ठुला त तिमी भन्दा पनी ठुला कति छन छन
तर मलाई त तिमी नै बिशाल लाग्छ,
सफा र मनमोहक त यता कति छन छन,
तरमलाई त तिमी नै कंचन र मनमोहक लाग्छ।
तिमी त बहाब न हौ, अबिरल बगि रहन्छौ
तिमी हामी नभेटेको पनी त बर्षौं भयो
पोहोर साल झुलुक्क देखें
कता कता तिमी फेरिए झैं लाग्यो ,
उत्साहा चंचलाहट, सुसेली केही भेटिन,
अचम्मित भएँ, सोधी हेरें,
तिमी त राताम्मे भएर बगेउ अरे
रात्री चीत्कार नसुन्न एकोहोरो सुसाउथ्यौ अरे
नुहाउँदै गरेकालाई समेत बेपत्ता बनाउंथ्यौ अरे
साएद असह्य भएछ क्यारे,
आंसू पिउँदै, भक्कानो फुटाउंदै रोयोऊ अरे
भुसुंडी संगे अनि, जाम्दी र मादी संगै
बिस्तारै बिस्तारै पुन सुसौना खोज्थ्योऊ अरे
तर, फेरी तिमी आजकल टोलाई रहन्छौ अरे
ओल्लाघर पल्लाघर पनि जान छोड्योऊ अरे
अरु त अरु,
नारायणीमाँ मिसिन पनि संकोच मान्छौअरे
सीमा रेखा काट्नु त कता हो कता
भगिनी नदीको थर पनि सोच्छोऊ अरे।
मेरो प्यारो सप्तगण्डकी
तिमीलाई मेरो सल्लाह,
सप्तादलले ढकमक्क ढाकेको पाखोलाइ हेर त,
अटस मटस गरेर पनि फक्रेका
अलीकती रायामझिको कालो मसि मिसिएर के भयो त ?
सप्तरंगी सप्तगण्डकी एकदिन प्रिज्ममा छिर्ने नै छौ,
राष्ट्रिय गानले गए जस्तै स्वेतकिरण बन्नेनै छौ।
अब त प्यासाहरुको क्षुदा पनि घट्दै छ,
अबिरल चक्ष्युरसको भेल सुक्दै छ,
पधेरामा चुरा फुटाउनेको लाम घट्दै छ
अनि पुनर्जिबन लिने छौ नबसुशेलिको,
नपत्याए बागमतीलाई सोध त,
दरबारको ढोकामा खिया लाग्दै छ रे,
तर बिन्ती छ,
निदाउने काम भने नगर्नु,
नबमुकाम तिर पश्च्गमनको कटुवाल लागाइंदै छ
हुन त एसो भएको तिमीलाई मात्र कहां हो र?
सप्त कर्णाली पनि त राताम्मे थियो नि,
आजकल चौतारीमा आराम गर्दै छ,
सप्तकोशी पुन चलायमान त हुँदै छ,
तर अधीर छैन,
हुन त बागमती र कमला बेस्सरी उर्लादै छन,
सदियौं को तुष फाल्नै होला,
आशा गर चीर निद्राबाट ब्युझाउने यो ब्यथा
धर्ती तताउने उष्णता भन्दा पनि तातो हुन्छ,
थोरै धैर्य गर, फुल फुल्ने कोपिला पुस्टाउंदैछ,
सुन त ,अस्ति कर्णालीले मलाई चिठ्ठी पठाएको थियो,
हिजो कोशीले इमेल पठायो
आजफेरी मेलम्ची र अरुणसंग वेभक्यामको सुरुंगबाट बात मारें,
भन्दै थिए,
पानी को चक्र कहिले फर्कने?
सात समुद्र वारी र पारीका बादलहरू
अनी खाडीका पाखुरा आइदिए त
हामी पनि हास्थेउं नि अब!!!
No comments:
Post a Comment