



फोटो -जनार्दन ढकाल
कात्तिक २१
हर्मी ,राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा हर्मी गाउँ विकास समितिको हर्मी भाज्याङमा साचालित १ दिने कफिखेती संबन्धि अभिमुखीकरण तालिम सनिबार सम्पन्न भएको छ ।
जिल्ला कृषि विकास कार्यालय गोरखाका वरिष्ठ कृषि विकास अधिकृत वुद्धिबहादुर थापाको प्रमुख आतिथ्यता र कफि बिकाश कृषक समूह हर्मीका अध्यक्ष ऋषिराम ढकालको अध्यक्षतामा सम्पन्न सो अभिमुखीकरण तालिममा बोर्डका प्राविधिक अधिकृत भोलाकुमार श्रेष्ठले किसानहरुलाई प्रशिक्षण दिनुभएको थियो । उहाँले कफिखेतीको महत्व ,आवश्यकता ,चुनौतीका साथै खेती गर्ने तरिकाको बारेमा प्रष्टयाउनु भएको थियो । सो अभिमुखीकरणमा हर्मी आँपपीपल छोप्राक लगायतका गाविसका ६० भन्दा बढी किसानहरुको सहभागीता रहेको हर्मीबाट नरेन्द्र निमेशले आवर हर्मीलाई जानकारी दिएका छन् ।
अभिमुखीकरण कार्यक्रममा वातावरणविद् जनार्दन ढकाल , स्थानिय भुवनेश्वर भट्ट ,कफि विकास बोर्डका प्रेम आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो ।
No comments:
Post a Comment