Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

Wednesday, May 11, 2011

हाम्रो हर्मी भन्ज्याङ - बी सिता सापकोटा

हाम्रो हर्मी भन्ज्याङ

-सिता सापकोटा

(गत चैत ५ गते लिगलिगकोट पर्यटकिय साहित्यिक यात्राका क्रममा हर्मी भन्ज्याङमा ओयोजित काब्य सन्ध्या तथा साँस्कृतिक कार्यक्रममा प्रस्तुत गरिएको गित )

सौन्दर्यले भरिपूर्ण छनि हाम्रो हर्मी त
नत धेरै जाडो यहाँ न त गर्मी छ
दायाँ तिर भुसुन्डे छ बाँया खार खोला छ
लाग्द हामीलाई पर्यटक यसले बोलाछ
पूर्व पश्चिम डाडा काडाँ बिचमा भन्ज्याङ परेको
भान हुन्छ पर्यटकलाई स्वागत गरेको
पूर्व पर्यो तार्के डाडा पश्चिम पर्यो हर्मीकोट
सबै मिलि हर्मी बनाउ सयपत्रि फूलको जस्तो बोट
विदेश नजाउ सून फलाउ यै धर्तिको माटोमा
हिड्नै पर्छ हर्मीबासी सहि बाटोमा
हराएर जान लाग्यो हाम्रो लोक संस्कृति
जाँड र_िक्स जुवा तासको नल्याउ विकृति
विकृति र विसंगति फैलाउदै गाको छ
हाम्रो कला संस्कृति चै लोप भोको छ
हटाउदै जानु पर्छ फैलाएको विकृति
हटि होइन डटि लडौ जोगाउँ संस्कृित
दायाँ तर्फ दरौदि बाँया चेपे झरेको
गोरखकाली र गोरखनाथले रक्षा गरेको
उच्च शिक्षा दिक्षालाई हनि क्याम्पस खुलेको
त्यसमा मात्र विद्धत वर्ग छैन भुलेको
माथि स्कुल सरस्वति तल स्कुल विज्ञान
यिनै स्कूल बनेका छन् गाउँका गहना
हर्मी भन्ज्याङ कति धेरै सौन्दर्यको खानि
पिपलबोटे पहिराको मिठो पानि छ
बाँसबोटे र सुनपधेँरी कलकल गर्ने धाराले
निर्खा लाग्दा प्यास मेट्छौ हामी साराले
दार्मे माथि तार्के डाडा ठूलो घना वन छ
वन्य जन्तु संरक्षण नि गर्ने मन छ
रिप पात्ले वन हनि अधेरीको पाखामा
रमेका छन् कालिज कोइलि मिठो भाकामा
तार्के वनको वीच वीचै लाली गुँरास फूल्दा त
झनै राम्रो हुन्छ हर्मी धान झल्दा त
सूचना र चेतनाले सबैको मन फेरियो
भर्खर भर्खर खोलेका छौ सामुदायिक रेडियो
हरिहर मन्दिर र घुमाउने चौतारा
हर्मी बाटै उदाउँ छन् नि अब लोक तारा
सबै जातको बाहुल्यता भाको हर्मी गाउँछ
पर्यटकिय क्षेत्र बनाउँ सुनदर ठाउँ छ
अब हरेक वर्ष महोत्सब मनाउन पर्दछ
पर्यटन भित्रउान यसले सहयोग गर्दछ
एउटा ठाउँ करेली थुम्का अर्को तार्के वनमा
बन्लान् पर्यटकिय क्षेत्र भन्ने लाग्छ मनमा
इन्जिनियर आउँछन् गाउँमा मोटरबाटो खनाउन
आयो साहित्यकारको टोलि सभ्य बनाउन
राम्रो गरि बचाउछौ गामघरका बजालाई
यति भन्दै विदा हुन्छौ हवत् त आजलाई

Wednesday, April 14, 2010

हर्मी ,हेमराज र म

-विकास ढकाल


स्व. हेमराज

(हर्मीमा जन्मिएर आफ्नो जीवन नै सामाजिक हितका विभिन्न कार्यहरुमा समर्पित गर्नु भएका हर्मी र आसपासका क्षेत्रका एक अग्रज अभिभावक तथा चर्तित समाजसेवि ब्यक्तित्व हजुवुवा स्व. हेमराज ढकालको स्मृतिमा उहाँ प्रति नै समर्मित)

महशुस गर्दै छु म
पिडा बोध यो क्षण बाँच्नुको
असमर्थ छु म फेर्न
अस्तित्वको स्वास
धिक्कार लागेर आउँछ
कहिले काहि त यो
दुई दिन चोला देखि नै
बेअर्थको ब्यस्तता र दैनिकि देखि
जीन्दगीको गित गाँउन त
सिक्नु पर्ने थियो
हेमराजको लयमा
बामे सर्न त जान्नु पर्ने थियो
हेमराजको बाटोमा
तर अहँ रत्तिभर सकिन हेमराज
तिम्रो लयमा गाउँन
र तिम्रो बाटोमा हिड्न
म उभिएको यो भूगोल
अनि कथित सभ्यता
मलाइ मात्र आफ्नो लागी बाँच्न
दबाबको ढयाङो ढोकिरहेछ
ठेलिरहेरहन्छ
फन्को मार्न<
सिर्फ आफ्नै पदचापको वरिपरि
कमान्डरको आदेश पालक एउटा
निरिह लाचार सिपाहि मेरो जीन्दगी
नाघ्न असमर्थ छु म
जैरे सामाजिक मूल्य मान्यताले कोरिदिएको
लक्ष्मण रेखा


हेमराज इमान्दारिताका दरौदि
र ,विश्वासका सिरानचोक
एक महापुरुष
समाजका लागी
एउटा दर्शन उसको जीवन गाथा
ज्ााे स्वाभिमान गिराएर बाँच्न चाहेन
कलङकित चेहेरामा
हाँस्न चाहेन
आफ्ना लागी भन्दा ज्यादा
अरुका लागी बाँच्यो
जीवन र मृत्युको
दोसाँधमा छट्पटाउँदा पनि यो हर्मीको दिपले
छाडेन बाँड्न धिपधिप उज्यालो


तर अफरोच अनेकौ उपमा पाएर
एउटा िसंगो युग हाँकेर बाँचेको
पि्रय ब्यक्ति
क्रमश प्रार्थिब शरिर हुदै
रुपान्तरित भयो पन्चतत्वमा
उदेकलाग्दो जन्म
लिएर आएको समग्र समाजको अभिभावक
हेमराज गुउँदाको यो पल
आँशुको भेल छ भुसुन्डि र खारखोलामा
हर्मीकोट सँगै अग्लिएको
एउटा विचार
चम्पावति सँगै बगेको
पवित्रताको बासना
अब केवल घुम्छ स्मृतिको चर्खामा
नमिठो समाचार बोकेर अचानक
काग कराउँदा दैला अगाडि
आकाश खसेर हर्मीको टाउकोमा बज्रेको क्षण
हर्मीले एक अभिभावक गुमायो
धुमाउने चौताराले चिसो बतास
ठानिस्वाँराले आफुनो अन्न दाता
सामाजिक गुठिहरुले कुशल मार्गदशक
गुमाए -एकै पटक


स्याम स्वेत फोटा जस्ता
बोट बुट्यान र फूलहरु
लुला लङगडा
पाटि पौवा र पाठशालाहरु
सुनसान
कौसि आँगनी र मेलापातहरु
निरस निरस
विहान र साँझहरु
नियालिरहेछु म
तिम्रो स्पर्शमा हुर्किएका
जह्रा भाचिएका रुखहरु
धागो चुडेको चङा जस्तो भएको छ
हर्मी यो प्रहर
कहिल्यै क्षणिकतामा नरम्ने
हेमराजको रिक्तताको खाडल
पुर्न तम्सेन कोहि ?
कुमालेको अनुपस्थितिमा
कसले कुद्ला खै?
माटोमा कलाका आकृतिहरु

सुनेथेँ मान्छे त्यसै मान्छे बन्दैन
आखिर यहि नै रहेछ सत्य
अन्यौलताको भूमरीमा
घरि यता घरि उता
उडिरहेछु म हावाको झोक्काले
दोबाटोमा उभिएर
नियालिरहे छ ु स्थिर समयको गति
भित्ते घडिमा
चकमन्न मध्यरातमा
कता कताबाट सुन्छु म हेमराजको
आवाज
तिमी कुन बाटोमा हिडिरहेछौ ?
मौनताको मुकुन्डो लगाएको
मेरो लाचार आकृति
प्रतिविमवित छ
सामुन्नेमा झुन्डिराखेको एउटा
ऐनामा ...

Sunday, April 11, 2010

गजल

मरुभूमि तिर्खा लाग्छ पानी हर्मीमा
निर्मल स्वच्छ मूलको खानी हर्मीमा

तन भिजाउने पानी भन्छन् मन भिजाउने उनी
एक्लै तड्पिएको छु यता म नानी हर्मीमा

छोडि हिडे सुन्दर गाउँ बाध्यतामा परि
यता उता डुल्ने मेरी सानी हर्मीमा

भको छु म कैदि जस्तै विदेशको ठाउँ
पूर्व पश्चिम डुलि हिड्ने बानी हर्मीमा

तेज बाकस मियाँ
हर्मी -१, बयापानी ,हाल: कतार

Thursday, February 18, 2010

गजल

प्रकाश क्षणिक
खोप्लाङ ,गोरखा

यी सारा बन्धन तोडी हेरौं
तिम्रो मेरो मुटु जोडी हेरौं

के कुरा भो र यो दुनियाको
संसार पछाडी छोडी हेरौं

फुलाउ फलाऊँ पिरतीलाई
तन मन दिई गोडी हेरौं

दियौ त ती हात क्षणिकलाई
हासो खुशी सदा ओढी हेरौं

कति सधै उही दोधारमा
अब नयाँ बाटो मोडी हेर

Saturday, January 2, 2010

मरुभूमि ,सपना र तिम्रो झझल्को


बिकाश ढकाल
बुर्कोका लर्कोहरु बिच
अबु धाविको सडक पेटिमा
खोजिरहेछु म तिम्रो आकृति
लुकेर एउटा कुनामा
छिचोल्दै अनेकन कानूनी बन्देजहरु
बाफिएको धर्तिमा मापन हुदैन
४० डिगि्र भन्दा कम तापक्रम
अत्यास बोकेर बहने
तातो हावाको प्रभाबले
पसिनाको मूल फूट्छ शरीरबाट
कुनै प्राकृतिक गन्ध छैन
कृतिमता बास आउने खजुरको बोटमा
सपनीमा ऐठन हुँदा
झोक चलेर कैयांै पटक
गुलाबि चिठि सँगै निस्लो याद पनि
च्यात्न खोंजे तर सकिन
शिशिरमा पात झरेको
एउटा बूढो रुख जस्तै
रित्तो र एक्लो छ मन
नराम्ररी दुख्छ कहिले काहि त
न कटुसको बोक्रो छ
न त अमलाको पात नै

जति बिस्रन खोजे पनि
स्मृतिको रिलमा घुम्दैछ
तिम्रो झझल्को बोकि आउने तस्विर
दरांैदी पनि बगेको छ
बग्नलाई त आफ्नै रफतारमा सागर छुन
तर म यहाँ
हरेक रात तिम्रो सम्झनामा
दरांैदी भन्दा द्रुत गतिमा
बगेको छु

तिमी पनि सायद
झम्के साँझ ढल्दै जाँदा
जगाएर मायाँको दियो
बसेकी हौली प्यारो खसमको प्रतिक्षामा
दियोको ज्योति क्रमश मधुरो बन्दै जाँदा
मनको संघारमा सम्झनाको ज्योति
झन् झन् गाँढा हँुदै
झलमल्ल बलेको होला पक्कै पनि
हलुङ्गो बनाउन मन
खोपाको टुकि निभाएर चकमन्न अन्धकार कोठामा
रुंदै हौली घुक्क घुक्क
पुछ्दै आँशु पछ्र्यौरीको फेरले

यहाँका
दिन दिन जस्ता छैनन्
रात रात जस्ता छैनन्
मान्छे मान्छे जस्ता छैनन् र पनि
अवतरण गर्छन् हरेक घण्टा
कालो धन्दा प्रबर्धन गर्न
कुनै लज्जा बोध बिनै
ङिच्याउँदै अण्डा ढुकेर बसेका
अनागरिकहरुको छत्रछायाँमा
मौलाएका मानब तस्करहरुको
शरण परी
मिथ्या सम्झौताको खोस्टोमा ल्याप्चे लगाएर
आँखामा दिग्भ्रमित सपना सजाएका
मान्छे ओसार्ने बिमानहरु
खाडी भित्रदा मान्छे
र नेपाल फर्कदा कफिनमा मृत शरीरको कार्गो
सँगै असमायिक निधनको नमिठो समाचार बोकेर
मरुभूमीको बालुवामा कोरिएका सपनाका रेखाहरु मेट्दै
उड्छन् बहुराष्ट्रिय ध्वजा बाहक कम्पनीका बिमानहरु
जति ओसारे पनि थाक्दैनन् ती
र मान्छे पनि त निखि्रएका छैनन्
चलिरहे छ यै शिलशिला निरन्तर निरन्तर

रोपेर आफ्नै छातिमा
जोखिमको बिउ
जानाजान मृत्यु खेति गरेरै धान्नु परेको छ
फगत एउटा प्राण
छोरो लोग्ने बाबु
जेलिएका यस्तै यस्तै सम्बन्धहरु हुनुको
जिम्बेवारी बोध गर्नका खातिर
निरिहताको पनि सिमा हुन्छ धन्य मेरो देश
गर्ब गर्छु म नेपाली हुनुमा
कुल्चदै गौरबशाली इतिहासको गाथा
खुल्न नसकेका सम्भावनाका साङगि्रलाहरु स्मरण गर्दे
मुदिरका अगाडी धनुस्टङ्कार बनेर
कमसेकम तिम्रो घिडघिडो प्राण त
धान्न सकेको छु नि पसिना सँग रियाल साटेर

Thursday, December 17, 2009

( कथा ) माया



राजु मियाँ

(१)

"..... दाई ! तपाइलाइ एउटा कुरा भन्नु छ ।"पधेँरोमा भेटे पछी पल्ला घरकी जेठी आरती ले भनि ।
"के कुरा ?" मुख धुदा धुदैको म छोडेर ऊ तिर हेर्दै भनेँ ।
"थ्यो एउटा कुरा अँ ………… तर तपाइ रिसाउनु हुन्छ होला ………… भो भन्दिन ।" ऊ अड्की अड्की बोली मानौ उसले यस्तो कुरा भन्न खोज्दै छे कि जो मलाइ पटक्कै मन पर्दैन ।
"भनन म रिसाउन्न के ?" करिब करिब रिसाउदै मैले भनेँ । साच्चै भन्दा यदि कसैले मलाइ एउटा कुरा भन्छु भनेर भनेन भने सार् है रिस उठ्छ । तर त्यति बेला रिस उठेन जति उठ्नु पर्ने हो । किनकी त्यहाँ ऊ र म मात्र थियौं ।
"भैगो पछि भनौला !" उसले धारो तिर हात तेसार्दै भनि ।
"लौ तिमीलाई भन्न मन छैन भने मैले के गर्नु !" मैले हार माने झै गरि दिएँ । तर अनुहारमा भने भनि हाले हुन्थ्यो जस्तो भाव थियो क्यारे सायद उसले पनि बुझी ।
"नरिसाउनु है त !"
"कुरै सुन्न पा'को छैन ।"
"मैले एउटा हल्ला सुनेथेँ के !"
"के ?"
सायद अब उसले भनिराख्नु पर्दैन सबै कुरा प्रष्टै भए जस्तो भयो । तर पनि मैले नबुझे जस्तो गरेर भनेँ "नराम्रो हल्ला त हैन होला नि है !"

"राम्रो नराम्रो त तपाइलाइ नै था'होला निू "उसले खुट्टामा अँजुलीले पानी हालेर ढूङ्गामा घोट्दै भनि ।

"मलाइ त केहि था'छैन ।" म अब ऊ सँग साच्ची कै गफ गर्ने मुडमा थिएँ ।
"भो पछि भनौला ।" ऊ अलि लजाए जस्तो गरी ।

"नाइ भन्ने भए अहिल्यै भन नभन्ने भए कहिल्यै नभन ।" म अलि अलि मात्र रिसाए जस्तो गरेँ ।
"हुन्छ कहिल्यै भन्दिन ।" ऊ खितित्त हाँसी र हिड्न खोजी । मैले च्याप्प उसको हात समातेँ र तुरुन्तै छोडिदिएँ । ऊ रोक्किई । अनि आँखामा हेरेर बिन्तिको स्वरमा भनेँ "भनन !"
"तपाइको त्यो सँग लभ पर् या छ रे हो ?" ऊ लजाइ मेरो आँखामा हेरिन भुँइ तिर हेरी ।

"को त्यो सँग ।" हास्दिन भन्दा भन्दै पनि अलिकति हाँसी हालेछु ।

"हेरन बुझेर पनि …………… कस्तो मान्छे बाइ !" ऊ मस्किई ।

"अनि के था'त नाम नभने पछि ।" मेरो ओठ अझै अनियन्त्रित झै मुस्कुराइ रहेको थियो ।

"त्यो गोरी के त ……………। भवानी ।" उसले अझै म तिर नहेरै भनि ।

"तिमीलाई कस्ले भन्यो ?"

"जस्ले भने पनि हो की होइन भन्नु न ?"

"हो भने के गर्छौ हैन भने के गर्छौ ।" मेरो यस पटक ठाडो जवाफ थियो लाग्यो यत्तिकै उडाईदिउँन ।

"गर्न त मैले के गर्नु ।" ऊ बाटो लागि "जे गर्ने हो तपाइले नै गर्ने होलानी ।" सायद ऊ हाँसी तर मैले प्रष्ट देखिन सुनिन ।

मैले अलि चर्किएर भनेँ "कल्ले भनेको ?"

उसले पनि चर्किएरै उत्तर दिई "यहि पधेँरोमा सुनेको………!"

(२)

मलाई आफ्नो छुट्टी कटाउन गार्हो परिरहेको थियो । एउटै उपाय सरिता सँग गफ गरेर बस्नु हो तर बिगत ५ दिन देखि ऊ पनि मेला को मेला छे । कहिले फलानाको कहिले ढिस्कानाको कति दुःख छ बिचारीलाई । म सँग बिहे भए पछि भएभरको सुख दिने सङ्कल्प गर्छु मनमनै । आखाँ मिच्दै लोसे पाराले उस्कै बारेमा सोच्दै डाँडा तिर लाग्दै थिएँ । बाटैमा बीर बहादुर सँग जम्का भेट भयो । ऊ मेरो सानै देखीको साथी हो । पढ्दा पढ्दै घरमा काम गर्ने मान्छे नभएकाले उसले बिचैमा छोडेको थियो । पछि म पनि काठमाडौं तिर लागेँ । उ घर तिरै बरालिरह्यो । नाम बहादुर भए पनि अहिले सम्म कुनै बहादुरीको काम गरेको छैन सिवाय बेला बेला अर्काको बारीको घाँस चोर्नु बाहेक । भेट हुनासाथै हत्तनपत्त उसले तात्तातो खबर सुनायो "था'छ तल आरुबारी काँइलाबा को छोरो इन्डिया बाट फक्र्या रैुछ । तल बाँसा झ्याङ् मुनि बोला'छ रे हाम्लाई । अधि सुदिपेले भन्दैथ्यो । जाम् ।"

मलाई पनि के खोज्छस् काना आँखा जस्तै भो लागेँ उसै सँग गफिदै ।




अनि त्यो मोरो दशैं सिध्दे पछि किन आ'रे?"
"खै !"
"…………………………।"
"…………।लास्ट कमाउछ रे …………॥"

"…………"
……………………
साच्चै चिन्नै नसकिने भएछ काइलाबाको छोरो हरिप्रशाद धिमिरे । हामी हरे भन्थ्यौं पहिले पहिले तर अहिले हरी मात्र हैन हरिप्रशाद नै भने सबैले । किनकि उस्को जस्तो सर्ट पाइन्ट कसैको थिएन त्याहाँ । आठ कक्षामा पढ्दा पढ्दै फेल भयो त्यहि स्कुलको हिसाब पढाउने सरलाई कक्षा कोठाको ढोकाको आग्लोले हिर्काएर भागेको हो ऊ । ऊ छउन्जेल गाउँमा कसैले काँक्रा फलाउन पाएनन् कसैको बोटमा स्याउ रहेन । ऊ भागे पछि पुरै गाँउले सन्चो महशुस गर्यो सिवाय उसकि आमा । उनि बेला बेला हाम्रो घर आएर "बबुरो के गर्दै होला " भनेर आँखा रसिला पार्थिन् अनि पटुकीले मुख छोपेर डाँको छोड्थिन् । हाम्री आमाले "नरुनुस् दिदि एक दिन न एक दिन कसो नफर्केला ।" भनेर सम्झाउथिन् ।

उ बेला हामी सँगै घास काट्न जान्थ्यौं । ऊ चाहि कस्को खेतमा राम्रो र बाक्लो छ भनेर खोजी हिड्थ्यो । हामी भने डराउथ्यौं । उसको घास खोस्न कसैको आँट हुदैन थ्यो । बदलामा बेन्मारी सराप्थे ।
अहिले कपाल रातो पारेछ । साथमा गाला पनि राता भएछन् । हातमा र गलामा भोटे कुकुरले लाउने जस्तो सिक्क्री लगाएको सर्टका बाउला दुइ पटक मात्र खुम्च्याएको हेर्दा ठुलै मान्छे जस्तो देखिन्थ्यो ।

सबैलाई छोडेर उसले मलाइ हेर् यो "राजु तँ त काठ्मान्डुमा पढ्छस् रे हैन ?"
मैले पनि सान सँग भनिदिएँ "हो ।"
"अनि मोज कत्तिको गर्छस् नि ठमेलमा टन्नै पाइन्छन् रे नि ।"

उसले के भन्न खोजेको मैले बुझिन तर भनेँ "हप्तामा शनिबार मात्र छुट्टी हुन्छ । यसो न्वाइध्वाइ गर्यो अनि साथी हरु सँग मोझै हुन्छ ।"
"एक पटक म पनि जानुछ काठ्मान्डु कस्तो रै'छ । "
"हुन्छ आइज न ।" भनि सके पछि याद गरेछु कस्तो कस्तो लाग्यो । तँ भनेछु तर उसले वास्ता गरेन । पछि गफ गर्दै जाँदा उसैले भन्यो "के हरिप्रशाद भन्या हरे भनओन । म तिमेरुको पैले कै साथी हरे त हुनी ।" सबै जना खुसी भए ।
वीरबहादुरले खबर सुनायो उसलाई "यस्को त लप पनि पर् या'छ ।"
"ए को सँग ?" उसका आँखा चम्किला भए ।
"हैन ………… यस्सै……।यसो अलि अलि ।" मलाई के भन्ने के भन्ने भयो । ऊ सँग छुट्टीएको ६-७ बर्ष भैसकेको थियो । यति छिट्टै खुल्न मन लागेन ।
उसले मेरो ढाडमा ढाप मारेर भन्यो " ल ल मोज गर्नु पर्छ जीन्दगिमा ।" एकछिन रोकियो केहि सोचे जस्तो गर् यो अनि खल्ती बाट कुन्नी के को पोको सँगै एउटा चुरोट निकाल्यो । "केटा हो मोज गर्ने हो ?"
"के हो ?" मैले सोधेँ ।
"गाँजा " उसले भन्यो "कहिल्यै तान्या छौ ?"
"एक पटक मात्र परार जात्रा जाँदा खारखोला पारी ।" सुदिपेले उत्तर दियो ।
"चाख्न मन त थियो तर ऐले सम्म पा'छैन । के गर्नु हाम्रो गाउँमा पाइदैन ।" बीरबहादुरले भन्यो । "अनि तैले त खा'छस् होला नि !" उसले चुरोटलाई दुई औलाले बिस्तारै च्यापेर सुर्ति झार्दै म तिर नहेरी मलाई सोध्यो ।
"अँ हँ ।" मैले यत्ति भनेँ ।
"अनि काठ्मान्डुमा के को मोज गरिस् त ?"
"अँ…………त्यस्तो खान हुदैन भन्छन् ।"
"खान नपाउने हरुले तेसो भन्छन् । एक पटक खाएर त हेर जीन्दगिको मज्जा बल्ल चाल पाउँछस् ।" उसले आफ्नो अनुभव सुनायो । इन्डियामा बस्ता कसरी खाइयो । एक पटक त पुलिस नै पछि लागेको रे । तर अनेक उपाय गरेर छक्काएका रे । लामै कथा भन्यो उसले । कथा सकिदा चुरोटको सुर्ति फालेर गाँजा भरी सकेको थियो । कथा पट्टी ध्यान गएकाले उसले गाँजा कसरी टम्म पार् यो याद भएन तर चुरोटको टुप्पो बटारेर कसिलो बनायो ।

"ल हेर अब म फायर गर्छु । ओर्जी हो एक सर्कोमा मान्छे स्वर्ग पुग्छ ।" उसले भन्यो ।
"के रे !" वीरबहादुर ले बुझेन ।
"आगो झोसेर पहिलो चोटि तान्नुलाई फायर भन्छन् के ।" उसले बुझायो ।
जम्मा दुई सर्को ताने पछि उसले मतिर हात तेसा्रयो । मैले "म त खान्न ।" भनिदिएँ ।

ऊ जोसियो "के खान्न भन्छस् । साथीहरु छन् भनेर मैले झन् ह्वा देखि ल्याएँ यार………।"
वीरबहादुर र सुदिपेले पनि कर गरे ।
"था पाए भने घरमा माछन ।" मैले भनेँ ।

"के पिर गरि'रा आज घरै नजाने सबै जना हाम्रो घर जाने । आमा मात्र छिन् केहि भन्दिनन् ।" हरेले भन्यो ।
सबैले कर गरे पछि मैले उक्त खिल्ली हातमा लिएँ अनि ओठले च्यापेर बेस्मारी तानेँ । एक्कासी खोकि लाग्यो । चुरोटको ठुटो कसले समात्यो थाहा भएन । मलाई भने खोकीले गर्दा आँखा बाट आँसु नै झर्यो । एकै छिनमा जीउ भरी काउकुती लागे जस्तो भयो ।
अलि परबाट थुन्से भरी घाँस बोकेर आएकी केटि देखेर मेरो सात्तो गयो । पैले त हैन जस्तो पनि लाग्यो । अलि घोरीएर हेरेँ भवानी नै रहिछ । अरु केटाहरु अझै तान्दै थिए । सायद उनिहरुले याद नै गरेनन् ।
नजिकै आए पछि "अब म सँग बोल्नु पर्दैन " भनि । फेरी दुई तिन पाइला हिडे पछि फर्केर भनि "बोल्नु पनि पर्दैन भेट्नु पनि पर्दैन जीन्दगि भर ।" ऊ गई मैले एक पटक जोडले बोलाएँ "सरिता !"
ऊ फर्कि "हेरन अझ हाँसेको " यत्ति भनेर उ हिडि । सायद म हाँसेछु क्यारे । मेरो हात खुट्टा केहि पनि बसमा थिएनन् । त्यसदिन घर गइन कहाँ गएँ कसरी गएँ थाहा नै भएन । भोली पल्ट बिउँझदा हरेको घरमा थिएँ ।
उठे पछि सुदिपेले भन्यो "तँ त हिजो रात भर रो'को रोई थिइस् यार ।"
हरेले भन्यो "तेरो भवानी सँग लभ परेको हो ? रात भर तेस्लाई मात्र बोलाइ रा'थिस् त !"

म केहि पनि नबोली घर तिर लागेँ । जीउमा जाँगर थिएन टाउको र मन दुबै निकै भारी थियो । घरी घरी धुन्से भरी घुस बाकेकी केटीको आवाज कानमा ठोक्किईरह्यो ।




(३)

म वाक्क भएर बसेको थिएँ । दूभाग्यबस आज घरमा पनि कोहि थिएन । साँच्चि म त जीन्दगी देखि नै एक्लिए जस्तो लाग्यो ।
मन भित्र अन्तर्द्वन्द थियो, बाहिर एकान्त थियो, त्यो भन्दा उपयूक्त समय निरासा लाई के हुन सक्छ । त्यसैले त्यो आयो गल्र्याम्म अँगालो हाल्यो र म उसै सँग लहसिदै गएँ । सायद यो मेरो जीवन को सबै भन्दा नैरास्यताको क्षण होला ।
म आफ्नै कोठामा कुनै किताब हेर्दै थिएँ । पढ्दै होइन हेदै थिएँ किनकि म सँग अहिले पढ्ने दिमाग थिएन । थियो त नैरास्यता र आत्मग्लानी ले भरिपुर्ण थियो । र पनि मेरो मनले होला म उसलाई निक्कै माया गर्दो रहेछु भन्ने निष्कर्ष निकालिरहेको थियो ।
कोही आयो मैले ध्यान दिइन किनकि आवश्यकता थिएन । अथवा यति बेला र यस्तो परिस्थितीमा ऊ आउने सम्भावना नै थिएन । सायद उसले कोहि देखेन मैले मन्द बोली सुनेँ । "कोहि पनि छैन कि के हो ?" केटि मान्छे रहेछ । अब अलि चर्कै स्वरमा बोली "घरमा को छ ?" मलाई रनन्न रिस उठ्यो । सायद अधिको सम्पुर्ण नैराश्यता आत्माग्लानी रिसमा परिणत भयो तर पनि मैले पचाएँ । सायद उसले थाहा पाइन तर थाहा पाएर नपाए जस्तो गरेको पनि हुन सक्छ । म बाहिर निस्किएँ रिस पचाएर उ आरती रहिछे । रिस केहि शान्त भयो ।
"किन यस्तरी करा'को ?" बोलीमा सायद अलि अलि रिसको मात्रा थियो ।
"त्यस्सै……।" रोक्कीइ र भनि "भन्न मिलेन ।"

मलाइ फेरी रिस उठ्यो र फेरी पचाएँ । किनकि केहि फाइदा थिएन देखाएर ।
"के काम थियो ?"

"खास त केहि थिएन…।" फेरी रोक्कीइ र भनि "तपाई को आमा खोई ?"
"खै थाहा छैन ।" बोलीमा पहिले जत्तिकै खरो पन थियो भने "म भए हुन्न ?"

मैले त रिसमा नै भनेको थिएँ तर खै उसले के बुझि ।
"के गरिर'नु भाथ्यो ?" उसले पुरै विषयबस्तु change गरी सायद मुकुराई पनि ।

मेरो रिस शान्त हुदै थियो । यो उसको हाँसोको प्रभाव भन्दा पनि फरक नपर्ला ।

"किन " भन्दै म आफ्नो कोठा तिर लागेँ धेरै के बकबक गर्नु व्यथैमा । तर उसले पछि लाग्न छोडिन । कोठाको ठोका मै पुगेर सोधि "भित्र आउन पाइन्छ ?" उसको अनुहारमा हेरेँ ओठमा मुकुराहट नै थियो । मलाइ लाग्यो अब मेरो रिस पुरै शान्त भैसकेको छ र स्वर पनि अनपेक्षित रुपमा नरम हुँदैछ। भनेँ "सोध्नु पर्छ ?"
"भएनी आर्काको कोठामा पस्दा………" ऊ भित्र पसि र खाटमा बसी । म कुर्सिमा बसेकै थेँ अन्त ठाँउ पनि थिएन ।

"तिमी आफुलाई खुब नतिकवान ठान्छौ हो ?"
"हैन हुने प्रयास गर्छु "उसले भनि "भवानी ले तपाइँलाई छोडिदिई हो ?"

म झसङ्ग भएँ । उ सायद यहि भन्न आएकी हो कि क्या हो । अधिको नैराष्यता समय देखिको पिडा फेरी बल्झेर आउला आउला जस्तो भयो । र पनि भने "तिमीले कसरी थाहा पायौ?"
"तपाइको बारेमा सब था'छ" उसले भनि ।
"तिम्रो अरु काम छैन ? अर्काको चियोचर्चो गर्दै हिड्छौ ।"
"जानकारी लिनुलाई पनि चियोचर्चो भन्छन ।"
"कस्ले भन्या ?"
"हो कि हैन भन्नुन ।" उसले खाटमा राखेको किताब टिपि र पल्टाए जस्तो गरी ।
"हो भने के गर्छौ हैन भने के गर्छौ ।"

"तपाइ जस्तोलाई छोड्ने कस्ती होली त्यो ।"
"तिमीलाई था'छ किन यस्तो भा ?"
"थाहा छ ।"
"अनि ?"
"अनि के जवानीमा यस्तो त अलि अलि भैहाल्छ नि । यस्ता हल्का फुल्का कुराले जीन्दगी कै निर्णय गर्नु त मुर्खता नै हो ।"
ऊ अधि बढी, म हेरी रहेँ । मलाई लाग्यो म अधि भन्दा निकै हल्का महसुस गरिरहेछछु । म अधि रिसाएको पनि सपना जस्तै लाग्न थाल्यो । ऊ सरासर अधि बढि र टेबुलमा राखेको डायरी टिपि अनि खोली ।

म अपर्झट आफुलाइ समालेँ र डायरी खोस्न खोजेँ । उसले हात पछाडि लगेर लुकाई । भनि "तपाइको सबै कुरा था'छ डायरी हेर्न के हुन्छ ?"
"यो मेरो व्यक्तिगत कुरा हो ।" उसको दुवै हात पिठिउँमा थियो र मेरो डायरी हातमा थियो । म अधि बढे बढे तर सिताङ्ग भएँ । शरिर भरि खै के दौडे झै भयो । मेरा अगाडि धौलागिरी र माछापुच्छ्रे एक साथ घुम ओडेर पसारिएका थिए । उसको अनुहारमा नजर उठाए गाला भरी लालीगुरास फुलेको थियो । ओठ भरी चाँदनीको मादक मुस्कान । सायद म अब बेहोस भएँ । बेहोसी मै सायद मलाई गुरासको फुल टिप्न मन लाग्यो । चाँदनी छुन मन लाग्यो । हात लम्काएँ फुल टिप्नलाई बिरोध भएन । सायद त्यसैले अगाडि बढ्न टेवा पुर् यायो । बस् त्यस पछि जो हुनुथ्यो त्यो भयो । ऊ अन्तिम पटक बेस्सरी लजाएको सम्म याद छ, अनि ऊ कति खेर गई के भयो यो सब सपना हो कि बिपना हो केहि थाहा भएन ।



(४ )
मेरो बिदा सकियो । म काठमाडौं फर्किएँ । समय पहिला जस्तै चल्दैछ । तर मेरो जीवनमा के भै राखेको छ आफैलाई ठम्याउन गार्हो परिरहेको छ । वास्तवमा मैले कसलाई रोज्नु पर्ने हो । म खासमा कसलाई माया गर्छु म सोच्नै सकिरहेको छैन । भवानी जसलाई म सम्झन्छु अनि माया लाग्छ, आरती जसको सायद माया लाग्छ त्यसैले सम्झन्छु ।

Friday, November 13, 2009

गजल

विनु दानकुटि
मुखमा राम राम भए पनि बगलीमा छुरा अझै
भित्र भित्रै ज्वालाहरु दन्काउने पो कुरा अझै

उकुस मुकुस धुवाँ भित्र बर्षौ जीवन गुजि्रसक्यो
भाको छ्रैन नेपालीको कैयौ सपना पुरा अझै

पवित्र यो भूमिमा दन्द चर्काउने सुरले
अघि बढ्न भाँजो हाल्न बनिरा छन् सुरा अझै

एक अर्कालाई शत्रु मानि डटि लड्ने युवाहरुले
सिन्दुर पुछ्दै फुटाउँछन् क्यारे नारीका ती चुरा अझै

(कि्रयटिभ डिलाईट हर्मीले शुभ विजाया दशमीको अबसरमा आयोजना गरेको स्रष्टा र सृजना अन्र्तगत खुला गजल प्रतियोगीतामा प्रथम स्थान प्राप्त)

Tuesday, November 10, 2009

" कबिता " एक खिल्ली चुरोट


राजु मियाँ

पल पल लाई जलाएर
प्रताडित पदचापहरु सँग प्रयास्चित गर्दैछु
सिङगो देखी ठुटो नहुदा सम्मको
एक खिल्ली चुरोट सँग

चियाको अन्तिम चुस्की सँगै
बोकेर पर्स भरी भु पु मायालुका चिट्ठीहरु
हातको क्लेअर ब्यागका बलात्‍कृत सटीफिकेटहरु
पाँचौजोर हात्तीछाप चप्पल घिसार्दै
म अझै हिड्दै छु
त्यही सडकको पेटिमा देखाजाएगा
कती सम्म घिसार्नसक्छ
घिसारोस यो खुट्टाले
न प्रयोग यो जीवन को
न शान्ताप मृत्‍युको

निकोटिनले लछारेका ओठहरु
च्यतेर जब्बर्जस्ती निच्याउछु
कुनै सुटेट बुटेट कोट र टोपीका अगाडि
अनी फर्कन्छु हुलेर फोक्सोभरी तिरस्क्रित हावा
फेरी त्यही सडकमा
जहाँ सयौँ मस्तिस्कहरु घुम्दैछन
लिएर हा्तमा भुत अनी पाइलामा भविस्य
एक्कासी चिच्याएर सोध्न मन लाग्छ
यो समाज लाई ,सन्स्कार लाई , सभ्यतालाई कि
तँ प्रायोजित होस् या
प्रयोग गर्न सक्छु म पनि
अलिकती

बाँचेको मृत्‍यु बोध गर्दै
साँझ पख कुनै चिसो छिडिको एकान्तमा
जीवन र मृत्‍युको बिच मा टाँगिएका
खप्पर भित्रका नसाहरुमा
भरेर एक मुठी धुवाँ
पड्दैछु दोहोरयाइ दोहोरयाइ
"धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ"
~हर्मी-6,हाल :ioe, pulchowk

Monday, August 24, 2009

गजल:नरेन्द्र निमेष

नरेन्द्र निमेष, हर्मी ६

मलाई दुख्दा तिमी पनि दुखेर रोयौ पलपल
दुनियाँले देख्लान् भनि लुकेर रोयौ पलपल

यता काट्दा उता दुख्छ उता काट्दा यता
छेवै बसी मेरा आँशु पुछेर रोयौ पलपल

म्ाया बाड्यौ खुसि बाढ्यौ बाढ्यौ दुख पनि
त्यसैले त हरेक चोट बुझेर रोयौ पलपल

दुनियाँले खुटा तानि मलाई पछार्दा पिन
म लढ्दा लडेर त उठ्दा उठेर रोयौ पलपल

पिरले आखाँ सुनिदा पनि झिरले मन उनिदा पनि
निमेषकै तस्विर दिलमा थुनेर रोयौ पलपल

गजल :विष्णु ढकाल

विष्णु ढकाल ,हर्मी ९, हाल :अमेरिका

कहिलै पनि सुधि्रएन पारा नेपालीको
भाग्यमा नै खोट रैछ सारा नेपालीको


सधै होलि खेले हाम्रो रगत पसिनामा
यी हुन खुनि यी हुन् ज्यानमारा नेपालीको


जुनै जोगि आएपनि कान उस्तै चिरेको छ
र्टाछौ मात्र खालि किन झारा नेपालीको


संझिएर ल्याउदा पनि मन खिन्न हुन्छ साथि
कति बग्न दिन्छौ आँशु धारा नेपालीको


मुखै मात्र ताक्ने सबै आखिर गर्ने को हो त खै
कोहि छौ भने उठाउ हात सहारा नेपालीको

गजल :विकास ढकाल



बाँसुरी छ काठमाडौमा धुन गोरखा तिर

ठन्डी बढ्यो अचाक्लि नै ऊन गोरखा तिर



झिलिमिलि बत्ति बल्नै छाड्यो लोडसेडिङले

अन्ध मुष्टि रात छ यहाँ जून गोरखा तिर



जाबो एउटा चिजले पनि कति प्रभाब पार्ने

जे खाएँ नि अन्नै अल्नो नून गोरखा तिर



निस्लो एउटा मुटु मेरो निस्प्रभाबि भयो

मुटु धड्किन सघाउने खुन गोरखा तिर



महङगीले नेटो काट्यो के लाउने के खाने

मान्द्रो भरि सुकाएको बिस्कुन गोरखा तिर



मेरो प्यारो गण्डकी .रबिन्द्र प्र ढकाल

ठुला त तिमी भन्दा पनी ठुला कति छन छन
तर मलाई त तिमी नै बिशाल लाग्छ,
सफा र मनमोहक त यता कति छन छन,
तरमलाई त तिमी नै कंचन र मनमोहक लाग्छ।

तिमी त बहाब न हौ, अबिरल बगि रहन्छौ
तिमी हामी नभेटेको पनी त बर्षौं भयो
पोहोर साल झुलुक्क देखें
कता कता तिमी फेरिए झैं लाग्यो ,
उत्साहा चंचलाहट, सुसेली केही भेटिन,
अचम्मित भएँ, सोधी हेरें,
तिमी त राताम्मे भएर बगेउ अरे
रात्री चीत्कार नसुन्न एकोहोरो सुसाउथ्यौ अरे
नुहाउँदै गरेकालाई समेत बेपत्ता बनाउंथ्यौ अरे
साएद असह्य भएछ क्यारे,
आंसू पिउँदै, भक्कानो फुटाउंदै रोयोऊ अरे
भुसुंडी संगे अनि, जाम्दी र मादी संगै
बिस्तारै बिस्तारै पुन सुसौना खोज्थ्योऊ अरे
तर, फेरी तिमी आजकल टोलाई रहन्छौ अरे
ओल्लाघर पल्लाघर पनि जान छोड्योऊ अरे
अरु त अरु,
नारायणीमाँ मिसिन पनि संकोच मान्छौअरे
सीमा रेखा काट्नु त कता हो कता
भगिनी नदीको थर पनि सोच्छोऊ अरे।

मेरो प्यारो सप्तगण्डकी
तिमीलाई मेरो सल्लाह,
सप्तादलले ढकमक्क ढाकेको पाखोलाइ हेर त,
अटस मटस गरेर पनि फक्रेका
अलीकती रायामझिको कालो मसि मिसिएर के भयो त ?
सप्तरंगी सप्तगण्डकी एकदिन प्रिज्ममा छिर्ने नै छौ,
राष्ट्रिय गानले गए जस्तै स्वेतकिरण बन्नेनै छौ।
अब त प्यासाहरुको क्षुदा पनि घट्दै छ,
अबिरल चक्ष्युरसको भेल सुक्दै छ,
पधेरामा चुरा फुटाउनेको लाम घट्दै छ
अनि पुनर्जिबन लिने छौ नबसुशेलिको,
नपत्याए बागमतीलाई सोध त,
दरबारको ढोकामा खिया लाग्दै छ रे,
तर बिन्ती छ,
निदाउने काम भने नगर्नु,
नबमुकाम तिर पश्च्गमनको कटुवाल लागाइंदै छ
हुन त एसो भएको तिमीलाई मात्र कहां हो र?
सप्त कर्णाली पनि त राताम्मे थियो नि,
आजकल चौतारीमा आराम गर्दै छ,
सप्तकोशी पुन चलायमान त हुँदै छ,
तर अधीर छैन,
हुन त बागमती र कमला बेस्सरी उर्लादै छन,
सदियौं को तुष फाल्नै होला,
आशा गर चीर निद्राबाट ब्युझाउने यो ब्यथा
धर्ती तताउने उष्णता भन्दा पनि तातो हुन्छ,
थोरै धैर्य गर, फुल फुल्ने कोपिला पुस्टाउंदैछ,
सुन त ,अस्ति कर्णालीले मलाई चिठ्ठी पठाएको थियो,
हिजो कोशीले इमेल पठायो
आजफेरी मेलम्ची र अरुणसंग वेभक्यामको सुरुंगबाट बात मारें,
भन्दै थिए,
पानी को चक्र कहिले फर्कने?
सात समुद्र वारी र पारीका बादलहरू
अनी खाडीका पाखुरा आइदिए त
हामी पनि हास्थेउं नि अब!!!

Tuesday, April 7, 2009

आइसोलेटेड हर्मी कोट

विकास ढकाल
कुनै जमानामा
एउटा छुटै पहिचान र स्वाभिमानले
इतिहासको छातिमा टेकेर
ब्ााचेको
हमीैकोट आज
जाल झेल अनि शक्ति सङ्कघर्षको
फोहोरी खेलले गर्दा
घरि यता घरि उता
पेन्डुलम जस्तै
कुनै अस्तित्व बोधको
अनुभूति बिनै
जेनतेन
बिगतमा आफै बाचेको परिबेश

जन्मे हुर्केको भूगोल बिसर्िएर
एतिहासिकता र आत्मगौरबको
साख गिर्दै अनि गिराईदै
गए पिछ
आइसोलेटेड एक सुन्दर पहाड
हर्मी कोट
आफ्नो भूत स्वप्नमा हास्दै
वर्तमानमा रुदै
भबिष्यमा मरिरहे छ
अस्तित्य रक्षाको खातिर
टुलुटुलु हेर्न बाहेक केहि गर्न सक्दैन
हर्मी कोट
माटोमा मिलाईएका
रहावामा बिलाईएका
आफ्ना अस्थिपन्जरहरु
संगालेर
हेरिडिटि पता लगाउन
डिएनए परिक्षणको खाचो महसुस गर्दै
कुनै सन्ताप बिनै कुनै ग्लानी बिनै
निसङकोच
ठडिएको ठडियै छ
अडिएको अडियै छ
वस
यति छ उसको प्रतिकि्रया
तिमी को हौ
मलाई
आईसोलेटेड बनाउने

Sunday, March 29, 2009

हर्मीका गजलहरु १


गजल

नयाँ बिहानीमा पनि लाली उस्तै उस्तै
फेरिएका पुजारी छन् थाली उस्तै उस्तै

हार गुहार खै कसले सुन्छ कुम्भकर्ण माली
दशगजामा सुक्या फूलको डाली उस्तै उस्तै

जनताको सेवा गर्छु भन्दै खाको सपथ बिसर्ी
चाँदीलाई सुन भन्न सक्ने जाली उस्तै उस्तै

शिरको टोपी पाउमा बिसाइ शक्ति केन्द्र पुज्ने बानी
भजन गाउँदै बज्ने मिथ्या ताली उस्तै उस्तै

अझै बल्न सक्या छैन चिसिएको चुलो
मेघ गर्जाउने भोको पेट खाली उस्तै उस्तै

बिकास ढकाल हर्मी -८ गोरखा


समग्र यो जीवन भरी साथ दिन्छु भन्नेहरु
ब्ोलिमा नै सिमित रहे हात दिन्छु भन्नेहरु

क्षतविक्षत बनाईदिए प्रहार गरी मुटुलाई
छात्ति चिरी रगतको नाता दिन्छु भन्नेहरु

हेर्दा हेर्दै अलप भए कुन्नि कता तिर
खडेरीले तिमी सुक्दा बर्षात दिन्छु भन्नेहरु

चुसिसकेर केवल खोक्रा बाँकी राखे
तिम्रो यौवन सगै मात दिन्छु भन्नेहरु

बाचा कुल्चि पुरुषार्थ देखाउँछन् अझै पनि
सधै-सधै पूर्णिको रात दिन्छु भन्नेहरु

- सुनिता घिमिरे हर्मी - ६
गजल
मलाई जस्तै जिउँदै तिमीले अरुलाई नी नमार्नु है
म चितामा जलेको दिन तिम्रो बिहे नपार्नु है

पिरतीको जालमा पारि चोखो माया दिन्छु भनी
असल साथी खोजी तिम्ले अन्त मन नसार्नु है

मेरो मनको बगैचामा तिमी फुल्न नसकेनी
हाम्रो माया थेुन भनि कसैलाईनी नटार्नु है

मेरै हुन नसकेर पराइ कै भए पनि
सधैं जित भइ रहोस् जिवन भरि नहार्नु है

सताउन किन आउँछौ खरानी मै उडिराुछु
तरै पनि सपनीमा देखे आंसु नझार्नु है ।

-रुपेश ढकाल हर्मि८ गोरखा
गजल
दिन त मेरै हो आखिर रात पनि लान्छु
साहरा दिने तिमी सँगै हात पनि लान्छु

सुन्दर फूल फुलाउने हो असिनाले नझारे त
सुन्दर फूलसँग शितल पात पनि लान्छु

अन्जानमा गल्ती गर्दा सच्याई दिन्नु सानु
मायारुपी पत्र अनि फोटोको जमात पनि लान्छु

मिलनमा त सँगै विछोडमा तड्पिन पर्छ धेरै
तिम्रो र मेरो पवित्र हृदयको खात पनि लान्छु

सपनिका कुरा गर्दा यो मन साह्रै दुख्छ
दिन्छ्रयौ सपनी र विपनीका बात पनि लान्छु

- मुमिना मियाँ ुप्रतिक्षाु हर्मी - ६
शान्ति आयो भन्छन् तर आस लाग्दैन
गरिव दुःखी जनताको अझै बास लाग्दैन

मोहित पार् यो सत्तालोभले लुटुपुटु पार् यो त्यतै
समाजवादी जनताको वात लाग्दैन

भ्रष्टाचारलाई अंगालेर आफू बन्छन् करोड पित
सोझा सादा मानिसको गाँस लाग्दैन

युद्धविराम भएपनि बढ्दैगाछ अन्तर द्वन्द
कोही कसैलाई स्थायी शान्तिको आभाष लाग्दैन

- सन्तोष मजाकोटी ुमौसमु हर्मी - ६

गजल
तड्रपीदै रात बित्यो उज्यालोको प्रहर छैन
मन मन्दिरमा सजाउने अब कुनै रहर छैन

नजिक हुने चेष्टा मेरो आहतको साथ सँगै
आिलंगनको क्षण संग रमाउन लहर छैन

पौठेजोरी खेल्ने साहस बढ्दै थियो कठिनाइमा
तिम्रो सामु आँसु झर्दा मनमा कुनै असर छैन

समर्पित अमृत यो बेअर्थमा फालिदियौ
टुकि्रएको मन मुटु तर कुनै चहर छैन

-ढकाल अमृत ुएयमु
गजल

मलाई छाडी जानेलाई के भनु र नानु अब
सँगै मर्न बाचा कमस अरुसँग खानु अब
अरु सँगै रमाउँछ्यौ रे मस्कि हिजो आज
यस्तालाई नि आफ्नो भनि कसरी म तानु अब
आफ्नो भनि मायाँ दिएँ लातहानी गए पछि
अरुलाई नै आफ्नो भनि कसरी म छानु अब
टुटि हाल्यो बाचा कसम छुट्टि हाल्यो माया डोरी
पराइलाई आफ्नो ठानी डोलि चढी जानु अब
रोपी हाल्यो छुरा तिमीले मुटु भाुछ छिया छिया
जीवन भरी रोइ रोइ के बाँच्नु र सानु अब
- रुपेश ढकाल हर्मी -८ गोरखा

गजल

बन्द गर अब अशान्तिका खेलहरु यहाँ
दाजु भाइ मर्ने मार्ने नामर्दका झेलहरु यहाँ
मन्त्रि भइ कुसर्ि समाइ बस्ने इच्छा त्याग
दिगो राख्न राम्रो हुन्न जनता सोस्ने मेलहरु यहाँ
नलाउ अब धेरै फूर्ति निरक्षर जनतासामु
नखाउ अब वर्ष दिनमै असक्षमका फेलहरु यहाँ
हतियारमा बजेट होइन शिक्षातिर चम्काइदेऊ
आयात गर्न बन्दगर अश्रुग्याँसका सेलहरु यहाँ
उपचार नपाई मर्दछन् खोकैभित्र गरीव जनता
जग लाउनै छोडिदिउँ जनता थुन्ने जेलहरु यहाँ
नेपाललाई फूलाइदिउँ विदेशतिर धाउन छोडी
एकताले तोडिदिउँ निरंकुशका नेलहरु यहाँ

- अमृत ढकाल एयम् हर्मी -९






Thursday, March 26, 2009


हर्मी र म



- मोदनाथ मरहठ्ठा

उत्तर दक्षिण खुम्चिएर उभिएको पाटो
पूर्व पश्चिम तीनकोशको लम्बिएको बाटो

पूर्व छोप्राक उत्तरतिर थालाजुङ्को छेउ
पश्चिम सोझी चम्पावती नपाइसक्ने भेउ

दक्षिणी भाग आँपपिपल सारै सुन्दर गाउँ
पूर्व पुर्खा धानी बस्छ मेरो हर्मी गाउँ

न त धेरै जाडो लाग्छ न त धेरै गर्मी
प्रकृतिको बरदान रैुछ मेरो गाउँ हर्मी

चिलौने र कटुसका पातला छन् बुटा
जामुनु र ऐंशेलुका दुब्लाएका ठुटा

साल शिसौ साह्रै दुख मर्दा पर्दा खेरि
वारि गाउँ पारि गाउँ डुल्नु पर्ने फिरी ।

न त लामो गाउँ वेसी न त ठूला भीर
आफ्नै पनको स्वभिमानले उचो पाथ्र्यो शीर

बिहानको रवि खुल्दा मनासलु हाँस्छ
पहेलपुर सुनका थुप्रो हेर्दै गाउँ नाच्छ ।

हर्मी सित मितको नाता माछापुछ्रे लाउँछ
थेप्चे बौद्ध हिमाल चुली हर्मीतिर धाउँछ

हर्मी सित रित्तो भयो ठूला ठूला ताल
बनेलीका पाखामा छन् भैंसी बस्ने आहल

उत्तरी मुख फर्किएको चिसो सफा पानी
कहाँ हुन्छ प्रदुषित किन पिउने छानी

नवलपुर साउकोटा गाउँ हर्मी भाज्याङ पाटो
वयापानी तारे भीर कति राम्रो माटो

कैंजल पानी टारी धादिङ उत्तर ठानेश्वरा
पात्ले पानी निमारेका कान्ला हरा भरा

ढाक्रे पानी बोगटी गाउँ इतिहासका नाम
ज्यामिरे र मल्लाटार उस्तै उस्तै ठाम

इतिहासको पीडा खप्दै हर्मीकोट रुन्छ
खोल्सा खोल्सी आसु झारी दुख सुख धुन्छ

आफ्नै छाती खनी खोस्री उब्जाउँछन् अन्न
बाहिरिया बेसाह होइन गाउँ घरमै टन्न

भोट मधेश गर्छन् कोही कोही मलेसिया
बाहुन क्षेत्री सार्की कामी गुरुङ मगर मिया
बसुदैव कुटुम्ब कम भन्छ मेरा गाउँ
न त खेल्छ धर्म युद्ध सहिष्णुको नाउँ

घर भित्र घर बाहिर पसिनाको धारा
त्यही बेची बेची आउँछ नपुगेको चारा

छैनन् ऐल्हे विर्तावाल हुन् भन्दिन रैती
चेतनाको िठंगुराले खुम्चिएका कैदी

रिन् उधारो सर सापट बल्लो पल्लो घर
निर्वाहको सुतरीले जेलिएको भर

खोलो पहिरो टाढा थियो हर्मी भन्दा पर
डाँडा माथि चौतारीमा झुल्छन् पीपल वर

कान्ला भरि खन्यु काप्रो टाँकी वडहर
भित्री वारि अम्बा मेवा स्याउ कटहर

कोप्चे पाखो खोसि्रएर फल्छ कोदो तोरी
हिउँ जस्तै सुन्दरी छन् हर्मेलीका छोरी

सुर्का गह्रा कोतरेर फल्छ मासर्ी धान
दशैं तीज तिहारमा रमाएर खान

मुसा बाँदर अघाएर उबि्रएको मकै
वर्षभरि न पुगेनि बसिदैन भोकै

फुस्रे धुस्रे भुरा भुरी खेल्छन् लडिबुडि
विहे वटुल भोज भतेर खान्छन् बाडिचुँडी

वारि डिल वुटामुनि सारौं ढुकुर लुक्छन्
भाले पोथी कुर्ली कुर्ली खुशीयाली फुक्छन्
डोको नाम्लो कोदालो छ उब्जाउने धन
टाट्ना भरि खसि बोका रित्याउँछन् वन
भ्ाकारोमा जुरे गोरु ग्ााेठ खेत चर्छन्
साटफेर किन बेच यता उता पछर्न्
नाम्ले सिङ थैले थुन भैसी छानि छानी
तिम्रा भन्दा हाम्रा राम्रा जोखौ तानी तानी
दिनै पिच्छे मैनै पिच्छे आफ्ना आफ्ना काम
फुस्रत कैले हुन्छ वरै चटारोको याम
किसानलाई के केा हिउद के कोझरी वर्खा
पृथ्वी घुमे सरी घुम्छ काम काजको चर्खा
पहिले कस्ले खन्यो खोस्य्रो न्यानो पाखो रोज्यो
छोरा नाति पनातिको ज्यूने धर्ति खोज्यो
कहाँबाट आए पुर्खा जहान वच्चा बोकी
मलिलोमा डोको विसाई बसे छाति ठोकी
भोलि फेरी नयाँ पुस्ता आउला गुज्रान गर्न
उनै पुस्ता फैलने छन् मन फुकाई चर्न
बा दाज्यैको पुस्ता हेर्दा खुसी लाग्थ्यो अति
पढे लेखेका छन् भाई पक्कै लिन्छ गति
आशा थियो भरास्ािलो उत्साहि थ्यौ हामी
सर्बश्रेष्ठ हर्मीलाई बनाउछौ नामी
केहि गर्न सकिन्छ कि भोलि भन्ने लाग्थ्यो
हामी जागे समाजको कालो मैलो भग्थ्यो
हिजो साह्रै राम्रो थियो आज उजाडियो
मुटु भित्र चस्स चस्स घोच्न थाल्यो सियो
यति गाथा लेख्दा लेख्दै भागे म त टाडा
मायाँ बस्यो मुटु भरि नमेटिने गाडा
यो खण्डमा इतिहासको गाथा सुकाउँछु
दोश्रो खण्ड हेर्नु होला ब्यथा फुकाउँछु