जौवारी , गोरखा
पौष ३
नेपाल इङ्गिलिस ल्याङ्गवेज टिचस्र एशोसिएशन नेल्टा गोरखाले आज गोरखाको जौवारीस्थित परोपकार आदर्श उच्च माविमा प्राथमिक विद्यालयका अंग्रेजी शिक्षकहरुका लागि २ दिने अंग्रेजी भाषा शिक्षण तालिम साचालन गरेको छ । गोरखाको जौवारी श्रीनाथकोट केरावारी मुच्चोक र ताकुमाझ लाकुरीबोटका ४० प्राथमिक विद्यालयका अंग्रेजी शिक्षहहरु सहभागी सो तालिममा नेल्टाका अध्यक्ष वमबहादुर थापा सहसचिव साजय अधिकारी र सदस्य कमल देवकोटाले सहजीकरण गर्नुभएको छ ।
तालिमको आज भएको उद्घाटन कार्यक्रम परोपकार आदर्श उच्च माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । त्यसैगरी नेल्टाकै आयोजनामा आज गोरखा नगरपालिकाको महेन्द्र उच्च मावि कुन्दुरमा पनि नगरपालिका खोप्लाङ मिरकोट धुवाकोट र बक्राङका ३० जना अंग्रेजी शिक्षकका लागि तालिम साचालन भएको अध्यक्ष थापाले जानकारी दिनुभएको छ । कुन्दुरमा भएको तालिममा लक्ष्मणबाबु आचार्य र धु्रव श्रेष्ठले सहजीकरण गर्नुभएको छ ।
No comments:
Post a Comment