भएको र यस्ता शिविरहरुको अत्यधिक आबश्यकता महशुस गरिएको आयोजकको अनुभब छ । महिलाहरुको बिकराल समस्या र जनताहरुको उलेख्य सहयोगले आफूहरुलाई फेरी पनि शिविर संचालन गर्न हौसला मिलेको आयोजक पक्षले जानकारी दियो ।

सुधारको बाटोमा गाविस बजेट


विकास ढकाल
हर्मी
हर्मी गाउ विकास समितिको आर्थिक बर्ष २०६५÷६६को बजेट बिनियोयोजन बिगतका बर्षहरुको तुलनामा केहि हद सम्म भएपनि सुधारोन्मुख देखिएको छ । यसबाट कनिका छराईको परम्परा तोडिने क्रममा रहेको हो की भन्न सकिने अवस्था सृजना भएको छ ।
गत फागुण २२ गते हर्मी गाविसको सर्बदलिय सयन्त्रको उपस्थितिमा बसेको गाउँ परिषदले बार्षिक बजेट बाडफाड गरेपछि विकास निमार्णका कामले गति लिने भएको हो । परिषदले खासै नौला योजना अगाडी नसारे पनि पुरानो संस्कार भने बदलेको छ ।
यसपालिको गाउँ परिसद्ले थोरै योजनामा धेरै बजेट विनियोजन गरेर केहि मात्रा्रमा नयाँपन दिन खोजिएको छ । गाउँ विकासका लागी जिल्ला विकास समितिबाट आउने कुल १९ लाख ५० हजार रकम मध्ये मुख्य मुख्य के शिर्षकमा कति खर्च हुन लाग्यो त पढ्नोस् तलको विवरण
१ गाविस सडक तेसे्र शिखे्र बाँकी खण्ड ६ लाख
२ बिद्युत वडा न १२७४५ २ लाख
३ महेन्द्र लीला उच्च मावि १ लाख ५० हजार
४ विज्ञान प्रावि नयाँ भवन १ लाख
५चम्पावती मावि १ लाख
६ पाम खोला िसंचाई मर्मत ५० हजार
७ मकुन्डाडाँ ज्यामिरे सडक ५० हजार
८स्वास्थ्य २५ हजार
९ खेल मैदान निमार्ण २५ हजार
१० दलित उत्थान २५ हजार


पहाडि बाटोमा धुलो उडाउदै हो …… मोटर गुडाउदै

विकास ढकाल हर्मी
गोरखा जिल्लाका गाउ गाउमा मोटरेबल कच्चि सडकहरु विस्तार भएपछि ग्रामिण भेगबाट संचालन हुने यातायात सेवामा बृदि भएको छ । विगतमा बादर कुद्ने खुरिखङगार पहाडि पाखाहरुमा आजभोलि दैनिक रुपमा दर्जनौ गाडिहरु धुलो उडाउदै गुढने गरेका छन् । गाउहरुबाट दैनिक रुपमा बसहरु गोरखा सदरमुकाम र काठमाडौका लागी छुट्ने गरेका छन् ।
ग्ात बर्ष सम्म बाटोको अभाबमा हर्मीबाट आपपिपल हुदै डुम्रे सम्म लामो र बुष्टकर जिप यात्रा गर्न बाध्य यात्रुहरुले हर्मी भन्ायाङ कटहरे पन्थडिहि सडक खण्डको टायाक खोलिए पछि आरामदायि बसको यात्रा गर्न पाउने भएका हुन् । कार्तिक महिनाको अन्त्यकाट हर्मी देखि सदरमुकाम गोरखा बजार सम्म सिधा बस सेवा संचालनमा आएपछि यात्रुहरु यसरी लाभान्बित भएका हुन् ।
याात्र्रुहरुले हाल बस सेवा लिएबापत हर्मीबाट बाह्रकिलो सम्म 80र गोरखा बजार सम्म 100 रुपैया तिर्नु पर्ने हुन्छ । तर यात्रुहरु भने दुरिको तुलनामा भ्ााडा केहि महङगो भएको गुनासो गछर्न् । उनीहरुका अनुसार केहि गाडि सचालकले यात्रुहरुबाट मनपरि भाडा पनि असुली गर्ने गरेको पाइएको छ । गाडी धनीले गोरखा यातायात ब्यबसायी समितिले तोकेको भाडा दर भन्दा पनि बढि भाडा असुल्ने गरेपनि उपभोक्ताहरु म्ााैन छन् ।अर्को रमाईलो कुरा के छ भने दैनिकरुपमा बस सेवा सचालनमा आएपछि महगो भाडा असुलेर ग्रामीण सडकलाई आफ्नो पेवा ठान्ने जीप सचालकहरु भ्ाने विस्तापित हुन पुगेका छन् ।
त्यसै गरि पालुङटार खरिबोट दुधपोखरि सडक खण्डको कदली निभारे खण्डमा टायाक खोलिए पछि तनहुको डुम्रे बजार देखि हर्मीको निभारे सम्म पनि जिप सेवा सुरु भएको छ । उक्त जिप सेवाबाट हर्मीका गाविसका वडा न १२४ र ५का जनतालाई सुबिधा पुगेको छ । तर यो क्षेत्र्रमा चल्ने जिपहरुले मनपरि भाडा असुल्ने गरको र यात्रुहरुकाई अमानबिय ब्यबहार गर्ने गरेको स्थानिय बासिन्दाको भनाई छ । तर तत्कालका लागी यी सबै यातायात सेवा हिउद महिनाका लागी मात्र हुन् किनकी बर्खायाममा यातायात सचालन गर्न प्रमुख खोला र खोल्साहरुमा कलबट छैनन् भने सडक पनि पुरै कच्चि नै छन् ।

Thursday, March 26, 2009

केहि पुराना समाचार १


वन उपभोक्ताहरु सुविधाबाट बिाचत
हर्मी गोरखा ।
हर्मी गा।वि।स। विभिन्न क्षेत्र र यस वरपरका छिमेकी गा।वि।स।क्षेत्रमा स्थानीय स्तरमा संरक्षित ठूलो हिस्सा वन क्षेत्र सामुदायिक वनकारुपमा जिल्ला वन कार्यालयमा दर्ता नभएर वन उपभोक्ताहरु धेरै सुविधाबाट बन्चित हुन पुगेका छन् ।
सामुदायिक वन उपभोक्ता समुह मार्फत लागु र संचालन हुने विभिन्न सरकारी र गैर सरकारी संघ संस्थाका कार्यक्रमहरु आफ्नो गाउँमा िभयाउनबाट वन उपभोक्ताहरु बन्चित भएका हुन् । स्थानीय स्तरमा हुने गरेका साना तिना मनमुटाव र खिचातानि नै यस क्षेत्रमा सामुदायिक वन दर्ता प्रकि्रयाका बाधक हुन् । जनताहरुमा ज्ञान र चेतनाको अभावले गर्दा पनि सामुदायिक वन दर्ताका प्रयासहरु असफल भएका हुन् । आफूले उपभोग गर्दै आएको सामुदनयक रुपमा दर्ता भए पछि निति र नियममा बाँधिनु पर्ने र आफ्नो स्वार्थ पूर्ति गर्न नसकिने देखि समुदायका अगुवा भनाउँदाहरु नै यस प्रकि्रयाका बाधक बनि राखेका छन् । सामुदायिक वन दर्ता पछि हुने फाइदा र प्रकृति संरक्षणले समुदायमा पार्ने प्रभावको जानकारी जानकारहरुले समुदाय समुदायमा फैलाउनु पर्ने माग उपभोक्ताहरुको छ ।

हर्मीकोट हर्मीमै हुनुपर्ने
हर्मी गोरखा ।

ऐतिहासिक हर्मीकोट हर्मी गाउँ विकास समिति मै हुनुपर्ने माग चौतर्फी रुपमा उठ्न थालेको छ । पुरातात्विक एव पर्यटकीय दृष्टिकोणले एकदमै महत्वपूर्ण मानिएको हर्मीकोट क्षेत्र पहिले हर्मी गा।वि।स।मै रहेको भएता पनि सिमित व्यक्तिहरुले आफ्नो राजनैतिक स्वार्थ पुरा गर्न यस क्षेत्रलाई २०३० साल ताका आँपपिपल गा।वि।स।मा गाभेका थिए । तत्कालै स्थानीय बासिन्दा र सरोकारवालाहरुले चर्को विरोध गरे पनि हर्मीकोट हर्मीमा फर्कन सकेको थिएन । यस क्षेत्रमा कथित दलित जातिको बढी बाहुल्यता भएका कारण उनीहरु ज्ञान र चेतनाको अभावमा अर्को गा।वि।स।मा गाभिनुको पिडा खेप्दै आएका छन् । तर अब भने हर्मीको इतिहासमा एउटा छुटै पहिचान बोकेको हर्मीकोटलाई हर्मी गा।वि।स। मै फर्काउन हर्मेलीहरु जागरुक हुन थालेका छन् । बदलिदो परिस्थिति सगँै हर्मीकोटलाई एउटा पुरातात्विक र पयर्टकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने लक्ष्य हर्मीबासीले राखेका छन् ।

बानियाँ बाबु छोराले बाँडे स्टेचर

हर्मी गोरखा ।

हर्मी गा।वि।स। वडा नं। ३ पात्लेपानीका स्थानीय समाज सेवि ओम बहादुर बानियाँले हर्मी गा।वि।स।sा प्रत्येक वडालाई स्टेचर हस्तान्तरण गर्नु भएको छ ।
गत बर्षको कातिक महिनामा मकुन्डाँडामा आयोजित एक कार्यक्रममा उहाँले प्रत्येक वडाका सामाजिक संस्थाका प्रतिनिधिहरुलाई स्टेचर प्रदान गर्नु भएको हो । गाउँ घरमा विरामी पर्दा अस्पताल र स्वास्थ्य केन्द्रसम्म पुर् याउन सजिलो होस् भन्ने हेतुले स्टेचरहरु वितरण गरिएको जानकारी बानियाँले ेलाई गराउनु भयो । ओम बहादुरका छोरा जीवन बानियाँले आफ्नो स्वर्गीय हजुरबुबा र हजुरआमाको नाममा आफ्नो मासिक कमाइबाट जोगाउनु भएको बचत रकमले नै ती स्टेचरहरु किनिएको कुरा जीवन बानियाँले हामी सगँको कुराकानीमा बताउनु भएको छ । यस अघि पनि उहाँले स्थानीय पंधेरो मर्मत गर्नका लागि आर्थिक सहयोग गर्नुभएको थियो ।
विद्यालयलाई जग्गा दान

हर्मी गोरखा ।

हर्मी गा।वि।स। वडा नं।८ कालाढुङ्गेका बाबुराम वस्नेतले सरस्वती प्राथमिक विद्यालयलाई विद्यालयको हातासँग जोडिएको तेसे्रबारी करीव १५०००।- मूल्य बराबरको जग्गा दान दिनु भएको छ ।
२०६३ भदौ १३ गते विद्यालय व्यवस्थापन समितिको बैठकमा उहाँले उक्त जग्गा विद्यालयलाई दान गरेको उद्घोष गर्नुभयो । अब विद्यालयमा खेल मैदानको समस्या हटेको छ । यस अघि २०४४ सालमा स्व। डिल्लीराम पराजुलीले जग्गा दान गरी उक्त विद्यालयको स्थापना गर्नु भएको थियो । यसरी नै स्व। गिरीधारी ढकाल मोदनाथ पराजुली र गंगा बहादुर बस्नेतले पनि विद्यालयलाई जग्गा दान गरि सक्नुभएको छ । विद्यालय व्यवस्थापन समितिले विद्यालयका संस्थापक र विद्यालयलाई जग्गा दिने जग्गादाताहरुको फोटो विद्यालयमा राखिने र अभिनन्दन गर्ने निर्णय गरेपछि सरोकारवालाहरु उत्साहित भएका छन् ।