Saturday, January 2, 2010

सरस्वति प्राविमा भवन निमार्ण शुरु

हर्मी
पौष १९
सरस्वति प्रावि तेर्सेमा नेपाल सरकारको प्राथमिक शिक्षा परियोजना अन्र्तगत जाईकाको सहयोगमा दुई काठे विद्यालय भवन निमार्ण कार्य शुरु गरिएको छ ।
सो भवन जम्मा ५ लाख ५० अजार रुपैयाको लागतमा बन्न लागेको हो । विद्यालयमा नयाँ भवन बनाउन पुराना भवन भत्काईए पछि दुई कोठामा पार्टेसन गरि पठन पाठन हुदै आएको छ । नयाँ भवन निकार्णका क्रममा हाल जग आले र ट्रस फिट गर्ने काम सकिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेम राज अधिकारीले आवर हर्मीलाई जानकारी दिनु भएको छ । स्मरण रहोस सरस्वति प्राविमा हाल दूई शिक्षक दरबन्दि र एक निजि स्रोत शिक्षकको ब्यवस्था छ । भने विद्यार्थी सख्या भने जम्मा ३० जना रहेको छ ।

No comments:

Post a Comment