Tuesday, November 10, 2009

" कबिता " एक खिल्ली चुरोट


राजु मियाँ

पल पल लाई जलाएर
प्रताडित पदचापहरु सँग प्रयास्चित गर्दैछु
सिङगो देखी ठुटो नहुदा सम्मको
एक खिल्ली चुरोट सँग

चियाको अन्तिम चुस्की सँगै
बोकेर पर्स भरी भु पु मायालुका चिट्ठीहरु
हातको क्लेअर ब्यागका बलात्‍कृत सटीफिकेटहरु
पाँचौजोर हात्तीछाप चप्पल घिसार्दै
म अझै हिड्दै छु
त्यही सडकको पेटिमा देखाजाएगा
कती सम्म घिसार्नसक्छ
घिसारोस यो खुट्टाले
न प्रयोग यो जीवन को
न शान्ताप मृत्‍युको

निकोटिनले लछारेका ओठहरु
च्यतेर जब्बर्जस्ती निच्याउछु
कुनै सुटेट बुटेट कोट र टोपीका अगाडि
अनी फर्कन्छु हुलेर फोक्सोभरी तिरस्क्रित हावा
फेरी त्यही सडकमा
जहाँ सयौँ मस्तिस्कहरु घुम्दैछन
लिएर हा्तमा भुत अनी पाइलामा भविस्य
एक्कासी चिच्याएर सोध्न मन लाग्छ
यो समाज लाई ,सन्स्कार लाई , सभ्यतालाई कि
तँ प्रायोजित होस् या
प्रयोग गर्न सक्छु म पनि
अलिकती

बाँचेको मृत्‍यु बोध गर्दै
साँझ पख कुनै चिसो छिडिको एकान्तमा
जीवन र मृत्‍युको बिच मा टाँगिएका
खप्पर भित्रका नसाहरुमा
भरेर एक मुठी धुवाँ
पड्दैछु दोहोरयाइ दोहोरयाइ
"धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ"
~हर्मी-6,हाल :ioe, pulchowk

No comments:

Post a Comment