Saturday, April 4, 2009

चितवनमा हर्मी सहकारी

चितवन
चितवनमा विभिन्न पेशा र ब्यसाय गरेर बसोबास गरिरहेका हर्मीबासीहरुको सकृयतामा एक सहकारी संस्थाको स्थापना भएको छ ।उक्त सहकारी संस्थाको नाम हर्मी गोरखा बचत तथा ऋण सहकारी संस्था राखिएको छ ।
डा। आई।पि ढकाल सल्लाहकार रहेको हर्मी सहकारीका अन्य पदाधिकारीहरुमा सरोज ढकाल अध्यक्ष राम चन्द्र सापकोटा सचिब अमृत घिमिरे कोषाध्यक्षसन्तोस मजाकोटि सह कोषाध्यक्ष लगायतका अन्य सदस्यहरु रहनु भएको छ । सहकारी स्थापना भएपछि चितवनमा रहेका हर्मीबासिहरु सहकारिमा आबद हुने क्रम बढेर गएको छ।
सहकारीले छटैनै काठमाडौमा खुल्ने तयारीमा रहेको हर्मी सहकारी र हर्मीमै रहेका स्थानिय सहकारीहरु सगँ सहकार्य गरि हर्मीको विकास र उत्थानका साथै आपसी सम्बन्ध अझ प्रगाढ बनाउने लक्ष राखेको सहकारीका सचिब राम चन्द्र सापकोटाको भनाई छ । सहकारीको हरेक महिनाको अन्तिम शनिबार बैठक बस्ने गरेको र चितनमा रहेका सबै हर्मी बासीहरुलाई सहभागीताका लागी संगठित पार्ने काम अगाडि बढाईएको चितवनकाट सहकारीका सह कोषाध्यक्ष सन्तोस मजाकोटिले जानकारी दिएका छन् ।

No comments:

Post a Comment