चितवन ,जेठ २२
चितवनमा रहेका शुभचिन्तकहरुका विच सामुदायिक रेडियो हर्मीको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
आइओएमटि कलेज भरतपुर चितवनमा भएको सो कार्यक्रममा रेडियो हर्मीका अध्यक्ष जनार्दन ढकाल र उपाध्यक्ष रमेश सापकोटाले रेडियो स्थापनाको उदेश्य संचालन विधि र कार्यनिति सहभागीहरुलाई प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा चितवनमा रहेका हर्मीबासी र रेडियो हर्मीका शुभचिन्तकहरुको उपस्थितिरहेको रहेको थियो ।
कार्यक्रममा डा .आइ पि ढकाल , सरोज ढकाल , रामचन्द्र सापकोटा ,किशोर घिमिरे , हरि घिमिरे , सन्तोष मजाकोटि ,खेमराज ढकाल लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो । त्यसै गरि हाम्रो एफएम चितवनका स्टेसन मेनेजर नारायण अधिकारीले रेडियोको प्रविधि र प्राविधक पक्षका बारेमा जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा असारमा अझ बृहत छलफल कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरिएको छ ।
No comments:
Post a Comment