Saturday, April 4, 2015

स्वामित्व र अपनत्व ग्रहण गरिदिन हार्दिक अनुरोध

जय हर्मी : सम्पूर्ण हर्मी र आसपासका प्रियजनको हितमा जारि हामी हाम्रै भूमी हर्मीलाई सम्बृद्ध बनाउने अभियानमा जुटेका छौ । र यहाँहरु सबैलाई होस्टेमा हैसे गर्न निमन्त्रणा गर्न चाहन्छौ । २०५१ सालमा हाम्रा अग्रजहरु द्धारा स्थापना भई सामान्य रुपमा संचालन भैराखेको प्रगति वचत तथा ऋण सहकारी संस्थाका गतिविधिहरुलाई समयानुकुल व्यापक र अतयाधुनिक ढङले अगाडी बढाउने जिम्वेवारी नयाँ पुस्ताको काँधमा आएको छ । यस संस्थालाई संस्थागत तथा संरचनागत रुपमा सुटृढ बनाई यसले दिने सेवाहरुको विस्तार गर्दै लैजान केहि दिन अघि हर्मीमा सम्पन्न सहकारीको साधारण सभाले सहकारी संचालनको जिम्वेवारी युवाहरुलाई दिने निर्णय गरेको छ । त्यसैले यस संस्थालाई अगाडी बढाउन तपाईको सल्लाह र सुझावको् अपेक्षा राखेका छौ । यसका साथ साथै हामीले सहकारीको स्तर उन्नति गरि लागी तत्कालै संचालन गर्न लागेका कार्यक्रमहरु बँुदागत रुपमा प्रस्तुत गर्न चाहन्छौ । १) वचत तथा ऋणबाट स्तर उन्नति गरि यसलाई बहुउदेश्यीय सहकारी बनाउने । २) हाल कायम शेयरी पुँजिलाई बढाएर असार मसान्त सम्म २० लाख पुयाउने । ३) सहकारी मार्फत दैनिङ बैङकिङ सेवा संचालन गर्ने । त्यसका लागी हर्मीमा बैसाख महिनाको पहिलो हप्ताबाट र केहि महिना भित्रै काठमाडौ र यो वर्ष भित्रै चितवन र गोरखा बजारमा पनि काउन्टर संचालन गरि ABBS(Any Branch Banking Service ) प्रदान गर्ने । ४) आगामी आर्थिक वर्षबाट कार्यक्षेत्र र कारोवार बढाएर जिल्ला व्यापी बनाउने । ५)सहकारी मार्फत आगमी महिनाबाट हर्मी काउन्टर मार्फत रेमिटेन्स् सेवा उपलब्ध गराउने । ६)सहकारी कर्पोरेट एजेन्ट बनेर जीवन , निर्जिवन , कृषि र पशु बिमा कार्यक्रम संचालन गर्ने । ७)निम्न आय भएका स्थानिय वासिन्दा र वेरोजगार युवाहरुलाई लघु उद्यमी र स्वरोजगार बनाउन उत्पादन मुलक क्षेत्रमा लगानी गरि बजारिकरणमा समेत सघाउ पुर्याउने । ८)हर्मी र काठमाडौ बिच सिधा सम्पर्क कायम राख्न घरायसरी ,कृषिजन्य , लगायत दैनिक उपभोग्य समान र कागजातको कार्गो सेवा संचालन गर्ने । ९) गाउँ गाउँमा साना सहकारी र समूह मार्फत लघु वित्त कार्यक्रम संचालन गरि आर्थिक उपार्जन र आय आर्जनमा वृद्धि गराउने । त्यसैले हामी चाहन्छौ हरेक हर्मेली जनको यसमा स्वामित्व र अपनत्व होस् । हामी यहाँलाई यस संस्था सबैको र सबैका लागी बनाउने अभियानमा सरिक हुन अनि स्वामित्व र अपनत्व ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छौ । यहाँहरुले निम्न लिखित कार्यहरु मार्फत सहकारीलाई आफ्नो बनाउन सक्नु हुन्छ । १) सहकारीले प्रदान गर्ने वचत ऋण लगायत दैनिक बैङकिङ सेवा लिएर । २) रेमिटेन्स पठाएर प्राप्त गरेर , बिमा गराएर ३)यस संस्थाको अधिकृत पुँजि बढाउन सेयर सदस्यता लिएर । – हालका लागी प्रति सदस्यता २५० कित्ता बरावर रु २५,००० अनिवार्य गरि कायम गएिको छ । सके देखि मुनाफाको प्रतिफल लिन सेयर सदस्यता लिनुस् । नसके मेहनतको कमाई जोगाइ राख्न वचत गर्नुस् । उत्पादन सँग जोडिन र स्वरोजगार वन्न ऋण लिनुस । विदेशमा वसेर कमाउँदै हुनु हुन्छ भने घरमा रेमिटेन्स पठाउँनुस् । जोखिमको भयबाट मुक्त हुन र क्षतिपूर्ति पाउन बिमा गराउनुस् । विस्तृत जानकारीका लागी सम्पर्क । प्रगति वचत तथा ऋण सहकारी संस्था लिमिटेड –( प्रस्तावित वहुदेश्यीय सहकारी ), हर्मी ,गोरखा हर्मीमा ९८४६२५२४८५,९८४५८८३३५९ काठमाडौमा ९८५११४२३२७ , ९८४१५९५९६८,९८५१००६६७२, ९८५१०२९७८६, ९८४९११४८५० चितवनमा ९८४५०७५५२५ जय हर्मी जय सहकारी

Thursday, January 22, 2015

हर्मी र हर्मेली जनको हितमा जारि

आदरणिय हर्मेली अग्रज , सहकर्मी साथिहरु तथा भाइवहिनीहरु हिजो पनि हर्मीले आफूले जन्माएका हुर्काएका र बढाएका आफ्ना छोराछोरीबाट धेरै अपेक्षा गरेको थियो र आज पनि त्यसरीनै अपेक्षा गर्नु पर्ने अवस्था छ नै छ । सम्वृद्ध हर्मीको सपना साकार पार्ने काम न एक हर्मेली मात्रले काँध थापेर सम्भव छ न त यो कोहि कसैको मात्र जिम्मा यात ठेक्काको विषय नै हो त्यसैले त खाँचो छ नि केवल सामूहिक नेतृत्व पहकदमी र प्रतिवद्धताको । त्यसैले आजको सर्वोपरि अपरिहार्यतालाई आत्मसाथ गर्दै आउनुहोस् सम्बृद्ध हर्मीको सपना साकार पार्ने अभियानमा आतेमालो गरी अगाडी बढौ । आज पनि हिजो जस्तै सोचेर, कल्पेर अनि हिँडेर हामी पुग्ने गन्तब्य अलि घुमिल र अनिश्चित नै हुन्छ होला । त्यसैले सोचाइको दायरा कार्यशैलि अलिकति फराकिलो बनाएर झुन्ड झुन्ड र झन्डा झन्डामा सिमित भएर होइन एकलाई घाउ लाग्दा अर्कोले मलम लगाउने परिपाटिको थालनी गर्न आवश्यकता पर्दा होस्टेमा हैसे गर्न दुखमा हाँसो बाँढ्ने ल्याकत राखोस् हर्मेली संस्कृतिले । यस अघि हाम्रो सामूहिक पहलकदमीमा सम्पन्न भएका कामहरुको निरन्तरता र संरक्षण गर्दै नयाँ विषय , क्षेत्र र सन्दर्भहरुमा खाँचो छ पक्कै पनि हर्मीलाई आफ्ना छोरा छोरीहरुको पौरखि हात र सृजनशिल दिमागको । त्यसैले आउनुहोस् उज्यालो र सम्वृद्ध हर्मी बनाउने अभियानलाई नयाँ आयामबाट निन्तरता दिऔँ । हामीले गर्न बाँकी थप कामहरुको प्रथान विन्दु अनाऔ , - "काठमाडौमा रहेको हर्मेली समुदायकोे वनभोज कार्यक्रमलाई" । वनभोज कार्यक्रमको निम्ता सबै हर्मेली जनलाई सामाजिक संजाल , इमेल , एसएमएस , फोन र प्रत्यक्ष भेटेर पनि पुर्याइ सकिएको छ । यदि कहि कतै छुटफुट हुन गएको भए यसै आब्हान र अनुरोधलाई आधार मानि आफू पनि सपरिवार उपस्थित हुन र आफू वरपरका साथिभाईलाई पनि खवर गरि सँगै लिएर आउन हुन अनुरोध गर्दछौ । कार्यक्रम सामाखुसि टाउन प्लानिङ काठमाडौमा माघ १० गते विहान ८ बजे पछि दिनै जारि रहने छ । सम्बृद्ध हर्मीको सपना साकार पार्न सार्थक बहसका साथ साथै , गोर्खाली लोक दोहोरी कलाकारहरु द्धारा साङगितिक प्रस्तुति र सामूहिक मनोरञ्जन कार्यक्रम पनि तय गरिएको छ । त्यसैले आउनुस् सँगै नाँचौ, गाऔँ, रमाऔ र सार्थक छलफल र बहस पनि गरौ । जय हर्मी

Monday, January 19, 2015

हार्दिक निमन्त्रणा

गोरखा जिल्ला हर्मीमा जन्मी हुर्की हाल काठमाडौैमा रहनु भएका हर्मेलीहरुको आपसी सम्बन्ध र भाइचारा अभिबृद्धिका लागी काठमाडौमा रहेको "हर्मेली समुदाय बनभोज कार्यक्रम – Harmi Community Picnic " मा यहाँको स परिवार उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ । साथै यो निमन्त्रणा आफ्ना अन्य आफन्तजन र साथिभाईलाई समेत बाँडिदिनुहुन आग्रह गर्दछौ । स्थान :लिङकन कलेज अगाडीको मैदान , सामाखुसि टाउन प्लानिङ ,काठमाडौ मिति:२०७१ माघ १० गते समय :विहान ८ बजे आयोजक:हर्मी समुदाय काठमाडौ

Wednesday, July 9, 2014

सफलताको धेरै धेरै शुभकामना चिज कु. भाई

लौ हेर्नुस हाम्रै हर्मी ३ कैचलपानीका भाई चिज कु गुरुङ्गको स्वर शब्द र नृत्यमा तयार गरिएको सालैजो गीत मलाई त साह्रै मन पर्यो आशा छ तपाईहरुलाई नि मन पर्ने छ । सफलताको धेरै धेरै शुभकामना चिज कु भाई , हामीले भविष्यमा अझै धेरै गर्व गर्न सकौ ....
Ainsalu Pahelai Salaijo Singer : Bishnu Gurung and Bishnumaya Gurung Musician : Chejkumar Gurung Lyrics :Chejkumar Gurung भिडियो हेर्न तलको युटुव link मा click गर्नुस्

Tuesday, July 1, 2014

सिंहदरवार गुहार अभियान( हर्मी र आपपिपल बासीका हितमा आह्रान)

हामी हर्मी र आँपपिपल बासी चै सिंहदरबार कहिले जाने ? हरेक दिन सिहदरवारको वरीपरीको बाटो हिडिरहँदा र काम विशेषले मन्त्रालय र योजना आयोगको कार्यालय पुग्दा सरकार र मन्त्रि सँग बजेट र योजना माग्न आउने डेलिगेसनले सिहदरवार गेटआसपासको सडक र कार्यकक्षमा पुरै जाम भएको देख्छु । हामी हर्मी र आँपपिपल बासी चै कैले हो डेलिगेसन जाने सिंहदरवारमा , देशको रिती नै यस्तै बनि सक्यो नमागी बजेट र योजना नपाइने ,हामी यसपालि पनि डेलिगेसन नगए हाम्रो गाउँ जोड्ने पन्थडिहि कटहरे हर्मी र पालुङटार वडडाडाँ आँपपिपल हर्मी हुदै छोप्राक जाने बाटोको अवस्था ज्यूका तिउ हुने पक्का छ । चुनावको बेलामा मात्र सक्रिय हुने र अरुबेला हात बाँधेर बस्ने कहिले सम्म हो ?

Friday, June 27, 2014

आज हर्मीलाई खुला दिशामुक्त गाविस घोषणा गरिएको छ

हर्मीबाट जमालुदिन मियाँले आवर हर्मीलाई पठाएका फोटाहरु