Wednesday, April 28, 2010

देशमै बस्ने विचार पलाएर आएको छ

(लेखकले यो आफ्नो अनुभूति दुबईबाट सिदै युनिकोडमा टाइप गरि पठाउनु भएकाले यो लेख सम्पादन गर्न असमर्थ छु , जस्ताको तस्तै प्रकासन गरेको छु कृपया मिलाएर पढिदिनेहोला । )

नतिकाजी मिया, हर्मी १ ,बयपानी हाल;दुबई,
आख्नाबाट अबिरल बर्षाको झरिझै आसु बर्षाउदै जती बेला म आफ्नो गन्तब्य स्थान तिर प्रस्थान गर्नलाई झोला
उथाउछु ,अनी मेरी उनि सँग बिदा लिन खोज्दै मेरो आँखाबाट बगेको बर्षाको भेलले मेरो मन लाई झन बढी
उकुस मुकुस बनाइ दिन्छ झन तेसैमा उनको रुवाइले मेरो हृदय पग्लेर धैरताको बाध फुटेझै छता छुल्ल हुन पुग्छ
बर्षाका खहरे को भेल झै बगेका ति आशुले मेरा बाटोलाई अबरोध गर्न खोजिराखेको थियो ।
तर के गर्नु समय र परिस्थितीलाई पार गर्दै म मेरी उनिसँग बिदा लियर निस्कन्छु हृदय भरी गहिरो चोट र आखामा
आसु भय पनि मनिस हरुको माझमा भने आफ्नो अनुहारलाई कृतिम हासोमा परिवर्तन गदै छाती भित्र उर्लेको बर्षाको
खहरेको भेल लाई पनछाउदै,मुग्लान्को बाटो लाग्दछु,कती बिचित्र छ यो संसार मेरो मनमा लागि राखेको थियो
मैले उनलाई सान्तोना दियर सम्झौने समय पनि थिएन ,मानब जिबनका भोगाइ हरु पनि कती बिचित्र र कती कठोर
छन आफुले सम्झदा आँफैलाई आश्चर्य लाग्छ ।
जहाँ जसरी बसे पनि उनिबिना यो मनमा सुख शान्ती र सन्तुस्टिको महसुश नहुने रहेछ यो दुबइ जस्तो बिकसित
ठाउमा जती भौतिक सुख सुबिधा हासिल गरेपनी यत्रो बिकसीत शहरमा यत्रो मनिस् को भिडमा म आफुलाई यक्लो
मह्सुश गरिराखेको छु याद र कल्पनाहरुको तरङगमा बहदै समयलाई पार गर्न बाघ्य छु सुन्दर भबिस्यको कल्पना र
रङिन सपना बुन्दै सात समुन्द्र पारी शरीर भय पनि मन चाँही नेपालमा नै छ आफ्न प्यारा बाल बच्चा को काखमा अनी मात्री
भुमिको त्यो हरियाली पाखापखेरामा बस्न कसलाई पो मन हुँदैन र तर बाद्याता यस्तै रहेछ परिवारसँग डिडो फाडो खाएर भएपनि पनि स्वदेशमै बस्ने विचार पलाएर आएको छ ।

No comments:

Post a Comment