हर्मी भाद्र६
महेन्द्र लीला उच्च माविको आयोजनामा शुक्रबार विद्यालय प्राङगणमा बृहत तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
हर्मी र छोप्राकका गरि कुल नौ वटा समूहको सहभागीता रहेको सो प्रतियोगीतामा नवलपुर युवा क्लव नपलपुरले प्रथम स्थान हासिल गरेको गर्यो । त्यसै गरि मलिउमाविको सास्कृतिक समूहले दोस्रो मलि उच्चमावि विद्यार्थि समूहले तृतिय र प्रगति महिला समूह हर्मी भन्ायाङ्गले सान्त्वना स्थान हासिल गरे । प्रतियोगितामा अधिकास सहभागी समूहहरुका आफ्ना गीति भाव देशको समसामयिक विषय वस्तुमा केन्द्रित थिए ।
उक्त तीज गीत प्रतियोगिता विद्यालयका प्रअ राम प्र अधिकारीको सभापतित्व र विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष हरि प्र खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम हेर्न नवलपुरमा भदौरे घामको प्रवाह नगरि लगभग तीन सय नरनारीको उपस्थिति रहेको थियो । प्रतियोगितामा तार्के डाडा महिला समूह चिउरीबोट छोप्राक ,इन्द्रेणि महिला समूह अमराई छोप्राक ,विकाशोन्मुख महिला समूह कालढुङ्गे हर्मी ,मेल भन्ायाङ्ग युवा क्लव थुम्कि छोप्राक र लालीगुराँस महिला समूह हर्मी भन्ज्याङ्गको सहभागीता रहेको हर्मीबाट नवलपुर युवा क्लबका अध्यक्ष जमालदिन मियाँले जानकारी दिएका छन् ।
No comments:
Post a Comment