अहिले त हुर्किसके यिनिहरु ...
यो फोटो मैले हर्मीमा पहिलो पटक मोटर पुगेको दिन आज भन्दा करिब चार वर्ष अघि खिचेको हुँ । गाडि पुगेको दिन बालबालिका देखि बुढा खाडा सम्म सबैमा खुसि छाएको थियो । त्यहि बखत खिचिएको यो फोटोमा पनि खुसिका केहि पल कैद गर्ने जमर्को गरेका हुँ । चार वर्ष अघि खिचिएको यो फोटोमा देखिएका यि भाइ बहिनिहरु अहिले त हुर्किसकेका छन् । यिनिहरुको मुहारमा सधै यस्तै मुस्कान सजाउन सकिए.......

गाउँ गाउँमा प्रविधि सहितको सहकारी :
आँपपिपलमा २०६५मा स्थपना भएको जनता बचत तथा ऋण सहकारीमा कम्प्युटरमा लेखा सम्बन्धि काम गर्न ब्यस्त एक महिला कर्मचारी । यस सहकारीमा गाँउमै बस्ने र गाँउ बाहिर बस्ने आँपपिपल बासिको लगानी छ ।
सिप सिक्ने रहर :
केहि महिना अघि घरेलु तथा साना उद्योग द्धारा हर्मीमा आयोजित ढाका बुन्ने तालिममा सहभागी शारदा पराजुलि तीन महिला सम्म संचालित तालिममा १३ महिलाले सिप सिकेका थिए । तालिम बैसाख पहिलो साता सकिएको छ ।

ब्यवसायिकतामा जाँदै छौ हामी:
हर्मीको मकुन्डाडामा आफ्नो बगैचामा लगाएको मौसमको बिरुवा गोड्दै एक किसान । उनी जस्तै थुप्रै किसानहरुले यो क्षेत्रमा सुन्ताल र मौसमको ब्यवसायिक खेति गरेका छन् ।

हामी पनि केहि गर्न सक्छौ :
आफ्नै सामुदायिक घर परिसरमा सामुहिक हितका काम गर्नका लागी छलफलमा सहभागी विकाशोन्मुख महिला समूह हर्मी ८ कालढुङेका महिलाहरु ।
No comments:
Post a Comment