Thursday, August 20, 2009

सरस्वति प्राविमा नयाँ भवन

हर्मी, भाद्र ३ , हर्मी- 8 रहेको सरस्वति प्राविमा नेपाल सरकारको प्राथमिक शिक्षा सुधार परियोजना अन्तर्गत दूई कोठे भवन बन्ने भएको छ । नयाँ भवनका लागी जिल्ला शिक्षा कार्यालय मार्फत पाँच लाख रुपैयाँ निकासा भैसकेको र हावा हुरिले गरेको क्षति पुर्ति स्वरुप प्राप्त लगभग सवा लाख रुपैयाबाट नयाँ भवन निमार्णा र पुरानो भवन मर्मत गरिने विद्यालयका प्रअ हरि प्र पराजुरलिले आवर हर्मीलाई जानकारी दिनु भएको छ । नयाँ भवन निमार्ण गर्न पुरानो तीन कोठे भवन गत असारमा डोजर लगाई भत्काई जमिन सम्याउने काम भने पुरा भैसकेको छ ।

No comments:

Post a Comment