Showing posts with label ड्यासपोरा. Show all posts
Showing posts with label ड्यासपोरा. Show all posts

Wednesday, June 1, 2011

काठमाडौमा हर्मेली वनभॊज

काठमाडौ ,जेठ
विगतका वर्षहरुमा झै यसपटक पनि काठमाडौमा रहेका हर्मीबासीहरुको वनभोज कार्यक्रम बैसाख 31मा सम्पन्न भएको छ । तर ब्यापक प्रचार प्रसारको कमि र फितलो तयारीले गर्दा यस पटक उलेख्य हर्मेलीहरुको सहभागीता हुन नसकेको देखियो । विगतका वनभोजमा कम्तिमा पनि डेड सय हाराहारी सहभागी हुने गरेकोमा यस वर्ष जम्मा ५० हारारारीको उपस्थिति हरेकेा थियो । वनभोजका फोटोहरु तल

Saturday, June 5, 2010

चितवनमा सामुदायिक रेडियो हर्मीको परिचयात्मक कार्यक्रम सम्पन्न

चितवन ,जेठ २२
चितवनमा रहेका शुभचिन्तकहरुका विच सामुदायिक रेडियो हर्मीको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
आइओएमटि कलेज भरतपुर चितवनमा भएको सो कार्यक्रममा रेडियो हर्मीका अध्यक्ष जनार्दन ढकाल र उपाध्यक्ष रमेश सापकोटाले रेडियो स्थापनाको उदेश्य संचालन विधि र कार्यनिति सहभागीहरुलाई प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा चितवनमा रहेका हर्मीबासी र रेडियो हर्मीका शुभचिन्तकहरुको उपस्थितिरहेको रहेको थियो ।
कार्यक्रममा डा .आइ पि ढकाल , सरोज ढकाल , रामचन्द्र सापकोटा ,किशोर घिमिरे , हरि घिमिरे , सन्तोष मजाकोटि ,खेमराज ढकाल लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो । त्यसै गरि हाम्रो एफएम चितवनका स्टेसन मेनेजर नारायण अधिकारीले रेडियोको प्रविधि र प्राविधक पक्षका बारेमा जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा असारमा अझ बृहत छलफल कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरिएको छ ।

Wednesday, April 28, 2010

देशमै बस्ने विचार पलाएर आएको छ

(लेखकले यो आफ्नो अनुभूति दुबईबाट सिदै युनिकोडमा टाइप गरि पठाउनु भएकाले यो लेख सम्पादन गर्न असमर्थ छु , जस्ताको तस्तै प्रकासन गरेको छु कृपया मिलाएर पढिदिनेहोला । )

नतिकाजी मिया, हर्मी १ ,बयपानी हाल;दुबई,
आख्नाबाट अबिरल बर्षाको झरिझै आसु बर्षाउदै जती बेला म आफ्नो गन्तब्य स्थान तिर प्रस्थान गर्नलाई झोला
उथाउछु ,अनी मेरी उनि सँग बिदा लिन खोज्दै मेरो आँखाबाट बगेको बर्षाको भेलले मेरो मन लाई झन बढी
उकुस मुकुस बनाइ दिन्छ झन तेसैमा उनको रुवाइले मेरो हृदय पग्लेर धैरताको बाध फुटेझै छता छुल्ल हुन पुग्छ
बर्षाका खहरे को भेल झै बगेका ति आशुले मेरा बाटोलाई अबरोध गर्न खोजिराखेको थियो ।
तर के गर्नु समय र परिस्थितीलाई पार गर्दै म मेरी उनिसँग बिदा लियर निस्कन्छु हृदय भरी गहिरो चोट र आखामा
आसु भय पनि मनिस हरुको माझमा भने आफ्नो अनुहारलाई कृतिम हासोमा परिवर्तन गदै छाती भित्र उर्लेको बर्षाको
खहरेको भेल लाई पनछाउदै,मुग्लान्को बाटो लाग्दछु,कती बिचित्र छ यो संसार मेरो मनमा लागि राखेको थियो
मैले उनलाई सान्तोना दियर सम्झौने समय पनि थिएन ,मानब जिबनका भोगाइ हरु पनि कती बिचित्र र कती कठोर
छन आफुले सम्झदा आँफैलाई आश्चर्य लाग्छ ।
जहाँ जसरी बसे पनि उनिबिना यो मनमा सुख शान्ती र सन्तुस्टिको महसुश नहुने रहेछ यो दुबइ जस्तो बिकसित
ठाउमा जती भौतिक सुख सुबिधा हासिल गरेपनी यत्रो बिकसीत शहरमा यत्रो मनिस् को भिडमा म आफुलाई यक्लो
मह्सुश गरिराखेको छु याद र कल्पनाहरुको तरङगमा बहदै समयलाई पार गर्न बाघ्य छु सुन्दर भबिस्यको कल्पना र
रङिन सपना बुन्दै सात समुन्द्र पारी शरीर भय पनि मन चाँही नेपालमा नै छ आफ्न प्यारा बाल बच्चा को काखमा अनी मात्री
भुमिको त्यो हरियाली पाखापखेरामा बस्न कसलाई पो मन हुँदैन र तर बाद्याता यस्तै रहेछ परिवारसँग डिडो फाडो खाएर भएपनि पनि स्वदेशमै बस्ने विचार पलाएर आएको छ ।

Sunday, April 11, 2010

गजल

मरुभूमि तिर्खा लाग्छ पानी हर्मीमा
निर्मल स्वच्छ मूलको खानी हर्मीमा

तन भिजाउने पानी भन्छन् मन भिजाउने उनी
एक्लै तड्पिएको छु यता म नानी हर्मीमा

छोडि हिडे सुन्दर गाउँ बाध्यतामा परि
यता उता डुल्ने मेरी सानी हर्मीमा

भको छु म कैदि जस्तै विदेशको ठाउँ
पूर्व पश्चिम डुलि हिड्ने बानी हर्मीमा

तेज बाकस मियाँ
हर्मी -१, बयापानी ,हाल: कतार

Sunday, March 28, 2010

हर्मीको भावि शैक्षिक योजनाबारे काठमाडौमा छलफल सम्पन्न

काठमाडौ ,चैत्र १५
हर्मीको भावि शैक्षिक योजनाहरुलाई कसरी अगाडि बढाउने र सहयोग गर्ने भन्ने बारे शनिबार काठमाडौमा एक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ बानेश्वर स्थित हरि प्रसाद ढकालको घरमा सम्पन्न सो कार्यक्रममा हर्मीको शैक्षिक योजनाका बारेमा विभिन्न तात्कालिक तथा दिर्घकालिन कार्यक्रमहरु सम्पन्न गर्ने बारे निम्न लिखित निर्णयहरु भ्ायो ।
१. दिर्घकालिन कार्यक्रमको लागी हर्मीको शैक्षिक विकास कोष स्थापना गर्ने र सो कोषमा इच्छुक ब्यक्तिहरुले न्यूनतम दैनिक रु १ उपलब्ध गराउने ।र सो रकम बार्षिक रुपमा एकमुष्ट संकलन गर्ने खनि कोषमा जम्मा भएको रकमबाट हर्मीको शैक्षिक विकासमा अनुदान दिने । हाललाई सो कोषको संचालन र ब्यवस्थापन सामुदायिक रेडियो मार्फत गर्ने निर्णय भयो ।
२ .तात्कालिक रुपमा विज्ञान प्रावि हर्मीको भवन निमार्णका लागी आर्थिक सहयोग जुटाउन पहल गर्ने । विज्ञान प्राविलाई पूर्ण अङग्रेजि माध्यमको नमूना प्राथमिक विद्यालय बनाउन सहयोग गर्ने । साथै आगामी बैशाख पहिलो हप्ता अङग्रजी माध्यमको पढाइलाई सहयोग पुयाउने उद्धेश्यका साथ काठमाडौबाट प्रशिक्षक लगेर हर्मीका सबै विद्यालयका प्राथमिक शिक्षकलाई चार दिने तालिम आयोजना गर्ने

सो कार्यक्रममा हर्मीबाट काठमाडौमा आइ बसोबास गर्ने डा कृष्ण प्रसाद ढकाल ,डा खडग बस्नेत ,नरहरि ढकाल ,हरि प्रसाद ढकाल ,मुक्तिनाथ भट ,तिर्थ ढकाल ,इश्वरी प्रसाद भट ,जनार्दन ढकाल, राम चन्द्र ढकाल ,रामहरि ढकाल ,रविन्द्र ढकाल र विकास ढकालको सहभागिता रहेको थियो ।

Tuesday, December 22, 2009

आठ वर्ष पछि अमर ज्योति अन्मूनाइको साधारण सभा

काठमाडौ

गत मंसिर २७ गते अमर ज्योति जनता मावि लुईटेलका पूर्ण विद्यार्थीहरुको सस्था स्टुड्न्टस् अफ अमर ज्योति अल्मुनाइ (SAAJA)को साधारण सभा राजधानिको भिएस निकेतन उच्च मावि मिन भवनका सम्पन्न भएको भएको छ ।

उक्त साधारण सभाले कृष्ण प्रसाद देवकोटा अध्यक्ष रहेको पुरानो कार्यसमिति भङग गरि ११ सदस्यि नयाँ कार्य समिति गठन गरेको छ । नयाँ कायँ समितिका पदाधिकारीहरुमा डा लक्ष्मी देवकोटा अध्यक्ष, विपिन मल्ल उपाध्यक्ष ,डा सिताराम अर्याल महासचिब, साधुराम पौडेल सह -सचिब ,उर्मीला श्रेष्ठ कोषाध्यक्ष र सदस्गहरुमा श्रीकृष्ण आचार्य ,डा भुपेन्द्र देवकोटा ,रामहरी देवकोटा ,दिल ब थापा र ऋषि राम देवकोटा सदस्य रहेका छन् ।

कार्यक्रममा अमर ज्योति जनता उच्च माविमा लामो समय सम्म शिक्ष सेवा गरे बापत आनामा बर्गिज गोपाल दत्त देवकोटा लगायतका तीत जनालाइृ्र सम्मान गरिएको थियो । साथै सोहि कार्यक्रममा अल्मुनाईले प्रकाशन गरेका तथा सिता राम अधिकारीले लेख्नु भएको हमर ज्योतिको इतिहास समेतिएको पुस्तक अमर ज्योति तिर फर्मेर हेर्दाको पति विमोचन गरियो ।
कार्यक्रममा डा उपेन्द्र देवकोटा रुद्र देवकोटा बाबुराम पोखरेल बर्गिज थोमस विद्यालयका प्रअ गोविन्द खनाल लगायतका ब्यक्तिहरुले मन्तब्य राख्नु भएको अल्मुनाईका सह सचिब साधुराम पौडेलले आवर हर्मीलाई जानकारी दिनु भयो ।

Monday, September 7, 2009

गोरखा समाजले गर्यो प्रतिभा सम्मान

काठमाडौ ,भाद्र २० , गोरखा समाज सेवा केन्द्र काठमाडौले गोरखा जिल्लाबाट २०६६को प्रबेशिका उत्कृष्ट नतिजा ल्लाउने विद्यार्थी विद्यालय र लामो समय सम्म गोरखाको शिक्षा क्षत्रमा योगदान पुयाउने गुरुहरुलाई सम्ममान गरेको छ ।
गत शनिवार काठमाडौमा आयोजित प्रतिभा सम्मान कार्यक्रममा गोरखा जिल्लाबाट प्रवेशिका परिक्षामा सर्वोत्कृट अङक ल्याउने अमर ज्योति लुईटेलका अभिशेक खनाल महिला तर्फकी प्रथम सरस्वति मावि आहालेकी सृजना खत्रि र दलित तर्फ जिल्ला प्रथम हुने सरस्वति मावि आहालेका शिशिर सुनारलाई प्रमुख अतिथि कामु निर्वाचन आयुत्त दोलख बहादुर गुरुङले सम्मान गर्नु भएको थियो । साथै यस वर्षको प्रवेशिकामा उत्कृट नतिजा ल्याउन सफल सरस्वति उमावि बोर्लाङलाई पनि सम्मान गरियो । गोरखा जिल्लाको शिष क्षेत्रमा लामो समय सम्म योगदान पुर्याए बापत ठाकुर प्रसाद लामिछाने हितराज पाण्डे र चित्र रत्न शाक्य लाई पनि सम्मान गरियो ।
त्यसै गरि गोरखाको च्याङयालीमा ब्यबसायिक गाई पालन गरि नेपालकै नमूना कृषक बन्न सफल राजेन्द्र राज पन्त लाई पनि सम्मान गरिएको थियो ।

Tuesday, June 30, 2009

काठमाडौमा हर्मी विकास सहकारी

काठमाडौ ,असार १५ ,हर्मीबाट काठमाडौ आई विभिन्न पेशा अनि ब्यवसायमा संलग्न हर्मेलीहरुको पहलमा एक बहुउदेश्य सहकारी सस्ंथा स्थापना हुने भएको छ । प्रतावित सहकारीको नाम हर्मी विकास बहुउदेश्य सहकारी रहने कुरा सहकारी स्थापना गर्न त_िम्सएकाहरु बताउँछन् । छिटै नै गोगंबु ज्ञेत्रमा कार्यालय स्थापना गरि दैनिक संचालनमा आउने सहकारीमा हाल बचत गर्ने र सेयर संकलन गर्ने काम भने शुरु भैसकेको छ । साथै सहकारीमा सेयर हाल्न ईच्छुक हर्मेलीहरुलाई ढोका खुल्ला गरिएको सहकारी स्रोतले जानकारी दिएको छ ।

Saturday, April 4, 2009

चितवनमा हर्मी सहकारी

चितवन
चितवनमा विभिन्न पेशा र ब्यसाय गरेर बसोबास गरिरहेका हर्मीबासीहरुको सकृयतामा एक सहकारी संस्थाको स्थापना भएको छ ।उक्त सहकारी संस्थाको नाम हर्मी गोरखा बचत तथा ऋण सहकारी संस्था राखिएको छ ।
डा। आई।पि ढकाल सल्लाहकार रहेको हर्मी सहकारीका अन्य पदाधिकारीहरुमा सरोज ढकाल अध्यक्ष राम चन्द्र सापकोटा सचिब अमृत घिमिरे कोषाध्यक्षसन्तोस मजाकोटि सह कोषाध्यक्ष लगायतका अन्य सदस्यहरु रहनु भएको छ । सहकारी स्थापना भएपछि चितवनमा रहेका हर्मीबासिहरु सहकारिमा आबद हुने क्रम बढेर गएको छ।
सहकारीले छटैनै काठमाडौमा खुल्ने तयारीमा रहेको हर्मी सहकारी र हर्मीमै रहेका स्थानिय सहकारीहरु सगँ सहकार्य गरि हर्मीको विकास र उत्थानका साथै आपसी सम्बन्ध अझ प्रगाढ बनाउने लक्ष राखेको सहकारीका सचिब राम चन्द्र सापकोटाको भनाई छ । सहकारीको हरेक महिनाको अन्तिम शनिबार बैठक बस्ने गरेको र चितनमा रहेका सबै हर्मी बासीहरुलाई सहभागीताका लागी संगठित पार्ने काम अगाडि बढाईएको चितवनकाट सहकारीका सह कोषाध्यक्ष सन्तोस मजाकोटिले जानकारी दिएका छन् ।