
राजु मियाँ
(१)
"..... दाई ! तपाइलाइ एउटा कुरा भन्नु छ ।"पधेँरोमा भेटे पछी पल्ला घरकी जेठी आरती ले भनि ।
"के कुरा ?" मुख धुदा धुदैको म छोडेर ऊ तिर हेर्दै भनेँ ।
"थ्यो एउटा कुरा अँ ………… तर तपाइ रिसाउनु हुन्छ होला ………… भो भन्दिन ।" ऊ अड्की अड्की बोली मानौ उसले यस्तो कुरा भन्न खोज्दै छे कि जो मलाइ पटक्कै मन पर्दैन ।
"भनन म रिसाउन्न के ?" करिब करिब रिसाउदै मैले भनेँ । साच्चै भन्दा यदि कसैले मलाइ एउटा कुरा भन्छु भनेर भनेन भने सार् है रिस उठ्छ । तर त्यति बेला रिस उठेन जति उठ्नु पर्ने हो । किनकी त्यहाँ ऊ र म मात्र थियौं ।
"भैगो पछि भनौला !" उसले धारो तिर हात तेसार्दै भनि ।
"लौ तिमीलाई भन्न मन छैन भने मैले के गर्नु !" मैले हार माने झै गरि दिएँ । तर अनुहारमा भने भनि हाले हुन्थ्यो जस्तो भाव थियो क्यारे सायद उसले पनि बुझी ।
"नरिसाउनु है त !"
"कुरै सुन्न पा'को छैन ।"
"मैले एउटा हल्ला सुनेथेँ के !"
"के ?"
सायद अब उसले भनिराख्नु पर्दैन सबै कुरा प्रष्टै भए जस्तो भयो । तर पनि मैले नबुझे जस्तो गरेर भनेँ "नराम्रो हल्ला त हैन होला नि है !"
"राम्रो नराम्रो त तपाइलाइ नै था'होला निू "उसले खुट्टामा अँजुलीले पानी हालेर ढूङ्गामा घोट्दै भनि ।
"मलाइ त केहि था'छैन ।" म अब ऊ सँग साच्ची कै गफ गर्ने मुडमा थिएँ ।
"भो पछि भनौला ।" ऊ अलि लजाए जस्तो गरी ।
"नाइ भन्ने भए अहिल्यै भन नभन्ने भए कहिल्यै नभन ।" म अलि अलि मात्र रिसाए जस्तो गरेँ ।
"हुन्छ कहिल्यै भन्दिन ।" ऊ खितित्त हाँसी र हिड्न खोजी । मैले च्याप्प उसको हात समातेँ र तुरुन्तै छोडिदिएँ । ऊ रोक्किई । अनि आँखामा हेरेर बिन्तिको स्वरमा भनेँ "भनन !"
"तपाइको त्यो सँग लभ पर् या छ रे हो ?" ऊ लजाइ मेरो आँखामा हेरिन भुँइ तिर हेरी ।
"को त्यो सँग ।" हास्दिन भन्दा भन्दै पनि अलिकति हाँसी हालेछु ।
"हेरन बुझेर पनि …………… कस्तो मान्छे बाइ !" ऊ मस्किई ।
"अनि के था'त नाम नभने पछि ।" मेरो ओठ अझै अनियन्त्रित झै मुस्कुराइ रहेको थियो ।
"त्यो गोरी के त ……………। भवानी ।" उसले अझै म तिर नहेरै भनि ।
"तिमीलाई कस्ले भन्यो ?"
"जस्ले भने पनि हो की होइन भन्नु न ?"
"हो भने के गर्छौ हैन भने के गर्छौ ।" मेरो यस पटक ठाडो जवाफ थियो लाग्यो यत्तिकै उडाईदिउँन ।
"गर्न त मैले के गर्नु ।" ऊ बाटो लागि "जे गर्ने हो तपाइले नै गर्ने होलानी ।" सायद ऊ हाँसी तर मैले प्रष्ट देखिन सुनिन ।
मैले अलि चर्किएर भनेँ "कल्ले भनेको ?"
उसले पनि चर्किएरै उत्तर दिई "यहि पधेँरोमा सुनेको………!"
(२)
मलाई आफ्नो छुट्टी कटाउन गार्हो परिरहेको थियो । एउटै उपाय सरिता सँग गफ गरेर बस्नु हो तर बिगत ५ दिन देखि ऊ पनि मेला को मेला छे । कहिले फलानाको कहिले ढिस्कानाको कति दुःख छ बिचारीलाई । म सँग बिहे भए पछि भएभरको सुख दिने सङ्कल्प गर्छु मनमनै । आखाँ मिच्दै लोसे पाराले उस्कै बारेमा सोच्दै डाँडा तिर लाग्दै थिएँ । बाटैमा बीर बहादुर सँग जम्का भेट भयो । ऊ मेरो सानै देखीको साथी हो । पढ्दा पढ्दै घरमा काम गर्ने मान्छे नभएकाले उसले बिचैमा छोडेको थियो । पछि म पनि काठमाडौं तिर लागेँ । उ घर तिरै बरालिरह्यो । नाम बहादुर भए पनि अहिले सम्म कुनै बहादुरीको काम गरेको छैन सिवाय बेला बेला अर्काको बारीको घाँस चोर्नु बाहेक । भेट हुनासाथै हत्तनपत्त उसले तात्तातो खबर सुनायो "था'छ तल आरुबारी काँइलाबा को छोरो इन्डिया बाट फक्र्या रैुछ । तल बाँसा झ्याङ् मुनि बोला'छ रे हाम्लाई । अधि सुदिपेले भन्दैथ्यो । जाम् ।"
मलाई पनि के खोज्छस् काना आँखा जस्तै भो लागेँ उसै सँग गफिदै ।
अनि त्यो मोरो दशैं सिध्दे पछि किन आ'रे?"
"खै !"
"…………………………।"
"…………।लास्ट कमाउछ रे …………॥"
"…………"
……………………
साच्चै चिन्नै नसकिने भएछ काइलाबाको छोरो हरिप्रशाद धिमिरे । हामी हरे भन्थ्यौं पहिले पहिले तर अहिले हरी मात्र हैन हरिप्रशाद नै भने सबैले । किनकि उस्को जस्तो सर्ट पाइन्ट कसैको थिएन त्याहाँ । आठ कक्षामा पढ्दा पढ्दै फेल भयो त्यहि स्कुलको हिसाब पढाउने सरलाई कक्षा कोठाको ढोकाको आग्लोले हिर्काएर भागेको हो ऊ । ऊ छउन्जेल गाउँमा कसैले काँक्रा फलाउन पाएनन् कसैको बोटमा स्याउ रहेन । ऊ भागे पछि पुरै गाँउले सन्चो महशुस गर्यो सिवाय उसकि आमा । उनि बेला बेला हाम्रो घर आएर "बबुरो के गर्दै होला " भनेर आँखा रसिला पार्थिन् अनि पटुकीले मुख छोपेर डाँको छोड्थिन् । हाम्री आमाले "नरुनुस् दिदि एक दिन न एक दिन कसो नफर्केला ।" भनेर सम्झाउथिन् ।
उ बेला हामी सँगै घास काट्न जान्थ्यौं । ऊ चाहि कस्को खेतमा राम्रो र बाक्लो छ भनेर खोजी हिड्थ्यो । हामी भने डराउथ्यौं । उसको घास खोस्न कसैको आँट हुदैन थ्यो । बदलामा बेन्मारी सराप्थे ।
अहिले कपाल रातो पारेछ । साथमा गाला पनि राता भएछन् । हातमा र गलामा भोटे कुकुरले लाउने जस्तो सिक्क्री लगाएको सर्टका बाउला दुइ पटक मात्र खुम्च्याएको हेर्दा ठुलै मान्छे जस्तो देखिन्थ्यो ।
सबैलाई छोडेर उसले मलाइ हेर् यो "राजु तँ त काठ्मान्डुमा पढ्छस् रे हैन ?"
मैले पनि सान सँग भनिदिएँ "हो ।"
"अनि मोज कत्तिको गर्छस् नि ठमेलमा टन्नै पाइन्छन् रे नि ।"
उसले के भन्न खोजेको मैले बुझिन तर भनेँ "हप्तामा शनिबार मात्र छुट्टी हुन्छ । यसो न्वाइध्वाइ गर्यो अनि साथी हरु सँग मोझै हुन्छ ।"
"एक पटक म पनि जानुछ काठ्मान्डु कस्तो रै'छ । "
"हुन्छ आइज न ।" भनि सके पछि याद गरेछु कस्तो कस्तो लाग्यो । तँ भनेछु तर उसले वास्ता गरेन । पछि गफ गर्दै जाँदा उसैले भन्यो "के हरिप्रशाद भन्या हरे भनओन । म तिमेरुको पैले कै साथी हरे त हुनी ।" सबै जना खुसी भए ।
वीरबहादुरले खबर सुनायो उसलाई "यस्को त लप पनि पर् या'छ ।"
"ए को सँग ?" उसका आँखा चम्किला भए ।
"हैन ………… यस्सै……।यसो अलि अलि ।" मलाई के भन्ने के भन्ने भयो । ऊ सँग छुट्टीएको ६-७ बर्ष भैसकेको थियो । यति छिट्टै खुल्न मन लागेन ।
उसले मेरो ढाडमा ढाप मारेर भन्यो " ल ल मोज गर्नु पर्छ जीन्दगिमा ।" एकछिन रोकियो केहि सोचे जस्तो गर् यो अनि खल्ती बाट कुन्नी के को पोको सँगै एउटा चुरोट निकाल्यो । "केटा हो मोज गर्ने हो ?"
"के हो ?" मैले सोधेँ ।
"गाँजा " उसले भन्यो "कहिल्यै तान्या छौ ?"
"एक पटक मात्र परार जात्रा जाँदा खारखोला पारी ।" सुदिपेले उत्तर दियो ।
"चाख्न मन त थियो तर ऐले सम्म पा'छैन । के गर्नु हाम्रो गाउँमा पाइदैन ।" बीरबहादुरले भन्यो । "अनि तैले त खा'छस् होला नि !" उसले चुरोटलाई दुई औलाले बिस्तारै च्यापेर सुर्ति झार्दै म तिर नहेरी मलाई सोध्यो ।
"अँ हँ ।" मैले यत्ति भनेँ ।
"अनि काठ्मान्डुमा के को मोज गरिस् त ?"
"अँ…………त्यस्तो खान हुदैन भन्छन् ।"
"खान नपाउने हरुले तेसो भन्छन् । एक पटक खाएर त हेर जीन्दगिको मज्जा बल्ल चाल पाउँछस् ।" उसले आफ्नो अनुभव सुनायो । इन्डियामा बस्ता कसरी खाइयो । एक पटक त पुलिस नै पछि लागेको रे । तर अनेक उपाय गरेर छक्काएका रे । लामै कथा भन्यो उसले । कथा सकिदा चुरोटको सुर्ति फालेर गाँजा भरी सकेको थियो । कथा पट्टी ध्यान गएकाले उसले गाँजा कसरी टम्म पार् यो याद भएन तर चुरोटको टुप्पो बटारेर कसिलो बनायो ।
"ल हेर अब म फायर गर्छु । ओर्जी हो एक सर्कोमा मान्छे स्वर्ग पुग्छ ।" उसले भन्यो ।
"के रे !" वीरबहादुर ले बुझेन ।
"आगो झोसेर पहिलो चोटि तान्नुलाई फायर भन्छन् के ।" उसले बुझायो ।
जम्मा दुई सर्को ताने पछि उसले मतिर हात तेसा्रयो । मैले "म त खान्न ।" भनिदिएँ ।
ऊ जोसियो "के खान्न भन्छस् । साथीहरु छन् भनेर मैले झन् ह्वा देखि ल्याएँ यार………।"
वीरबहादुर र सुदिपेले पनि कर गरे ।
"था पाए भने घरमा माछन ।" मैले भनेँ ।
"के पिर गरि'रा आज घरै नजाने सबै जना हाम्रो घर जाने । आमा मात्र छिन् केहि भन्दिनन् ।" हरेले भन्यो ।
सबैले कर गरे पछि मैले उक्त खिल्ली हातमा लिएँ अनि ओठले च्यापेर बेस्मारी तानेँ । एक्कासी खोकि लाग्यो । चुरोटको ठुटो कसले समात्यो थाहा भएन । मलाई भने खोकीले गर्दा आँखा बाट आँसु नै झर्यो । एकै छिनमा जीउ भरी काउकुती लागे जस्तो भयो ।
अलि परबाट थुन्से भरी घाँस बोकेर आएकी केटि देखेर मेरो सात्तो गयो । पैले त हैन जस्तो पनि लाग्यो । अलि घोरीएर हेरेँ भवानी नै रहिछ । अरु केटाहरु अझै तान्दै थिए । सायद उनिहरुले याद नै गरेनन् ।
नजिकै आए पछि "अब म सँग बोल्नु पर्दैन " भनि । फेरी दुई तिन पाइला हिडे पछि फर्केर भनि "बोल्नु पनि पर्दैन भेट्नु पनि पर्दैन जीन्दगि भर ।" ऊ गई मैले एक पटक जोडले बोलाएँ "सरिता !"
ऊ फर्कि "हेरन अझ हाँसेको " यत्ति भनेर उ हिडि । सायद म हाँसेछु क्यारे । मेरो हात खुट्टा केहि पनि बसमा थिएनन् । त्यसदिन घर गइन कहाँ गएँ कसरी गएँ थाहा नै भएन । भोली पल्ट बिउँझदा हरेको घरमा थिएँ ।
उठे पछि सुदिपेले भन्यो "तँ त हिजो रात भर रो'को रोई थिइस् यार ।"
हरेले भन्यो "तेरो भवानी सँग लभ परेको हो ? रात भर तेस्लाई मात्र बोलाइ रा'थिस् त !"
म केहि पनि नबोली घर तिर लागेँ । जीउमा जाँगर थिएन टाउको र मन दुबै निकै भारी थियो । घरी घरी धुन्से भरी घुस बाकेकी केटीको आवाज कानमा ठोक्किईरह्यो ।
(३)
म वाक्क भएर बसेको थिएँ । दूभाग्यबस आज घरमा पनि कोहि थिएन । साँच्चि म त जीन्दगी देखि नै एक्लिए जस्तो लाग्यो ।
मन भित्र अन्तर्द्वन्द थियो, बाहिर एकान्त थियो, त्यो भन्दा उपयूक्त समय निरासा लाई के हुन सक्छ । त्यसैले त्यो आयो गल्र्याम्म अँगालो हाल्यो र म उसै सँग लहसिदै गएँ । सायद यो मेरो जीवन को सबै भन्दा नैरास्यताको क्षण होला ।
म आफ्नै कोठामा कुनै किताब हेर्दै थिएँ । पढ्दै होइन हेदै थिएँ किनकि म सँग अहिले पढ्ने दिमाग थिएन । थियो त नैरास्यता र आत्मग्लानी ले भरिपुर्ण थियो । र पनि मेरो मनले होला म उसलाई निक्कै माया गर्दो रहेछु भन्ने निष्कर्ष निकालिरहेको थियो ।
कोही आयो मैले ध्यान दिइन किनकि आवश्यकता थिएन । अथवा यति बेला र यस्तो परिस्थितीमा ऊ आउने सम्भावना नै थिएन । सायद उसले कोहि देखेन मैले मन्द बोली सुनेँ । "कोहि पनि छैन कि के हो ?" केटि मान्छे रहेछ । अब अलि चर्कै स्वरमा बोली "घरमा को छ ?" मलाई रनन्न रिस उठ्यो । सायद अधिको सम्पुर्ण नैराश्यता आत्माग्लानी रिसमा परिणत भयो तर पनि मैले पचाएँ । सायद उसले थाहा पाइन तर थाहा पाएर नपाए जस्तो गरेको पनि हुन सक्छ । म बाहिर निस्किएँ रिस पचाएर उ आरती रहिछे । रिस केहि शान्त भयो ।
"किन यस्तरी करा'को ?" बोलीमा सायद अलि अलि रिसको मात्रा थियो ।
"त्यस्सै……।" रोक्कीइ र भनि "भन्न मिलेन ।"
मलाइ फेरी रिस उठ्यो र फेरी पचाएँ । किनकि केहि फाइदा थिएन देखाएर ।
"के काम थियो ?"
"खास त केहि थिएन…।" फेरी रोक्कीइ र भनि "तपाई को आमा खोई ?"
"खै थाहा छैन ।" बोलीमा पहिले जत्तिकै खरो पन थियो भने "म भए हुन्न ?"
मैले त रिसमा नै भनेको थिएँ तर खै उसले के बुझि ।
"के गरिर'नु भाथ्यो ?" उसले पुरै विषयबस्तु change गरी सायद मुकुराई पनि ।
मेरो रिस शान्त हुदै थियो । यो उसको हाँसोको प्रभाव भन्दा पनि फरक नपर्ला ।
"किन " भन्दै म आफ्नो कोठा तिर लागेँ धेरै के बकबक गर्नु व्यथैमा । तर उसले पछि लाग्न छोडिन । कोठाको ठोका मै पुगेर सोधि "भित्र आउन पाइन्छ ?" उसको अनुहारमा हेरेँ ओठमा मुकुराहट नै थियो । मलाइ लाग्यो अब मेरो रिस पुरै शान्त भैसकेको छ र स्वर पनि अनपेक्षित रुपमा नरम हुँदैछ। भनेँ "सोध्नु पर्छ ?"
"भएनी आर्काको कोठामा पस्दा………" ऊ भित्र पसि र खाटमा बसी । म कुर्सिमा बसेकै थेँ अन्त ठाँउ पनि थिएन ।
"तिमी आफुलाई खुब नतिकवान ठान्छौ हो ?"
"हैन हुने प्रयास गर्छु "उसले भनि "भवानी ले तपाइँलाई छोडिदिई हो ?"
म झसङ्ग भएँ । उ सायद यहि भन्न आएकी हो कि क्या हो । अधिको नैराष्यता समय देखिको पिडा फेरी बल्झेर आउला आउला जस्तो भयो । र पनि भने "तिमीले कसरी थाहा पायौ?"
"तपाइको बारेमा सब था'छ" उसले भनि ।
"तिम्रो अरु काम छैन ? अर्काको चियोचर्चो गर्दै हिड्छौ ।"
"जानकारी लिनुलाई पनि चियोचर्चो भन्छन ।"
"कस्ले भन्या ?"
"हो कि हैन भन्नुन ।" उसले खाटमा राखेको किताब टिपि र पल्टाए जस्तो गरी ।
"हो भने के गर्छौ हैन भने के गर्छौ ।"
"तपाइ जस्तोलाई छोड्ने कस्ती होली त्यो ।"
"तिमीलाई था'छ किन यस्तो भा ?"
"थाहा छ ।"
"अनि ?"
"अनि के जवानीमा यस्तो त अलि अलि भैहाल्छ नि । यस्ता हल्का फुल्का कुराले जीन्दगी कै निर्णय गर्नु त मुर्खता नै हो ।"
ऊ अधि बढी, म हेरी रहेँ । मलाई लाग्यो म अधि भन्दा निकै हल्का महसुस गरिरहेछछु । म अधि रिसाएको पनि सपना जस्तै लाग्न थाल्यो । ऊ सरासर अधि बढि र टेबुलमा राखेको डायरी टिपि अनि खोली ।
म अपर्झट आफुलाइ समालेँ र डायरी खोस्न खोजेँ । उसले हात पछाडि लगेर लुकाई । भनि "तपाइको सबै कुरा था'छ डायरी हेर्न के हुन्छ ?"
"यो मेरो व्यक्तिगत कुरा हो ।" उसको दुवै हात पिठिउँमा थियो र मेरो डायरी हातमा थियो । म अधि बढे बढे तर सिताङ्ग भएँ । शरिर भरि खै के दौडे झै भयो । मेरा अगाडि धौलागिरी र माछापुच्छ्रे एक साथ घुम ओडेर पसारिएका थिए । उसको अनुहारमा नजर उठाए गाला भरी लालीगुरास फुलेको थियो । ओठ भरी चाँदनीको मादक मुस्कान । सायद म अब बेहोस भएँ । बेहोसी मै सायद मलाई गुरासको फुल टिप्न मन लाग्यो । चाँदनी छुन मन लाग्यो । हात लम्काएँ फुल टिप्नलाई बिरोध भएन । सायद त्यसैले अगाडि बढ्न टेवा पुर् यायो । बस् त्यस पछि जो हुनुथ्यो त्यो भयो । ऊ अन्तिम पटक बेस्सरी लजाएको सम्म याद छ, अनि ऊ कति खेर गई के भयो यो सब सपना हो कि बिपना हो केहि थाहा भएन ।
(४ )
मेरो बिदा सकियो । म काठमाडौं फर्किएँ । समय पहिला जस्तै चल्दैछ । तर मेरो जीवनमा के भै राखेको छ आफैलाई ठम्याउन गार्हो परिरहेको छ । वास्तवमा मैले कसलाई रोज्नु पर्ने हो । म खासमा कसलाई माया गर्छु म सोच्नै सकिरहेको छैन । भवानी जसलाई म सम्झन्छु अनि माया लाग्छ, आरती जसको सायद माया लाग्छ त्यसैले सम्झन्छु ।
No comments:
Post a Comment