Saturday, January 7, 2012

प्रधानमन्त्रिले गर्नुभयो दरौदि पुलको उद्घाटन, पश्चिमि गोरखाका गाउँ गाउँमा खुसिको वर्षा

गोरखा, प्रधानमन्त्रि डा बावुराम भट्टराईले शुक्रबार दिउँसो छेपेटारमा दरौदि नदि माथि बनेको गोरखा सदरमुकाम र पश्चिमि गोरखालाई जोड्ने मोटरेवल पुलको उद्घाटन गर्नु भएको छ । पुलको उद्घाटन सँगै सवारि साधन आवत जावतका लागी शुक्रबारबाटै खुला गरिएको छ । २०६५ जेठबाट शुरु भएको पुल निमार्ण कार्य गत हप्ता पुरा भएको हो ।
८७ मिटर लामो उक्त पुलको उट्घाटन गर्ने क्रममा प्रधानमन्त्रिले पहिले रिवन काटेर आफ्नो मुस्ताङ म्याक्स गाडिमा ओहोर दोहोर गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा खुलियालि साटासाट गर्न गाउँ गाउँबाट सयौ सर्वसाधारण छेपेटार पुगेका थिए । पुल निमार्ण कार्य करिब ५ करोड रुपैयाँमा सम्पन्न भएको निमार्ण कार्यमा संलग्न प्राविधिकहरुले बताएका छन् । यो पुलको निमार्ण कार्य पुरा भएर संचालनमा आउन थाले पछि गोरखा जिल्लाको २ न क्षेत्रका बासिन्दा खासगरि दरौदि पारि र उत्तरी गोरखा वारपाक लाप्राक गुम्दाका लगायतका केहि गाविसका बासिन्दाहरुमा खुसि छाएको समाचार प्राप्त भएको छ । सधै भरि दरौदि नदि तारेर यातायात सेवा दिदै आएका यातायात व्यवसायिहरु खर्च र समय दुबैको बचत हुने भए पछि झनै दङग छन् ।यस अघि पल अभावका कारण हिउँदका महिनामा मात्र यातायात संचालन हुदै आएका पश्चिमि गोरखाका ग्राभेल सडक पहुँच भएका गाउँहरुमा अब भने बाह्रै महिना यातायातका साधनहरु पुग्न सक्ने भएका छन् ।

file photo
http://ourharmi.blogspot.com/2011/11/blog-post_783.html
http://ourharmi.blogspot.com/2011/06/blog-post_6214.html
http://ourharmi.blogspot.com/2011/02/blog-post_6871.html

Sunday, December 4, 2011

गोरखाका विभिन्न ग्रामिण सडक निमार्णका लागी ३५ करोड थप


गोरखा, भौतिक योजना तथा निमार्ण मन्त्रालयले कार्तिक २९ गते सचिब स्तरिय निर्णय गरि यस अघि रातो किताबमा परेका गोरखाका विभिन्न ग्रामिण सडकहरु कालोपत्रे तथा स्तरोन्नति गर्न ३४ करोड ७१ लाख ५१ ह्जार रुपैयाँ थप गर्ने निर्णय गरेको छ । यो रकम केहि सडकमा कालोपत्रे केहिमा ग्राभेल तथा केहिमा नाली खन्ने तथा ट्याक खोल्ने कामको लागी थप गरिएको मन्त्रालयको निर्णयमा उल्लेख छ ।

गोरखाका सभासद्हरुका साथै प्रधानमन्त्रि डा बावुराम भटराईको आग्रहमा मन्त्रालयले सडकका लागी कार्यक्रम थप गरेको बुझिएको छ । सभासद् तथा प्रधानमन्त्रिले सात वटा छुट्टाछुट्टै सडकका लागी थप बजेट माग गरे पनि ती मध्य पहिलो चरणमा पाँच वटा सडकमा मात्र रकम थप भएको हो । स्वीकृत हुन बाँकी दुई चोरकाटे-चित्रेपोखरी-भच्चेक र बुङकोट-नाम्जुङ-फुजेल सडकलाई पनि छिट्टै रकम थप्ने योजना रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

कुन सडकका लागी कति कति रकम छुट्याइयो त हेनुस् तलको विस्तृत विवरण

१ ।मध्यपहाडि लोकमार्ग अन्र्तगत छेपेटार-लुईटेल-पालुङटार-लमजुङ हुलाकी मार्ग १५ किलोमिटर कालोपत्रे गर्न १८ करोड ३१ लाख ६५ हजार रुपैयाँ

२।तुरतुरे ठाँटिपोखरी सडक कालोपत्रे तथा ठाँटिपोखरी-छापथोक-आँपपिपल-हर्मी सडक ५ किलोमिटर ग्राभेल गर्न ९ करोड ४३ लाख ३८ हजार रुपैयाँ

यी दुबै बहुवर्षे योजनाको ठेक्का गर्न मन्त्रालयले सडक विभागलाई सहमति दिइसकेको छ

३। पन्थडिहि(समिचौतारा)-कटहरे-हर्मी सडकको ११ किलोमिटर ग्राभेल गर्न ५ करोड ६१ लाख ३२ हजार रुपैयाँ

४।स्याउली बजार-बक्राङ-मनकामना सडकको १३ किलोमिटर ग्राभेल गर्न ३ करोड ५ लाख ४८ हजार रुपैयाँ

५।बारपाक-गुम्दा-माछेखोला ३० किलोमिटर सडक खन्न १ करोड रुपैया थप

Thursday, November 24, 2011

यी यस्तो छ हेर्नुस् हाम्रो घर जाने बाटो : अनि कसरी चलोस् गाडी

यो फोटो मैले कार्तिक २९ गते विहान खिचेको हुँ अनि स्थान थाहि आँपपिपल गासिसको चार सय फाँट बुढो खोला नजिक हो सडक मर्मतको नाममा जनताको आँखामा छारो हाले पछि यस्तो दुर दसा हेर्न पाइएको हो हामीले । यहाँ केहि दिन अघि नै फसेर हर्मी जान नसेको पछि धरै बसहरु यहिबाट फर्किएका थिए । यी र यस्तै बाटोहरुले गर्दा हाल हर्मीमा यातायात सेवा नियमित छैन अझ भनौ छदै छैन । अनि यो विहान घिमिरे गाउँका दुई भाइ पोवनाथ र हरि यो बाटोमा जमेको पानी तर्काउन र बाटो सुकाउन लागी परेका देखिए विचरा ती दुइको पहल मात्रले के नै पो ठूलो काम सम्भव थियो र आखिर तर खट्नु खटे ती यो चिसो विहानीमा । यातायात ब्यवसायीले दुई पटक मर्मत गरिसकेका हुन् रे यो बाटो अब तपाई नै हेनुस्र् यो डबल मर्मतले गर्दा सररर मोटर गाडी कुद्ने बाटो । यसमा पहल कसको हुनु गर्ने हो हामी कहाँ कहाँ चुकेका छौ आखिर अब हामी सधै यसरी नै यो हेपाई र हेलचक्रयाई टुलुटुलु हेरि बस्ने कि केहि गर्ने पनि हो .....




बत्ति छैन हर्मीमा


कार्तिक पहिलो साता हर्मीको वडा ८, ९ र ६ का सबै घर धुरिमा विजुलि वितरण गरिने हर्मी भन्ज्याङमा रहेको ट्रान्सफरमर पड्किए पछि यी वडाहरुमा विद्युत वितण असहज बनेको छ यसले गर्दा कुटानि पिसानी मिलहरु पूर्ण रुपमा बन्द छन् भने सामुदायिक रेडियो हर्मीको प्रशारणमा समेत बाधा पुगेको छ ,यस्तो हुँदा पनि विद्युत प्राधिकरण गोरखा कार्यलयले आवश्यक कदम चालेको छैन , पड्किए पछिको ट्रान्सफरमर र भुइमा झरेको तेल

गाउँ गाउँमा प्रविधिको लहर :

हर्मी भन्ज्याङमा स्थापित फोर हेन्डस् कम्युनिकेसन सेन्टरमा कम्प्युटर सिक्दै स्थानिय विद्यार्थीहरु गत असारबाट हर्मीमै कम्प्युटर सिकाउन थालिएको छ .

बज्रपातमा किसानहरु :

मंसिमा झरि परे पछि यो वर्ष मंसिर नलग्दै किसानहरुले खेति भित्राउने बेलैमा कार्तिक अन्तिम साता देखि झरि परे पछि प्राय हर्मी र आसपासका किसानहरुको धान यसरिनै खेतको गह्राहरुमा पौडि खेलेको छ

Wednesday, November 23, 2011

अब त पुरा होला की हाम्रो सपना :

दरौदि नदिमा बन्दै गरेको मोटरेबल पुलको गत हप्ता खिचिएको फोटो लामो समय रोकिएको निमार्ण कार्य हाल सुचारु छ र अहिले बिचको भागमा ट्रष्ट जोड्ने काम भइरहेको छ, पुल निमार्ण कार्य पुस मसान्त सम्म सकिने ठेकेदारले बताएको छ, हेरौ यसपालिको गफ पोहोर पराहरको जस्तो झुटो साबित हुन्छ की साँचो ?


२०६८को एकादशी जात्रा : गोरखाको थालाजुङमा गाविसमा पर्ने चम्पावती नदि किनारमा लागेको एकादशी मेलाका केहि झलकहरु





मलिउच्च माविको ४९ औ वार्षिक उत्सब सम्पन्न

हर्मी , महेन्द्र लीला उच्च माविले गत कार्तिक २३, २५ र २६ गते विविध कार्यक्रमहरु आयोजना गरि आफ्नो ४९ औ वार्षिक उत्सब भब्यताका साथ मनाएको छ ।
विद्यालय प्राङगणमा २४ र २५ गते अन्तर सदनात्मक खेलकुद श्रोत केन्द्र स्तरिय हाजिरिवजाफ क्षेत्रिय स्तरको उच्च माधयमिक तहको वक्तित्वकला प्रतियोगिता आयोजना गरिको थियो भने २६ गते अभिभावक दिवस तथा साँस्कृतिक कार्यक्रम । स्मरण रहोस् विद्यालयले आगामी वर्ष आफ्नो स्वर्ण महोत्सब मनाउँदै छ तर स्वर्ण महोत्सब सँग सम्बन्धित रहेर भने खासै उल्लेखनिय चर्चा र कार्यक्रमहरु आयोजान भएनन् । बरु यहि स्नातक तहको क्याम्पसको आवस्यकता र सम्भावनाका बारेमा भने केहि चर्चा चलेको थियो ।




हर्मीमा रेडक्रसको उपशाखा

हर्मी
नेपाल रेडक्रस सोसाइटि गोरखा जिल्ला शाखा अन्र्तगत हर्मीमा उपशाखा कार्यलय स्थापना भएको छ ।
गत कार्तिक २५ गते जिल्ला शाखाका पदाधिकारीहरुको उपस्थितिमा आयोजित हर्मीका आजिवन सदस्यहरुको भेलाले नौ सदस्यिय तदर्थ समिति गठन गरेको छ । नव गठित तदर्थ समितिको संयोजकमा वेदशर्मा पोखरेल , सचिबमा राम प्रसाद अधिकारी , कोषध्यक्षमा वावुराम सापकोटा र सदस्यहरुमा विष्णुमाया गुरुङ, रेवतिरमण ढकाल, दामोदर मरहट्ठा , रामनाथ ढकाल , नारयण दत्त पाण्डे , र इश्वरी प्रसाद ढकाल रहेका छन् । यो ददर्थ समितिले ६ महिना भित्र निर्वाचन गराई ६ महिना भित्र निवार्चन गराई कार्य समिति गठन गर्नु पर्ने रेडक्रसको विधानमा उल्लेख छ । रेडक्रस गोरखा जिल्ला शाखा अन्र्तगत हर्मी १३ औ उपशाखा हो ।
उपशाखा गठन गर्न हर्मी उपस्वास्थ्य चौकि परिसरमा आयोजित कार्यक्रम

Thursday, October 20, 2011

लिगलिगे दौड सम्पन्न

गोरखा, १५ असोज । गोरखाको लिलिगकोटमा १५ असोजमा भएको लिगलिगे दौडको उपाधि धावक हरिकुमार रिमालले हात पारेका छन् । त्रिभुवन आर्मी क्लब धादिङ्गका रिमालले निर्धारित १० किलोमिटर दुरी १ घण्टा १ मिनेटमा पार गरी उपाधि आफ्नो कब्जामा पारेका हुन् । त्यस्तै त्रिभुवन आर्मी क्लबकै रामेछापका होमलाल श्रेष्ठले निर्धारित दुरी १ घण्टा १ मिनेट १३ सकेन्डमा पार गरी दोश्रो भएका छन् । नेपाल पुलिस क्लब पाचँथरका भूमिराज राईले निर्धारित दुरी १ घण्टा १ मिनेट २६ सकेन्डमा पार गरी तश्रो भएका छन् । मानबहादुर थापाले निर्धारित दुरी १ घण्टा २ मिनेट २६ सेकेन्डमा पार गरी सान्त्वना भएका छन् । त्यस्तै किरण मल्ल निर्धारित दुरी १ घण्टा ३ मिनेट ६ सेकेन्डमा पार गरी पाचौं स्थानमा पुग्न सफल भएका छन् ।

लिगलिगे दौड प्रतियोगिताको क्रमशः प्रथम, दोश्रो, तेश्रो, चौंथो र पाचौंले नगद रु ५० हजार, मेडल, प्रमाणपत्र, नगद २५ हजार, प्रमाणपत्र, नगद १५ हजार, प्रमाणपत्र, नगद ५ हजार, प्रमाणपत्र र नगद ३ हजार, प्रमाणपत्र हात पारेका छन् । सो लिगलिगे दौड प्रतियोगितामा ५६ जना राष्ट्रिय तथा स्थानीय धावकहरुले सहभागिता जनाएका थिए । गोरखाको ऐतिहासिक एवं रमणीय प्राकृतिक सौन्दर्यताले भरिपूर्ण स्थल लिग लिग कोटमा दशैको अवसर पारेर तथा पर्यटन वर्ष २०११ को अवसर पारेर लिगलिगे दौड प्रतियोगिता आयोजना गरेको हो । ऐतिहासिक एवं रमणीय स्थल लिगलिगकोटलाई प्रचार प्रसार गर्ने उदेश्यले लिगलिगकोट विकास समिति र कन्सेप्ट नेपाल काठमाडौको संयुक्त आयोजनामा आज सो प्रतियोगिता गरिएको हो । वि सं १६१६ अगाडी वर्षेनी चेपेबाट दौडेर लिगलिगमा पुगेर जो पहिलो हुन्थे सो व्यक्ति राजा हुने प्रचलन अनुसार परम्पराको सम्झनाका लागी आफूहरुले लिगलिगे दौड आयोजना गरि ऐतिहासिक स्थल लिगलिगकोटमा पर्यटन प्रवद्र्धनका लागी सो प्रतियोगिता आयोजना गरेको कन्सेप्ट नेपालका अध्यक्ष संजीव रानाले बताउनु भयो ।






photo gifted by - concept nepal

Monday, September 12, 2011

गाउँ परिषद्

सरकारले भदौ मसान्त भित्रै सबै गाविसको परिसद् गरिसक्न परिपत्र जारि गरेकाले गाउँ परिषद्को रन्कोले यतिबेला गाउँहरुलाई तताएको छ । आँपपिपल गाविसको गाउँ परिषद् भाद्र २६मा भयो भने हर्मीको भाद्र ३० गते हुदै छ । परिषद् र त्यस सँग सम्बन्धित सबै विवरण हामीलाई प्राप्त हुना साथ हामी पोष्ट गर्ने छौ ।

करेलि थुम्काबाट देखिएको सामुदायिक रेडियो हर्मी

करेलि थुम्काबाट देखिएको सामुदायिक रेडियो हर्मीको प्रशारण केन्द्र र वरपरबो वस्ति केहि दिन अघि सबै भन्दा तलको अग्लो टावर भएको ठाउँ नै रेडियोको प्रशारण केन्द्र हो

हर्मीकोट लैजान खनिए को सडकको एक खण्ड

केहि महिना अघि भन्डारी चौतारबाट हर्मीकोट लैजान खनिए को सडकको एक खण्ड

आँपपिपलबाट खिचिएको मकुन्डाडाको फोटो

केहि महिना अघि मकुन्डाडा आहाले जोड्ने सडक खनिए पछि आँपपिपलबाट खिचिएको मकुन्डाडाको फोटो

आँपपिपल गाउँ विकास समितिको नया भवन

हालसालै निमार्ण कार्य सकिएको आँपपिपल गाउँ विकास समितिको भवन शान्ति तथा पुन निमार्ण मन्त्रालयको सहयोगमा यो भवन बनेको हो । यस सँग सम्बन्धित अन्य जानकारीहरु हामीलाई थाहा हुने बित्तिकै हामी पोष्ट गर्ने छौ

रेडियोमा तीजको रमझम

सामुदायिक रेडियो हर्मीले हरितालिका तीजको उपलक्ष्यमा तीज गीत प्रतियोगिता आयोजना गर्यो । हरितालिकै दिन सामुदायिक रेडियो हर्मीको परिसरमा आयोजित प्रतियोगीतामा हर्मी र आसपासका गाविस र लमजुङको भलायखर्कका गरि १९ समूहको सहभागीता रहेको थियो ।

सो प्रतियोगीतामा सृजनशिल आमा समुह भलायखर्कले प्रथम लालीगुराँस महिला समूह चिउरीबोट छोप्राकले द्धितिय र सामुदायिक महिला जागरण समूहले तृतिय स्थान हाँसिल गरेको गरेका थिए । हेर्नु रमझमका फोटोहरु तल
फोटो सौजन्य :दिवस ढकाल ,इभर ग्रीन फोटो ,हर्मी





नवलपुरमा विद्यार्थी ह्रवात्तै बढे

महेन्द्र लीला उच्च मावि हर्मीमा यो शैक्षिक सत्रमा विद्यार्थी सख्या हवात्तै बढेको छ । यो वर्ष भर्ना भर्खर प्रारम्भ हुदैमा ५८ जना विद्यार्थी भर्ना भैसकेका छन् ।
उच्च मावि स्थापनाकै वर्ष ५० हाराहारीमा विद्यार्थी भर्ना भएका थिए बिचका वर्षम्ाा ४० देखि ५० सम्म मात्र विद्यार्थी पढाएका थियौ तर यस वर्ष भने ६० देखि ६५ जना सम्म हुने लक्षण देखिएको विद्यालयका प्राचार्य कृण ब न्यौपानेले आवर हर्मी सँगको कुराकानीमा अगाडी भने विद्यार्थीको लर्कोले हामीलाई थप नयाँ काम गर्न हौस्र्याएको छ ।
वरपरका विद्यालयमा भन्दा नवलपुरमा धेरै विषय भएकाले छानेर पढ्न पाइने अनि शैक्षिक वातावरण पनि राम्रो भएकाले विद्यार्थी सख्या बढेको ब्यवस्थापन समितिका पदाधिकारीहरु बताउँछन् । मलीउमाविमा हाल बाणिज्यशास्त्र र शिक्षा शास्त्र अन्र्तगत विज्ञान आम संचार तथा पत्रकारिता अङग्रेजी गणित लगायतका विषयको पढाई हुने् गरेको छ । यसै शैक्षिक सत्रबाट विद्यालयमा रहेको विज्ञान प्रयोगशालालाई थप सुविधा सम्पन्न बनाई उपकरणहरु पनि थप गरिएको विद्यालयले जनाएको छ ।

महेन्द्र लीलामा पत्रकारिता पढाई शुरु

महेन्द्र लीला उच्च मावि हर्मीमा यसै शैक्षिक सत्रबाट २ मा आम संचार तथा पत्रकारिता विषयको पढाई शुरु भएको छ ।
सामुदायिक रेडियो हर्मी सँगको सहकार्यमा संचालन गरिएको आम संचार तथा पत्रकारिता विषयमा हाल १५ विद्यार्थीहरु अध्ययनरत छन् । हरेक वर्ष नयाँ नयाँ विषयको पढाई शुरु गर्दै जाने लक्ष्य लिएको मलीउमाविले पोहोरबाट एजुकेसन साइन्स र यस वर्षबाट पत्रकारिताको पढाई शुरु गरेको हो । पत्रकारिता विषयको गोरखा जिल्लामा पढाई संचालन गर्ने मलीउमावि दोस्रो उमावि हो यसअघि नै गत वर्षबाट द्रब्य शाह बहुमुखि क्याम्पस लक्ष्मी बजारले पत्रकारिताको पढाइ शुरु गरिसकेको छ ।
रेडियो हर्मी सँगको सहकार्यमा पत्रकारिता विषयको पढाई शुरु गरिएकाले विद्यार्थीले प्रयोगात्मक र सैद्धान्तिक कुरा सँग सँगै सिक्न सक्ने विद्यालयका प्राचार्य कृष्ण बहादुर न्यौपानेले जानकारी दिनुभयो ।

Wednesday, June 1, 2011

छेपेटार पुल छिट्टै पुरा हुने थप सात किलोमिटर सडक पिच हुने


गोरखा , जेठ १५
गोरखाको २ न क्षेत्रलाई सदुमुकाम सँग जोड्ने एक मात्र छेपेटारमा निमार्णधिन पुलको काम यसै आर्थिक वर्ष भित्र पुरा हुने सडक कार्यलय गोरखाका प्रमुख गणेश कडेलले जानकारी दिएका छन् । पोहोर साल नै पुरा भैसक्नु पर्ने पुलको काम ठेकेदारको ढिलासुस्ति कर्मचारी सरुवा र विवादका कारण हाल सम्म पनि पुरा हुन नसकेको देखिन्छ । सडक प्रमुख कडेलले यसै आर्थिक वर्ष भित्र पुल निमार्ण सम्पन्न हुने बताए पनि हाल सम्मको ढिलासुस्ति र लापरबाहिले गर्दा उनको कुरा पत्याइ हाल्न गाह्रो छ । पुलको दुई तर्फको ढलानको काम सकिएको र बिचको फलामको जडान कार्यको ठेक्का हुलास कम्पनिको भएकाले सिमरामा सोको निमार्ण पुरा हुन लागेको र छिट्टै जडान गरिने कडेलले बताए । गत वर्ष पनि यस्तै हल्ला गरिए पनि पुल निमार्णा कार्यले गतिलिएको थिएन ।
यसै विच गत हप्ता आएको बाढिले छेपेटार र १२ किलोको बिचमा रहेको खोलामा रहेकोको पुल बगाउँदा हाल यातायात संचालनमा समस्या परेको छ । बाढिले पुलमा पूर्ण क्षति पुर्याए पछि हाल डाइभस्रन गरि यातायात चलाइएको छ ।
सडक प्रमुख कडेलका अनुसार छेपेटार पुल देखि लगभग चोरकाटे हुदै जरेबर सम्मको ७ किलोमिटर ग्राभेल सडक यसै आर्थिक वर्ष भित्र पिचहुने भएको छ । यसका लागी टेन्डर प्रकिया शुरु भैसकेको समेत उनले बताए । असमर समान्त सम्म पिच गर्ने काम र पुलको काम पुरा हुने उनको तर्क छ ।