Thursday, March 26, 2009
केहि पुराना समाचार १
वन उपभोक्ताहरु सुविधाबाट बिाचत
हर्मी गोरखा ।
हर्मी गा।वि।स। विभिन्न क्षेत्र र यस वरपरका छिमेकी गा।वि।स।क्षेत्रमा स्थानीय स्तरमा संरक्षित ठूलो हिस्सा वन क्षेत्र सामुदायिक वनकारुपमा जिल्ला वन कार्यालयमा दर्ता नभएर वन उपभोक्ताहरु धेरै सुविधाबाट बन्चित हुन पुगेका छन् ।
सामुदायिक वन उपभोक्ता समुह मार्फत लागु र संचालन हुने विभिन्न सरकारी र गैर सरकारी संघ संस्थाका कार्यक्रमहरु आफ्नो गाउँमा िभयाउनबाट वन उपभोक्ताहरु बन्चित भएका हुन् । स्थानीय स्तरमा हुने गरेका साना तिना मनमुटाव र खिचातानि नै यस क्षेत्रमा सामुदायिक वन दर्ता प्रकि्रयाका बाधक हुन् । जनताहरुमा ज्ञान र चेतनाको अभावले गर्दा पनि सामुदायिक वन दर्ताका प्रयासहरु असफल भएका हुन् । आफूले उपभोग गर्दै आएको सामुदनयक रुपमा दर्ता भए पछि निति र नियममा बाँधिनु पर्ने र आफ्नो स्वार्थ पूर्ति गर्न नसकिने देखि समुदायका अगुवा भनाउँदाहरु नै यस प्रकि्रयाका बाधक बनि राखेका छन् । सामुदायिक वन दर्ता पछि हुने फाइदा र प्रकृति संरक्षणले समुदायमा पार्ने प्रभावको जानकारी जानकारहरुले समुदाय समुदायमा फैलाउनु पर्ने माग उपभोक्ताहरुको छ ।
हर्मीकोट हर्मीमै हुनुपर्ने
हर्मी गोरखा ।
ऐतिहासिक हर्मीकोट हर्मी गाउँ विकास समिति मै हुनुपर्ने माग चौतर्फी रुपमा उठ्न थालेको छ । पुरातात्विक एव पर्यटकीय दृष्टिकोणले एकदमै महत्वपूर्ण मानिएको हर्मीकोट क्षेत्र पहिले हर्मी गा।वि।स।मै रहेको भएता पनि सिमित व्यक्तिहरुले आफ्नो राजनैतिक स्वार्थ पुरा गर्न यस क्षेत्रलाई २०३० साल ताका आँपपिपल गा।वि।स।मा गाभेका थिए । तत्कालै स्थानीय बासिन्दा र सरोकारवालाहरुले चर्को विरोध गरे पनि हर्मीकोट हर्मीमा फर्कन सकेको थिएन । यस क्षेत्रमा कथित दलित जातिको बढी बाहुल्यता भएका कारण उनीहरु ज्ञान र चेतनाको अभावमा अर्को गा।वि।स।मा गाभिनुको पिडा खेप्दै आएका छन् । तर अब भने हर्मीको इतिहासमा एउटा छुटै पहिचान बोकेको हर्मीकोटलाई हर्मी गा।वि।स। मै फर्काउन हर्मेलीहरु जागरुक हुन थालेका छन् । बदलिदो परिस्थिति सगँै हर्मीकोटलाई एउटा पुरातात्विक र पयर्टकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने लक्ष्य हर्मीबासीले राखेका छन् ।
बानियाँ बाबु छोराले बाँडे स्टेचर
हर्मी गोरखा ।
हर्मी गा।वि।स। वडा नं। ३ पात्लेपानीका स्थानीय समाज सेवि ओम बहादुर बानियाँले हर्मी गा।वि।स।sा प्रत्येक वडालाई स्टेचर हस्तान्तरण गर्नु भएको छ ।
गत बर्षको कातिक महिनामा मकुन्डाँडामा आयोजित एक कार्यक्रममा उहाँले प्रत्येक वडाका सामाजिक संस्थाका प्रतिनिधिहरुलाई स्टेचर प्रदान गर्नु भएको हो । गाउँ घरमा विरामी पर्दा अस्पताल र स्वास्थ्य केन्द्रसम्म पुर् याउन सजिलो होस् भन्ने हेतुले स्टेचरहरु वितरण गरिएको जानकारी बानियाँले ेलाई गराउनु भयो । ओम बहादुरका छोरा जीवन बानियाँले आफ्नो स्वर्गीय हजुरबुबा र हजुरआमाको नाममा आफ्नो मासिक कमाइबाट जोगाउनु भएको बचत रकमले नै ती स्टेचरहरु किनिएको कुरा जीवन बानियाँले हामी सगँको कुराकानीमा बताउनु भएको छ । यस अघि पनि उहाँले स्थानीय पंधेरो मर्मत गर्नका लागि आर्थिक सहयोग गर्नुभएको थियो ।
विद्यालयलाई जग्गा दान
हर्मी गोरखा ।
हर्मी गा।वि।स। वडा नं।८ कालाढुङ्गेका बाबुराम वस्नेतले सरस्वती प्राथमिक विद्यालयलाई विद्यालयको हातासँग जोडिएको तेसे्रबारी करीव १५०००।- मूल्य बराबरको जग्गा दान दिनु भएको छ ।
२०६३ भदौ १३ गते विद्यालय व्यवस्थापन समितिको बैठकमा उहाँले उक्त जग्गा विद्यालयलाई दान गरेको उद्घोष गर्नुभयो । अब विद्यालयमा खेल मैदानको समस्या हटेको छ । यस अघि २०४४ सालमा स्व। डिल्लीराम पराजुलीले जग्गा दान गरी उक्त विद्यालयको स्थापना गर्नु भएको थियो । यसरी नै स्व। गिरीधारी ढकाल मोदनाथ पराजुली र गंगा बहादुर बस्नेतले पनि विद्यालयलाई जग्गा दान गरि सक्नुभएको छ । विद्यालय व्यवस्थापन समितिले विद्यालयका संस्थापक र विद्यालयलाई जग्गा दिने जग्गादाताहरुको फोटो विद्यालयमा राखिने र अभिनन्दन गर्ने निर्णय गरेपछि सरोकारवालाहरु उत्साहित भएका छन् ।
Subscribe to:
Post Comments (Atom)
Nice to see this webside. Nice starting please keep it up thanks for ithis grat work.
ReplyDeleteNice to see this web please keep it up.
ReplyDelete