कात्तिक २०,
पालुङटार ,
पालुङटार गाउँ विकास समितिको वडा नंबर ९ ठाँटीपोखरीमा आजदेखि प्रशुती सेवा केन्द्रको स्थापना भएको छ । सेवा केन्द्रको एक कार्यक्रमबा वीच जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख डाक्टर गुणराज लोहनीले उद्घाटन गर्नुभएको हो । उहाँले गर्भवती महिलाको स्वास्थ्य जाँच गरी केन्द्रको उद्घाटन गर्नुभएको स्थानिय हितकाजी गुरुङले जानकारी दिनुभएको छ । सो ठाउँमा प्रशुती सेवा केन्द्रको स्थापना भएपछि पश्चिम गोरखाको आँपपीपल हर्मी पालुङटार च्याङली गाइखुर लगायतका गाविसका साथै तनहुँ र लमजुङका केही गाविसका गर्भवती महिलाहरुलाई सजिलो सुरक्षित प्रशुतीका लागि सजिलो हुने प्रशुती सेवा केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष धनप्रसाद श्रेष्ठले बताउनुभयो ।
ठाँटीपोखरीको आयुर्वेद भवनमा स्थापना गरिएको सो प्रशुती केन्द्रका लागि जिल्ला स्वास्थ्य कार्यालयले एक जना अनमीको दरबन्दी समेत ब्यवस्था गरेको छ ।
No comments:
Post a Comment