Thursday, August 20, 2009

प्रतिवद्वता रकम पनि पाएन विद्यालयले

हर्मी ,भाद्र ३ , दूई वर्ष अघि उच्च मावि स्थापनार्थ चलाईएको चन्दा संकलन अभियानमा प्रतिबद्वता जाहेर गरेका केहि ब्यक्तिहरुले महेन्द्र लिला उच्च माविलाई अझै सम्म पनि पैसा भुक्तानि नगरेको विद्यालय सम्बद्व अधिकारीहरुले गुनासो गरेका छन् ।
त्यस बेला सामाजिक प्रतिष्ठा बढाएर नाक ठूलो बनाउन पैसा दिन्छु भन्नेहरुलाई हिजो आज विद्यालयले पटक पटक ताकेता गर्दा पनि विभिन्न बहानामा पन्छिने गरेकाले आशातित रकम संकलनमा कठिनाई परेको विद्यालयका प्रअ राम प्र अभिकारीले आवर हर्मीलाई जानकारी दिनु भयो ।

No comments:

Post a Comment