Wednesday, April 28, 2010

असिना पानीले हर्मीको सुन्तला खेति नष्ट

हर्मी
बैसाख ,११
बैसाख ५ गते देखि १० गते सम्म हरेक साँझ परेको असिना पानीले सुन्तलाको फूल झारे पछि हर्मीमा ब्यवसायिक रुपमा सुन्तला खेति गर्दे आएका कृषकहरु मर्कामा परेका छन् । गोरखा जिल्लाको सुन्तला पकेटको रुपमा नाम कमाएको हर्मीमा विगत ५ ७ वर्ष यता ब्यसायिक रुपमा सायौ रोपनि जग्गामा सुन्तला खेति गरिदै आएको छ ।
पानी सँगै परेको असिनाले सुन्तलाका फूलहरु झारे पछि कृषकहरु फल विनाको रित्तो रुख हेरेर बस्न बाध्य छन् । हर्मीका पात्ले पानी तारे भिर मकुन्डाडा र बयापानीमा ब्यसायिक सुन्तला खेति गरिदै आएको छ । गत वर्ष पनि असिनाको मार खेपेर सुन्तलाको उत्पादन लिन नसकेका किसानहरु यलपाली पनि प्रकृतिबाट ठगिएका छन् । असिनाको मारले गर्दा गत बर्ष २५ प्रतिसत मात्र सुन्तला उत्पादन भएकोमा यस वर्ष त्यति पनि सुनतला नफल्ने संभावना देखिएको हर्मीबाट आवर हर्मी प्रतिनिधिले जनाएका छन् ।
सुन्तलाको अनुपातमा हर्मीमा अन्य वालीनालिमा भने असिनाको आिशंक प्रभाब परेको देखिन्छ । छिमेकका अन्य गाविसमा जस्तो हर्मीमा अन्य भौतिक क्षति हुने गरि असिना परेन ।

No comments:

Post a Comment