Thursday, March 26, 2009
हर्मी र म
- मोदनाथ मरहठ्ठा
उत्तर दक्षिण खुम्चिएर उभिएको पाटो
पूर्व पश्चिम तीनकोशको लम्बिएको बाटो
पूर्व छोप्राक उत्तरतिर थालाजुङ्को छेउ
पश्चिम सोझी चम्पावती नपाइसक्ने भेउ
दक्षिणी भाग आँपपिपल सारै सुन्दर गाउँ
पूर्व पुर्खा धानी बस्छ मेरो हर्मी गाउँ
न त धेरै जाडो लाग्छ न त धेरै गर्मी
प्रकृतिको बरदान रैुछ मेरो गाउँ हर्मी
चिलौने र कटुसका पातला छन् बुटा
जामुनु र ऐंशेलुका दुब्लाएका ठुटा
साल शिसौ साह्रै दुख मर्दा पर्दा खेरि
वारि गाउँ पारि गाउँ डुल्नु पर्ने फिरी ।
न त लामो गाउँ वेसी न त ठूला भीर
आफ्नै पनको स्वभिमानले उचो पाथ्र्यो शीर
बिहानको रवि खुल्दा मनासलु हाँस्छ
पहेलपुर सुनका थुप्रो हेर्दै गाउँ नाच्छ ।
हर्मी सित मितको नाता माछापुछ्रे लाउँछ
थेप्चे बौद्ध हिमाल चुली हर्मीतिर धाउँछ
हर्मी सित रित्तो भयो ठूला ठूला ताल
बनेलीका पाखामा छन् भैंसी बस्ने आहल
उत्तरी मुख फर्किएको चिसो सफा पानी
कहाँ हुन्छ प्रदुषित किन पिउने छानी
नवलपुर साउकोटा गाउँ हर्मी भाज्याङ पाटो
वयापानी तारे भीर कति राम्रो माटो
कैंजल पानी टारी धादिङ उत्तर ठानेश्वरा
पात्ले पानी निमारेका कान्ला हरा भरा
ढाक्रे पानी बोगटी गाउँ इतिहासका नाम
ज्यामिरे र मल्लाटार उस्तै उस्तै ठाम
इतिहासको पीडा खप्दै हर्मीकोट रुन्छ
खोल्सा खोल्सी आसु झारी दुख सुख धुन्छ
आफ्नै छाती खनी खोस्री उब्जाउँछन् अन्न
बाहिरिया बेसाह होइन गाउँ घरमै टन्न
भोट मधेश गर्छन् कोही कोही मलेसिया
बाहुन क्षेत्री सार्की कामी गुरुङ मगर मिया
बसुदैव कुटुम्ब कम भन्छ मेरा गाउँ
न त खेल्छ धर्म युद्ध सहिष्णुको नाउँ
घर भित्र घर बाहिर पसिनाको धारा
त्यही बेची बेची आउँछ नपुगेको चारा
छैनन् ऐल्हे विर्तावाल हुन् भन्दिन रैती
चेतनाको िठंगुराले खुम्चिएका कैदी
रिन् उधारो सर सापट बल्लो पल्लो घर
निर्वाहको सुतरीले जेलिएको भर
खोलो पहिरो टाढा थियो हर्मी भन्दा पर
डाँडा माथि चौतारीमा झुल्छन् पीपल वर
कान्ला भरि खन्यु काप्रो टाँकी वडहर
भित्री वारि अम्बा मेवा स्याउ कटहर
कोप्चे पाखो खोसि्रएर फल्छ कोदो तोरी
हिउँ जस्तै सुन्दरी छन् हर्मेलीका छोरी
सुर्का गह्रा कोतरेर फल्छ मासर्ी धान
दशैं तीज तिहारमा रमाएर खान
मुसा बाँदर अघाएर उबि्रएको मकै
वर्षभरि न पुगेनि बसिदैन भोकै
फुस्रे धुस्रे भुरा भुरी खेल्छन् लडिबुडि
विहे वटुल भोज भतेर खान्छन् बाडिचुँडी
वारि डिल वुटामुनि सारौं ढुकुर लुक्छन्
भाले पोथी कुर्ली कुर्ली खुशीयाली फुक्छन्
डोको नाम्लो कोदालो छ उब्जाउने धन
टाट्ना भरि खसि बोका रित्याउँछन् वन
भ्ाकारोमा जुरे गोरु ग्ााेठ खेत चर्छन्
साटफेर किन बेच यता उता पछर्न्
नाम्ले सिङ थैले थुन भैसी छानि छानी
तिम्रा भन्दा हाम्रा राम्रा जोखौ तानी तानी
दिनै पिच्छे मैनै पिच्छे आफ्ना आफ्ना काम
फुस्रत कैले हुन्छ वरै चटारोको याम
किसानलाई के केा हिउद के कोझरी वर्खा
पृथ्वी घुमे सरी घुम्छ काम काजको चर्खा
पहिले कस्ले खन्यो खोस्य्रो न्यानो पाखो रोज्यो
छोरा नाति पनातिको ज्यूने धर्ति खोज्यो
कहाँबाट आए पुर्खा जहान वच्चा बोकी
मलिलोमा डोको विसाई बसे छाति ठोकी
भोलि फेरी नयाँ पुस्ता आउला गुज्रान गर्न
उनै पुस्ता फैलने छन् मन फुकाई चर्न
बा दाज्यैको पुस्ता हेर्दा खुसी लाग्थ्यो अति
पढे लेखेका छन् भाई पक्कै लिन्छ गति
आशा थियो भरास्ािलो उत्साहि थ्यौ हामी
सर्बश्रेष्ठ हर्मीलाई बनाउछौ नामी
केहि गर्न सकिन्छ कि भोलि भन्ने लाग्थ्यो
हामी जागे समाजको कालो मैलो भग्थ्यो
हिजो साह्रै राम्रो थियो आज उजाडियो
मुटु भित्र चस्स चस्स घोच्न थाल्यो सियो
यति गाथा लेख्दा लेख्दै भागे म त टाडा
मायाँ बस्यो मुटु भरि नमेटिने गाडा
यो खण्डमा इतिहासको गाथा सुकाउँछु
दोश्रो खण्ड हेर्नु होला ब्यथा फुकाउँछु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment