Saturday, December 12, 2009

मण्डलीले बार्षिक उत्सब मनायो

छोप्राक
मंसिर , २८
मण्डली उच्च मावि छोप्राकले आफ्नो स्थापनाको ४५औ बार्षिक उत्सब विविध कार्यक्रमहरुको आयोजना गरि मनाएको छ ।

मंसिर २६ र २७ गते गरि दूई दिन सम्म चलेको बार्षिक उत्सब समारोहको उद्घाटन ए माओवादिका उपाध्यक्ष डा बाबुराम भटराईले गर्नु भयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम प्र पोखरेलको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

बार्षिक उत्सबकै अवसरमा विद्यालयमा उच्च मावि स्थापनार्थ चन्दा सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान र वर्ष भरि विद्यालयले आयोजना गरेका अतिरिक्त कि्रयाकलाप र वार्षिक परिक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छाप्राकबाट प्राप्त खबरमा उल्लेख छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै माओबादि उपाध्यक्ष डा भटराईले छोप्राक डाडाँ गाउँको दलित वस्तिमा पच्चे बाजा उपलब्ध गराउने र हर्मीको विज्ञान प्राविमा विद्यालय भवन निमार्णका लागी पहल गर्ने कुरा जानकारी गराउनु भएको थियो ।

No comments:

Post a Comment