Sunday, March 28, 2010

हर्मीको भावि शैक्षिक योजनाबारे काठमाडौमा छलफल सम्पन्न

काठमाडौ ,चैत्र १५
हर्मीको भावि शैक्षिक योजनाहरुलाई कसरी अगाडि बढाउने र सहयोग गर्ने भन्ने बारे शनिबार काठमाडौमा एक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ बानेश्वर स्थित हरि प्रसाद ढकालको घरमा सम्पन्न सो कार्यक्रममा हर्मीको शैक्षिक योजनाका बारेमा विभिन्न तात्कालिक तथा दिर्घकालिन कार्यक्रमहरु सम्पन्न गर्ने बारे निम्न लिखित निर्णयहरु भ्ायो ।
१. दिर्घकालिन कार्यक्रमको लागी हर्मीको शैक्षिक विकास कोष स्थापना गर्ने र सो कोषमा इच्छुक ब्यक्तिहरुले न्यूनतम दैनिक रु १ उपलब्ध गराउने ।र सो रकम बार्षिक रुपमा एकमुष्ट संकलन गर्ने खनि कोषमा जम्मा भएको रकमबाट हर्मीको शैक्षिक विकासमा अनुदान दिने । हाललाई सो कोषको संचालन र ब्यवस्थापन सामुदायिक रेडियो मार्फत गर्ने निर्णय भयो ।
२ .तात्कालिक रुपमा विज्ञान प्रावि हर्मीको भवन निमार्णका लागी आर्थिक सहयोग जुटाउन पहल गर्ने । विज्ञान प्राविलाई पूर्ण अङग्रेजि माध्यमको नमूना प्राथमिक विद्यालय बनाउन सहयोग गर्ने । साथै आगामी बैशाख पहिलो हप्ता अङग्रजी माध्यमको पढाइलाई सहयोग पुयाउने उद्धेश्यका साथ काठमाडौबाट प्रशिक्षक लगेर हर्मीका सबै विद्यालयका प्राथमिक शिक्षकलाई चार दिने तालिम आयोजना गर्ने

सो कार्यक्रममा हर्मीबाट काठमाडौमा आइ बसोबास गर्ने डा कृष्ण प्रसाद ढकाल ,डा खडग बस्नेत ,नरहरि ढकाल ,हरि प्रसाद ढकाल ,मुक्तिनाथ भट ,तिर्थ ढकाल ,इश्वरी प्रसाद भट ,जनार्दन ढकाल, राम चन्द्र ढकाल ,रामहरि ढकाल ,रविन्द्र ढकाल र विकास ढकालको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment