Thursday, March 26, 2009

अबसरको सदुपयोग गरौं

विमला ढकाल कक्षाः १२

ऐतिहासिक स्थल सिरानचोकको पाउमा रहेको चेपे नदी र दरौंदी नदीको चिसो हावाको आगमनमा शितल छहारीको स्पर्शमा रम्ने हर्मीले होनहार बौद्धिक जमातलाई जन्माएर आ-आफ्नो प्यारो गाउँलाई रङ्गीन संसार प्रतिको मुहार फेराउन पीडित र पिछडिएको साथै शिक्षाको अवसरबाट बिाचत वुहारीवर्ग प्रति मुहार फेराउन चेतनामूलुक गतिविधि ल्याई सहयोग गरी दिनुभएकोमा सबै बुद्धिजीवि वर्गलाई हृदय देखिनै मुरीमुरी धन्यवाद दिन चाहन्छौं ।
साँच्चै नारी जात भनेको एउटा उर्लदो खहरे जस्तो रहेछ । जब आमाको काखमा रउन्जेल जसरी वर्षामा खहरे आनन्दसँग उर्लिएर आफ्नो बाटोमा हिँडेको हुन्छ । त्यस्तै गरी म पनि माइतीघर हुन्जेल आनन्दसँग पढिरहेको थिएँ । जब २०४८ सालमा एस।एल।सी। पास गरे । बाबु-आमाले आफ्नो पढ्ने इच्छा हुँदा हुँदै विवाहको बन्धनमा पारिदिनुभयो । आफ्नो इच्छा र आकांक्षालाई एकातिर पन्छाएर वैवाहिक जीवनको कहालीलाग्दो जीवनमा प्रवेश गर् यौं । वर्षा सकिएपछि खहरे सुके झैं आफ्नो लक्ष्य र उद्देश्य विहीन भई घर व्यवहारिक चुलोचौकाको बन्दघेरामा सीमित रहि जीवनयापन गर्न पुगें । विवाह पश्चात पनि पढ्ने इच्छा नगरेको भने होइन । समय र परिस्थितिले नारीलाई कुवाको भ्यागुतो झैं हुनु पर्दो रहेछ । सर्पले काँचुली फेरे झैं समयले पनि काँचुली फेर्दो रहेछ ।
तर आज अवसरबाट बिाचत हामी बुहारीको आँखा खुलेको छ । हाम्रो हर्मीमा परिवर्तन आएको छ । घरायसी कामकाजमा व्यस्तहुने हामी बुहारी आजकाल हातमा कापी र कलम लिएर कुखुराको डाँकोमा १०२ पढ्न जान थालेका छौं । साच्चै नै १६ वर्षको लामो अवधी पश्चात फेरि कलम र कापी च्यापी १०२ जाँदा हाम्रो मन निकै प्रफुल्लित भएको छ । शुरु शुरुमा त पढ्न लेख्नकेा निम्ति अति नै कठिनाई भयो । पढ्न छाडेको लामो अवधी भएकाले लेख्न पनि साह्रै गाह्रो भयो । पछि पछि प्रयास पनि गर्दै गइयो । पहिला भन्दा आजकाल केहि मात्रामा सुधार आएको छ । सबैभन्दा ठूलो कुरा कोसिस नै रहेछ । प्रयास नै सफलताको कडी हो । हँसिया र नाम्लो समाउने हातले कलम र कापी समाई आफ्नै घरको ढिँडो र गुन्द्रुकको स्वादलाई लिएर पढ्न जान पाउँदा र गाउँमा शिक्षाको ज्योति चम्किएको देख्दा अति नै हर्षित छु । हामी महिलाको एउटा परिवार भित्रको जिम्मेवारीदेखि लिएर समाजमा पुरुषको भन्दा भूमिका बढी हुन्छ । तापनि महिला र पुरुषमा समान अवसर पाइएको छैन । वुहारी भने पछि समाजमा घृणित अपहेलित र पिछडिएको वर्ग मानिन्छ । तसर्थ यस समाजको कुप्रथा रुढिवादी संस्कारको अन्त्य गर्नको निमित्त पनि शिक्षाको नै आवश्यकता पर्दछ । महिला प्रति गरिने अन्याय अत्याचारलाई हामीले संघर्ष गर्नुनै पर्दछ । हामी सम्पूर्ण बुहारीमा जबसम्म एकजुट भई कु-संस्कारको विरोध गरिदैन तबसम्म बुहारीको उत्थान हुँदै हुँदैन । शिक्षा प्रति हामी सबै छोरी बुहारी जागरुक हुनुपर्दछ । शारीरिक रुपबाट कमजोर भए तापनि हामी मानसिक रुपमा कमजोर छैनौ । केवल अवसरबाट मात्र विाचत भएको कारणले हामी कमजोर देखिएका छौं ।
यसरी वुहारी शिक्षाको लागि बुद्धिजीविवर्गले गरेको योगदान सह्रानिय नै छ । तसर्थ बुहारी शिक्षाको सार्थकता बढाउन हामी सबैले हातमा हात मिलाएर अनेकौं व्यवधानका उकाली ओराली पार गरेरै भएपनि अगाडि बढ्न सक्नुपर्छ । शरीरमा एउटा अङ्ग कमजोर भयो भने सबै अंगले असर भोग्नुपर्दछ । त्यसैले नारीलाई अवसरबाट विाचत गराउनाले िसंगो युगले नै पीडाबोध गर्नुपर्दछ । पीडामुक्तिको लागि वुहारीको गहन भूमिका स्वीकारेर बुहारी शिक्षालाई अनिवार्य रुपमा हाम्रो समाजले स्वीकार्न सक्नुपर्छ ।
देशको विकासको लागि अरु विकसित मुलुकको दाँजोमा नेपाललाई पुर् याउनका निम्ति नारी र पुरुषमा समान अवसर प्रदान गर्नुपर्दछ । २१ औं शताब्दीमा आएर पनि समान अवसरबाट बिाचत गराउनु भनेको त राष्ट्र र समाजलाई अन्धकारतिर धकेल्नु हो । हे बुहारी हो हामीले पनि समान अवसर पाई मानसिकता वृद्धि गर्नुका साथ साथै त्यसलाई व्यवहारिकतामा उतार्नु पर्दछ । तब हामी घर परिवार समाज र राष्ट्रलाई गति दिन सक्नेछौं । हाम्रो देशमा नवीन चेतनाको थालनी हुने छ ।
ििि

No comments:

Post a Comment