बयापानी हर्मी
मसिर २७
विद्युत आयोजनालाई बर्षौ अघि देखि दुहुनो गाई बनाउँदै आएको विद्युत उपभोक्ता समितिले जनताहरुको ब्यापक दबाब पछि बयापानी आसपासका केहि ठाउँमा बिजुलिको लाईन वितरण गर्न थाले पछि आफ्नै घरमा बिजुलि बाल्ने जनताहरुको बर्षौ हघि देखिको सपना केहि हद सम्म समकार भएको छ ।
बडा न् १ र २ का बयापानी , बोगटि गाउँ र ७को अर्चले लगायतका केहि ठाउँमा मात्र हाल लाइन वितरण गर्न थालिएको छ । अन्य ठाउँमा भने तार अभावका कारण लाइन पुर्याउन नसकिएको समितिका पदाधिकारीहरु बताउँछन् । तर जनताहरुले भने पहुच वालाहरुको टोलमा मात्र लाइन पहिले पुर्याइएको आरोप लगाउँदै आएका छन् । बयापानी छेउछाउका केहि टोलमा बत्ति बले पनि यस आसपासका बराइगाउँ, पाण्डेगाउँ , मकुन्डाडा , तारेभिरमा लाइन विस्तार गर्न तार नपुगेकाले अझै बत्ति बल्न नसकेको बयापानीबाट नातिकाजी मियाँले आवर हर्मीलाई जानकारी दिएका छन् ।
उता विद्युत सेवा नपुगेका हर्मीका वडा न ४ निभारे र ५का घुरे , मलाटार र डिहिका जनताको बत्ति बाल्ने सपना अझै अधुरै छ । यो क्षेत्रको उपभोक्ता समितिका पदाधिकारी पनि तार नपुगेरै लाइन वितरण गर्न नसकिएको बताउँछन् । तर यो क्षेत्रमा पनि टान्सफरमर राख्ने र अधिकांस ठाउँमा शाखा लाईन पुर्याउने काम भने सकिएको महिनौ विति सकेको छ ।
No comments:
Post a Comment