गोरखा यातायात ब्यवसायि समितिको लापरबाहिका कारण गोरखाबाट हर्मी सम्म संचालन हुदै आएको बस सेवा नियमित हुन नसक्दा सेवाग्राहिहरु मर्कामा परेका छन् ।
हाल दैनिक एउटा बस संचालन गर्ने गरिएको भए पनि बस आउने र जाने कुनै ठेगाननै नभएको स्थानिय बासिन्दाको गुनासो छ । गोरखा यातायात समितिले लागु गरेको क्यू सिस्टम अनुसार हरेक दिन एउटा बस जाने र आर्को आउने ब्यवस्था छ । हर्मीमा किन बस नियमित हुन नसकेको हो भन्ने प्रश्नमा यातायात ब्यवसायिहरु अनेक कारण अघि सारि पन्छिने गरेका छन् । तर प्राप्त जानकारी अनुसार यातायात समितिले गाडी रिर्जभ माग आएमा र राजनैतिक कार्यक्रममा जानु पर्ने भएमा हर्मीको रुटको गाडी त्यता पठाउने गरेको बुझिएको छ । गाडिहरुको रुट पनि ओगटि राख्ने र नियमित संचालन पनि नगर्ने गोरखा यातायात समिति प्रति सेवाग्राहिरु निकै आक्रोशित देखिन्छन् ।
उता पन्थडिहि हर्मी हुदै थालाजुङ भच्चेक सम्म यातयात संचालन गर्न गत महिना बाटो सफा गरिए पनि राजनैतिक दबाबका कारण गोरखा यातायात समितिले तल्लो रुटबाट चलाउने तयारी गरेका गाडिहरु पनि छोप्राकको बाटो चलाउने गरेको तथ्य फेला परेको छ । हर्मी र छोप्राकको बाटो बराबर सख्यामा गाडि चलाउने ब्यवस्था गरेको भएता पनि राजनैतिक दबाबका कारण यातयात समितिको योजना पुरा हुन सकेको छैन ।
फोटो :विकास ढकाल
No comments:
Post a Comment