Friday, April 3, 2009

हर्मी र आँपपिपल गाविसमा एउटै सचिव


हर्मी । बिगत लामो समय अघि देखि स्थानीय निकायहरु जन प्रतिनिधि विहिन भएका छन् । त्यस यता गाविससम्फूर्ण कामहरु सचिवहरुले नै समाल्दै आएका छन् । सरकारी कर्मचारीहरुले दैनिक कार्य संचालनको जिम्मेवारी पाएपछि गाउँ स्तरका विकास निर्माणका साथै प्रशासनिक कामहरु प्रत्यक्ष परोक्ष रुपमा प्रभावित भएको देखिन्छ ।
सरकारले दुई वटै गा।वि।सको कार्यभार एकै जना सचिवलाई सुम्पेपछि सर्वसाधारणहरु अझ बढी मर्कामा परेका छन् । जिल्ला विकास समिति गोरखाका अधिकारीहरुले हर्मी र आपपिपल गा।वि।स।sाे दैनिक काम कारवाही संचालन गर्न सचिव रामचन्द्र मरहट्टालाई जिम्मेवारी दिएका छन् । कुन गा।वि।समा कुन दिन सचिव आउने भन्ने निश्चित नभएकाले सर्वसाधारणहरु त्यसै कार्यालय धाउन विवश भएका देखिन्छन् । संयोगले कार्यालयमा सचिव भेट भएत ठीकै भयो होइन भने आएका सर्वसाधारणहरुलाई सचिवको घरमै अनि निज घरमा नभए जिल्ला सदरमुकाम सम्मै पुगि काम फत्ते गर्नु पर्ने बाध्यता छ ।
गा।वि।स कार्यालयमा कामका लागि आएका पीडित जनताहरु गा।वि।स सचिव र सरकार प्रति निकै आक्रोशित देखिन्छन् । पिडित मध्येका एक कृष्ण थापाले भने ुम त एउटा जाबो सिफारिसमा सहि गर्न सचिवको घर सिम्पानी नै पुग्नु पर् यो । जनताले खेप्नु परेको समस्या र समाधान प्रति सम्बन्धित अधिकारीहरुको उचित ध्यान जानू जरुरी देखिन्छ । सरकारले एक गा।वि।स।लाई एक सचिव नियुक्त गराई सधैं कार्यालयमा हाजिर गराउनु पर्ने माग स्थानीय वासिन्दाहरुको छ । विगतमा पनि यस्तै समस्या भोग्दै आएका पीडितहरुले कहिले राहत पाउने हुन् र सम्बन्धित अधिकारीहरुको घैंटोमा कहिले घाम लाग्ने हो केहि अतोपतो छैन ।

No comments:

Post a Comment