Saturday, January 2, 2010

मरुभूमि ,सपना र तिम्रो झझल्को


बिकाश ढकाल
बुर्कोका लर्कोहरु बिच
अबु धाविको सडक पेटिमा
खोजिरहेछु म तिम्रो आकृति
लुकेर एउटा कुनामा
छिचोल्दै अनेकन कानूनी बन्देजहरु
बाफिएको धर्तिमा मापन हुदैन
४० डिगि्र भन्दा कम तापक्रम
अत्यास बोकेर बहने
तातो हावाको प्रभाबले
पसिनाको मूल फूट्छ शरीरबाट
कुनै प्राकृतिक गन्ध छैन
कृतिमता बास आउने खजुरको बोटमा
सपनीमा ऐठन हुँदा
झोक चलेर कैयांै पटक
गुलाबि चिठि सँगै निस्लो याद पनि
च्यात्न खोंजे तर सकिन
शिशिरमा पात झरेको
एउटा बूढो रुख जस्तै
रित्तो र एक्लो छ मन
नराम्ररी दुख्छ कहिले काहि त
न कटुसको बोक्रो छ
न त अमलाको पात नै

जति बिस्रन खोजे पनि
स्मृतिको रिलमा घुम्दैछ
तिम्रो झझल्को बोकि आउने तस्विर
दरांैदी पनि बगेको छ
बग्नलाई त आफ्नै रफतारमा सागर छुन
तर म यहाँ
हरेक रात तिम्रो सम्झनामा
दरांैदी भन्दा द्रुत गतिमा
बगेको छु

तिमी पनि सायद
झम्के साँझ ढल्दै जाँदा
जगाएर मायाँको दियो
बसेकी हौली प्यारो खसमको प्रतिक्षामा
दियोको ज्योति क्रमश मधुरो बन्दै जाँदा
मनको संघारमा सम्झनाको ज्योति
झन् झन् गाँढा हँुदै
झलमल्ल बलेको होला पक्कै पनि
हलुङ्गो बनाउन मन
खोपाको टुकि निभाएर चकमन्न अन्धकार कोठामा
रुंदै हौली घुक्क घुक्क
पुछ्दै आँशु पछ्र्यौरीको फेरले

यहाँका
दिन दिन जस्ता छैनन्
रात रात जस्ता छैनन्
मान्छे मान्छे जस्ता छैनन् र पनि
अवतरण गर्छन् हरेक घण्टा
कालो धन्दा प्रबर्धन गर्न
कुनै लज्जा बोध बिनै
ङिच्याउँदै अण्डा ढुकेर बसेका
अनागरिकहरुको छत्रछायाँमा
मौलाएका मानब तस्करहरुको
शरण परी
मिथ्या सम्झौताको खोस्टोमा ल्याप्चे लगाएर
आँखामा दिग्भ्रमित सपना सजाएका
मान्छे ओसार्ने बिमानहरु
खाडी भित्रदा मान्छे
र नेपाल फर्कदा कफिनमा मृत शरीरको कार्गो
सँगै असमायिक निधनको नमिठो समाचार बोकेर
मरुभूमीको बालुवामा कोरिएका सपनाका रेखाहरु मेट्दै
उड्छन् बहुराष्ट्रिय ध्वजा बाहक कम्पनीका बिमानहरु
जति ओसारे पनि थाक्दैनन् ती
र मान्छे पनि त निखि्रएका छैनन्
चलिरहे छ यै शिलशिला निरन्तर निरन्तर

रोपेर आफ्नै छातिमा
जोखिमको बिउ
जानाजान मृत्यु खेति गरेरै धान्नु परेको छ
फगत एउटा प्राण
छोरो लोग्ने बाबु
जेलिएका यस्तै यस्तै सम्बन्धहरु हुनुको
जिम्बेवारी बोध गर्नका खातिर
निरिहताको पनि सिमा हुन्छ धन्य मेरो देश
गर्ब गर्छु म नेपाली हुनुमा
कुल्चदै गौरबशाली इतिहासको गाथा
खुल्न नसकेका सम्भावनाका साङगि्रलाहरु स्मरण गर्दे
मुदिरका अगाडी धनुस्टङ्कार बनेर
कमसेकम तिम्रो घिडघिडो प्राण त
धान्न सकेको छु नि पसिना सँग रियाल साटेर

No comments:

Post a Comment