हर्मी तिमी थियौ र तिमी त हर्मी
स्वयम् बनी एक समाज कर्मी
तिमी थिएनौ तर यत्र तत्र
थियौ तिमी नै दिल पत्र पत्र
गोरखा जिल्लाको हर्मीमा जन्मिएर आफ्नो िसंगो जीवन नै समाजिक हितका विभिन्न कार्यहरुमा समर्पित गर्नु भएका हर्मी र आसपासका क्षेत्रका एक अग्रज अभिभावक तथा चर्तित समाजसेवि ब्यक्तित्व स्व हेमराज ढकालको स्मृतिमा कवि विजयराज न्यौपाने द्धारा लिखित हेमराज स्मृति काब्य कविता सङग्रह को प्रा .डा बासुदेब त्रिपाठि द्धारा गरिने विमोचन कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्दछौ । साथै यस कार्यक्रमको जानकारी आफ्नो टोल छिमेकमा रहेका अन्य हर्मेली तथा आसपासका ठाउँबाट काठमाडौमा आई बसोबास गर्ने दाजुभाई दिदि बहिनिहरुलाई पनि गराईदिनु हुन सादर अनुरोध गर्दछौ । हेमराज स्मृति काब्यको विमोचन निम्न मिति र स्थानमा सम्पन्न हुने छ ।
मिति -२०६६ चैत्र २० गते ,शुक्रबार
समय -दिउँसो २ बजे
स्थान -फ्लोरेसेन्ट उच्च मावि बानियाँटार गोगंबु काठमाडौ
प्रार्थी
हेम -यम कल्याणकारी संस्था , काठमाडौका तर्फबाट हरि प्रसाद ढकाल
९८५१०७७७०९ र ९८४१०४०९३२
चलेन ऐले घर काम काज
कर्मि कहाँ छौ भन हेमराज-
गयौ कहाँ छौ किन हुन्न राज
देखिन्न ठूलाघर हेमराज
No comments:
Post a Comment