हर्मी ,पौष १९
गाउँ विकास समिति हर्मीको अघिल्लो आर्थिक बर्षको बार्षिक बजेट अन्र्तगत छुट्याइएको रकमबाट प्रत्येक वडाका महिलाहरुलाई ६ महिने सिलाई बुनाई तालिम प्रदान गर्न थालिएको छ ।
यसै महिनाबाट प्रारम्भ भएको तालिममा हरेक वडाबाट ३ जना महिला सिलाई र १ जना बुनाई तालिममा सरिक छन् । हर्मी भन्ज्याङ र निभारे गरि दुई ठाउँमा भिन्दा भिन्दै प्रशिक्षकले तालिम दिईरहेका छन् । भन्ज्याङमा शोभा परियार र निभारेमा कृषण परियार प्रशिक्षक छन् ।
निभारेमा ५ वटा वडाका महिला र भन्ज्याङमा ४ वडाका महिला सहभागी छन् । आफ्नै गाउँमा बसेर सिप सिक्न पाउँदा एकदमै खुसी लागेको र सिके पश्चात आर्थिक उपार्जनमा लाग्न मन लागेको हर्मी ७ बाट तालिममा सहभागी सुनिता पराजुलिले आवर हर्मी्र सँगको कुराकानीमा बताईन् ।
No comments:
Post a Comment