गोरखा ,कार्तिक २६
गोर्खाको चोरकाटेवाट माओवादीको सिहंदरवार घेराउ कार्यक्रममा कार्यकता लिएर काठमाण्डौ जादै गरेको ना ३ ख ८३८२ नम्वरको वस गए राती करीब 12 बजे तनहुँ आवुखैरेनी आँपचौरमा दुर्घटना हुदा गोर्खा केरावारी-६ का सुरेश तमुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ।
दुर्घटनामा परी घाइते ३२ जनाको काठमाण्डौको जनमैत्री र आठको वीर अस्पतालमा उपचार भइरहेको छ भने ४ जनाकॊ मडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । एकीकृत नेकपा माओवादी गोर्खा जिल्ला सदस्य कसमको नेतृत्वमा माओवादीको सिहंदरवार घेराउ कार्यक्रममा भाग लिनजान लागेका माओवादी कार्यकर्ता वोकेको उक्त वस दुर्घटना हुदा माओवादी जिल्ला सदस्य कसम ज्योति र रविना गम्भीर घाइते भएका छन् भने अर्का सदस्य रविनको अवस्था सामान्य रहेको छ । दुर्घटनामा सामान्य घाइते अन्य आँवुखैरेनीमा उपचार पछि घर फर्किसकेका छन् । तीव्र गतिमा रहेको वस सडकवाट पचास मिटर तल खस्दा दुर्घटना भएको र वस चालक फरार रहेको तनहू प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेहरुमा खोप्लाङ ३ का वर्ष ३० का विष्णुमाया देवकोटा वर्ष ३५ का चन्द्रमाया न्यौपाने वर्ष ५२ का वावुराम न्यौपाने खोप्लाङ २ का वर्ष २०का विकास भट्टराई वर्ष २२ का दिलिप थापा चितवन जुटपानीका वर्ष १५ की गीता गुरुङ लगायत रहेका छन् । दुर्घटनामा परि गाडीले च्यापिएकी पोखरावेसी खोप्लाङकी उर्मिला वस्तीको क्रेनको सहायताले करिव ५ घण्टापछि जीवीतै उद्दार गरिएको र उनको उपचारको लागि काठमाण्डौको वीर अस्पताल लगिएको माओवादी गोर्खा ले जनाएको छ । ख़बर स्रोत :रेडियो गोरखा
No comments:
Post a Comment