घुरे ,हर्मी
पौष १०
घुरेमा रहेको श्रीनाथकोट बचत तथा ऋण सहकारी सस्थाको आठौ साधारण सभा गत पौष ४ गते सम्पन्न भएको छ ।
सहकारीकी अध्यक्ष कमला थापाको सभापतित्वमा सम्पन्न सो साधारण सभाको प्रमुख आतिथ्यता सिकोडर गोरखाका सचिब बाबुराम पोखरेलले गनु भएको थियो । कार्यक्रममा ए नेकपा माओवादिका बम बहादुर कटुवाल र नेपाली काङग्रेसका कृष्ण ब थापाले हतिथिको भूमिका निभाउनु भएको थियो सस्थाको कार्यलय परिसर घुरेमा आयोजित सो कार्यक्रममा लक्ष्मी बस्नेतले सचालन गर्नु भएको थियो ।श्रीनाथ सहकारीको हाल सम्मको बचत रकम करिब ३० लाख पुगेको हर्मीबाट बम बहादुर कटुवालले आवर हर्मीलाई जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment